Skip to main content

Nepali Guide

पाठ - ९ (जैविक खेती)

जैविक खेती

सारांश

राना कृषि/खेतीपाती मानव सभ्यताको सबैभन्दा प्राचीन व्यवसाय हो । सभ्यताको विकाससँग कृषि कर्ममा पनि विभिन्न प्रयोगहरू हुँदै आएका छन् । पछिल्लो चरणमा जैविक रासायनिक खेतीले चर्चा पाउन थालेका छन् । जैविक खेती भन्नाले प्राङ्गारिक मलको प्रयोग गरी गरिने विषादी र रसायन मुक्त खेती भन्ने बुझिन्छ । रासायनिक खेती रासायनिक मल र कीटनाशक विषादीको प्रयोग गरी गरिने खेती हो । नाइट्रोजन, फस्फोरस, पोयस, कीटनाशक क्यिादी आदिको प्रयोग गरेर उत्पादन बढाउन रासायनिक खेती गरिन्छ । १९/२० औं शताब्दी पछि यसको प्रयोग तीव्र गतिमा भएको छ । पछिल्लो चरणमा माटोमा अम्लीयपन बढाएर प्राकृतिक संरचना बिगार्ने, पृथ्वीको पर्यावरण, मानव स्वास्थ्य आदिमा प्रतिकूल असर पारेको कारणले मानव समुदायलाई विकल्प सोच्न वा कृषिको प्रारम्भिक बाटो अवलम्बन गर्न प्रेरित गरिरहेको छ । यसर्थ जैविक खेतीलाई पुनः महत्व दिन धालिएको छ । पर्यावरणीय सन्तुलनका कायम राख्न जैविक खेती रामबाण हुने अपेक्षा गरिएको हो । सबत र सफल विश्वको लागि माटोमा उवर शवित बढ़ाउने प्रार्ारिक/जैविक खेतोलाई बढ़ावा दिन श्रेयस्कर देखिन्छ । जैविक नियन्त्रण विधिको प्रयोग गरेर विषादीको प्रयोग घटाउन सकिन्छ भन्ने अभ्यासहरू भइरहेका छन् । तितो पिरो र अमिलो आदि वनस्पतिको भोल र धुलो प्रयोग गरेर कीटाणु नियन्त्रण गर्ने प्रयासहरू पनि भइरहेका छन् । जडीबुटी जन्य विषादीको प्रयोग अपेक्षित मान्न थालिएका छन । निर्वाहमुखी कृषि व्यवसायलाई नियांतमुखी बनाई कृषिको आधुनिकीकरण गर्न सकियो भने निश्चय नै जैविक खेती राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हुने कुरा निःसन्देह छ । खेती, पशुपालन, माछा पालन, कुखुरा पालन आदिलाई व्यवसायीकरण गरी व्यावसायिक जैविक पद्धतिलाई रोजगारीको मुख्य आधार बनाउन सकिने कुरा निर्विवाद छ कृषि प्रधान देशका रूपमा परिचित नेपालजस्ता देशहरूले जैविक खेतीलाई आधारभूत आवश्यकताको परिपूर्ति गर्ने दिगो र भरपर्दो स्रोत बनाउँनु सान्दर्भिक मानिन्छ ।


अभ्यास


१. पाठको पहिलो अनुच्छेद सुन्नुहोस् र ठिक बेठिक छुट्याउनुहोस् :

(क) रासायनिक मल र कीट नाशक विषादीको प्रयोग भएको खेती रासायनिक हो । (ठिक)

(ख) रासायनिक मल र कीट नाशक विषादीको प्रयोग नभएको खेती जैविक हो । (ठिक)

(ग) जैविक र प्राङ्गारिक अलग अलग खेती प्रणाली हुन । (बेठिक)

(घ) जैविक खेतीमा प्राङ्गारिक मलको प्रयोग हुँदैन । (बेठिक) 

(ङ) मानिस, पशुपन्छी, कीट पतङ्ग र वनस्पतिमा निर्भर खेती नै जैविक खेती हो । (ठिक)


२. पाठको दोस्रो अनुच्छेद सुन्नुहोस् र तलका प्रश्नको उत्तर दिनुहोस् : 

(क) जैविक खेतीको सुरुआत कहिले भयो ?

: जैविक खेतीको सुरुआत कृषि युगको आरम्भसँगै भएको हो ।

(ख) उद्योग धन्दाको सुरुआतपछि के भयो ?

: उद्योग धन्दाको सुरुआतपछि जनसङ्ख्याको दलो हिस्सा कृषिबाट विमुख भयो ।

(ग) रासायनिक मलका रूपमा कस्ता खाद्य तत्त्वहरू उत्पादन गरिन्छ ? 

:रासायनिक मलका रूपमा नाइट्रोजन, फोस्फोरस र पोटास जस्ता खादय तत्त्वहरू उत्पादान गरिन्छ ।

(घ) के कारणले थोरै जमिनमा धेरै उब्जनी हुन थाल्यो ?

रासायनिक मल र विषादीको प्रयोगले थोरै जमिनमा धेरै उब्जनी हुन थाल्यो । 

(ङ) रासायनिक खेती कसरी लोकप्रिय भयो ?

: थोरै मिहेनतबाट धेरै उजनी दिन सकेकाले रासायनिक खेती लोकप्रिय भयो ।


३. पाठको छैटौँ अनुच्छेदको श्रुति लेखन गर्नुहोस् ।

श्रुति लेखन अभ्यास गर्नुहोस् ।


बोलाइ


१. तलका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

प्राङ्गारिक, औदयोगिक, पृष्ठभूमि, आविष्कार, प्रतिरोधात्मक, अम्लीयपन, पर्यावरणीय, कृत्रिम, पुख्यौलो, प्रवर्धन

: उच्चारण अभ्यास गर्नुहोस् ।


२. रासायनिक खेतीका फाइदा र बेफाइदाबारे कक्षामा छलफल गर्नुहोस् ।


फाइदा

रासायनिक मलको प्रयोगले उत्पादन बढाउँछ । रासायनिक मल र कीटनाशक औषधीबाट उत्पादन बढ़ने र रोग एवं किरा नियन्त्रण हुने भएकाले थोरै जमिनबाट पनि धेरै उत्पादन गर्न सकिन्छ । यसर्थ यसको लोकप्रियता बढ्न गएको हो ।

बेफाइदा

पृथ्वीको पर्यावरण, मानव स्वास्थ्य र वानस्पतिकचक्रमा प्रतिकूल असर पार्छ । माटोमा अम्लीयपन बढाएर प्राकृतिक बनावट बिगार्छ। जैविक तत्वको कमीले मरुभूमीकरण हुनसक्छ । वातावरणीय सन्तुलन बिग्रिन्छ ।


३. जैविक प्रविधिबाट बाली बिरुवामा लाग्ने किरा र रोगको निदान कसरी गर्न सकिन्छ भन्ने विषयमा आफूले जानेका कुराहरू कक्षामा सुनाठूनुहोस् ।

: बाली बिरुवाको प्रतिरोधात्मक क्षमता बढाएर किरा र रोगको निदान गर्न सकिन्छ । हातले टिपेर, जाली राखिदिएर, बत्ती बालेर, टोसिने पदार्थ आदि राखेर नियन्त्रण गर्न सकिन्छ । जैविक नियन्त्रण विधिको प्रयोग गरेर, तितो, टरो, पिरो, अमिलो आदि वनस्पतिको झोल र धुलो प्रयोग गरेर किरा र रोग नियन्त्रण गर्न सकिन्छ । तितेपाती, निम, बकाइनु, सुर्तो, असुरो, सरिफा, बोझो, मौवा, धतुरो, सिमाली, अदुवा, बेसार, टिम्मुर, तुलसी, बावरी, पुदिना, विभिन्न जडीबुटी आदिको प्रयोग गरेर किरा र रोगलाई ठेगान लगाउन सकिन्छ ।

(नोट: कक्षामा स्थानीय प्रविधिहरूको चर्चा पनि गर्न सकिन्छ ।)


पढाइ


१. शिक्षकले निर्देशन दिएअनुसार पाठका अनुच्छेदहरू पालैपालो सस्वर वाचन गर्नुहोस् ।

: (वाचन अभ्यास गर्नुहोस् ।)


२. पाठको नवौँ अनुच्छेद पढी ठिक बेविक छुट्याउनुहोस् :


(क) नेपालको प्राकृतिक, भौगोलिक, सामाजिक, सांस्कृतिक पर्यावरण जैविक खेतीका लागि अनुकूल छ । (ठिक)

(ख) नेपालमा व्यावसायिक रूपमा पशु पालन गर्न सकिन्छ । (ठिक

(ग) नेपालमा कम्पोस्ट मल बनाउने कच्चा सामग्रीको अभाव छ । (बेठिक)

(घ) नेपालका बहु सङ्ख्यक मानिसहरूको पुख्यौली व्यवसाय व्यापार हो । (बेठिक

(ङ) नेपालमा जैविक खेतीलाई थोरै आधुनिक र व्यावसायिक बनाइदिए पुग्छ । (ठिक)

(च) अब नेपालका गाउँ गाउँसम्म सड़क यातायात पुग्न थालेको छ । (ठिक)

(छ) नेपालबाट बर्सेनि अरबौं रुपियाँको खाद्य पदार्थ निर्यात हुने गरेको छ । (बेठिक


३. पाठको तेस्रो अनुच्छेद पढी तलका प्रश्नको उत्तर दिनुहोस् :

(क) रासायनिक खेतीले मायलाई के गर्छ ? 

: रासायनिक खेतीले माटालाई अम्लीयपन बढाएर प्राकृतिक बनावट बिगार्छ ।

(ख) मित्र किराहरूले बाली बिरुवालाई कसरी सहयोग पुयाउँछन् ?

: मित्र किराहरूले बाली विरुवा खाने कीट पतड्गलाई खाएर, धपाएर बाली विरुवालाई सहयोग पुयाउँछन् ।

(ग) पराग सेचन प्रक्रियालाई ककसले सहयोग फु्याउँछन् ?

: पराग सेचन प्रक्रियालाई मौरी, बारुला, पुतली, झिँगा आदिले सहयोग पुयाउँछन् ।

(घ) किन रासायनिक खेतीको विकल्प सोच्न थालिएको हो ?

: मानव स्वास्थ्य, पर्यावरणीय सन्तुलन र जैविक विविधतामा गम्भीर सङ्कट सिर्जना गर्न थालेकाले रासायनिक खेतीको विकल्प सोच्न थालिएको हो ।

(ङ) उर्वरा शक्ति, पराग सेचन, प्रतिरोधात्मक क्षमता पर्यावरणीय सन्तुलन र जैविक विविधताको अर्थ बताउनुहोस् ।


उर्वरा शक्ति : उत्पादन क्षमता

पराग सेचन : फुलबाट फल बन्ने प्रक्रिया

प्रतिरोधात्मक क्षमता : रोगसँग लड्न सक्ने शक्ति

पर्यावरणीय सन्तुलन : वातावरणीय सन्तुलन

जैविक विविधता : जीवजन्तु र वनस्पतिमा पाइने भिन्नता


४. पाठमा प्रयोग भएका प्राङ्गारिक, उर्वरा शक्ति, पराग सेचन जस्ता प्राविधिक शब्द टिपोट गर्नुहोस्।

: रासायनिक, जैविक, प्रतिरोधात्मक, अम्लीयपन, व्यावसायीकरण,......।


लेखाइ


१. पाठका आधारमा उत्तर दिनुहोस् :


(क) रासायनिक खेती र जैविक खेतीका बिचमा के फरक छ ?

: रासायनिक मल र कीटनाशक विषादीको प्रयोग गरेर गरिने खेतो रासायनिक खेती हो भने परम्परागत जैविक वस्तु र प्राङ्गारिक मलको प्रयोग गरेर गरिने खेती जैविक खेती हो ।


(ख) रासायनिक खेतीका बेफाइदाहरू के के हुन् ?

: पृथ्वीको पर्यावरण, मानव स्वास्थ्य र वानस्पतिकचक्रमा प्रतिकूल असर पार्छ । माटोमा अम्लीयपन बढाएर प्राकृतिक बनावट बिगार्छ । जैविक तत्त्वको कमीले मरुभूमीकरण हुनसक्छ । वातावरणीय सन्तुलन बिगिन्छ ।


(ग) विषादीको प्रयोगले मानव स्वास्थ्यमा के कस्तो असर गर्दछ?

: विषादीको प्रयोगले मानव स्वास्थ्यमा क्यान्सर, उच्च रक्तचाप, हृदयघात, मुट कलेजो र फोक्सो बिग्रने जस्ता असर गर्दछ ।


(घ) पर्यावरणीय सन्तुलन र जैविक विविधताका बिचमा के अन्तर छ? 

:पर्यावरणीय सन्तुलन भन्नाले वातावरणलाई मिलाउने र जैविक विविधता भन्नाले प्राणी एवं वस्तपतिमा देखिने विविधता भन्ने बुझिन्छ । 

(ङ) जैविक खेतीबाट कसरी आत्म निर्भरता बढाउन सकिन्छ ?

: बृहत् अभियानका रूपमा सञ्चालन गर्न सक्ने हो भने जैविक खेतीबाट आत्मनिर्भरता बढाउन सकिन्छ ।


२. पाठको साती अनुच्छेद अनुलेखन गर्नुहोस् ।

: अनुच्छेद अनुलेखन अभ्यास गर्नुहोस्


३. नेपाललाई रसायन र विषादी मुक्त राष्ट्र बनाओ' शीर्षकमा एउटा अनुच्छेद लेख्नुहोस् ।


नेपाललाई रसायन र विषादीमुक्त बनाऔँ

नेपाल कृषि प्रधान देश हो । नेपालको हावापानी अनुकूल हुने गरी जैविक खेतीलाई अभियानका रूपमा सञ्चालन गरेर रासायनिक मल र कीटनाशक विषादी मुक्त बनाउन सकिना सलाई अभियानका रूपमा सञ्चालन गर्नसके रसायन र विषादोले प्रवेश पाउँदैनन् । रसायन र विषादोले खेतीमा महत्त्व नपाउनु भनेक रसायन विषादी मुका अभियान हो भन्ने स्पष्ट हुन्छ । हाम्रो र राम्रो नेपाललाई रसायन र विषादी मुक्त बनाउन मन, वचन र कर्मले लागौँ ।


४. व्याख्या गर्नुहोस् :


(क) यृथ्वीका प्राणी र बनस्पतिबिचमा लिने दिने प्रक्रिया चक्र झैँ बुमिरहन्छ ।

: पृश्वीमा रहेका प्राणी र वनस्पति एकअर्काका पूरक हुन् । एउटा अक्कालाई परस्पा सहयोग गरिरहेका हुन्छन् । त्यसैले पृथ्वीका प्राणी र वनस्पतिका बिचमा लेनदेन प्रक्रियाचक्रझै घुमिरहन्छ भन्ने तथ्य अधि सारिएको हो । प्राणीहरूले वनस्पतिलाई जीवन रक्षाको स्रोतका रूपमा प्रयोग गर्छन् । वनस्पतिले प्राणीबाट मल आदि प्राप्त गर्छन् । योट बिरुवाले मानिसका मलमूत्रबाट खाना प्राप्त गर्छन् । सडेगलेका पात । पतिङ्गरलाई कुहाएर बोट बिरुवाका लागि खान योग्य मल बनाउने काम कोट पतड्गहरूले गर्छन् । यसर्थ यी दुई बिचका सम्बन्ध चक्र घुमिरहन्छन् ।


(ख) प्राणी र वनस्पतिका बिचमा रहेको अन्योन्याश्रित सम्बन्धले पृथ्वीमा जीवको अस्तित्व सम्भव भएको हो ।

: प्राणी र वनस्पत्तिका विचमा पूरक सम्बन्ध रहेका छन् । यिनीहरूले एक-अर्काको सम्बन्धलाई आत्मसात् गरेर मात्र आफ्नो अस्तित्व कायम गर्न सक्छन् । जीव भन्नाले प्राणी र वनस्पति बिचको साझा सम्बन्ध भन्ने बुझिन्छ । जीवनजगत् भनेकै प्राणी र वनस्पति हो । एउटाले अकालाई निषेध गरेर/छेकेर/रोकेर यिनीहरूले पूर्णता प्राप्त गर्न सक्दैनन् । एउटाले अर्काको सहयोगमा खाना बनाउने र जीवन रक्षा गर्ने भएकाले यिनोहरूलाई भिन्न ढङ्गले हेर्न, बुभन र व्याख्या गर्न सकिंदैन । बनस्पतिले प्राणीको वासस्थानको समेत काम गरेको हुन्छ भने प्राणीको मलमूत्रवाट वनस्पतिले खाना प्राप्त गरेका हुन्छन् । सारमा प्राणी र वनस्पतिका बिचमा रहेको अन्योन्याश्रित सम्बन्धले पृथ्वीमा जीवको अस्तित्व सम्भव भएको हो भन्ने स्पष्ट हुन्छ । 

५. नेपालमा व्यावसायिक रूपमा जैविक खेतीको सम्भावनाका बारेमा एउटा निबन्ध लेख्नुहोस् ।


नेपालमा व्यावसायिक रूपमा जैविक खेतीको सम्भावना

जैविक विविधताका दृष्टिले नेपाल विश्वकै उत्कृष्ट देशहरूमध्ये एक हो । नेपालको मुख्य परिचय कृषि प्रधान देशका रूपमा स्थापित हुनु नै हो । परम्परादेखि नै नेपालमा खेती गरिदै आइएको छ । कृषि र पशुपालन नेपालका मौलिक परिचय हुन् । नेपालमा जैविक खेतीका प्रशस्त सम्भावनाहरू छन् । नेपालकै प्राचीन विधि र प्रविधिको प्रयोग गरेर आत्मनिर्भरता कायम गर्न सकिने प्रशस्त सम्भावनाहरू छन् ।

प्राङ्गारिक मलमा आधारित खेतीका लागि नेपाल उर्वर भूमि हो । जैविक खेतीले वातावरणीय सन्तुलन मिलाउनुका साथै मानवको स्वास्थ्यमा अनुकूल प्रभाव पार्छ । पर्यावरणीय सन्तुलन कायम गरेर नेपालले कृषि व्यवसायलाई जीवन पद्धतिमै लागू गर्न सक्छ । अनुसन्धानबाट के पुष्टि भएको छ भने नेपाल प्राकृतिक, भौगोलिक, सामाजिक, सांस्कृतिक पर्यावरण जैविक खेतीका लागि अनुकूल छ । अधिकांश नेपालीहरूको पुख्यौली व्यवसाय, जैविक खेती नै भएकाले त्यसलाई थोरे आधुनिक र व्यावसायिक बनाउनसके नेपालको कृषि कायपलट हुनसक्छ।


९४

Comments

Popular posts from this blog

पाठ - ४ (म को हूँ ?)

  म को हूँ ? ■अभ्यास■ सुनाइ १. निबन्धको पाँचौं अनुच्छेद सुन्नुहोस् र तलका ठिक बेठिक भनाइ छुट्याउनुहोस् : (क) फुलबाट क्षणिकताको भाव चोरिन्छ ।(ठिक) (ख) फुल रिसाउँछ, बेसरी गर्जेर गाली गर्छ । (बेठिक) (ग) सुल्लाघारीका सुसाइबाट पहाडको चोटको भाव चोरिन्छ । (बेठिक) (घ) चरा चुरुङ्गीबाट लेखकले जीवनको कथा र उन्मुक्तता चोर्छ । (ठिक) २. निबन्धको अन्तिम अनुच्छेद सुन्नुहोस् र सोधिएका प्रश्नहरूको उत्तर भन्नुहोस् : (क) चोरीको माल बाँड्ने माध्यम के हो ? : चोरीको माल बाड्ने माध्यम साहित्य हो । (ख) चोरीको कति भाव चाहिँ तुकुटीमा जम्मा हुन्छ ? :चोरीको मुस्किलले एक चतुर्थांश भाव चाहिं दुकुटीमा जम्मा हुन्छ । (ग) लेखकले चोर्ने कुराको मूल्याङ्कन तपाईले कसरी गर्नुभयो ? : जीवनजगत्का सुन्दरतालाई टिप्नु कलाको धर्म हो, यसलाई विधाअनुसार छुट्टाछुट्टै ढु्गले चोरिन्छ भन्ने मूल्याङ्कन गरेँ । ३. तलको अनुच्छेद सुन्नुहोस् र उत्तर दिनुहोस् : : सञ्चारले हाम्रो जीवनका सबै क्षेत्रलाई प्रभावित तुल्याउँछ । लैङ्गिक भूमिकाका बारेमा पनि सञ्चार जगत् प्र...

Terms and conditions

Terms and conditions These terms and conditions ("Agreement") set forth the general terms and conditions of your use of the onlinemobook.blogspot.com website ("Website" or "Service") and any of its related products and services (collectively, "Services"). This Agreement is legally binding between you ("User", "you" or "your") and this Website operator ("Operator", "we", "us" or "our"). By accessing and using the Website and Services, you acknowledge that you have read, understood, and agree to be bound by the terms of this Agreement. If you are entering into this Agreement on behalf of a business or other legal entity, you represent that you have the authority to bind such entity to this Agreement, in which case the terms "User", "you" or "your" shall refer to such entity. If you do not have such authority, or if you do not agree with the terms o...

About us

  Onlinemobook   is an online platform where students find the answers of any subject. We make sure that all the students who are facing difficulties in questions, will get the effective and correct  answers. Our main goal is to provide the most effective and convenient answers to the students.