Skip to main content

Nepali Guide

पाठ - १५ (छात्रावास)

 


छात्रावास

■अभ्यास■

सुनाइ


. पाठको पहिलो अनुच्छेद सुनी तलका प्रश्नको उत्तर भन्नुहोस्:

(क) विद्यालयले कुन कुन कुराको राम्रो व्यवस्था गरेको छ ?

: विद्यालयले विद्यालय भवन, विषय शिक्षक, शैक्षिक र खेलकुद सामग्री, शौचालय, खानेपानी तथा पुस्तकालयको राम्रो व्यवस्था गरेको छ ।

(ख) विद्यार्थीहरू डेरा गरी बस्न बाध्य हुनुपर्ने कारण के हो ?

 : विद्यार्थीहरू डेरा गरी बस्न बाध्य हुनुपर्ने कारण विद्यालयले आवासको व्यवस्थन नगरिदिनु हो ।

(ग) विद्यार्थीलाई उपयुक्त किसिमको डेरा पाठन किन समस्या परेको होला ?

: विद्यार्थीलाई उपयुक्त किसिमको डेरा पाउन समस्या परेको मूल कारण हिमाली सानो बस्तीले परेको होला ।

(घ) विद्यार्थीले डेराका लागि किन महँगो भाडा तिर्नुपरेको छ ?

:पर्यटकीय स्थल भएकाले विद्यार्थीले महँगो डेरा भाडा तिर्नु परेको छ । 

. पाठको अन्तिम अनुच्छेद श्रुति लेखन गर्नुहोस् ।

:श्रुति लेखन अभ्यास गर्नुहोस् ।


.पाठको दोस्रो अनुच्छेद सुन्नुहोस् र ठिक बेठिक छुट्याउनुहोस्:

(क) विद्यार्थीका लागि घर वा डेरामा पनि उपयुक्त शैक्षिक वातावरण चाहिन्छ ।(ठिक)

(ख) छात्रावासको व्यवस्थाले सिकाइमा पछि परेका विद्यार्थी लाभान्वित हुँदैनन् । (बेठिक)

(ग) सिकाइमा पछि परेका विद्यार्थीहरूलाई छात्रावासमा सिक्ने अवसर प्राप्त हुन्छ । (ठिक) 

(घ) छात्रावासमा विद्यार्थीहरूलाई सहपाठी सिकाइको अवसर उपलब्ध हुँदैन ।(बेठिक) 

(ङ) विद्यालयले छात्रावासको निर्माणलाई विशेष आवश्यकताका रूपमा लिएको छ । (ठिक)

बोलाइ

. तलका शब्द शुद्धसंग उच्चारण गर्नुहोस् :

: अध्यक्ष, निर्माण, परामर्श, विद्यालय

. पाठको अन्तिम अनुच्छेदका आधारमा तलका प्रश्नको उत्तर भन्नुहोस् : 

(क) कति जना विद्यार्थीका लागि कति कोठाको छात्रावास बनाउने विद्यालयको लक्ष्य छ ?

४० जना विद्यार्थीका लागि २० कोठाको छात्रावास बनाउने विद्यालयको लक्ष्य छ।

(ख) छात्रावास निर्माण गर्न विद्यालयले प्रस्ताव गरेका स्रोत के के हुन् ?

:छात्रावास निर्माण गर्न विद्यालयले प्रस्ताव गरेका स्रोत सरकारी अनुदान गाविसबाट प्राप्त स्रोत हुन् ।


(ग) छात्रावास बनाउन कति रकम लाग्ने अनुमान छ ? 

:छात्रावास बनाउन एक करोड़ रकम लाग्ने अनुमान छ ।

(घ) पाठसँग सम्बन्धित निवेदन कसले कसलाई लेखेका हुन् ?

: पाठसँग सम्बन्धित निवेदन जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापकश्यामकृष्ण चापागाईले स्याफ् गाउँ पालिका, रसुवाका अध्यक्षलाई लेखेका हुन् ।

 . छात्रावासको महत्त्वका विषयमा खैंदिला तर्कसहित आफ्नो भावना कक्षामा प्रस्तुत गर्नुहोस् ।

छत्रावासको महत्त्व

छत्र + आवास मिलेर छात्रावास शब्दको निर्माण भएको हो । यसर्थ विद्यार्थीहरू मात्र वस्नका लागि निर्माण गरिएको बासस्थान आवास गृहलाई छात्रावास भनिन्छ । प्राचीन समयमा गुरुकुलमै बसेर ज्ञान आर्जन गर्ने चलनवाटे छात्रावासको अवधारणा विकसित भएको हो । शैक्षिक गुणस्तर वृद्धि गर्न, सामूहिक अध्ययन सहअध्ययन र स्वअध्ययन गर्न छात्रावासले विशेष सहयोग पुन्याउँछ । छात्रावास आधुनिक शिक्षण संस्थाको अनिवार्य आवश्यकता हो । छात्रावास अध्ययन गृह पनि भएकाले उच्चतम प्रतिफल हासिल गर्न चाहने विद्यार्थी र शिक्षालय दुवैका लाग छत्रावास आवश्यक पर्छ । विद्यार्थीहरको सर्वागीण विकासका लागि आात्रावासको भूमिका उल्लेखनीय छ भन्ने कुरा निर्विवाद छ ।

. आफ्नो विद्यालपको भौतिक संरचनाका बारेमा कक्षाका साथीसँग छलफल गर्नुहोस् ।

विद्यालयको भौतिक संरचना

एउटा शैक्षिक संस्थालाई बलियो र जीवन्त बनाउन भौतिक, मानवीय र पुँजीगत स्रोतको सही व्यवस्थापन गर्नुपर्छ मेरो विद्यालयको नाम श्री गौरी शङ्कर उच्च माध्यमिक विद्यालय हो । यस विद्यालयको भौतिक संरचना निकै राम्रो छ आकर्षक भवन छ । तराई मधेसमा पर्ने यस विद्यालयका राम्रा राम्रा भवनहरू छन् । शौचालय र फर्निचरको व्यवस्था पनि रामै छ । दुई हजारभन्दा बढी विद्यार्थीहरू सजिलै अध्ययन गर्नसक्ने सम्भावना छ । हाम्रो विद्यालयको खेल मैदान पनि आकर्षक र राम्रो छ । यसर्थ भौतिक संरचनाका दृष्टिले हाम्रो विद्यालय निकै उल्लेखनीय छ ।

पढाइ

.पाठका अनुच्छेद पालैपालो सस्वर वाचन गर्नुहोस् ।

: सस्वर वाचन अभ्यास गर्नुहोस्।।

. पाठको दोस्रो अनुच्छेद मौन पठन गरी एक एक वाक्यमा तलका प्रश्नको उत्तर दिनुहोस् :

(क) छात्रावासबाट कस्ता विद्यार्थी बढी लाभान्वित हुन सक्छन् ? 

:छात्रावासबाट सिकाइमा पछि परेका विद्यार्थी बढी लाभान्वित हुन सक्दछन् ।

(ख) कस्तो सिकाइलाई सहपाठी सिकाइ भनिन्छ ?

: समूह सिकाइलाई सहपाठी सिकाइ भनिन्छ ।

(ग) विद्यालयको प्राथमिकतामा परेको विषय के हो ? 

: विद्यालयको प्राथमिकतामा परेको विषय छात्रावास निर्माण हो ।

(घ) छात्रावासमा विद्यार्थीलाई सजिलैसँग उपलब्ध हुन सक्ने सुविधा के के हुन् ?

: छात्रावासमा विद्यार्थीलाई सजिलैसँग उपलब्ध हुन सक्ने सुविधा पत्र पत्रिका, कम्प्युटर र अन्य सन्दर्भ सामग्री हुन् ।


. पाठ पढी तलका शब्द र अर्थका बिचमा जोडा मिलाउनुहोस्

    विद्यालय - पाठशाला

    प्रयास - कोसिस

    विद्यार्थी - छात्रछात्रा

    वरपर -  यताउति

    लागि - निम्ति

    निकै - ज्यादै

लेखाइ

. पाठका आधारमा तलका प्रश्नको उत्तर सक्षेपमा लेख्नुहोस् :

(क) जनता उच्च माध्यमिक विद्यालयका भौगोलिक विशेषता के हुन् ? 

: जनता उच्च माध्यमिक विद्यालयका भौगोलिक विशेषता हिमाली क्षेत्र र पर्यटकीय स्थल हुन् । 

(ख) यस विद्यालयमा भौतिक संरचनाका रूपमा के के कुरा उपलब्ध छन् ?

:यस विद्यालयमा भौतिक संरचनाका रूपमा विद्यालय भवन, शौचालय र पुस्तकालय उपलब्ध छन् । 

(ग) विद्यालयले छात्रावास निर्माणलाई प्राथमिकता दिनाका कारणहरू के के हुन् ?

: विद्यालयले छात्रावास निर्माणलाई प्राथमिकता दिनाका कारणहरू विद्यालयको शैक्षिक गुणस्तर प्रवर्धन र टाढाबाट आएका विद्यार्थीहरूलाई सुविधा प्रदान गर्ने नै हुन् ।

(घ) छात्रावासले शिक्षाको गुणस्तर प्रवर्धनमा कसरी मद्दत गर्छ ?

:छात्रावासले शिक्षाको गुणस्तर प्रवर्धनमा सक्षमता अभिवृद्धि, समयको सदुपयोग र नवीनतम ज्ञान एवं आधुनिक प्रविधियुक्त सिपको विकास गराएर मददत गर्छ ।

(ङ) विद्यालयले छात्रावास निर्माणका लागि कसलाई किन अनुरोध गरेको हो ? 

: विद्यालयले छात्रावास निर्माणका लागि स्याफ्र गाउँ पालिका, रसुवाका अध्यक्षलाई शैक्षिक गुणस्तर प्रवर्धनका लागि अनुरोध गरेको हो ।

. विद्यालयमा खानेपानीको व्यवस्था गर्न प्रधानाध्यापकलाई निवेदन लेख्नुहोस् ।

२०७../../..


श्री प्रधानाध्यापकज्यू,

जनजागृति उच्च माध्यमिक विद्यालय

काँडेबास, बागलुङ ।

विषय : खानेपानीको उचित व्यवस्था गरिदिने बारे ।

महोदय,

          यस विद्यालयका विद्यार्थी सङ्ख्याको तुलनामा पर्याप्त खानेपानीको व्यवस्था नभएकाले उनीहरूको माग र आवश्यकतालाई ध्यानमा राखी आवश्यक व्यवस्था मिलाइ दिनुहुन अनुरोध गर्दछु । विद्यालयका विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति, सरकारी तथा गैरसरकारी सङ्घसंस्था, शिक्षक, समाज सेवी र राजनीति दलका कार्यकर्ताहरूको भेला गरी आवश्यक छलफल गर्नसके समस्याको समाधान हुनसक्ने थियो सुझाव पनि दिन चाहन्छु मलाई आशा एवम् विश्वास छ, हाम्रो विद्यालयमा खानेपानीको भन्ने समस्या चाँडै नै हल हुनेछ । विद्यालयको खानेपानीको समस्या र समाधानका उपायहरू सहित यो निवेदन पेस गरेको छु ।

निवेदक 

सागर दर्लामी 

कक्षा : ९

क्रमाङ्क: 

(खामको नमुना बनाऊ)

प्रेषक                                          प्रापक

सागर दर्लामी                            श्री प्रधानाध्यापकज्यू

कक्षा : ९                                 जनजागृति उच्च मावि

क्रमाक : १                                काँडेबास, बागलुङ 

. पाठलाई सक्षेपीकरण गरी एक अनुच्छेदमा लेख्नुहोस् ।

: जनता उच्च माध्यमिक विद्यालय स्थानीय सद्भाव र सहयोगमा बालमैत्री वातावरण सिर्जना गर्न प्रयासरत भएकाले भौतिक र मानवीय स्रोतको राम्रो व्यवस्था गरेको छ पर्यटकीय स्थल भएकाले विद्यार्थी डेरा गरी बस्न कठिन भएकाले एउटा विद्यार्थी आवासको निर्माण गर्न प्रयत्नशील छ । विद्यार्थीले सक्षमता हासिल गर्न नसक्नाको मूल कारण छात्रावासको असुविधा नै हो । छात्रावासमा विद्यार्थीका लागि आवश्यक पने अवसर, परामर्श, नवीनतम ज्ञान, आधुनिक प्रविधियुक्त सिप, पत्रपत्रिका, कम्प्युटर तथा अन्य सन्दर्भ सामग्री उपलब्ध हुन सक्छन् । विद्यालयको शैक्षिक गुणस्तर प्रवर्धन गर्न चालिस जना विद्यार्थीका लागि बिस कोठाको तले छात्रावास निर्माणका लागि एक करोड रुपियाँ लाग्ने अनुमान छ । गाविसको स्रोत र स्थानीय समुदायलाई परिचालन गरी योजनालाई सार्थक बनाउन हार्दिक अनुरोध छ ।

. तलका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् : मिति, निवेदक, प्रधानाध्यापक, गाउँ विकास समिति, निर्माण, विषय

मिति : ऐतिहासिक दृष्टिले त पुरा मितिको भूमिका अर्थपूर्ण हुन्छ । 

निवेदक : यो चिठीको निवेदक कृष्ण तामाङ हो ।

प्रधानाध्यापक : अध्यापकहरूको प्रमुखलाई प्रधानाध्यापक भनिन्छ।

गाउँ विकास समिति : स्थानीय निकायका रूपमा गाउँ विकास समितिलाई लिइन्छ ।

निर्माण : हामी रसुवामा एउटा छात्रावास निर्माण गर्दै छौँ ।

विषय : प्रत्येक विषयको अध्ययन ओवश्यक हुन्छ ।


. तलको निवेदन पढेर त्यसको जवाफमा लेख्ने पत्र तयार गर्नुहोस् :

श्री नेपाली विषय शिक्षक

आदर्श माध्यमिक विद्यालय

विषय : अवलोकन गर्न आउने वारे।

तपाईले अनुरोध गरेबमोजिम त्यस आदर्श माध्यमिक विद्यालय, सानोठिमी, भक्तपुरमा अध्ययनरत कक्षा नौका विद्यार्थीहरूलाई मुद्रण यन्त्र तथा प्रविधि अवलोकन दिइएको छ। पाठ्य पुस्तक छपाइ र अन्य ज्ञानवर्धक कुराहरूको अवलोकन गर्न सहयोग पुच्याउने कार्यको जिम्मेवारी बोस्टन बस्नेतलाई दिइएको जानकारी गराउँछौं । यहाँ आई हाम्रा प्राविधिक बोस्टन बस्नेतलाई भेट्नुहुन अनुरोध छ।

महा प्रबन्धक

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड 

सानोठिमी, भक्तपुर।

. तलको विज्ञापन पढेर निर्देशनअनुसार गर्नुहोस् :

बाल अधिकार सबैको सरोकार

- बाल बालिकाको हकहितका लागि सदैव क्रियाशील बनौँ ।

- बाल अधिकार संरक्षणका लागि सहयोग र सहकार्य गरौँ ।

- बाल बालिकाका कुरा सुनौँ र बाल दुर्व्यवहारको अन्त्य गरौँ ।

नेपाल सरकार

महिला, बाल बालिका तथा समाज कल्याण मन्त्रालय


(क) बाल बालिकाको हकहितका सम्बन्धमा एक अनुच्छेद लेख्नुहोस्।

: नेपालको संविधानमा बाल बालिकाका मौलिक अधिकारको व्यवस्था गरेको छ । बाल बालिकासम्बन्धी ऐन, बालश्रम उन्मूलन गर्ने ऐन आदिले बाल हकहितमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । शिक्षा, स्वास्थ्य, सुरक्षा आदिमा सबैको ध्यान गएको छ । संयुक्त राष्ट्र सङ्घले पनि बाल अधिकारसम्बन्धी महासन्धि पारित गरिसकेको छ । सबैका लागि शिक्षाका लक्ष्यहरू पुरा गर्न शिक्षालाई निःशुल्क र अनिवार्य गर्न खोजिएको छ ।

(ख) बाल अधिकारको संरक्षणका बारेमा कुनै गैर सरकारी संस्थालाई लेखेने पत्र तयार गर्नुहोस् ।

२०७../../..

श्री प्रमुखज्यू, सिंविस नेपाल

बानेश्वर, काठमाडौँ

महोदय,

विषय : बाल अधिकार संरक्षण बारे ।

त्यस संस्थाले जिल्ला शिक्षा कार्यालयको समन्वयमा बाल अधिकार सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, बाल क्लब गठन गर्ने, छात्रवृत्तिको व्यवस्था गर्ने, बाल सूचना बोर्ड वितरण गर्ने आदि गर्छ भन्ने सूचना प्राप्त भएकाले हाम्रो विद्यालयका बाल बालिकाहरूका लागि आवश्यक व्यवस्था मिलाइदिन अनुरोध छ । बाल बालिकाको अधिकार, सुरक्षा, सहयोग र सहकार्यका लागि विचार पुऱ्याइदिनु हुन अनुरोध गर्दछु ।

निवेदक

कैलाश परियार

रत्न राज्य उच्च माध्यमिक विद्यालय

नयाँ बानेश्वर, काडमाडौँ ।


(ग) बाल बालिकाप्रति हुने दुर्व्यवहार अन्त्य गर्ने उपायहरूको सूची बनाउनुहोस् ।

बाल दुर्व्यवहार अन्त्य गर्ने उपायहरू 

१. बाल कानुनलाई बलियो र प्रभावकारी बनाउनुपर्छ ।

२. नागरिक सचेतना बढाउनु पर्छ ।

३. आम शिक्षाको व्यवस्था मिलाउनुपर्छ ।

४. बाल अपराध र दुर्व्यसन रोक्नुपर्छ । 

५. अभिभावकहरूलाई बाल सुरक्षा सम्बन्धी प्रशिक्षण दिनुपर्छ ।

६. सामाजिक, शैक्षिक, सांस्कृतिक, आर्थिक र राजनैतिक नेतालाई तालिम दिनुपर्छ ।

. तलको अनुच्छेदका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

: विद्यार्थी जीवन छात्रावासमा बढी अनुशासित हुन्छ । त्यहाँ विद्यार्थीको समय अलिकति पनि दुरूपयोग हुँदैन । विद्यार्थीहरू प्रायः बिहान पाँच बजे नै उठ्छन् र नित्य कर्ममा लाग्छन् । बिहान सामूहिक प्रार्थना हुन्छ । प्रार्थनामा सबै विद्यार्थीहरू सामेल हुनुपर्छ । त्यसपछि विद्यार्थी अध्ययनमा सामेल हुन्छन् । साँझमा विद्यार्थीहरूलाई एक घण्टा खेल्ने अवसर प्रदान गरिन्छ । त्यति बेला उनीहरू आफ्नो रुचिअनुसार फुटबल, भलिबल, ब्याडमिन्टन आदि खेल खेल्छन् । बेलुका पनि सबै विद्यार्थी दस बजेसम्म अध्ययन गर्छन् ।

() विपरीतार्थक शब्द खोज्नुहोस् : शिक्षक, सदुपयोग, साँझ, सुलु, आदान

शिक्षक : विद्यार्थी 

साँझ : बिहान 

आदान : प्रदान

सदुपयोग : दुरूपयोग

सुत्नु : उठ्न्नु

() अर्थ खुल्ने गरी फरक वाक्यमा प्रयोग गर्नुहोस् :

छात्रावास : राम्रो विद्यालयका लागि छात्रावास अनिवार्य छ।

अनुशासन : सामाजिक अनुशासन कायम गर्नुपर्छ

प्रायः : देशका घरहरू प्रायः कमजोर छैनन्

नित्य : हामी नित्य विद्यालय जानुपर्छ।

कर्म : नेपाली कर्मयोगीहरूको जीवनस्तर उदनुपर्छ

प्रार्थना : हामीले भगवान्को प्रार्थना गरिरहेकाछौँ।

() तलका शब्दको अर्थ लेखेर शिक्षकलाई देखाउनुहोस् :

कर्म : काम

अध्ययन : पढाइ

रचि : चाहना

सन्ध्या : साँझ

अवसर : मौका

.तलका शब्दको निर्माण प्रक्रिया बुझतुहोस् र तिनलाई सार्नुहोस्

छात्र+आवास= छात्रावास

विद्या+आलय= विद्यालय

दुर+उपयोग= दुरूपयोग

विद्या+अर्थी= विद्यार्थी

अनु + शासन + इत= अनुशासित

सम्बन्ध+इत= सम्बन्धित

समूह + इक=सामूहिक

सम् + लग्न= संलग्न


.'अनुशासन' शब्द शासनमा 'अनु' उपसर्ग लागेर बनेको हो, त्यस्तै तपाईं पनि 'अनु' उपसर्ग लागेका अन्य पाँच ओय शब्द लेख्नुहोस् ।

: अनुनय, अनुमान, अनुसन्धान, अनुसार, अनुकूल,...

व्याकरण

. तलका उदाहरणअनुसार त्यस्तै अन्य पाँच पाँच ओटा शब्द लेख्नुहोस् :

(क) हिरो, जिरो, पिरो, ढिँडो, मिठो

(ख) काहिलो, साहिलो, सामाजिक, हार्दिक, वार्षिक

(ग) हिमाली, अशियार, अमिलो, पुख्यौली, लम्बाइ

(घ) पति, पनाति, पोइ, जुवाई, दाइ

(ङ) सुनाइ, बुझाइ, मुख्यई, धुत्त्याई,

(च) पछि, अघि, पट्टि, मुनि, निम्ति

(छ) गुलियो, नुनिलो, धुनी, पिंडालु, दयालु

(ज) उकाली, चौतारी, धनी, बिहारी, जहाजी

(झ) माइजू, भाउजू, सांस, फुपू

(ज) पदन, लेख्नु, आउनु, जाऊ, खाऊ

.उदाहरणअनुसारका पाँच पाँच शब्द खोजेर तालिकामा देखाउनुहोस : 

(क) सम्झना, संयोग, समाज, साथी, समय

(ख) बुर्लुक्क, खुरुक्क, जुरुक्क, बुरुक्क, क्वाप्प

(ग) खा, गर, भन्, पढ्, मान

(घ) प्रकाश, सुनील, कपिल, शीतल, सुवास

(ङ) बेठिक, हावा, दावा, बदाम, बदनाम

(च) संयम, संरचना, संलग्न, वंश, संयन्त्र

(छ) अङ्क, शङ्का, कम्प, शम्भु, सन्त, प्रान्त

.'क' समूह र 'ख' समूहका बिचमा जोडा मिलाउनुहोस् :

रुखबाट - एउटै डिकामा लेखिने विभक्ति

पश्चिमपट्टि - एउटै डिकामा लेखिने छोटा नामयोगी शब्द

आमाबाबु - एउटै डिकामा लेखिने दुई दुई लिपिले बनेका समस्त शब्द

नाटककार - प्रत्यय जस्तै एउटै डिकामा लेखिने शब्दांश

भातसात - एउटै डिकामा लेखिने आपरिवर्तित द्वित्व शब्द

नपढेकी - एउटै डिकोमा लेखिने अकरण बोधक 'न'

गरगहना - एउटै डिकामा लेखिने आशिक द्वित्व शब्द

गल्यमिगुर्लुम - एउटै डिकोमा लेखिने पूर्ण द्वित्व शब्द

रामकृष्ण - मध्यवर्ती नाम जोडेर लेखिने दुई लिपिको हलन्त नाम

 . उदाहरणअनुसारका तिन तिन ओटा शब्दहरू लेख्नुहोस् :

(क) अनु, निस, निर, दुस, दुर, वि, नि, अधि, अति, अभि, सु, प्रति, परि, उप, उपसर्गमा इ' उ' इस्व छ ।

जस्तै : अनुवाद, निश्चय, निराहार, दुस्साहस, दुर्गम, विहार, नियम, अधिकार, अतिशय, अभिभावक, सुगम, प्रतिकार, परिभाषा उपहार

अनुकरण, अनुकूल, अनुराग

अभिनन्दन, अभियान, अभिभावक

निष्कर्ष, निष्पक्ष, निष्काशन

निरङ्कुश, निरन्तर, निर्धारण

दुराशा, दुर्गम, दुरूपयोग

विकट वियोग, विचलन

निकट निकेतन, निषेध

अधिकरण, अधिकार, अधिपति 

अतिक्रमण, अतिवृष्टि अत्युत्तम

सुकाम, सुजन, सुयोग

प्रतिकार, प्रतिकूल, प्रतिवाद

परिकल्पना, परिक्रमा, परित्याग

उपसर्ग, उपयुक्त, उपयोग

(ख) 'इक, इका, इत, इम, इमा, इष्ट उक' यी तत्सम प्रत्ययमा 'इ' 'उ' ह्रस्व छन् । 

: सामाजिक, शैक्षिक, वार्षिक

 नायिका, विधायिका, गायिका

 प्रकाशित, पीडित, चिन्तित

 गरिमा, नीलिमा, महिमा

 कनिष्ठ, वरिष्ठ, गरिष्ठ 

 भावुक, जागरुक, बुजुक

(ग) 'ईय, ईन, अनीय, वी, ई' यी तत्सम प्रत्ययमा 'ई' दीर्घ छ ।

: सम्पादकीय, लेखकीय, मननीय

 ग्रामीण, कुलीन, नवीन

 पूजनीय, पठनीय, दर्शनीय

 राजस्वी, तेजस्वी, यशस्वी

 गरिबी, धनी, स्वाभिमानी

(घ) तलका पुलिङ्ग शब्दको अन्त्यका 'इ' 'उ' इस्व र स्त्रीलिङ्गी शब्दको अन्त्यका ई 'कदीर्घ छन् ।

: दाजु, पोइ, विष्णु, भालु, पाण्डु

  सासु, माइजू, भाउज, दिदी, बृहिनी

(ङ) ऋ, ब, ण, श, ष, श, ज्ञ वर्णहरू (कृष्ण, सञ्जय, गण्डकी, शस्त्र, आकर्षण, पक्ष, ज्ञान आदि) तत्सम शब्दमा मात्र प्रयोग हुन्छन् । 

: ऋषि, पुज, विष्णु, वंश, षट्कोण, क्षमा, ज्ञान

. वर्ण विन्यास सम्बन्धी तलका त्रुटिहरू सच्याउनुहोस् :

(क) विद्यार्थी को प्रमूख उद्घेस्य सिक्षा आर्जन गरनु हो । यशका लागि पाठ्य पुस्तक का साथै अन्य सम्थर्व ग्रन्थ पनी पढ्नुपर्छ। सछ्म व्यक्ति कन बिद्यार्थिलाई समाजको एथार्थ ग्यान पनि चाइन्छ ।

: विद्यापीको प्रमुख उद्देश्य शिक्षा आर्जन गर्नु हो । यसका लागि पाठ्य पुस्तकका साथै अन्य सन्दर्भ ग्रन्थ पनि पढ्नुपर्छ । सक्षम व्यक्ति बन्न विद्यार्थीलाई समाजको यथार्थ ज्ञान पनि चाहिन्छ।

(ख) नेपालका बहु सङ्ख्यक व्यक्तिहरू परम्परा अनुसार आ आफ्नो धर्म मान्छन् । अतिथ्य शत्कार पनी एक किसिमको धर्म हो । यो सबैको लागि उतिकै महत्त्वपूर्ण छ। यसको महीमा अइले मात्र होइन पइले पनि थियो र अव पक्षीसम्म पनी रहनेछ । साँजमा आएका पाउना देठता सरअ मान्य हुन्छन् । अतिथीको यथोचित शत्कार गर्नु मानविय गुण पनी हो।

: नेपालका बहुसङ्ख्यक व्यक्तिहरू परम्पराअनुसार आआफ्नो धर्म मान्छन् । अतिथ्य सत्कार पनि एक किसिमको धर्म हो । यो सबैका लागि उत्तिकै महत्त्वपूर्ण छ । यसको महिमा अहिले मात्र होइन पहिले पनि थियो र अब पछिसम्म पनि रहनेछ । साँझमा आएका पाहुना देउता सरह मान्य हुन्छन् । अतिथिको यथोचित सत्कार गर्नु मानवीय गुण पनि हो ।

. सरल रूप र त्यसबाट बनेका तिर्यक रूपका बिचमा जोडा मिलाउनुहोस्

पैसो - पैसा

गानु - गाना

यो - यस

ऊ - उस

म - मै

तँ - तैँ

. तलका सरल रूपलाई तिर्यक रूपमा बदल्नुहोस् :

गर्नु : गर्ना/गर्न

को : का

बिरालो : बिराला

दुलो : दुला

केटो : केटा

सोझो : सोझा

. सरल र तिर्यक कारकका आधारमा तलका वाक्यहरू सच्याउनुहोस् :

(क) मेरो छोरोले अपाङ्गता भएको साथीलाई सहयोग गर्छ । 

: मेरा छोरोले अपाङ्गता भएको साथीलाई सहयोग गर्छ ।

: मेरा छोराले अपाङ्गता भएको साथीलाई सहयोग गर्छ । 

(ख) उले आज धेरै चरोहरू मान्यो ।

: ऊ आज धेरै चरा मार्छ । उसले आज धेरै चराहरू मार्यो ।

(ग) ठको आँखोमा राम्रो दृष्टि शक्ति छ ।

: उसका आँखामा राम्रो दृष्टि शक्ति छ ।

(घ) यो मान्छेले रेडियालाई राम्ररी हेऱ्यो ।

:यो मान्छे रेडियो राम्ररी हेर्छ । यस मान्छेले रेडियोलाई राम्री हेऱ्यो । 

. तलका उदाहरणका आधारमा त्यस किसिमका अन्य वाक्यहरू रचना गर्ने अभ्यास गर्नुहोस्:


(क) सामान्यार्थक वाक्य

- हजुरआमा कथा सुनाउनुहुन्छ ।

-खेतालाले आज मेलो सकेनन् ।

-तिम्रा कक्षामा कति छात्रछात्रा छन् ?

(ख)विध्यर्थक वाक्य

          •आज्ञार्थक वाक्य

           -तँ गोठ जा।

           - तिमी घरमै बस ।

           - तपाईँ गाई दुहुनुहोस् ।।

       •इच्छार्थक वाक्य

           -तिम्रो रोग निको होस् ।

           -ईश्वरले हाम्रो कल्याण गरून् ।

           -अब हामी घर जाऔँ।

(ग)अनिश्चयार्थक वाक्य

          •सम्भावनार्थक वाक्य

            - हाम्रो देश धनी बन्ला ।

            - हामी सबै खुसी होला ।

            - सरकारले जनताको भलो गल्ला ।

        •सङ्केतार्थक वाक्य

           -पानी परे बाली सप्रन्छ ।

           -पैसा भयो भने म पुस्तक किन्छु ।

           -ऊ मन्त्री भयो भने देश बनाउला ।

१०. तलका धातु प्रयोग गरी आज्ञार्थ, इच्छार्थ र सम्भावनार्थमा दुई दुई वाक्य लेख्नुहोस् :


दि : त्यो पुस्तक दिनू । खबर देऊ ।

     त्यो पुस्तक दिएस । खबर दिए । 

     त्यो पुस्तक दिउँला । खबर देउला ।

आठ : तिमी चााँडै तिमी बिहानै आउनू ।

      तिमी चाँडै आएस् । तिमी बिहाने आए । 

      तिमी चाँड आउला । तिमी बिहाने आउली ।

गर् : तिमी राम्री काम गर । तिमीले राम्ररी काम मर्नु । 

      तिमी राम्ररी काम गरे । तिमीले राम्ररी काम गरे । 

      तिमी राम्री काम गरौला । तिमीले राम्ररी काम गरौली ।

हेर : यतातिर हेर । परतिर हेर्नु ।

     यतातिर हेरेस् । परतिर हेरे ।

     यतातिर हेरीला । परतिर हेरीली । 

हु : असल मानिस हौ । असल मानिस हुनु ।

    असल मानिस भए । असल मानिस भएस । 

    असल मानिस हौला । असल मानिस हौली ।


११. तलका क्रियापदलाई आज्ञार्थ, इच्छार्थ र सम्भावनार्थको समूहमा विभाजन गर्नुहोस् : 

गर : आज्ञार्थ

आउला : सम्भावनार्थ

नबस : आज्ञार्थ

उब्जियोस् : इच्छार्थ

निस्कला : सम्भावनार्थ

पढून् : इच्छार्थ

नुहाओस् : इच्छार्थ

दिऊन् : इच्छार्थ

खेल : आज्ञार्थ

आइज आज्ञार्थ

फर्केलिन् : सम्भावनार्थ

जाओआज्ञार्थ

किन्ला : सम्भावनार्थ

१२. तलका वाक्यलाई आज्ञार्थक, इच्छार्थक र सम्भावनार्थकमा बदल्नुहोस् :

(क) तिमी सबेरै उठ्छौ ।

: तिमी सबैरै उठ तिमी सबेरे उदठेस् । तिमी सबेरै उठौली

(ख) त अक्षर राम्रो लेख्छस्

: त अक्षर राम्रो लेख । तँ अक्षर राम्रो लेखेस्/लेखे । ते अक्षर राम्रो लेख्लास् ।

(ग) तपाईँ माला लाउनुहुन्छ ।

: तपाईँ माला लाउनुहोओस् । तपाईँ माला लाउनुहोला । तपाईँ माला लाउनुहोस ।

(घ) गुरुङ दाइ काठ काट्छन् ।

: गुरुङ दाइ काठ काट । गुरुङ दाइ काठ काटून । गुरुङ दाइ काठ काट्लान् ।

परियोजना कार्य

आफ्नो टेलका सरसफाइ सम्बन्धी समस्याहरू टोलबासीसँगै सोधेर ती समस्या समाधानका लागि सम्बन्धित कार्यालयमा लेख्ने पत्र तयार पार्नुहोस् ।


२०७../../..

श्री प्रमुखज्यू,

महालक्ष्मी नगरपालिका

ललितपुर ।

विषय : सर.सफाइ सम्बन्धी समस्याको समाधान गर्ने सम्बन्धमा।

महोदय,

  यस टोलमा सरसफाइ सम्बन्धी विभिन्न समस्याहरू देखिएका छन् । यस येलका बासिन्दाहरूसँग अन्तरक्रिया गर्दा टोलमा सरसफाइ सम्बन्धी समस्यामध्ये फोहरमैला व्यवथापनका लागि कुनै व्यवस्था गरिएको छैन । ढल निकासका बारेमा प्रबन्ध नभएकाले यसतर्फ ध्यानाकर्षित गर्न चाहन्छु । पानीको प्रबन्ध पनि छैन यसर्थ यस टोेलका समस्याहरू मनन गरी आवश्यक व्यवस्था मिलाइ दिनहुन हार्दिक अनुरोध गर्दछु ।

निवेदक

रामबहादुर महर्जन 

घाफल येल


Comments

Popular posts from this blog

पाठ - ४ (म को हूँ ?)

  म को हूँ ? ■अभ्यास■ सुनाइ १. निबन्धको पाँचौं अनुच्छेद सुन्नुहोस् र तलका ठिक बेठिक भनाइ छुट्याउनुहोस् : (क) फुलबाट क्षणिकताको भाव चोरिन्छ ।(ठिक) (ख) फुल रिसाउँछ, बेसरी गर्जेर गाली गर्छ । (बेठिक) (ग) सुल्लाघारीका सुसाइबाट पहाडको चोटको भाव चोरिन्छ । (बेठिक) (घ) चरा चुरुङ्गीबाट लेखकले जीवनको कथा र उन्मुक्तता चोर्छ । (ठिक) २. निबन्धको अन्तिम अनुच्छेद सुन्नुहोस् र सोधिएका प्रश्नहरूको उत्तर भन्नुहोस् : (क) चोरीको माल बाँड्ने माध्यम के हो ? : चोरीको माल बाड्ने माध्यम साहित्य हो । (ख) चोरीको कति भाव चाहिँ तुकुटीमा जम्मा हुन्छ ? :चोरीको मुस्किलले एक चतुर्थांश भाव चाहिं दुकुटीमा जम्मा हुन्छ । (ग) लेखकले चोर्ने कुराको मूल्याङ्कन तपाईले कसरी गर्नुभयो ? : जीवनजगत्का सुन्दरतालाई टिप्नु कलाको धर्म हो, यसलाई विधाअनुसार छुट्टाछुट्टै ढु्गले चोरिन्छ भन्ने मूल्याङ्कन गरेँ । ३. तलको अनुच्छेद सुन्नुहोस् र उत्तर दिनुहोस् : : सञ्चारले हाम्रो जीवनका सबै क्षेत्रलाई प्रभावित तुल्याउँछ । लैङ्गिक भूमिकाका बारेमा पनि सञ्चार जगत् प्र...

Terms and conditions

Terms and conditions These terms and conditions ("Agreement") set forth the general terms and conditions of your use of the onlinemobook.blogspot.com website ("Website" or "Service") and any of its related products and services (collectively, "Services"). This Agreement is legally binding between you ("User", "you" or "your") and this Website operator ("Operator", "we", "us" or "our"). By accessing and using the Website and Services, you acknowledge that you have read, understood, and agree to be bound by the terms of this Agreement. If you are entering into this Agreement on behalf of a business or other legal entity, you represent that you have the authority to bind such entity to this Agreement, in which case the terms "User", "you" or "your" shall refer to such entity. If you do not have such authority, or if you do not agree with the terms o...

About us

  Onlinemobook   is an online platform where students find the answers of any subject. We make sure that all the students who are facing difficulties in questions, will get the effective and correct  answers. Our main goal is to provide the most effective and convenient answers to the students.