Skip to main content

Nepali Guide

पाठ - ४ (म को हूँ ?)

 म को हूँ ?



■अभ्यास■
सुनाइ

१. निबन्धको पाँचौं अनुच्छेद सुन्नुहोस् र तलका ठिक बेठिक भनाइ छुट्याउनुहोस् :

(क) फुलबाट क्षणिकताको भाव चोरिन्छ ।(ठिक)
(ख) फुल रिसाउँछ, बेसरी गर्जेर गाली गर्छ । (बेठिक)
(ग) सुल्लाघारीका सुसाइबाट पहाडको चोटको भाव चोरिन्छ । (बेठिक)
(घ) चरा चुरुङ्गीबाट लेखकले जीवनको कथा र उन्मुक्तता चोर्छ । (ठिक)

२. निबन्धको अन्तिम अनुच्छेद सुन्नुहोस् र सोधिएका प्रश्नहरूको उत्तर भन्नुहोस् :

(क) चोरीको माल बाँड्ने माध्यम के हो ?
: चोरीको माल बाड्ने माध्यम साहित्य हो ।

(ख) चोरीको कति भाव चाहिँ तुकुटीमा जम्मा हुन्छ ?
:चोरीको मुस्किलले एक चतुर्थांश भाव चाहिं दुकुटीमा जम्मा हुन्छ ।

(ग) लेखकले चोर्ने कुराको मूल्याङ्कन तपाईले कसरी गर्नुभयो ?
: जीवनजगत्का सुन्दरतालाई टिप्नु कलाको धर्म हो, यसलाई विधाअनुसार छुट्टाछुट्टै ढु्गले चोरिन्छ भन्ने मूल्याङ्कन गरेँ ।

३. तलको अनुच्छेद सुन्नुहोस् र उत्तर दिनुहोस् :

: सञ्चारले हाम्रो जीवनका सबै क्षेत्रलाई प्रभावित तुल्याउँछ । लैङ्गिक भूमिकाका बारेमा पनि सञ्चार जगत् प्रभावकारी हुन्छ । पत्र पत्रिका, टेलिभिजन, चलचित्र सबैमा पुरुष र महिलाको भूमिकाको वर्णन पाइन्छ । यिनले महिला र पुरुषको समान भूमिकाको वर्णन गर्छन् । चालिस वर्षअघिसम्म संसारमा यो अवस्था थिएन सुरुमा महिलालाई छोराछोरी हेर्ने र घरको काम गर्ने भूमिका दिइन्थ्यो । आमाले घर बस्ने र बाबुले बाहिर गएर काम गर्ने परम्परागत प्रस्तुति अहिले पनि टेलिभिजन र चलचित्रमा देखिन्छ । यस्तो प्रस्तुतिले समाजमा लैङ्गिक असमानतालाई कायम राख्छ । मान्छेको लैङ्गिक भिन्नता शारीरिक मात्र हो । सामाजिक सांस्कृतिक भूमिकामा महिला पुरुष समान हुन् । पूर्ण रन्यायपूर्ण समाजको स्थापनाका लागि पुरुष महिलामा सम व्यवहार आवश्यक छ ।

(क) महिलाको भूमिकाको वर्णन पाइने सञ्चारका माध्यम कुन कुन हुन् ?
: महिलाको भूमिकाको वर्णन पाइने सञ्चारका माध्यम पत्र पत्रिका, टेलिभिजन, चलचित्र, रेडियो आदि हुन् ।

(ख) सुरुमा महिला र पुरुषलाई कसरी हेरिन्थ्यो ?
: सुरुमा महिला र पुरुषलाई असमान ढङ्गले हेरिन्थ्यो ।

(ग) लैगिक न्याय किन आवश्यक छ ?
: पूर्ण र न्यायपूर्ण समाजको स्थापनाका लागि लैङ्गिक न्याय आवश्यक छ ।

(घ) यस अनुच्छेदको मुख्य सन्देश के हो ?
: सामाजिक-सांस्कृतिक जागरण, समानता सहअस्तित्व र भूमिकालाई सशक्त बनाउन सञ्चार माध्यमको भूमिका उल्लेखनीय हुन्छ भन्ने यस अनुच्छेदको मुख्य सन्देश हो।

४. पाठको चौधौं अनुच्छेद श्रुति लेखन गर्नुहोस् ।
: श्रुति लेखन अभ्यास गर्नुहोस्


बोलाइ


१. तलका शब्दहरूको ठिक उच्चारण गर्नुहोस् र उदाहरणमा देखाए
जस्तै गरी उच्चारण गरिएको कुरा लेख्नुहोस् :
जस्तै : जीवन जिबन, आज्ञाकारी/आग्रयांकारि

क्षणिक : छँयणिक
सहृदयी : सहिर्दई
अभीष्ट : अबिस्ट
स्मृतिपुञ्ज : इसमर्तिपुन्ज
स्निग्ध : इसनिग्द/इनिग्ध
खुल्दुली : खुल्दुलि
प्रतीक्षा : प्रतिकछ्या
रिक्तता : रिक्तत्ता
मूल्याङ्कन : मुल्ल्याङकन
विस्मृत : बिस्मृत

२. निबन्धमा लेखकले केका लागि किन चोरी गर्ने विचार बनाएकी हुन् भन्ने बारेमा समूहमा छलफल गरी त्यसको निष्कर्ष कक्षामा प्रस्तुत गर्नुहोस् ।
: निवन्धमा लेखकले आत्मसन्तुष्टिका लागि चोरी गर्ने र कला सिर्जनाका लागि चोरी गर्ने विचार बनाएकी हुन् । लेखकलाई कला मूल्य स्थापना गर्ने दृढ इच्छा छ । कलालाई प्रकृतिको अनुकरण मानिने भएकाले लेखिका कुनै वस्तु नचोरी त्यसको भाव चोनें इच्छ मात्र प्रकट भएको छ । मानिसको बचाइ र पशुको सँचाइ भिन्न हो किनभने पशु अघाउन चोर्छ र मानिस थप जिन्दगीका लागि चोर्छ । यसर्थ लेखक भावनाको चोरी गरी जोवन मूल्य स्थापित गर्ने विचार बनाएकी हुन् भन्ने स्पष्ट हुन्छ ।

३. मनिला र प्रवेश एउटा पुस्तक पसलमा भेट हुन्छन् । कस्तो पुस्तक पढ्ने भन्ने बारेमा उनीहरूका बिच हुने कुराकानी लेखी हाउभाउसहित कक्षामा प्रस्तुत गर्नुहोस्

पुस्तकको छनोट
(मनिला र प्रवेश कक्षा ९ मा पढ्छन् । पुस्तक पसलमा उनीहरूबिच भएका कुराकानी)

मनिला : आज कता हिंड्यो त प्रवेश
प्रवेश : एउटा पुस्तक किनौं कि भनेर आएको नि
मनिला : कस्तो पुस्तक पढ्नु उपयुक्त होला त ?
प्रवेश : ज्ञानवर्धक, मनोरज्जनात्मक र समसामयिक महत्त्वका पुस्तकहरू पद्त हुन्छ।
मनिला : यस्ता पुस्तकहरूको छनोट चाहिँ कसरी गर्ने त ?
प्रवेश : पाठकको क्षमता, उमेर, समाज आदिका आधारमा छनोट गर्नुपर्छ ।
मनिला : आधुनिक ज्ञानकेन्द्रित समाजमा ज्ञान र सिपले भरिएका पुस्तक किन्नुपर्छ होइन त।
प्रवेश : हो त ।
मनिला : मैले त मुना किनेर पढने योजना बनाएँ।
प्रवेश : मैले सामाजिक जागरण भन्ने पुस्तक छाने ।
दुवै : दुवै पुस्तक एक-अकामा साटेर पढौं है ।
(दुवै आआफ्नो घरतिर लाग्छन् ।)

४. तपाई आफूलाई कसरी चिनाउनुहुन्छ ? आफ्ना बारेमा बुँधा बनाउनुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् ।


(क) म कक्षा ९ मा अध्ययनरत असल, योग्य, अनुशासित र इमानदार विद्यार्थी हुँ ।
(ख) सकारात्मक चिन्तन र सिर्जनात्मक सोचले गर्दा म अरुभन्दा अधिछ ।
(ग) भाषा, साहित्य, कला, संस्कृति, ज्ञान, विज्ञान आदि क्षेत्रमा म सक्रिय देखिन्छु ।
(घ) सामाजिक जागरण ल्याउन चाहने ऊर्जाशील विद्यार्थीका रूपमा म आफूलाई चिनाउन चाहन्छु ।
(छ) विकृति, विसङ्गति, अन्याय, अत्याचार, शोषण र बलात्कारको विरुद्धमा आवाज बुलन्द पार्न चाहन्छु ।


पढाइ


१. चौथो र पाँचौं अनुच्छेदलाई सस्वर वाचन गर्नुहोस् र ती अनुच्छेद पढ्न तपाईंलाई कति समय लाग्यो, शिक्षकलाई सोध्नुहोस् ।

: निर्देशन अनुसार अभ्यास गर्नुहोस् ।

२. पाठ पढेपछि लेखक कस्तो खालको चोर हुन् भन्ने कुरा अनुमान गर्नुभयो, लेख्नुहोस् ।
: पाठको सारांश हेर्नुहोस् ।


३. 'म को हुँ' निबन्ध पढी यसका सबै विषयलाई समेट्ने गरी समूहमा पाँच ओटय प्रश्न निर्माण गर्नुहोस् र शिक्षकलाई देखाउनुहोस् ।
(क) निबन्धकारले प्रकृतिबाट के चोर्छिन् ?
(ख) जगत्का आमाहरू कहाँ एकाकार भएका छन् ?
(ग) निबन्धकारले चोरेका सामाजिक-आर्थिक पक्षहरू के के हुन्।
(घ) उनले आनन्दको भाव कसरी चोरेकी छिन् ?
(छ) निबन्धकारले गरेको अनुभव के हो ?


४. उक्त प्रश्नको उत्तर पनि तयार पारी कक्षामा प्रस्तुत गर्नुहोस् ।

(क) निकन्धकारले शुष्क प्रकृतिबाट निरसता र हराभरा वासन्ती प्रकृतिबाट उत्साह चोछिन्।
(ख) जगतका आमाहरू निबन्धकारकी आमामा आएर एकाकार भएका छन्।
(ग) दुःखी गरिबको दुःख, पीडा, दासता आदिको क्रन्दन, रुवाइ र कुण्ठाको भाव, नेपाली महिलाका निरासाहरू आदि निवन्धकारले चोरेका सामाजिक-आर्थिक पक्षहरू हुन्।
(घ) दुःखान्तक र सुखान्तक साहित्यबाट उनले आनन्दको भाव चोरेकी छिन।
(ङ) रिक्तता र कडगालपन निचन्धकारले गरेको अनुभव हो।



लेखाइ


१. निबन्धको सातौं अनुच्छेदबाट मुख्य मुख्य पाँच बुँदा टिपी सारांश लेख्नुहोस् ।


प्रतिनिधि बुँदाहरू

•सँगिनी र मित्रका रूपमा परिचित जगत्भरका आमाहरू एकाकार भएका भावना चोरी
•सन्तानवियोगका पीड़ा एवं संसारलाई हेर्ने दृष्टि भाव पनि आमा हुन् भन्ने कुरा चोरी
•छोराछोरीलाई समान ढहूंगले माया गर्नुपर्छ भन्ने भावनाको चोरी छोरीलाई क्रियाशील बनाउनुपर्ने पवित्र भावनाको चोरी
•समाजले सिर्जिएका लैगिक विषमताले रन्थनिएका भावको चोरी

सारांश

संगिनी र मित्रका रूपमा परिचित जगत्भरका आमाहरू एकाकार भएकाले सन्तान वियोगका पीड़ा एवं संसारलाई हेरने दृष्टि भाव र छोराछोरीलाई माया गर्नुपर्छ भन्ने भावनाको चोरी भएको छ । छोरीलाई क्रियाशोंल बनाई लैगिक विपमताले रन्थनिएका भावको चोरी भएको छ ।

२. निबन्धका मुख्य मुख्य सन्देशका बारेमा विवेचना गर्नुहोस् ।
: पाठको साराश हेर्नुहोस् ।

३. व्याख्या गर्नुहोस् :

(क) प्रकृति त प्रकृति नै भयो, उसलाई कसले चाहिं चोरेको, ठगेको, लुटेको छैन र ?
: प्रकृतिमा जे छ, त्यो सबैतिर छ । प्रकृतिमा जे छैन त्यो कतै पनि छैन प्रकृति अथाह छ, जसको भाव सौन्दर्यलाई जसले जति चोरे पनि कसैलाई थाहा पनि हुँदैन .रं कसैले चोरीको आरोप प्रत्यारोप पनि गर्दैन, प्रकृतिमाथि राज नगरी कसैले आफ्नो लक्ष्य हासिल गर्न सक्दैन । सम्पूर्ण सिर्जनाको स्रोत प्रकृतिको हो । प्रकृतिक अनुकरणबाट कलाले पूर्णता प्राप्त गर्छ । जीवनजगतका सम्पूर्ण क्रियाकलापहरु प्राकृतिक चोरीबाटै निर्देशित हुन्छन् । प्रकति भौगोलिक, मानवीय र सामाजिक आदि खण्ड-उपखण्डहरूमा विभक्त भएका हुन्छन् । प्रकृतिको दोहन नगरी कला साहित्य, ज्ञान, विज्ञान र प्रविधिको राम्रो विकास हुनसक्दैन । मानव जीवनलाई माझ्ने र खाने काम प्रकृतिले गर्छ । प्राकृतिक सौन्दर्यको बयान नगरी लेखकका अभीष्ट लक्ष्यहरू पुरा हुनसक्दैनन् । प्रकृतिका बहुविध रूपहरूको अवलोकन र समीक्षा नगरी कलाले उचाइ प्राप्त गर्न सक्दैनन् । यसर्थ प्रकृतिका सारलाई कलामा रूपान्तरण नगरेसम्म सर्वोत्तम कलाको जन्म हुन सक्दैन । जेहोस, प्राकृतिक भावनाको चोरी, लुटपाट गैरकानुनी नभई सनातन कुराहरू हुन् ।

(ख) आमाबाबा बाहेक मेरो अर्को ईश्वर छैन ।
: मानवको स्रष्टो उसका बाबाआमा हुन् । उनीहरूका अभ्यास र इच्छा बिना कुनै प्राणीको जन्म हुनसक्दैन । यसर्थ प्राणीको पूर्णता उसका आमाबाको लगानी हो भन्ने स्पष्ट हुन्छ । ईश्वर भनेको सिर्जनाको स्रोत हो । ब्रह्मा, विष्णु र महेश्वरकी साझा रूप आमाबा नै हुन् । मान्छेको जन्म, विकास र बिस्तारका सम्पूर्ण सार आमाबाट प्राप्त हुन्छ । मातृ देवो भवः पितृ देवो भवः हाम्रो सांस्कृतिक आदर्शहरू हुन् । यसर्थ संस्कृतिको जग नै आमाबालाई ईश्वर मान्ने प्रचलन विकसित भइसकेकाले यस पडक्तिको आशय पनि तिनै तथ्यहरूलाई प्रकारान्तरको पुष्टि गर्ने प्रयत्न भएको छ। सुन्दर संसारलाई सजाउने शक्ति ईश्वर हो र त्यही ईश्वरका प्रतिरूप वाआमा हुन् । त्यसैले मान्छेको व्यक्तित्व विकास गराउने शक्ति नै ईश्वर आमाबा हो भन्ने स्पष्ट हुन्छ ।

४. 'म फुल हुँ' शीर्षकमा एउटा अनुच्छेद रचना गर्नुहोस् ।

म फुल हुँ
संसारको सबैभन्दा प्रिय, आकर्षक र प्रशसित वस्तु मे नै हैं । मलाई मानिसहरू फुल भन्छन् । जन्मदेखि मृत्युसम्मका सम्पूर्ण कर्महरू पूरा गर्न म आफै अग्रसर हुन्छु । प्रकृतिका सुन्दरतम पक्षहरूको वर्णन हुँदा नै फुल एक नम्बर पर्छ भन्ने करा सबैलाई थाहै छ । त्यसैले संसार सिंगार्ने, बास्मा उने, र आकर्षित गर्ने शक्ति भनेकै मै है। त्यसैले सौन्दर्यका सारहरू खोज्नु पुग्यो भने मलाई नै हेर्नुहोला है।

५. 'मेरा सपनाहरू' भन्ने शीर्षकमा सर्वप्रथम शिक्षकबाट बुँदाहरू प्राप्त गर्नुहोस् । शिक्षकबाट प्राप्त ती बुँदालाई निबन्धका रूपमा लेख्नुहोस् ।

: मेरा सपनाहरू


सामान्य अर्थमा सपना काल्पनिक करा ... जीवनमा सपना आवश्यक ... सपना विपनाको प्रतिबिम्ब. भविष्यको योजना... सिर्जनाको स्रोत ... जीवनको मार्गदर्शन .., इच्छा शक्ति पुरा गर्ने र नयाँ सोच... जागरणको केन्द्र.. चुनौतीहरूको सामना गर्ने आधार ... जीवनलाई अर्थपूर्ण र सिर्जनशील बनाउन ... मानवीय मूल्यको जगेर्ना गर्ने आधार ... सम्बन्ध कल्पनासँग छ भन्ने कुरामा दुविधा छैन । समग्र विकासको संवाहक ... । सामान्य अर्थमा सपनाको सोझो जतिसुकै काल्पनिक भए पनि जीवनमा सपना आवश्यक छ । विपनालाई साकार बनाउन सपनाको भूमिका उल्लेखनीय छ, त्यसैले सपनालाई विपनाको प्रतिबिम्ब मानिन्छ । सपनालाई भविष्यको योजना पनि भन्छन् । मलाई पनि त्यस्तै लाग्छ । सिर्जनाका यावत् स्रोतहरू सपनाबाट पुष्टि हुन्छन् । जीवनका मार्गनिर्देश/मार्गदर्शनहरू सपनाबाट प्राप्त हुन्छन् भन्ने कुरामा शङ्का छैन । प्रत्येक मान्छेका इन्छा शक्तिहरू पुरा गर्ने नयाँ सोच सपना हो भन्ने मलाई थाहा । सपना जागरणको केन्द्र भएकाले मेरा सपनाहरू पुरा गर्न
मैले जागृत हुनैपर्छ । एक वा अनेक चुनौतीहरूको सामना गर्ने आधार पनि सपना नै हो भन्ने मलाई जानकारी छ । म आफ्नो जीवनलाई अर्थपूर्ण र सिर्जनशील बनाउन प्रयत्नशील छ । मानवीय मूल्यको जगेर्ना गर्ने आधार पनि संपना नै हो । यसर्थ मेरा सपनाहरूलाई साकार पार्न अनेकों प्रयत्नहरू आवश्यक छन् । सर्वाङ्गीण विकासका ढोकाहरू खोल्ल मेरा सपनाहरू कति सार्थक हुने हुन् भन्ने कुराको प्रतीक्षा हुँदैछ । सपनालाई सजाएर समग्र विकासको संवाहक बनाउन प्रयत्नशील छु । हेरौं, सपनाहरू कुन हदसम्म साकार हुने हुन् ।

६. 'शारदीय आकाश' शीर्षकमा बुँदा तयार पारी एटा आत्मपरक निबन्ध रचना गर्नुहोस् ।

शारदीय आकाश


६ ऋतुमध्ये चौथो ऋतु .. वर्षापछिको समय ... असोज र कात्तिक महिना... नेपालीहरूका महान् चाड दसैं, तिहार, छठ .... हिलो मैलोरहित समय .. खुला आकाशले -मन लोभ्याउने ... सयपत्री, मखमली, गोदावरी आदि फुलहरूले सजिएको जीवनमा उत्साह, उमगं भरिने ... सामाजिक - सांस्कृतिक दृष्टिले अर्थपूर्ण ... प्राकृतिक दृष्टिले सौम्य ... ।
(माथिका बुँदा हेरी लेखन अभ्यास गर्नुहोस् ।)


७. रेखाकित शब्दलाई तल दिइएका अर्थसँग जोखा मिलाउनुहोस् :
असमानता, कला, घनिष्ठ, सुमधुर, अनित्य

....१. मलाई निश्त, निष्कपट पवित्र, स्निग्ध मायाको सागरमा चुर्लुम्म डुवाएका छन् ।
....२. फुलको सौन्दर्यबाट शिल्प चोरेको छ ।
....३. जीवन क्षणिक छ यस क्षणिकताबाट म सन्तुष्ट छैन।
....४. मेरी आमा आमा मात्र होइनन, मेरी निकटतम संगिनी पनि हुन् ।
....५. उनका वर्गाय एवम् लेगिक विषमताले रन्थनिएका भाव चोरें ।

कला१. मलाई निश्छल, निष्कपट पवित्र, स्निग्ध मायाको सागरमा चुलम्म डुवाएका छन् ।
सुमधुर२. फुलको सौन्दर्यबाट शिल्प चोरेको छु । अनित्य, जीवन क्षणिक छ यस क्षणिकताबाट म सन्तुष्ट छैन ।
अनित्य३.। मेरी आमा आमा मात्र होइनन्, मेरी निकटतम सॉंगिनी पनि हुन् ।
असमानता ५. उनका वर्गीय एवम् लैंगिक विषमताले रन्थनिएका भाव चोरें ।

८. निबन्ध पढी तल सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :

(क) चोरी स्वीकार गर्दा पनि लेखकलाई लाज नलाग्नुको कारण के हो ?
: संसारका महानतम सरष्टाहरूले भावनात्मक चोरोबार्ट अरमत्व प्राप्त गरेका हन्छर भन्ने तथ्य ने चोरी स्वीकार गर्दा पनि लेखकलाई लाज नलाग्नुको कारण हो ।
(ख) लेखक किन चोरी गर्न बाध्य छिन् ?
:पशुले भन्दा बढी बाँच्ने इच्छा भएकाले लेखक चोरी गर्न चाध्य छिन ।
(ग) लेखकले चोर्ने कुराहरू के के हुन् ?
: लेखकले चोर्ने कुरा भावना, विचार, रूप, सौन्दर्य आदि हुन ।
(घ) आमा र बायाबाट लेखकले के के चोरी गरिन् ?
: आमा र बाबाबाट लेखकले सरलता, निभीकता र स्वाभिमान चोरी गरिन ।
(ङ) लेखकले बालकहरूसँग किन मित्रता गाँसेकी छन् ?
: चोरोकै ध्येय राखेर लेखकले बाल बाल बालिका) हरूसँग मित्रता गाँसेकी हुन् ।

९. 'म को हुँ' निबन्धमा निबन्धकारले आफूलाई कसरी चिनाएकी छन्, वर्णन गर्नुहोस् ।
: सारांश हेर्नुहोस् ।


व्याकरण


१. तलको अनुच्छेदका रेखाइकित शब्दहरू सर्वनाम हुन्, तिनलाई अभ्यास पुस्तिकामा सार्नुहोस् :
: म बायमा थिएँ । बाटामा सीमा र स्वरूप पनि भेटिए । उनीहरू बजार हिंडेका थिए । अब हामी सँगै भयौँ । बजारमा सीमाले आफूलाई जुत्ता किनिन् । म चाहिँ कलम किन्न चाहन्थे । पसलमा पुगेर स्वरूपले भन्यो, "कलम किन्ने भए त्यो राम्रो छ । "खोई कुन चाहिँ हो ?" सीमाले सोथिन् । "जुन राम्रो छ त्यही किन्द, मैले भनें । बजारका बिचम को को भेटिए, के के देखिए पत्तै भएन । कोही खाँदै थिए । कुनै कुनै पसलमा भिड पिए । "तपाइँहरू भेटिएर रमाइलो भयो" अन्त्यमा मैले भने । हामीहरूले आज रमाइलो गर्यौँ ।

२. पाठको पहिलोदेखि तेस्रो अनुच्छेदसम्म प्रयोग भएका सर्वनाम शब्दहरू टिपनुहोस् ।
: म, तपाईं, मलाई, मैले, ते, आफ... ।

३. म, हामी, उनी, त्यो, आफू, जुन, कुन, के, को जस्ता सर्वनाम प्रयोग गरी एउटा अनुच्छेद रचना गर्नुहोस् ।
: म पोखरा भ्रमणमा गएको थिएँ । त्यो ठाउँ असाध्यै सुन्दर रहेछ भन्ने कुरा मैले थाहा पाएँ । को को साथीहरूसंग कुन ठाउँमा घुम्ने हो भन्ने सोच्दा सोच्दै आफ त अलमल्ल परियो जुन घटना आजै जस्तो लाग्छ । फेवातालमा पुग्दा सोनाम र लखन भेटिए । हामी तिनै भाइले त्यहाँको अवलोकन गर्यो । पोखरा जस्ता ठाउँको भ्रमण गर्नेपर्छ जस्तो लाग्यो ।

४. तलको अनुच्छेदबाट दस ओटा सर्वनाम नदोहोयाई टिप्नुहोस् :
: मराम नेपाली हुँ । श्यामा र कमल मेरा साथी हुन् । हामी मिलेर पढ्छौं । म आफ जातले दलित हूँ । श्यामा राई र कमल बाहुन हुन् । उनीहरू मसंगे खान्छन् । त्यो दलित, यो राई, तिमी बाहुन भन्ने भाव हामीसँग छैन । कुनै दलित, कुन बाहुन भन्ने कुरा सामाजिक विभेद हो । तपाईमा पनि कुनै प्रकारको विभेदको भाव हुनुहुन्न । जोसुकै भए पनि हामी मानिस हौँ। प्रत्येकले यसरी नै सोचे समाजबाट जातीय विभेद आफै हराउँछ । म, हामी, आफ, उनीहरू, त्यो, तिमी, कुन, कुनै, जोसुकं, आफै ।

५. तलको अनुच्छेदमा रेखाकित शब्दहरू नामयोगी हुन, तिनलाई अभ्यास पुस्तिकामा सार्नुहोस् :

कर्णालोभित्र जुम्ला छ । धेरै वर्षसम्म जुम्लामा गाडी पुगेन । जुम्लाभन्दा पछि गाडी पुग्ने जिल्ला पनि छन् । जुम्लामाथि हिमाल छ । जुम्लाभित्र तिला नदी छ । नदीपारि स्याउखेती छ। यसपालि स्याउ राम्रो फलेछ'। पुससम्म पर्खदा दाम पनि अएछ । व्यापारीसँग किसानले पैसा मागे । पैसासहित पुगेका व्यापारीसँग उनीहरूले पैसाबेगर स्याउ नै दिएनन । मागेअनुसार पैसा पाएपछि उनीहरूले डोकाभरि स्याउ टिपे । डोकोसमेत साहलाई दिए । व्यापारी पनि किसानसँग दङ्ग परे । उनीहरूले घरमाथिसम्म गाडी पुयाए । घर अगाडिबाट स्याउ बोकाए । बिच बजारमा पुयाए । गाडीभित्र स्याउ हाली नेपालगन्जसम्म पुन्याएर नाफा कमाए। किसानका घरभित्र पनि खुसियाली छायो ।

६. निबन्धबाट दस ओटा नामयोगी शब्द छानी अभ्यास पुस्तिकामा लेख्नुहोस् ।
: सोग, भन्दा, सम्म, समेत, भित्र, माथि, सहित, भरि, तिर, चोटि ... ।

७. सँग, बिना, भित्र, बमोजिम, बाहेक, वापत, भरि, निम्ति, समेत, देखि, माथि, बिच जस्ता नामयोगी प्रयोग गरी आफ्ना बारेमा वर्णन गर्नुहोस् ।


मसँग साथीहरू पनि घुम्न मन पराउँथे । मबिना दिलु अगाडि लाग्दैनथ्यो । मभित्रको अटुट विश्वासकै कारण महत्त्वपूर्ण कार्य गर्न सफल भएको छु । नियमबमोजिम अघि बढ्नु मेरो - उद्देश्य हो । म बाहेक अरूले धेरै काम गर्न सक्दैनथे। अरूलाई भलो गरे वापत म कुनै पुरस्कारको अपेक्षा गर्दिन । मेरो प्रभाव विद्यालयभरि रहेको छ। मैले अरूका निम्ति बाँच्ने इच्छा गरेको छ। विरोधीहरूले समेत मेरो सम्मान गर्न थालेका छन्। राम्रो काम गर्नु मेरो सुरुदेखिकै लक्ष्य हो । देशको भविष्यमाथि म सधैँ अग्रसर छु। म साथीहरूका विचमा निकै सहयोगी छु।

८. तलको अनुच्छेदबाट १५ ओटा नामयोगी शब्द नदोहोऱ्याई छानेर लेख्नहोस :
: रमासँग पुस्तक छ । उनी टेबलमाथि पुस्तक राख्छिन् । उनको बर तमोरपारि छ । उनलाई गुरूप्रति विश्वास छ । एक दिन उनी गुरुकहाँ गइन् । गुरुसमक्ष आफूले नजानेका कुरा सोधिन् । उनलाई जीवन पर्यन्त नबिर्सने गरी पढ्ने मन थियो । त्यसैले पढ़नसम्म पढिन।। पुस्तकभित्रका कुरा सोधिन् । अभ्यासअनुसारका प्रश्न गरिन् । गुरु पनि उनको पढ़ाइप्रतिकों जाँगरसँग परिचित हुनुभयो । दिनभरि पढाउनुभयो । रमाले आफ्नो अपेक्षा पुरा गरिन् । त्यस बापत उनीसँग धन्यवाद दिनुभन्दा बढी कुरा थिएन उनले गुरुवाट स्याबासीसमेत पाइन् । बिहान दस बजेदेखि साँझ पांच बजेसम्म पढिन् । गुरुआमासँग पनि चिनजान गरिन् । गुरुमाथिको भरोसा पनि व्यक्त गरिन् । गुरुआमाले पनि उनलाई घरमुनि लिएर जानुभयो । गुरुमार्फत् उनले कति कुरा सिकिन् त्यो पनि भनिन् । यस अतिरिक्त उनले गुरुकी छोरीलाई पनि भेटिन् । आफूभन्दा ठुली भए पनि उनीसित कुराकानी गरिन् । पाँच बजेपछि उनी घर फर्किन् ।

: सँग, माथि, पारि, कहाँ, समक्ष, सम्म, भित्र, अनुसार, भरि, भन्दा, समेत, माथि, मुनि, मार्फत, सित, पछि....

९. तलका रेखाङ्कित शब्दमध्ये संयोजक र निपातलाई छुर्यछुटै तालिकामा लेख्नुहोस् :

शर्मिला चौधरी र राधेश यादव साथी हुन् शर्मिला धनी गाउँ तथा राधेश बनी गाउँका हुन् । शर्मिला खुबै पढ्छिन् किनभने उनी राम्रो भविष्य बनाउन चाहन्छिन् ।. "आ ! धेरै पढेर के पो हुन्छ र ?" राधेश भन्छन् । "जे पनि हुन्छ नि' शर्मिला भन्छिन् । राधेश बिहान उठ्छन् अनि खेल्न जान्छन् । शर्मिला पनि बिहानै उठ्छिन् तर खेलन जान्नन् । उनी त खेल्नमा त्यति रुचि नै राख्दिनन् परन्तु एकछिन बारीमा चाहिँ डुल्छिन् । राधेश थोरै पढ्छन् तैपनि परीक्षामा राम्रो गर्छन् "पदन पनि पर्छ खेल्नु पनि पर्छ" उनी भन्छन् एक दिन शर्मिलाले भनिन् "लौ त तिमी नपढ ।" "खै तिमी त यसो पो भन्न थाल्यो" राधेशले भन्यो । "ल म कि प्रथम हुन्छु कि द्वितीय अथवा पहिलो वा दोस्रो भएरै छाड्छु" उसले थप्यो । पहिलो अथवा दोस्रो नै त सबै कुरा होइन, मुख्य कुरा त पढ्नु हो रे, सरले भनेको"
शर्मिलाले भनिन् । त्यसपछि राधेश पनि मन लगाएर पढ्न थाल्यो ।

: पो: निपात
तर: संयोजक
चाहि: निपात
वाः संयोजक
र : संयोजक
त: निपात
तैपनि : संयोजक
रे: निपात
नि: निपात
नै : निपात
पनि : संयोजक
अनि : संयोजक
परन्तु : संयोजक
कि : निपात

१०. पाठको चौथो अनुच्छेदबाट पाँच ओट संयोजक र चार ओटा निपात टिप्नुहोस् ।

संयोजक : किनभने, पनि, भने, तर, अब
निपात : ए, नि, झैँ ,यो, लौ

११. र, खा, अनि, पनि, किनकि, तर, किन्तु जस्ता संयोजक प्रयोग गरी आफ्नो कक्षाकोठाको वर्णन गर्नुहोस् ।
: मै कक्षा ९ मा अध्ययनरत विद्यार्थी हँ। मेरो विद्यालयमा जम्मा १६ ओटा कोठाहरू छन् । रमा, राधिका र अर्चना मिलेर कक्षाकोठा सजाए छन् । म त राम वा हरिमध्ये को आउने भनी कुरिरहेको छु किनकि मेरो गृहकार्य सकिएको छैन । म पनि ऊ भन्दा कमजोर विद्यार्थी होइन तर सहयोग त चाहिन्छ नै । मेरो कक्षाकोठा सुन्दर अनि बालमैत्री छ किन्तु पढ्ने विद्यार्थीले नै हो नि !

१२. न, नि, है, रे, त, पो, कि, लौ, खै जस्ता निपात प्रयोग गरी आफ्नो मिल्ने साथीको वर्णन गर्नुहोस् ।

: मेरो मिल्ने साथीको नाम सुनील हो । खै त । आजा ऊ कहाँ गएछ । मैले हिजो त चाँडै आऊ है भनेको थिएँ । लौ ढिलो आउने महेश पनि आइपुग्यो । यति खेरसम्म न सुनील आयो न खबर गर्यो । अलमल पो भयो कि कतै । ढिलो भयो भनेर खुरु खुरु आउनु नि ! अनि त कुरै सकियो । सुनील असाध्यै मिल्ने साथी भए पनि कहिलेकाहीँ अचम्मै गर्छ ।


परियोजना कार्य


(क) 'नेपालमा जलस्रोतको उपयोग" शीर्षकका साम खोजी मुख्य मुख्य बुंदा निर्माण गर्नुहोस् । ती बुँदा शिक्षकलाई देखाई उक्त शीर्षकमा एउटा निबन्ध तयार पा्नुहोस् ।


नेपालमा जलस्रोतको उपयोग

जलभ्रमका गीत गाएर देश विकास हुँदैन न हाम्रो समस्याको सही र सार्थक निकास निस्कन्छ। ६००० नदीनालाहरूको नाम जपेर मात्र, ८३ हजार मेघावाट विद्युत क्षमता श्लोक हालेर मात्र नेपालले कहिल्यै विकासको लक्ष्य भेटाउँदैन, कस्तुरी मृगले आफ्नै नाभिको सुगन्ध नभेटे । गण्डकी, कोसी, कर्णाली, मेची र महाकालीका गीत गाएर मात्र नेपालका घरभित्रको अँध्यारो हट्दैन, पाखापखेरा, खेतबारी र यरहरूमा चिस्यान पस्दैन । धानका बालाहरू झुल्दैनन, मकैका घोगाहरू तेर्सिदैनन, गहुँ, कोदो, फलफूल र तरकारीहरू फैलिंदैनन् । अनि जीवन कहाँ बौरिनसक्छ। जलप्रवाहले नेपालको अन्धकार चिर्नुपर्छ। अन्यथा नेपालीहरूको जीवनस्तर उठ्नसक्दैन । औद्योगिक राष्ट्रको परिकल्पना साकार पार्ने ऊर्जाका रूपमा काम गर्ने जलस्रोतलाई सेतो कोइला पनि भनिन्छ । त्यस्तै जलविहारका माध्यमबाट पर्यटन प्रवर्धन गर्ने र खेलकुदको विकास गर्ने महत्त्वपूर्ण कार्य पनि अर्थपूर्ण मानिन्छ। जलस्रोत नेपालीहरूको जीवन हो।

पानी नेपाली विकासको जिन्दगानी भएकाले हाम्रो गरिबीको मैलो पखाल्न जलस्रोत पहिलो विकल्प नै हो। बिजुली निर्यात गर्ने र पेट्रोलियम पदार्थको आयात घटाउने कार्यमा जलस्रोत सहायकसिद्ध मानिन्छ। मानौं, जलस्रोत अरबको पेट्रोलियम पदार्थ र अमेरिकाको डलरभन्दा बढी महत्त्वको छ । एउटा प्रदूषणमुक्त समृद्ध राष्ट्रको कल्पनालाई साकार बनाउन जलस्रोतले आधारत्वको रूपमा कार्य सम्पादन गर्छ । नेपालको कायापट गर्न जलस्रोत सामर्थ्यशील/ऊर्जाशील तत्त्व हो। नेपाललाई साँच्चै नेपाल बनाउन जलस्रोतले अर्जुनदृष्टिको काम गर्नसक्छ । नेपालीको विकासप्रतिको अटल र अनन्त आस्थालाई पूरा गर्ने तत्त्व जलस्रोत हो। जलस्रोतको भरपूर विकास नभई नयाँ नेपाल कहिल्यै बन्दैन । त्यसैले यो नयाँ नेपाल लेख्ने भावी नै हो। लोडसेडिङको कालो फाल्न र अविकासको अँध्यारो टाल्न जलस्रोत महत्त्वपूर्ण संयन्त्र मानिन्छ। ऊर्जा सङ्कटबाट उन्मुक्ति दिलाउन र कृषिलाई जीवन पद्धति बनाउन जलस्रोत एक मात्र दिगो स्रोत हुनसक्छ । यसर्थ नेपालको विकासमा जलस्रोतको कति महत्त्व छ भन्ने तथ्य पुष्टि गर्न अब थप प्रमाणहरू पेस गर्नुपर्दैन ।

(ख) कक्षाका सबै विद्यार्थीको चार ओटा समूह निर्माण गर्नुहोस् । पहिलो समूहले सर्वनाम, दोस्रो समूहले नामयोगी, तेस्रो समूहले संयोजक र चौथो समूहले निपात शब्दको सूची तयार पार्नुहोस् । ती सूचीमध्ये समूहका साथीहरूले निश्चित शब्द बाँड्नुहोस् र तिनलाई प्रयोग गरी एठट एउटा अनुच्छेद तयार पारी कक्षामा टाँस्नुहोस् :

समूह १       सर्वनाम
म, हामी, ते, तिमी, तपाईं, उहाँ, ऊ, उनी, यो, त्यो, आफू, जुन, जे, कुन, के, को, जो ...

समूह २       नामयोगी
सँग, सम्म, पदटि, भित्र, माथि, पारि, प्रति, समेत, समक्ष, भरि, भन्दा, पछि सित, मार्फत्, मुनि, अनुसार,....

समूह ३        संयोजक
र, अनि, पनि, तापनि, किनकि, किनभने, भन्ने, जब, तब, परन्तु, वा, किन्तु, जसरी, त्यसरी,.....।

समूह ४       निपात
लौ, खै, पो, न, नै, नि, है, त, कि, चैँ, रे...

समूह १

म, तँ, तिमी, ऊ, त्यो, यो भनेर आफू खुसी निर्णय गर्नु भएन नि त । जो, जुन, जे हुन, तो सबैलाई मिलाएर हामी भन्नुपर्छ । के, को आदिलाई छोडेर सबै एक जुट हुनुपर्छ ।

समूह २

सुधासँग पुस्तकहरू त प्रशस्तै रहेछन् तर त्यहाँसम्म पुग्नुभन्दा रमेशमार्फत् पठाइ दिए हुन्थ्यो । सुनील भित्रपट्टिको माथि कोठामा बस्छ त्यहीं आएर एकप्रति नियमअनुसार दिए राम्रै हुन्छ । बाटोभरि कुर्न पनि नपर्ने, वारिपारि पनि हेर्नैनपर्ने, साथी समेत ल्याए हुने, पछिसम्म भसित राम्रो सम्बन्ध हुने भएकाले बाटोभरि कुरा नखेलाई आउनु होला ।

समूह ३

धर्मसिंह र रुद्रसिंह आए पनि नआए पनि हामी जानसक्छौँ । लखन अनि नोर्बु जसरी आए त्यसरी नै गए । जब पानी पर्छ तब बाटो हिलो हुन्छ भन्ने सोचेर मैले उसलाई बोलाएं तर ऊ आएन । गजाधर आए परन्तु उनमा कुनै जोस थिएन । अशोक आउने करा थियो तापनि उसले वा, किन्तु केके भन्दै टार्यो । हामी दिक्क भएर बाटो लाग्यौँ किनभने अबेर भइसकेको थियो ।

समूह ४

लौ तपाईँ त के भएको हैँ, बिर्सनुभयो । हिजोको कुरा ? मैले आज आउने पो सम्झेको नि लौ न नि ! कति बिर्सने बानी । कुराचैँ ठिकै हो दुःखनै मान्नुपर्ने केही छैन, अब आउँछु है राम्ररी बसी राख ।

Comments

Popular posts from this blog

Terms and conditions

Terms and conditions These terms and conditions ("Agreement") set forth the general terms and conditions of your use of the onlinemobook.blogspot.com website ("Website" or "Service") and any of its related products and services (collectively, "Services"). This Agreement is legally binding between you ("User", "you" or "your") and this Website operator ("Operator", "we", "us" or "our"). By accessing and using the Website and Services, you acknowledge that you have read, understood, and agree to be bound by the terms of this Agreement. If you are entering into this Agreement on behalf of a business or other legal entity, you represent that you have the authority to bind such entity to this Agreement, in which case the terms "User", "you" or "your" shall refer to such entity. If you do not have such authority, or if you do not agree with the terms o...

About us

  Onlinemobook   is an online platform where students find the answers of any subject. We make sure that all the students who are facing difficulties in questions, will get the effective and correct  answers. Our main goal is to provide the most effective and convenient answers to the students.