Skip to main content

Nepali Guide

पाठ - १२ (आङ सान सुकी)

आङ सान सुकी


जीवनीको सारांश

हाल म्यान्मारमा स्वतन्त्रता र प्रजातन्त्रवादी नेतृका रूपमा चिनिएको आङ सान सुकीकों जन्म सन १९४५ जुन १९ का दिन म्यान्मारको नात्सक भन्ने ठाउँमा भएको थियो । उनका पिताको गम आङ सान र माताको नाम दा खिन की थियो । बाबुको हत्या भएपछि उनको जीवन पनि त्यति सुखद् भएन । सानैदेखि शान्त, अनुशासित र सक्रिय जीवन बिताउने चाहने सुकी निकै अध्ययनशील थिइन् । बौद्ध दर्शन वाट अनुप्रणित सुकीकी आमा भारत र नेपालका लागि राजदूत पनि भएको थिइन् । सुकीले विद्यालय शिक्षा र कलेज शिक्षा भारतबाट लिइन् भने उच्च शिक्षा बेलायतबाट लिइन । सन् १९६९ - १९७२ सम्म उनले संयुक्त राष्ट्र सङ्घमा जागिर खाइन् । केही समय अक्सफोर्ड पुस्तकालयमा पनि काम गरिन् । सन् १९८८ सेप्टेम्बर २४ का दिन नेसल लिग फर डेमोक्रेसी नामको राजनीतिक दल खडा गरी प्रजातान्त्रिक आन्दोलनको महायज्ञमा समर्पित भजन । आदर्श र विचारशील सुकीका आध्यात्मिक, सामाजिक र राजनैतिक विचारहरू विश्व समुदायकै लागि उदाहरणीय छन । विश्वका धरै मुलुकहरूको भ्रमणबाट उनले मानवता, प्रजातन्त्र र स्वतन्त्रताका पाठ-सिकिन् । उनका योगदानहरूको कदर गर्दै सन् १९९१ मा नोबेल शान्ति पुरस्कारबाट सम्मान गरियो सन् १९९० मा आम निर्वाचन भए पनि उनलाई सत्ता हस्तान्तरण गर्न सैनिक सरकारले अस्वीकार गयो । त्यसपछि पनि उनले प्रजातान्त्रिक आन्दोलनमा आफ्नो गति बढाइरहेकी दिन । सन् २०१४ मा उनको नेपाल भ्रमणको अवसर पारेर नागरिक अभिनन्दन र डिल्लीरमण रेग्मो अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित गरियो । विश्व समुदायको आदर्श व्यक्तित्व सुकीके प्रयत्नमा २०१५ मा म्यान्मारमा सम्पन्न आम निर्वाचनमा  उनको दलले महत्वपूर्ण जित हासिल गरेको छ । यसर्थ एउटा महान् राजनेताका रूपमा उनको परिचर विश्वव्यापी रूपमा स्थापित भएको स्पष्टै देखिन्छ ।

अभ्यास


सुनाइ

१. पाठकों दोस्रो अनुच्छेद सुन्नुहोस् र निम्न लिखित प्रश्नहरूको उत्तर भन्नुहोस् : 

(क) आङ सान सुकी कहिले कहाँ जन्मिइन् ?

:आङ सान सुकी सन् १९४५ जुन १९ का दिन बर्मा/म्यानमारको नाल्मुक भन्ने ठाउँस अन्मिइन ।

(ख) आङ सान र आङ सान उककसको नाम हो ? 

: आङ सान र आङ सान उ उनका दाजुहरूको नाम हो ।

(ग) दा खान की कहाँका लागि राजदूत भइन् ?

:  दाखिन की नेपाल र भारतका लागि राजदूत भइन् ।

(घ) आङ सान सुकीका कान्छ दाजु कसरी मरे ? 

: आङ सान सुकीका कान्छा दाजु पानीमा डुबेर मरे ।

(ड) बर्मेलीहरू कसलाई स्वतन्त्रताका पिता भन्छन् ?

: बर्भेतोहरू आड सानलाई स्वतन्त्रताका पिता भन्छन् ।


२. पाठको चौथो तथा पाँचौँ अनुच्छेद सुन्नुहोस् र निम्न लिखित भनाइमा कुन ठिक र कुर बेठिक छुट्याउनुहोस् :

(क) म्यानमार सन् १९४८ मा जापानबाट स्वतन्त्र भएको हो (बेठिक)

(ख) म्यानमारमा सैनिक शासन सन् १९६२ बाट लागु भएको थियो ।(ठिक)

(ग) आङ सान सुको सन् १९६० मा आमासँग दिल्ली आइन् ।(ठिक)

(घ) सन् १९५८ मा म्यानमारका प्रधान मन्त्री ने बिन थिए । (बेठिक)(ङ) आङ सान सुकी दिल्लीमा रहँदा पनि म्यानमारको राजनीतिका बारेमा राख्थिन् । (ठिक)


३. पाठको दोस्रो अनुच्छेदको श्रुति लेखन गर्नुहोस् ।

: श्रुति लेखन अभ्यास गर्नुहोस् ।


बोलाइ


१. शिक्षकका निर्देशनमा निम्न लिखित शब्दहरूको शुद्धसँग उच्चारण गर्नुहोस् :

: स्वतन्त्रता, कार्यान्वयन, प्रजातन्त्र, स्थायित्व, प्रतिबन्ध, अन्तर्राष्ट्रिय, शरणार्थी

२. पाठको पहिलो अनुच्छेदको आशय मौखिक रूपमा विश्लेषण गर्नुहोस् ।

: जुनसुकै पृष्ठभूमि र परिवेशका मानिसहरूको मूल इच्छा स्वतन्त्रताको प्राप्ति हो । मानिस कसैको आदेश, हुकुम, दमन, शोषण, अन्याय, अत्याचार, दुराचार आदिलाई सहँदैन । उनीहरूका बँचाइका अवस्थाहरू जस्ता सुकै भए पनि स्वतन्त्रतालाई जीवन पद्धतिका रूपमा उपयोग गर्न चाहन्छन् । यसर्थ स्वतन्त्रताभन्दा माथि कुनै उचाइ छैन भन्ने मानिसको बुझाइ छ ।

३. पाठको पाँचौ तथा छैटौं अनुच्छेदका आधारमा निम्न लिखित प्रश्नको उत्तर मौखिक रूपमा दिनुहोस् :

(क) आङ सान सुकीले दिल्लीका कुन कुन स्कुलमा पढिन् ?

: आङ सान सुकीले दिल्लीका कन्भेन्ट जेसस र कन्भेन्ट मेरी स्कुलहरूमा पढिन् । 

(ख) लेडी श्रीराम कलेजमा सुकीले कुन विषय कहिलेसम्म पढिन् ?

: लेडी श्रीराम कलेजमा सुकीले राजनीतिशास्त्र विषय सन् १९६४ सम्म पढिन् । 

(ग) सुकी लेडी श्रीराम कलेजमा पढ्दा कुन कार्यक्रममा भाग लिन्थिन् ?

: सुकी लेडी श्रीराम कलेजमा पढ्दा नाटक कार्यक्रममा भाग लिन्थिन । 

(घ) आङ सान सुकीले लन्डनको सेन्ट हग कलेजमा कुन कुन विषय पढ़िन् ?

: आङ सान सुकीले लन्डनको सेन्ट हग कलेजमा राजनीति शास्त्र, दर्शन शास्त्र र अर्थ शास्त्र विषय पढिन् ।

(ङ) सुकीले के विषयमा एमफिल गरेकी छन् ?

: सुकीले आधुनिक बर्मेली साहित्यमा एमफिल् गरेकी छन् । 

४. आङ सान सुकी महान् महिला हुन् भन्ने बारेमा कक्षामा छलफल गर्नुहोस् ।

: आङ सान सुकी महान् महिला हुन् भन्ने कुरा घाम जस्तै छर्लङ्ङ छ । देश, प्रजातन्त्र र जनताका हितमा उनले सक्रियताका साथ बिताएकी छिन् । उनका क्रियाकलापहरू अर्जुन दृष्टि मूलक छन् । शान्ति र स्थायित्वका लागि उनले गरेका योगदानहरूको कदर गर्दै सन् १९९१ मा नोबेल शान्ति पुरस्कारबाट सम्मान गरिएको थियो । उनको नेतृत्वमा भएको सघन, व्यापक र प्रभावकारी प्रजातान्त्रिक आन्दोलन विश्वकै लागि अनुकरणीय मानिन्छ । उनको समर्थनमा अन्तर्राष्ट्रिय जनमत पनि निकै प्रबल छ । सैनिक सरकार पनि उनको नेतृत्वदायी भूमिकाबाट प्रभावित हुँदै गएको देखिन्छ । सन् १९९० मा भएको आमनिर्वाचनमा उनको पार्टीले बहुमत प्राप्त गरे पनि सैनिक सरकारले सत्ता हस्तान्तरण गरेको थिएन । त्यसपछि पनि उनी आन्दोलनमा अग्रसर भइरहिन् । सन् २०१४ मा उनलाई नागरिक अभिनन्दन र डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मान गरिएको थियो । सन् २०१५ को आम निर्वाचनमा उनको पार्टीले बहुमत हासिल गरेको छ । यसर्थ आङ सान सुकी महान् महिला हुन् भन्ने कुरा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जनमत र सम्मानले स्पष्ट पारेका छन् ।

५. आङ सान सुकीको जीवनी सारांशमा सुनाउनुहोस् ।

: पाठको सारांश हेनुहोस् । 

६. कुनै परिचित समाज सेवीको जीवनीका बारेमा कक्षामा कुराकानी गर्नुहोस् ।

 समाज सेवी फ्लोरेन्स नाइटिङ्गेल

फ्लोरेन्स नाइटिड्गेलको जन्म १२ मे, १८२० मा डल्लोको फ्लोरेन्स सहरमा भएको थियो । उनका पिताको नाम विलियम एडवार्ड नाइटिहणेल र माताको नाम फेनास्मिव नाइटिङ्गेल थियो । भाषा-साहित्य, इतिहास, दर्शन र गणितको विशेष अध्ययन गरेको फलोरेन्सुले निक, ल्याटिन, फ्रान्सेली र जमनेली भाषाहरूमा समेत दक्षता हासिल गरेको थिइन् । भावुक तथा उदार हुदयकी नारी फूलोरेन्सको बाटा भेटिने रोगी र भुस्याहा कुकुरलाई समेत घरमा ल्याई उपचार गर्ने बानी थियो । उनले रोगी र असहाय प्राणी को सेवाबाट सन्तुष्टिको अनुभव गरिन् । तसर्थ उनले नर्स बनेर समाज सेवा गर्ने जीवनको लक्ष्य बनाइन् ।

 सन् १८४६ मा नसं कोर्सकी पढड़का लागि जर्मनी गएको फूलोरेन्सले युरोपका विभिन्न अस्पतालको निरीक्षण गर्ने सुअवसर समेत पाएकी थिइन् । आधुनिक उपचार पद्धति बारेमा प्रशस्तै ज्ञान, सिप र अनुभवकै कारण उनी सन् १८५३ लन्डनको एउट अस्पतालमा प्रमुख परिचारिका पदमा नियुक्त भएकी थिइन् । 

दया, सेवा र करुणाको प्रतिमूर्ति फुलोरेन्सको मायालू व्यवहारकाट विरामोहरू निके सन्दष्ट हुन्थे । नर्लहरूलाई  तालिम दिनमा निकै दक्ष फलोरेन्स युद्धका कारणवाट याइते बनेका चिरामीहरुको उपचार केन्द्र स्कुठारी अस्पतालमा सेवा गरी लेडी विथ द त्याम्म उपनाम पाएर संसार प्रसिद्ध बनिन् । त्यसैले समाज सेवाको क्षेत्रमा उनको योगदान उल्लेखनीय रहेको छ ।


पढाइ


१.. पाठका अनुच्छेदहरू पालैपालो सस्वर वाचन गर्नुहोस् । 

: सस्वर वाचन अभ्यास गर्नुहोस् ।

२. पाठको एघारौं अनुच्छेद मौन पठन गरी त्यहाँका विषय वस्तुलाई बुँदाका रूपमा टिपोट गर्नुहोस् ।

: (क) आङ सान सुकीले २४ सेप्टेम्बर १९८८ मा नेसनल लिग फर डेमोक्रेसी नामजो राजनीतिक दल स्थापना गरी गान्धी र बुद्धका अहिंसावादी सिद्धान्त अवलम्बन गर्ने नीति लिइन् ।

(ख) प्रजातान्त्रिक समाजवाद लागु गर्ने यस दलको मुख्य उद्देश्य थियो ।'

(ग) सैनिक शासनको विरोधी भएकैले उनलाई २० जुलाइ १९८९ मा घरमै नजरबन्द गरिएको थियो ।

३. पाठको आठौँ तथा नवौँ अनुच्छेद पढ्नुहोस् र निम्न लिखित प्रश्नको उत्तर दिनुहोस्

(क) सुकीका बालोपयोगी कृतिहरू कुन कुन हुन् ?

: सुकीका बालोपयोगी कृतिहरू लेट्स भिजिट नेपाल, भिजिट भुटान र लेट्स भिजिट जापान हुने। 

(ख) सुकीले कसको जीवनी लेखेकी छन् र त्यो कहाँबाट प्रकाशन गरेकी डुन् ?

: सुकीले आड सानको जीवनी लेखेकी छन् र त्यो अस्ट्रेलियाबाट प्रकाशन गरेकी हुन् ।

(ग) हर्ग रिचार्डसन कुन विधाका लेखक हुन् ?

: हग रिचार्डसन निबन्ध विधाका लेखक हुन् ।

(घ) आङ सान सुकी लन्डनको बोडियन पुस्तकालयमा के काम गर्थिन् ?

: आङ सान सुकी लन्डनको बोडियन पुस्तकालयमा बरेली साहित्यको सङ्कलन हेर्ने काम गर्थिन ।

(ङ) आङ सान सुकीलाई राजनीतिक व्यक्तिहरूको कस्तो नीति मन पर्दैन ?

: आङ सान सुकीलाई राजनीतिक व्यक्तिहरूको गाली गर्ने नीति मन पर्दैन ।

४. तलका रेखाकित शब्दको अर्थ कोष्ठबाट छान्नुहोस् :

(क) आन्दोलनले उग्र रूप लिएको थियो । (विशाल, चर्को, धेरै)

(ख) सुकीको अध्ययनप्रति विशेष अभिरुचि थियो । (अरणा, लक्ष्य, चाख)

(ग) आङ सानले धेरै लडाइँ लडेका थिए ।(युद्ध, आन्दोलन, विद्रोह) (घ) उनको सम्मान सहिद तथा विभूतिका रूपमा हुन्छ । (अभिमान, महत्त्व, आदर)

५. पाठका आधारमा जोडा मिलाउनुहोस्

स्वतन्त्रताका - पिता आङ सान

राजदूत - दा खिन की

नोबेल पुरस्कार विजेता - आङ सान सुकी

बौद्ध दर्शनका - ज्ञाता माइकल एरिसन

सैनिक प्रमुख - ने बिन

म्यानमारका प्रधान मन्त्री - उ नु

निवन्धकार - हग रिचार्डसन


लेखाइ


१. तलका प्रश्नको उत्तर सङ्क्षेपमा लेख्नुहोस् :-

(क) आङ सान सुकीको बाल्यकाल सम्बन्धी चिनारी के हो ?

: आङ सान सुकीको जन्म सन् १९४५ जुन १९ मा म्यान्मारको नाल्मुक भन्ने ठाउँमा भएको हो । उनका पिताको नाम आङ सान र माताको नाम दा खिन की थियो । यिनका पिताको हत्या सन् १९४७ मा भएको थियो । उनकी प्रारम्भिक शिक्षा म्यानमारको याङ्मुनमा भएको थियो । सन् १९६० यिनी आमासँगै भारत आएकी थिइन् । उनका जेठा दाजु आङ सान उ अमेरिकामा बस्छन् भने कान्छा दाजु आङ सान लिनको नौ वर्षको उमेरमा पानीमा डुबेर मृत्यु भएको थियो । यही उनको बाल्यकाल सम्बन्धी चिनारी हो ।

(ख) सुकी दिल्ली रहेँदाका उल्लेखनीय कुराहरू के के हुन् ?

: सुकी दिल्ली रहुँदाका उल्लेखनीय कुराहरू यसप्रकार छन् । उनले दिल्लीस्थित कन्भेन्ट जेसस र कन्भेन्ट मेरी स्कुलबाट विद्यालय शिक्षा पुरा गरिन् । दिल्लीकै लेडी श्रीराम कलेजमा भर्ना भइन् । यसै कलेजमा १९६४ सम्म राजनीतिशास्त्रको अध्ययन गरिन् । उनी म्यान्मारको सजनीतिक अवस्थाबारे चासो राख्थिन् । 

(ग) आङ सान सुकीले आफ्ना श्रीमान्सँग कुन कुन देशको भ्रमण गरिन् ?

: आङ सान सुकीले आफ्ना श्रीमान्सँग नेपाल, भुटान, तिब्बत, जापान र भारतका हिमाली क्षेत्रको भ्रमण गरिन् ।


(घ) आङ सान सुकीले राजनीतिमा प्रवेश गरेको घोषणा कहिले र किन गरिन् ? 

: अगस्ट १९८८ का दिन प्रजातान्त्रिक सरकारको पुनर्बहालीका लागि आङ सान सुकीले राजनीतिमा प्रवेश गरेको घोषणा गरिन् ।

(ङ) सुकीको 'नजरबन्द' जीवनले म्यानमारको राजनीतिमा कस्तो प्रभाव फ्यो?

: आङ सान सुकीको नजरबन्द जीवनले म्यानमारको राजनीतिमा व्यापक प्रभाव पायो । परिणामस्वरूप लोकतन्त्र र मानव अधिकारका पक्षमा संघन, व्यापक र प्रभावकारी आन्दोलनको आँधीबेहरी सिर्जना भयो ।

(च) नेपाल र आङ सान सुकीको सम्बन्ध कुन रूपमा विकास भएको छ ?

: नेपाल र आङ सान सुकीको सम्बन्ध लोकतान्त्रिक रूपमा विकास भएको छ ।

२. पाठको अन्तिम अनुच्छेद अनुलेखन गर्नुहोस् ।

: अनुलेखन अभ्यास गर्नुहोस् ।


३. निम्न लिखित उद्धरणको व्याख्या गर्नुहोस् :

(क) संसारका सबै मानिसले स्वतन्त्रताका आधारभूत कुरा चाहेका हुन्छन्, चाहे तिनीहरू बिल्कुलै भिन्न सांस्कृतिक वातावरणमा बाँचेका किन नहुन् ।

- स्वतन्त्रता, शक्ति, सम्पत्ति र पद आधुनिक मान्छेका जीवनका चाहनाहरू हुनु । तीमध्ये पनि बन्धनमुक्त हुने तीव्र चाहनाले मान्छेलाई सदैव उत्साहित बनाइरहन्छ । स्वतन्त्रताको कुनै जात, धर्म, वर्ण, पेसा, संस्कृति, परिवेश, भाषा आदि केही पनि हुँदैन । स्वतन्त्रतालाई आधारभूत आवश्यकताका रूपमै लिइएको छ । लोकतन्त्रको सौन्दर्यका रूपमा स्वतन्त्रताका अभ्यासहरू गर्ने प्रयत्न गरिएका छन् मानवीय जीवनका मूल्यहरू उच्च र जीवन्त राख्नके लागि स्वतन्त्र बन्ने प्रयासहरू विश्वभरि विकसित भएका छन् । आङ सान सुकीले प्रजातन्त्र, समाजवाद र स्वतन्त्रताका लागि सङ्घर्ष गरिरहेकी छिन् । यस्ता आन्दोलनहरू जुनसुकै पृष्ठभूमि र सांस्कृतिक वातावरणमा भइरहेका छन् । यसर्थ स्वतन्त्रता प्राप्तिको अभियान विश्वव्यापी बनिरहेको छ भन्ने कुरा स्पष्टै छ ।

(ख) बाहिर बसेर देश चलाउनेलाई गाली गर्नुभन्दा त्यहीं बसेर देश बनाठने अभियानमा लाग्नुपर्छ ।

- जिम्मेवार नागरिक र महान राजनेताले देश बनाउने सपना/योजना बनाएका हुन्छन् । क्षमताहीन व्यक्तिहरू देश बाहिर वा भित्रै बसेर अरूलाई मात्र गाली गरिरहन्छन्, यो कदापि राम्रो काम-कुरा होइन । प्रत्येक नागरिकले नेतालाई गाली गरेर मात्र उनीहरूको कर्तव्य पुरा हुँदैन । त्यसैले देश चलाइरहेकालाई गाली गरेर समय खेर फाल्नुभन्दा देश बनाउने अभियानलाई जीवनको अभीष्ट लक्ष्य बनाउनुपर्छ । स्वदेश र विदेश जहाँसुके बसे पनि आफ्ना देशका नागरिकको अधिकतम भलाइ गर्ने ध्येय लिनुपर्छ राजनीतिमा हारजित/शक्ति सङ्घर्ष सामान्य कुरा भएकाले हारजित भइ नै रहन्छ । कर्मभन्दा माथि कुनै सत्य छैन किनभने सत्य भनेकै कर्मको नतिजा हो भन्ने कुरा राजनेताले बुझ्नैपर्छ अरूलाई गाली गरेर/पखालेर एक छिन न्यानो आनन्द त प्राप्त गर्न सकिएला तर त्यसको प्रभाव दिगो र सकारात्मक हुन सक्दैन । त्यसैले सभ्य, भव्य र शिष्ट राजनीतिको मूल धर्म भनेकै आफ्नी कर्तव्य र अधिकारप्रति पूर्ण सचेत हुनु हो, ।


४. पाठमा प्रयोग भएका निम्न लिखित पारिभाषिक शब्द र तिनका अर्थका बिचमा जोडा मिलाउनुहोस्

कलेज - उच्च शिक्षा हासिल गर्ने शिक्षण संस्था

सरकार - देशको शासन सञ्चालन गर्ने राज्यको महत्त्वपूर्ण अङ्ग

प्रजातन्त्र - जन प्रतिनिधिद्वारा गरिने शासन व्यवस्था

सेना - राज्यले सुरक्षाका लागि तैनाथ गरेका जवानको समूह

उपनिवेश - शक्तिशाली देशले अन्य देशमा आधिपत्य जमाउनु

राजदूत - मित्र राष्ट्रका लागि पठाइएको राज्यको प्रतिनिधि

दर्शन - जीवन र जगतलाई चिनाउने विद्या


५. तलका शब्द पाठमा खोज्नुहोस् र तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

राजनीति : नेपालका नदीभन्दा बढी राजनीति बग्न थालेको छ । 

दशक : मैले दुई दशकसम्म सङ्यर्ष गरें ।

सङ्घ : देशमा सङ्घसंस्था खोल्ने त लहरै चलेको देखिन्छ ।

कार्यालय :जिल्ला शिक्षा कार्यालय कहाँ बनाउने भन्ने विवादले लामै समय लियो ।

साहित्य : सुकीले बर्मली साहित्यमा एम्फिल् गरिन् । 

कानुन : संविधानलाई देशको मूल कानुन भन्छन् नि त !

अभियान : हामी देश निर्माणको अभियानमा लाग्दै छौँ।

आन्दोलन : सधैको आन्दोलनले हामीलाई दिक्क बनाइसक्यो ।

नजरबन्द : आङ सान सुकी नजरबन्द मुक्त भइन् रे !

समाजवाद : सबैको चाहना नै समाजवाद हो भन्न कहाँ सकिन्छ र !


६. पाठका आधारमा आङ सान सुकीको जीवनीमा घटेका प्रमुख घटनाहरूको वर्णन गर्नुहोस् ।

- आङ सान सुकीको जन्म सन् १९४५ जुन १९ मा म्यानमारको नात्मुक भन्ने ठाउँमा भएको थियो । उनका पितामाताको नाम क्रमशः आङ सान र दा खिन की थियो । उनका पिताको हत्या सन् १९४७ जुलाइ १९ गरिएको थियो । सन् १९६० मा आमासँगै उनी भारतको दिल्ली गएकी थिइन् । विद्यालय र कलेज तहको शिक्षा उनले दिल्लीबाटै गरेकी थिइन् । उनले लन्डन विश्वविद्यालयको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिजबाट आधुनिक चमेली साहित्यमा एमफिल गरेकी थिइन् । सन् १९६९ - १३७२ सम्म उनले संयुक्त राष्ट्र सङ्घको कार्यालयमा जागिर खाइन् । सन् १९७२ को जनवरीमा माइकल एरिससँग उनको विवाह भयो । श्रीमानका साथ उनले नेपाल, भुटान, भारत र जापानको भ्रमण गरेकी थिइन् । सन् १९८८ अगस्ट ८ देखि उनी राजनीतिमा प्रवेश गरिनु । उनले १९८८ सेप्टेम्बर २४ मा नेसनल लिग फर डेमोक्रेसी नामको राजनीतिक दल गठन गरिन् । सन् १९८९ जुलाई २० मा उनलाई घरमै नजरबन्द गरियो । सन् १९९० को आम निर्वाचनमा उनको दलले बहुमत ल्याए पनि सैनिक सरकारले सत्ता हस्तान्तरण गरेन । प्रजातन्त्र, स्वतन्त्रता, मानव अधिकार, शान्ति प्रतिको निष्ठालाई सम्मान गर्दै सन् १९९१ मा नोबेल पुरस्कार प्रदान गरियो । सन् १९९९ मा उनका पतिको मृत्यु भयो । सन् २०१० मा उनलाई रिहा गर्न सैनिक सरकार बाध्य भयो सन् २०१४ मा उनले नेयालकी भ्रमण गरेकी थिइन् । सन् २०१५ मा सम्पन्न आमनिर्वाचिनमा उनको दलले बहुमंत प्राप्त गयो।


७. तलका अनुच्छेदमा रहेका त्रुटिहरू सच्याउनुहोस् :

ग्यान विज्ञानमा धनि म्याडम क्युरीको वौद्यार्थी जिवन अर्थ अभावका कारण निकै कस्ट मय थियो । उनका ती दिन अँध्यारो चिरो सानो कोठा मा चिया विस्कुटका भरमा वित्थ । उनलाई विश्व विद्यालयको खर्च धान्न धौ धौ थियो । उनि धेरै कमजोरीले मुछा समेत परेका थिए । तर पनि उनी दिनरात अध्ययनमा व्यस्त हुन्थिन् ।

- ज्ञान विज्ञानमा धनी म्याडम क्युरीको विद्यार्थी जीवन अर्थ अभावको कारण निकै कष्टमव थियो । उनका ती दिन अँध्यारो र चिसो सानो कोठामा चिया बिस्कटका भरमा बित्थे । उनलाई विश्व विद्यालयको खर्च धान्न धौधौ थियो । उनी धेरै कमजोरीले मूच्च्छासमेत परेकी थिइन् । तर पनि उनी दिनरात अध्ययनमा व्यस्त हुन्थिन् ।


व्याकरण


१. तलको तालिकामा समस्त शब्दका केही उदाहरण छन् । तपाई पनि विभिन्न पाठहरूबाट त्यस्ता समस्त शब्द सङ्कलन गरी र शिक्षकलाई देखाउनुहोस् :

- पथबाट भ्रष्ट: पथभ्रष्ट गाईको गोठ : गाईगोठ, गङ्गाको जल : गगाजल, काने टोपी : कानेटोपी, गहुँझै गोरो : गहुँगोरो, चरण छ कमल जस्तो : चरणकमल, दुई चाटाहरूको. समूह : दोबाटो, चार आनाको समूह : चवन्नी, चार ओटा पाउ भएको : चौपाया, नेपालको जय : जय नेपाल, झयालको नेर : यालनेर, काम र काज : कामकाज, दाल र भात : दालभात, मुना र मदन : मुनामदन, लामा कान भएको : लामकाने, सय पत्र छन् जसका : सयपत्री ... ।


२. समस्त शब्दको निर्माण गर्नुहोस् :

माना र पाथी : मानापाथी

भानिज दाइ : भान्दाइ

लामा कान भएको : लामकाने

चार कुना भएको : चारकुने

शक्ति भए सम्म : यथाशक्ति

सानी नानी : सान्नानी

रातमा अन्धो : रतन्धो

बाढी पोडित : बाढीपीडित

अभावले ग्रस्त : अभावग्रस्त

लाज नभएको : निर्लज्ज


३. तलका शब्दहरूबाट समस्त शब्द मात्र कापीमा सार्नुहोस् : प्रेमपूर्ण, वनवास, उपकार, जीवन धन, पापपुण्य, मुख्याइँ, खै खै

- प्रेमपूर्ण, वनवास, उपकार, पापपुण्य, मुख्याइँ

४.  तलका समस्त शब्दलाई विग्रह गर्नुहोस् :

शक्तिहीन, नदीकाट, अकाल, ग्रन्थकार, कालीमाटी, भाइ बहिनी, दिनभर, वारिपारि, हात्ती, पाइले, त्रिवेणी

-शक्तिहीन : शक्तिले हीन

अकाल : काल अनुसार नभएको

कालीमाटी : कालोमाटो

दिनभर : दिन भरि

हात्तीपाइले : हात्तीका जस्ता पाइला भएको.

त्रिवेणी : तिन नदीको समूह

Comments

Popular posts from this blog

पाठ - ४ (म को हूँ ?)

  म को हूँ ? ■अभ्यास■ सुनाइ १. निबन्धको पाँचौं अनुच्छेद सुन्नुहोस् र तलका ठिक बेठिक भनाइ छुट्याउनुहोस् : (क) फुलबाट क्षणिकताको भाव चोरिन्छ ।(ठिक) (ख) फुल रिसाउँछ, बेसरी गर्जेर गाली गर्छ । (बेठिक) (ग) सुल्लाघारीका सुसाइबाट पहाडको चोटको भाव चोरिन्छ । (बेठिक) (घ) चरा चुरुङ्गीबाट लेखकले जीवनको कथा र उन्मुक्तता चोर्छ । (ठिक) २. निबन्धको अन्तिम अनुच्छेद सुन्नुहोस् र सोधिएका प्रश्नहरूको उत्तर भन्नुहोस् : (क) चोरीको माल बाँड्ने माध्यम के हो ? : चोरीको माल बाड्ने माध्यम साहित्य हो । (ख) चोरीको कति भाव चाहिँ तुकुटीमा जम्मा हुन्छ ? :चोरीको मुस्किलले एक चतुर्थांश भाव चाहिं दुकुटीमा जम्मा हुन्छ । (ग) लेखकले चोर्ने कुराको मूल्याङ्कन तपाईले कसरी गर्नुभयो ? : जीवनजगत्का सुन्दरतालाई टिप्नु कलाको धर्म हो, यसलाई विधाअनुसार छुट्टाछुट्टै ढु्गले चोरिन्छ भन्ने मूल्याङ्कन गरेँ । ३. तलको अनुच्छेद सुन्नुहोस् र उत्तर दिनुहोस् : : सञ्चारले हाम्रो जीवनका सबै क्षेत्रलाई प्रभावित तुल्याउँछ । लैङ्गिक भूमिकाका बारेमा पनि सञ्चार जगत् प्र...

About us

  Onlinemobook   is an online platform where students find the answers of any subject. We make sure that all the students who are facing difficulties in questions, will get the effective and correct  answers. Our main goal is to provide the most effective and convenient answers to the students. 

पाठ - १५ (छात्रावास)

  छात्रावास ■अभ्यास■ सुनाइ १ . पाठको पहिलो अनुच्छेद सुनी तलका प्रश्नको उत्तर भन्नुहोस्: (क) विद्यालयले कुन कुन कुराको राम्रो व्यवस्था गरेको छ ? : विद्यालयले विद्यालय भवन, विषय शिक्षक, शैक्षिक र खेलकुद सामग्री, शौचालय, खानेपानी तथा पुस्तकालयको राम्रो व्यवस्था गरेको छ । (ख) विद्यार्थीहरू डेरा गरी बस्न बाध्य हुनुपर्ने कारण के हो ?  : विद्यार्थीहरू डेरा गरी बस्न बाध्य हुनुपर्ने कारण विद्यालयले आवासको व्यवस्थन नगरिदिनु हो । (ग) विद्यार्थीलाई उपयुक्त किसिमको डेरा पाठन किन समस्या परेको होला ? : विद्यार्थीलाई उपयुक्त किसिमको डेरा पाउन समस्या परेको मूल कारण हिमाली सानो बस्तीले परेको होला । (घ) विद्यार्थीले डेराका लागि किन महँगो भाडा तिर्नुपरेको छ ? :पर्यटकीय स्थल भएकाले विद्यार्थीले महँगो डेरा भाडा तिर्नु परेको छ ।  २ . पाठको अन्तिम अनुच्छेद श्रुति लेखन गर्नुहोस् । : श्रुति लेखन अभ्यास गर्नुहोस् । ३ .पाठको दोस्रो अनुच्छेद सुन्नुहोस् र ठिक बेठिक छुट्याउनुहोस्: (क) विद्यार्थीका लागि घर वा डेरामा पनि उपयुक्त शैक्षिक वातावरण चाहिन्छ । (ठिक) (ख) छात्रावासको व्यवस्थाले सिकाइमा पछि परेक...