Skip to main content

Nepali Guide

पाठ - १० (मङ्गलाका तिन दिन)

 मङ्गलाका तिन दिन


अभ्यास

सुनाई


१. पाठको बिसौँ र एक्काइसौँ अनुच्छेद सुनी ठिक बेठिक छुट्याउनुहोस :

(क) मङ्गला भविष्यमा कलाकार बन्न चाहन्छिन् । (ठिक)

(ख) मङ्गलाकी भाउजू भविष्यमा शिक्षक बन्न चाहन्छिन् । (बेठिक)

(ग) मगलाका दाजुलाई साइबर अपराधबारे केही थाहा छैन । (बेठिक) 

(घ) आफ्नो रुचिअनुसार पेसा गर्नुपर्छ तर आफूले रोजेको क्षेत्रमा गहन अध्ययन भने गर्न आवश्यक हुन्छ । (ठिक)


२. पाठको दोस्रो र तेस्रो अनुच्छेद सुनेर तलका प्रश्नको उत्तर दिनुहोस्:

(क) मङ्गला कति बजे उठिन् र के गरिन् ?

: मङ्गला ५ बजे उठिन र हातमुख धोइसकेपछि कसरत गरिन् ।

(ख) मङ्गला १२ गते बिहान किन बाँस काट्न गइनन् ? 

: अतिरिक्त क्रियाकलापको तयारी गर्नुपर्ने भएकाले मङ्गला १२ गते घाँस काटन गइनन् ।

(ग) मङ्गलाका विद्यालयमा हुने अतिरिक्त क्रियाकलापहरू के के हुन्?

: मङ्गलाका विद्यालयमा हुने अतिरिक्त क्रियाकलापहरू खेलकुद, नृत्य, गायन, कविता, निबन्ध, हाजिरीजवाफगादि हुन् । 

(घ) मङ्गलालाई मन पर्ने अतिरिक्त क्रियाकलाप कुन कुन हुन् ?

: मङ्गलालाई मन पर्ने अतिरिक्त क्रियाकलाप गीत र नृत्य हुन् ।

(ङ) मङ्गलाका सङ्कोच र डरहरू कसरी हटे ?

: अतिरिक्त क्रियाकलापमा पटक पटक भाग लिन थालेपछि मङ्गलाका सङ्कोच र डरहरू हटे ।


३. पाठको पन्धी अनुच्छेद श्रुति लेखन गर्नुहोस् ।

श्रुति लेखन अभ्यास गर्नुहोस्।


बोलाइ


१. तलका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

प्रहसन, पुरस्कृत, प्रस्फुटन, विंड, गुजुल्टो 

२. तलका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

प्रतिभा : व्यक्तिमा अन्तरनिहित क्षमता नै प्रतिभा हो।

प्रस्फुटन : सामाजिक भावनाको प्रस्फुटन नभएसम्म देशको विकास सम्भव छैन । 

अगेनो : गाउँघरमा खाना बनाउन अगेनो खनिएको हुन्छ ।

मन्त्रमुग्ध : अजितमालले इमत्याजलाई मन्त्रमुग्ध पारिदियो । 

पारिक्रमा : पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने कुरा सत्य हो ।


३. तलका प्रश्नको मौखिक उत्तर दिनुहोस् :

(क) मङ्गलालाई के मन पर्छ ? 

: मङ्गलालाई गीत र नृत्य मन पर्छ ।

(ख) मङ्गला र उनको भाइले जङ्गलमा जाँदा के खाजा लगेका थिए ? : मङ्गला र उनको भाइले जङ्गलमा जाँदा मकै भटमास खाजा लगेका थिए ।

(ग) मङ्गला र उनकी भाउजू सदरमुकाम किन गएका हुन् ? 

: मङ्गला र उनकी भाउजू सदरमुकाम बैंक खाता खोल्न र केही सामान किनबेच गर्न गएका हुन् ।

(घ) मानिसले गर्ने काम र सिप ठूला र साना भन्ने हुँदैनन् कसले र किन भनेको हो ?  

: "मानिसले गर्ने काम र सिप ठूला र साना भन्ने हुँदैनन्" प्रजिअले श्रमको सम्मान गर्नुपर्छ भन्ने आशयमा भनेको हो ।

(ङ) मङ्गलाका तिन दिनका दैनिकीमध्ये तपाईंलाई कुन दिनको दैनिकी मन फ्यो, किन ?

: मङ्गगलाका तिन दिनका दैनिकीमध्ये मलाई पहिलो दिनको दैनिकी मनपर्यो किनभने मगलाले अतिरिक्त क्रियाकलापका माध्यमवाट आफ्नो मनको हटाएकी थिइन् । 

४. तपाईँलाई कुन अतिरिक्त क्रियाकलापमा बढी रुचि छ र किन, भन्नुहोस् ।

: मलाई हाजिरीजवाफ जस्ता अतिरिक्त क्रियाकलाप मन पर्छ किनभने यिनीहरूले हाम्रो बौद्धिक क्षमतालाई बढाइ दिन्छन् ।

५. मसिर १३ गते मङ्गलाले गरेका कामहरूका बारेमा कक्षामा छलफल गर्नुहोस् ।

: मङ्सिर १३ गते शनिबार अर्थात् बिदाको दिन भएकाले बिहानै उठेर खाना बनाई खाएर खाजा लिएर मगली र उनका भाइ कटुस टिप्न ढिकुरे वनतिर लागे । त्यहाँ पुगेका अन्य साथीहरू सहितको समूह बनाएर उनीहरू कटुस टिपन थाले । हिमालहरू हेरे, फोटाहरू खिचे । समूहमा मिलेर खाजा खाए । दिन ढल्किदै जाँदा पानी दक्केकाले बखें गोटमा गएर बसे । पानी केही रोकिएपछि उनीहरू गीत गाउँदै घरतिर लागे । घरमा पुगेर अनुभवको साटासाट गरे।


६. भविष्यमा सरकारी कर्मचारी बन्न चाहने मङ्गलाकी भाउजूले महिला प्रजिअ आफ्नो कार्यकक्षमा बसिरहेको देख्दा मनमनै सोचेको कुरा अनुमान गरी भन्नुहोस् ।

: मगलाकी भाउजूले महिला प्रमुख जिल्ला अधिकारी देखेपछि उनकी योजना सफल बनाउने आधार भेटिन् । महिला प्रजिअलाई प्रेरणाको स्रोत बनाएर आफ्नो सपना साकार पाने सोच बनाइन् । उनले निजामती सेवामा महिलाहरुको उपस्थिति सम्भव रहेछ भन्ने कुरा थाहा पाइन् । उनले साहस बटुलिन् । मेहनत गर्ने अठोट परिन् । जिन्दगी सुधानें उपाय खोज्ने बाटो पहिल्याइन् । भावी पेसालाई वास्तविक जीवनमा लागू गर्ने सोच बनाइन् ।


पढाइ 


१. मङ्गलाको पहिलो दिनको देनिकीका अनुच्छदहरू पालैपालो सस्वर वाचन गर्नुहोस् । 

वाचन अभ्यास गर्नुहोस् ।


२. मङ्गलाको दोस्रो दिनको दैनिकी पढी तलका प्रश्नको उत्तर दिनुहोस्:

(क) मङ्गला किन वनमा गएकी हुन् ? 

: मङ्गला कटुस टिप्न वन गएकी हुन् ।

(ख) वनका रुखहरू काट्न कसको अनुमति लिनुपर्छ ?

: वनका रुखहरू काटन सामुदायिक वन उपभोक्ता समिति र जिल्ला वन कार्यालयको अनुमति लिनुपर्छ ।

(ग) मङ्गलाहरूले वनमा के के गरे ?

: कटुस टिपे, दोहोरी गाए, फोटाहरू खिचे, खाजा खाए र अनुभूतिहरू साटे । 

(घ) मङ्गलाका साथीहरूले के के खाजा लगेका थिए ?

: मङ्गलाका थीहरूले सेल, चामे, मकै भटमास, उसिनेका स्कुस र आलु खाजा लगेका थिए ।

(ङ) मुटु छेड्ने हावा हुरी भनेको के हो ?

अत्यन्त चिसो र तीव्र गतिको हावा हुरीलाई मुटु छेड्ने हावा हुरी भनेको हो ।


३. तेस्रो दिनको दैनिकी पढी मुख्य मुख्य चार ओटा बुंदा टिप्नुहोस् । 

(क) स्थानीय बिदा भएकाले मङ्गला र उनकी भाउजू बैंक खाता खोल्न र केही सामान किनबेच गर्न दिक्तेल गए ।

(ख) स्नातक तहमा अध्ययनरत मङ्गलाको भाउजू सरकारी कर्मचारी र मङ्गलाले कलाकार बन्ने योजना रहेको कुरा प्रजिअलाई सुनाए ।

(ग) जुनसुकै पेसा र क्षेत्रमा सफल हुने रुचि एवं गहिरो अध्ययन आवश्यक रहेको कुरा महिला प्रजिअले सुनाइन् ।

(घ) साइबरमा पसेर दाजुसँग कुरा गरी बेलुका ३ बजे मङ्गला र उनकी भाउजू घरतिर लागे ।


४. पाठ पढी तलका भनाइ कसले कसलाई भनेका हुन्, पत्ता लगाउनुहोस् : 

(क) हरेक मानिसमा कुनै न कुनै प्रकारको प्रतिभा हुन्छ, सबैको प्रतिभाले प्रस्फुटन हुने अवसर पाउनुपर्छ

: प्रधानाध्यापक रवि राईले अतिरिक्त क्रियाकलाप कार्यक्रमलाई

(ख) कलाकार, राजनीतिज्ञ, डाक्टर, इन्जिनियर, प्राध्यापक आदि जेसुकै बन्नुहोस्, आफ्नो रोजाइ हो ।

: प्रजिअले मङ्गला र उनकी भाउजुलाई

(ग) हानै देशमा धेरै काम गर्न सकिने रहेछ । यहाँ हामी मरुभूमिमा फुल ठमारिरहेका छौँ । त्यहाँ त्यत्रो उब्जाउ जमिन बाँझै छ ।

: मङ्गलाका दाजुले मङ्गला र उनकी भाउजूलाई


५. पाठका शब्दार्थ खण्डमा नपरेका कठिन शब्द टिपी तिनको अर्थ शब्दकोश क सहायताले लेख्तुहोस् ।


अभ्यास : कोसिस, जमर्कको

व्यवस्थापन : बन्दोबस्त

क्रियाकलाप : गतिविधि

प्रतियोगिता : प्रतिस्पर्धा, होडबाजी

औधी : धेरे, प्रशस्त


लेखाइ

१. तलका प्रश्नको छोटो उत्तर लेख्नुहोस् : 

(क) मङ्गलाको विद्यालयको नाम के हो ?

महगलाको विद्यालयको नाम श्री कालिका माध्यमिक विद्यालय हो । (ख) मङ्गला र उनका भाइ हरेक बिहान के काम गर्छन् ?

: मङ्गला र उनका भाई हरेक बिहान एक एक भारी घाँस काटने काम गर्छन् । 

(ग) मालाहरू किन जङ्गल गएका हुन् ?

: मङ्गलाहरू कटुस टिप्न जङ्गल गएका हुन । 

(घ) म्गलाको घरबाट जिल्ला सदरमुकाम पुग्न कति समय हिंड्नुपर्छ ?

: मङ्गलाको घरबाट जिल्ला सदरमुकाम पुग्न १:३० घण्टा समय हिंड्नुपर्छ । 

(ङ) मङ्गला र उनकी भाउजूले दिक्तेल बजारमा के के सामान किने ?

: मंगला र उनकी भाउजूले दिक्तेल बजारमा कापी, कलम, चिनी, मसला र रिचार्ज कार्ड किने ।

(च) भविष्यमा तपाईं के बन्न चाहनु हुन्छ ?

: भविष्यमा म शिक्षक बन्न चाहुन्छ । 

२. तलका भनाइहरूको भाव विस्तार गर्नुहोस् :

(क) प्रतिस्पर्धा भनेपछि एक प्रकारको छटपटाहट भने हुँदो रहेछ ।

: आत्म विश्वास र तयारी प्रतिस्पर्धामा अघि जाने वा अरूलाई उछिन्ने आधारहरू हुन तर प्रतिस्पर्धाले जस्तोसुकै क्षमताको व्यक्तिलाई एक पटक सोच्न बाध्य बनाइदिन्छ । बौद्धिक, मनोरञ्जनात्मक र सिर्जनात्मक जस्तासुकै स्पर्धा भए पनि तिनीहरूलाई आफ्नो पक्षमा पार्न पूर्व तयारी पनि आवश्यक हुन्छ । जीवनमा सफलता वा असफलता जे पनि हुनसक्छन् । तर सधै सफल हुन चाहने विद्याधीऐ प्रतिस्पर्धालाई सामान्य घटना नसम्झी बृहत् तयारी गर्नुपर्छ । प्रतियोगितामा भाग लिने र त्पसलाई निरन्तरता दिने बानीले जोसुकैलाई अपेक्षित उद्देश्यमा पुन्याउन मद्दत गर्छ । परिणामप्रतिको सचेतना जिम्मेवार व्यक्तिको दूरदर्शिता हो । आशङ्कालाई दूर गर्न अभ्यास त गर्नैपर्छ । यद्धपि प्रतिस्पर्धाले जोसुकैलाई पनि एक प्रकारको छटपटीमा पार्छ भन्ने कुरा सम्झिरहनुपर्छ ।


(ख) शारीरिक श्रम पर्ने र बल लगाउनुपर्ने कामलाई हेला होइन, अरूलाई जत्तिकै सम्मान गर्नुपर्छ ।

: श्रम विभाजकहरूले श्रमलाई शारीरिक र मानसिक गरी दुई भागमा वर्गीकरण गरेका छन् । श्रमको सम्मान सिर्जनाको सम्मान, विकासप्रतिको प्रतिबद्धता, आर्थिक स्तरमा सुधार गर्ने माध्यम, सामाजिक प्रतिष्ठाको भावना र श्रमशीलताको जग बसाउने आधार हो । शारीरिक श्रम गर्ने नागरिकहरू वास्तावमा देशका बलिया र भर पर्दा खम्बाहरू हुन् । उनीहरूले आफ्नो जीविका मात्र चलाएका हुँदैनन, देशको विकासमा पनि टेवा पुयाइरहेका हुन्छन् । श्रम जीवनको गतिशील पक्ष भएकाले श्रमकै माध्यमबाट जीवनस्तर उठाउन सहज हुन्छ । काम र सिप ठूला र साना हुँदैनन् किनभने तिनीहरूको कुनै आकार हुँदैन । आफ्ना ठाउँमा तिनीहरू अर्थपूर्ण मानिन्छन् । श्रमिक पनि स्रष्टा भएकाले जुनसुकै प्रकारको उत्पादन विकास र संवर्धनमा उसको भूमिका उल्लेखनीय हुन्छ । यसर्थ श्रम जीवन मूल्यको गतिशील, सार्थक र व्यावहारिक पाटो हो भन्ने स्पष्ट हुन्छ । सारमा शारीरिक श्रम पन्ने र अल लगाउनुपर्ने कामलाई हेला होइन, अरूलाई जत्तिकै सम्मान गर्नुपर्छ एवं राष्ट्र निर्माणमा उनीहरूको योगदानको कदर हुनुपर्छ ।


३. पाठको २१ औं अनुच्छेदलाई एक तृतीयांश हुने गरी सारांश लेख्नुहोस् ।

: जिल्ला प्रशासनबाट निस्केर साइबर पसी भाउजूले र मैले दाइसँग स्काइपबाट करा गर्यौँ । धक फुकाएर कुरा गरियो । उहाँले पढाइ र हालखबर सोध्नुका साथै साइबर अपराधदेखि सचेत हुनुपर्ने सुझाव दिनुभयो ।


४. कुनै ठाउँमा भ्रमण गर्दाको स्मरण गरी एक दिनको दैनिकी लेख्नुहोस् ।


दक्षिणकालीको यात्रा

२০.... महिना . गते ... बार 

म बिहान ५:३० बजे उठेँ र नित्यकर्म सकी काठमाडौंको देक्षिणमा यन्ने दक्षिणकाली मन्दिरतिर प्रस्थान गरे । बाटामा गोपाल, राजु, मनोज, विष्णु, सुनीलहरू पनि भेटिए। यसपटक एकचोटि यति धेरै साथीहरू भेटिएकोमा मलाई खुसी पनि लाग्यो । खुरसीका साथ बिहानको थालनी भयो । बल्खुबाट ४५ मिनेट यसमा यात्रा गरेपछि गन्तव्यपा पुगियो । शनिवार भएकाले त्यस मन्दिरमा निकै ठूलो भिड थियो । हामी पनि पडक्तिबद्ध भएर उभियौँ । एक घण्टापछि हासो पनि पालो आयो । त्यसपछि देवीको दर्शन गरन्यौ । दर्शन गरी सकेर हामी वरिपरिको हरियालीसँग भुल्यौं । पहाडको काखमा अवस्थित उक्ते क्षेत्रमा हरेक मानिसले भरपुर आनन्द लिन सक्लान् जस्तो मलाई लाग्यो । अनेक पिकनिक स्पर्टहरू पनि त्पहाँका आकर्षण रहेछन् । विभिन्न विद्यालय, सह्यसंस्था र व्यक्तिहरूको । ठूलो जमघट हुने त्यस क्षेत्रले आन्तरिक र बाह्य पर्यटनको अधिकतम विकासमा सहयोग पुन्याएको छ भन्ने कुरामा हामी विश्वस्त भयौँ ।

५. तलको गद्यांशबाट सक्षिप्त उत्तर आउने पाँच ओट प्रश्न बनाउनुहोस् :

: पोखरा प्रकृतिका रूपमा मात्र चर्चित नभई भाषा, साहित्य र कलाका क्षेत्रमा पनि चर्चित छ । प्रकृतिका अनुपम सौन्दर्य माछापुच्छे, फेवाताल, बेगनास ताल, रूपातालमा जसरी छरिएको छ त्यसरी नै सेतीको गहिरो सुसाइमा छ । महेन्द्र गुफाको कालो ओढार आश्चर्यमा लेखिएको छ । आफ्ना जीवनका अनुभूति सादनेहरूसँग संस्कृति भएर घाटु हुर्केको छ, सोरठी गुन्जिएको छ । संस्कारसँगै रोधी र सेलो, झ्याउरे ताल, तथामचा तथा लाखे नाच पनि हुर्किएको छ । पोखरेली सुन्तला जस्तै रसिलो भएर पोखरेली परिवेश लेखिएको छ । यही भूमिमा लेखनाथ पौड्यालको वार्णिक लयको गुञ्जन छ । अलि मिया र धर्मराज थापाको लोकगलाको मिठास छ र भूपि शेरचनको गद्यात्मक पद्यको ललित रन्को अटाएको छ ।

(क) पोखरा कुन कुन कुरामा चर्चित छ ?

(ख) प्रकृतिका अनुपम सौन्दर्य कहाँ कहाँ छरिएका छन् ?

(ग) पोखरामा के के हुर्किएका र गुन्जिएका छन् ?

(घ) पोखरामा लेखनाथ, अली, धर्मराज र भूपिका कुन कुन कुराको चर्चा छ ?

(ङ) अनुपम, संस्कार, परिवेश र ओढ़ार शब्दहरूको अर्थ लेख्नुहोस् ।


६. अर्थ खुल्ने गरी वाक्य बनाउनुहोस् : सराहना, हुल, तुलबुल, अतिरिक्त क्रियाकलाप, साइबर अपराध


सराहना : सजिनले छेवाडका कार्यहरूको सराहना गरेछ । 

हुल : नेपालमा हुलको राजनीति धेरै दिन फस्टाउँदैन ।

तुलबुल : मनमा तुलबुल त भएकै हो तर के गर्ने ?

अतिरिक्त क्रियाकलाप : मङ्गला अतिरिक्त क्रियाकलापमा भाग लिन्छिन् रे !

साइबर अपराध : साइबर अपराधबाट सचेत हुनुपर्छ भन्ने सबैले बुझ्नुपर्छ


७. उदाहरणमा दिए जस्तै गरी सक्षिप्त शब्द बनाउनुहोस् : उदाहरण : गोरखापत्र : गोप/गो.प.

प्राध्यापक : प्रा.

पण्डित : पं.

डाक्टर :डा.

जिल्ला विकास समिति : जिविस

राष्ट्रिय समाचार समिति : रासस 

संयुक्त राष्ट्र सङ्घ : संरास

८. पाठमा प्रयोग भएका सक्षिप्त शब्दहरू खोजेर तिनको पूर्ण रूप लेख्नुहोस् ।

प्रा : प्रधानाध्यापक

रावा : राष्ट्रिय वाणिज्य बैँक

प्रजिअ : प्रमुख जिल्ला अधिकारी 

विनि : विद्यालय निरीक्षक

जिप्रका : जिल्ला प्रशासन कार्यालय


९. पाठबाट इस्व उकार (कु) र दीर्घ ऊकार (कू) लागेका शब्दहरू खोजी लेख्नुहोस् ।

: सुल, स्कुल, युगल, मुग्ध, खेलकुद, प्रमुख, फेसबुक, ढिकुरें, स्कुस, आलु, मुटु, मुख्य, फुलहरू, भाउज, फर्किन.... ।


१०. पाठवाट खुट्टो काटेका (हलन्त) शब्दहरू खोजेर लेख्नुहोस् ।

: बस्छिन्, पदछिन्, उदछिनिन, रहेछन्, छन्, गर्छन्, .


व्याकरण


१. तलको अनुच्छेदमा रहेका विभक्ति चिनेर तपाईं पनि विभक्ति प्रत्ययको प्रयोग गरी कुनै मेला वा जात्रामा जाँदाको अनुभव लेख्नुहोस् : 

कृष्णाकी मितिनी डोल्मा उनको घर गइन् र उनले आफ्नो विवाहको निमन्त्रणा दिइन् । विवाहमा कृष्णाले पनि डोल्मालाई सक्दो सहयोग गरिन् विवाहको अन्त्यमा डोल्माले भनिन्, "तिम्रो सहयोगका लागि धेरै धेरै धन्यवाद छ । विवाहपछि कृष्णा खुसी हुँदै आफ्ना घर गइन् ।

: कृष्णाकी, उनको, उनले, आफ्नो विवाहको, विवाहमा, कृष्णाले, डोल्मालाई, डोल्माले, तिम्रो, सहयोगका, आफ्ना ....!


२. उपयुक्त विभक्ति प्रयोग गरी खाली ठाउँ भर्नुहोस्ः

सुजन युजनका दाजु हुन् । स्वस्तिका उनीहरूकी बहिनी हुन् । सुजनलाई मन पर्ने विषय कविता र चित्रकला हो । त्यसैले हरेक बिहान एक घण्टा सुजन, युजन र स्वस्तिकालाई चित्र बनाउन र कविता लेख्न सिकाउँछन् । उनीहरू खराब साथीबाट टढै रहन्छन् ।


३. पाठको १६ औँ अनुच्छेदमा प्रयोग भएका विभक्तिहरू लेख्नुहोस् ।

: अरबमा, बुझेकी, महिलाले, उहाँमा, त्यसैले, क्याम्पसमा, तहमा, घरको आमाको, हामीले, पालेका, कुखुराको, लगेका


४. तलको अनुच्छेदमा रेखाइकित द्वित्व शब्दलाई कापीमा सार्नुहोस् :

सहरमानले साथीहरूका घर घरमा गएर उनीहरूलाई छिटो छिटो उठायो । साथीहरूले पनि । हतार हतार आआफ्ना सामान झोलामा पोको पारे । ससाना झोला बोकेर उनीहरू बाये लागे । हतार भएकाले उनीहरूले भातसात खान भ्याएनन, बिस्कुटसिस्कुट खाएर हिंडे ।


५. तलका पूर्ण, आशिक र आपरिवर्तित द्वित्व शब्दहरूलाई वाक्यमा प्रयोग गर्नुहोस् : 

(अ) पूर्ण द्वित्व : छिटो छिटो, घर घर, सबै सबै, आफ्नो आफ्नो, समय समय, स्कुल सिस्कुल

(आ) आशिक द्वित्व : आआफ्ना, ससाना, दुल्ठला ससामान, झझल्को, झैझगडा

(इ) अपरिवर्तित द्वित्व : भातसात, गोदगाद, टिपनटापन, पैसासैसा, ऐँचोपैँचो, बाटेसाटो


६. पाठमा प्रयोग भएका द्विव शब्दहरू खोजेर शिक्षकलाई देखाउनुहोस् । 

: रूखरूखै, खेलकुद, सानोतिनो, बेलिबिस्तार, . ।


७. तल केही सामान्य धातु र नाम धातु दिइएका छन् । उदाहरणमा दिए जस्तै गरी ती धातुमा नु प्रत्यय लगाई शब्द बनाउनुहोस् : 

उदाहरण : खानु = खानु, पढाउ पढाउनु, कमाउ (कम-आउ)-नु- कमाउनु, लोभि (लोभ इ)-नु-लोभिनु सामान्य धातु : बस, हिंइ.धु, हाँस, बोल, लेख, गर उद देख 

:बस्तु, हिँड्नु, धुनु, हाँस्नु, बोल्नु, लेख्न, गर्नु उठ देख्नु ... ।

नाम धातु : छोटि चेप्टि, घिनाउ, नङ्ग्याउ, मोटाउ, बङ्ग्याउ

: छोटिन, चेप्टिनु घिनाउनु, नड्नयाउनु, मोटाउनु, बङ्ग्याउनु ...।

८. पाठको १२ औँ अनुच्छेदमा प्रयोग भएका क्रियापदहरू टिपोट गरी तिनका धातुहरू पहिल्याउनुहोस् ।


नोकिया : रोकि

रहेछन् : रह

सुस्तायौँ : सुस्ताठ

लाग्यौ : लाग्

दौडियौँ : दौडि

थाल्यो : थाल्


९. तलका धातुबाट शब्द निर्माण गरी वाक्यमा प्रयोग गर्नुहोस् : गर, सुत, हिंड, फेर, लेख, भन्

गर्छन्, सुत्यो, हिंडछ, फेरिन्छ, लेखियो, भन्छन् : 


गर्छन् : उनीहरू विद्यालयमा राम्रो काम गर्छन्

सुत्यो : मङ्गल त अधि नै सुत्यो त ।

हिँड्छु : म बिहानदेखि काम गर्न हिँड्छु

फेरिन्छ : बुद्धले भने, "आज एउटा मेसिन फेरिन्छ ।"

लेखियो : पम्फाद्वारा कुलेन्द्रलाई एउटा पत्र लेखियो। 

भन्छन् : असल मानिसहरू सकारात्मक कुराहरू भन्छन्


सिर्जनात्मक कार्य


तलका कुनै एव्य विषयमा एक दिनको दैनिकी लेख्नुहोस् :

(क) कुनै नदी किनार, पहाड वा जळ्गलमा जाँदाको अनुभव

२०७../../..

: आज बिहान म ५ बजे उठेँ र बहिनीलाई उठाएँ । दाजुबहिनी मिलेर हतार हतार ख बनायौ । मकै भटमास भुटेर दिउँसोलाई खाजा पनि ठिक पार्यौँ । सल्लाहअनुसार नै मार भन्न्याङमा डोल्मा, सञ्चलाल, अमित, करिष्माहरूसँग भेट भयो । हामी गोत गार्के वनतिर लाग्यौँ ।

आफ्नो समूहका साथी साथीबिच कुरा गर्दै, गीत गाउँदै हामी ऐसेलु टिप्न थाल्यों । यश युवतीले गाएका दोहोरी गीतले वनै थर्कियो । केही मानिसहरू सामुदायिक वन उपभोक्ता समिति र जिल्ला वन कार्यालयको अनुमतिमा गोठका लागि घोचा, हलो र कोदालाका बिंडहरू बनाइरहेका थिए । हामीहरू भने ऐसेलु टिप्नमै व्यस्त भयौँ ।

घोच्ने काँडाको पर्वाह नगरी म सानैदेखि ऐँसेलु टिप्न रमाउथेँ । ऐसेलु फल्ने वर्ष पनि परेको हुँदा यसपालिको ऐसेलु टिपाई मेरा लागि सुखद बन्यो । मध्याह्नपछि हामी खाजा खानका लागि बिसाउनी ढुङ्गामा जम्मा भयी । साथीहरूले क्यामेरा ल्याएका रहेछन् । हामीले हिमाल र जङ्गलका दृश्यमा थुप्रै फोटाहरू खिच्यौँ । त्यसपछि आआफला खाजाका पोका फुकायौँ कसैले सेल, कसैले चामे, कसैले भुटेका मकै भटमास, कसैसे उसिनेका स्कुस र आलु ल्याएका रहेछन् । सामूहिक यात्रा र खुवाइको मजा नै अर्कै हुन्छ । यसपालि हामीले त्यस्तै सुन्दर अनुभूतिलाई साट्ने अवसर पायौँ ।

दिन ढल्किदै गयो, आकाश पनि अलिक धुम्मिएको थियो, जाडो पनि हुन थाल्यो र पानी पर्ला पर्ला जस्तो भयो । अब हामी घर फिने तर्खरमा लाग्यौँ । मैले वनमालाका केही लहरा र चिराइतोका केही बोटहरू पनि बोको ।

बेलुका साढे ६ बजे हामी घर आइपुग्यौं । घरमा खाना पाकिसकेको रहेंछ । हामीले हतार हतार लुगा फेयी र खाना खायौँ । दाजुबहिनीले आजको यात्राका मुख्य मुख्य घटना र अनुभवहरू सुनायौँ । आमा, बुबा र भाउजूले पनि ऐसेलु टिप्दाका विगतका अनुभवहरू सुनाउनुभयो । त्यसपछि त म भुसुक्के निदाएँछु।


(ख) कुनै चाड पर्वको दिन (बडादसैँ)

२०.. महिना गते... बार

: मातृ भक्ति वा नारी शक्तिको उपासनाका दृष्टिले बडादसैंको भूमिका उल्लेखनीय छ। भा दिनसम्म महाकाली, महालक्ष्मी र महासरस्वतीको उपासना गरी दसौँ दिन विजया दसमा भव्यताका साथ मनाइयो। मैले पनि आमा, बाबा, हजुरबा, हजुरआमा, दाजु, दिदी, माइज मामा आदिबाट टीका र जमरा ग्रहण गरेँ । असत्यमाथिको सत्यको विजयका दृष्टिले यो पर्व मलाई धेरै रमाइलो लाग्यो। एकता, मित्रता, आशा, धर्म, सद्भाव, अखण्डता, सहिष्णुता आदिलाई उच्च राख्दै मनाइने यो पर्व मेरा लागि पनि अनुकरणीय नै रह्यो । बडादसैँ शास्त्रीय दृष्टिले पनि अनुकरणीय रहेकाले यसको महत्त्व झन् बढ्दै गएको देख्दा मला ज्यादै खुसी लाग्यो। यस वर्ष पनि मातृ शक्तिको सर्वोच्चता रहने यो पर्व विश्वका लागि त अनुकरणीय रहयोँ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मनाइने भए पनि विजया दसमीलाई विशेष महत्त्व दिइने यो पर्व मेरा लागि पनि उल्लेखनीय रहेको अनुभव गरेँ ।


(ग) परीक्षा फल प्रकाशित भएको दिन

२०.. महिना .... गते ... बार 

परीक्षा फल प्रकाशित हुनु पूर्व मेरो मनमा अनेक शङ्का-उपशङ्का उब्जिरहेका थिए। त्यति लामो प्रतीक्षामा रहनुपर्ने नभए पनि मनमा उकुसमुकुस हुनु अस्वाभाविक होइन । प्रतीक्षाको घडी पनि धेरै बढ्न सकेन । आजै परीक्षा फल प्रकाशित भयो । मेरो उत्सुकताको सिमा धेरै टाढा पुगेन । म परीक्षामा सफल भए तर अपेक्षित नतिजा आउन सकेन। परीक्षा फल प्रकाशित भएसँगै मैले दुई ओटा मार्गहरू देखेँ, कक्षा दोहोऱ्याउने कि माथिल्ला कक्षाहरूमा थप मेहनत गर्दै जाने मैले दोस्रो बाटो नै रोजे एउटै कक्षामा अलमलिनु बुद्धिमानी होइन । त्यसैले प्राप्त परिणामलाई स्वीकार्दै अघि बढ्ने दृढ अठोट मैले गरें । सफलता परीक्षामा मात्र होइन, जीवनमा पनि त्यत्तिकै अर्थपूर्ण मानिन्छ भन्ने तथ्यलाई मनन गरे। आगामी दिनहरूलाई सुन्दर बनाउने योजनाका साथ मैले आजको दिनलाई पहिलो पाइलाका रूपमा स्वीकार गरे। घरपरिवार, शिक्षक, साथीभाइ आदिले मलाई बधाइ र सान्त्वना दिनुभयो । त्यसैलाई आत्मसात् गरी अघि बढ्ने प्रण गरे । (यति कुरा

सोच्दासोच्दै भुसुक्कै निदाएँछ।) 


(घ) बिर्सन नसकिने कुनै दिन

२०..महिना ...गते.... बार

: आन्तरिक पर्यटनको महत्व शीर्षकमा देशव्यापी माध्यमिक विद्यालयस्तरीय निवन्ध प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गरेको समाचार सुन्ने अवसर आजै प्राप्त भयो । यो खबर एक्कासि सुन्न पाउँदा म असाध्यै खुसी भएँ । यस्तो परिणाम आउला भन्ने कुरा त मैले सोचेकै थिइन। देशभरिका कस्ताकस्ता प्रतिभावान विद्यार्थीले भाग लिएका होलानू। मेरो निबन्धले नै पहिलो पुरस्कार पाउला भनेर कल्पना नै नगरेकी मैले यस्तो खुसीको त आसै गरेकी थिइन । मेरे कक्षाका निरोज, जुली, लक्ष्मी, सिर्जना, महेश, माईला आदिले सँगै भाग लिएका हुनाले मेरोभन्दा उनीहरूकै निबन्ध रामा होलान् भन्ने मैले सोचेको थिएँ । बिहान आफ्नै गृहकार्य गरिरहेको बेला विद्यालयबाट प्राचार्यज्यूले मैले प्रतियोगितामा पहिलो पुरस्कार पाएकाले आउँदो माघ २ गते पुरस्कार ग्रहण गर्न पर्यटन मन्त्रालय सिंहदरबार जानका लागि खुबालाई फोन गरेर भन्नुभएछ । बुबाले तुरुन्तै मलाई यो खबर सुनाउनुंभयो । त्यसबेला मेरो त हर्षको सिमा नै रहेन । पहिले त मैले विश्वास नै गर्न सकिनँ । पछि बुबाले आजैको पत्रिकामा मेरो नामैं पुरस्कृतको रूपमा प्रकाशित भएको कुरा बताउँदै देखाउनु भएपछि बल्ल विश्वास भयो । यसरी राष्ट्रव्यापी निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएकीमा म अत्यन्त हर्षित भएँ । यो मेरा लागि बिर्सन नसकिने क्षण बन्यो।

Comments

Popular posts from this blog

पाठ - ४ (म को हूँ ?)

  म को हूँ ? ■अभ्यास■ सुनाइ १. निबन्धको पाँचौं अनुच्छेद सुन्नुहोस् र तलका ठिक बेठिक भनाइ छुट्याउनुहोस् : (क) फुलबाट क्षणिकताको भाव चोरिन्छ ।(ठिक) (ख) फुल रिसाउँछ, बेसरी गर्जेर गाली गर्छ । (बेठिक) (ग) सुल्लाघारीका सुसाइबाट पहाडको चोटको भाव चोरिन्छ । (बेठिक) (घ) चरा चुरुङ्गीबाट लेखकले जीवनको कथा र उन्मुक्तता चोर्छ । (ठिक) २. निबन्धको अन्तिम अनुच्छेद सुन्नुहोस् र सोधिएका प्रश्नहरूको उत्तर भन्नुहोस् : (क) चोरीको माल बाँड्ने माध्यम के हो ? : चोरीको माल बाड्ने माध्यम साहित्य हो । (ख) चोरीको कति भाव चाहिँ तुकुटीमा जम्मा हुन्छ ? :चोरीको मुस्किलले एक चतुर्थांश भाव चाहिं दुकुटीमा जम्मा हुन्छ । (ग) लेखकले चोर्ने कुराको मूल्याङ्कन तपाईले कसरी गर्नुभयो ? : जीवनजगत्का सुन्दरतालाई टिप्नु कलाको धर्म हो, यसलाई विधाअनुसार छुट्टाछुट्टै ढु्गले चोरिन्छ भन्ने मूल्याङ्कन गरेँ । ३. तलको अनुच्छेद सुन्नुहोस् र उत्तर दिनुहोस् : : सञ्चारले हाम्रो जीवनका सबै क्षेत्रलाई प्रभावित तुल्याउँछ । लैङ्गिक भूमिकाका बारेमा पनि सञ्चार जगत् प्र...

Terms and conditions

Terms and conditions These terms and conditions ("Agreement") set forth the general terms and conditions of your use of the onlinemobook.blogspot.com website ("Website" or "Service") and any of its related products and services (collectively, "Services"). This Agreement is legally binding between you ("User", "you" or "your") and this Website operator ("Operator", "we", "us" or "our"). By accessing and using the Website and Services, you acknowledge that you have read, understood, and agree to be bound by the terms of this Agreement. If you are entering into this Agreement on behalf of a business or other legal entity, you represent that you have the authority to bind such entity to this Agreement, in which case the terms "User", "you" or "your" shall refer to such entity. If you do not have such authority, or if you do not agree with the terms o...

About us

  Onlinemobook   is an online platform where students find the answers of any subject. We make sure that all the students who are facing difficulties in questions, will get the effective and correct  answers. Our main goal is to provide the most effective and convenient answers to the students.