Skip to main content

Nepali Guide

पाठ - ६ (बहिनीलाई चिठी)

 बहिनीलाई चिठी



■अन्यास■
{सुनाइ}

१. चिठीको तेस्रो अनुच्छेद सुन्नुहोस् र खाली ठाउँ भर्नुहोस् :

(क) चेतनाको अभावले मानिसहरू बढी मात्रामा अग्निमान्द्य खाना खान्छन् । (बृद्धिा /चेतना)
(ख) बजारिया खानेकुराहरू अग्निमान्द्य खानेकुराभित्र पर्दछन् । (अग्निमान्द्य/ अप्रशोधित)
(ग) हामीले विशेष गरी क्षार प्रधान खानामा जोड दिनुपर्ने रहेछ । (क्षार प्रधान/मसलादार)
(घ) क्षार प्रधान खानामा मकै पर्दछ । (मकै/मासु)
(छ) संयमित आहार नै उत्तम औषधी हो । (संयमित/प्रशोधित)
२. चिठीको चौथो अनुच्छेद शिक्षकबाट सुन्नुहोस् र सोधिएका प्रश्नहरूको उत्तर भन्नुहोस् :

(क) वर्तमान समाजमा के कस्ता औषधीजन्य विकृतिहरू पाइन्छन् ?
: वर्तमान समाजमा चिकित्सकको परीक्षण र पुर्जा बिनाका औषधीजन्य विकृतिहरू पाइन्छन् ।

(ख) डाक्टरको सल्लाहबिना औषधी खाँदा कस्तो प्रभाव पर्न सक्ने सम्भावना हुने रहेछ ?
: डाक्टरको सल्लाहबिना औषधी खाँदा शरीरका अन्य अङ्गहरूमा प्रतिकूल प्रभाव पार्न सक्ने सम्भावना हुने रहेछ ।

(ग) कुनै पनि औषधी सेवन गर्नुपूर्व बिर्सने नहुने कुरा के हो ?
: कुनै पनि औषधी सेवन गर्नुपूर्व बिर्सनै नहुने कुरा चिकित्सकको सल्लाह र सेक गर्ने औषधीको म्याद हो ।

३. पाठको दोस्रो अनुच्छेद श्रुति लेखन गर्नुहोस् ।
(श्रुति लेखन अभ्यास गर्नुहोस्)


{बोलाइ}

१. तलका शब्दहरूको उदाहरणमा देखाए जस्तै गरी ठिक उच्चारण गर्नुहोस् :


व्यस्तता / ब्यस्,त.ता
रक्तचाप / रक्.त.चाप्
हृदयाघात, अर्बुद, क्षार प्रधान, चिकित्सक, परीक्षण

हृदयाघात : हृदय.आ.घात्.
क्षार : द्या.र.
चिक्रित्सक : चि.कित्स.क्
अर्बुद : अर्. बुद्
प्रधान : प्र. धान्
परीक्षण : परि.छ्यण्

३. चिठीमा भनेअनुसार तपाईंका आसपासका बजारमा पाइने खानै नहुने प्रकारका के के वस्तुहरू पर्दा रहेछन् ? समूहमा छलफल गर्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् ।
(कक्षामा छलफल गर्नुहोस्)


४. जथाभावी औषधी खाँदा पर्ने प्रभावका बारेमा समूहमा छलफल गरी त्यसको निष्कर्ष कक्षामा प्रस्तुत गर्नुहोस् ।

: रोगको पहिचान नगरी औषधी लिनु र दिनु दुवै कुरा राम्रो होइन जथाभावी औषधीको प्रयोग गर्दा मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्दछ । तत्काल रोग निको भएजस्तो देखिए तापनि त्यसले अन्य प्रकारका रोगहरू बढाइरहेको हुन्छ । यसर्थ चिकित्सकको सिफारिस बिना औषधी सेवन गर्नुहुँदैन । यसतर्फ सबैलाई सचेत बनाउनुपर्छ ।

५. चिठीमा आधुनिक चिकित्सा सम्बन्धी नर्स पढेकी श्रद्धा नेपालीले आयुर्वेद विज्ञानलाई पनि महत्त्व दिएकामा तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया दिनुहोस् ।
: जुनसुकै चिकित्सा विज्ञानको मूल स्रोत आयुर्वेद विज्ञान नै हो । अर्थात् औषधी विज्ञानको जननी आयुर्वेद भएकाले यसलाई आधुनिक चिकित्सा सम्बन्धी नर्स पढेकी श्रद्धा नेपालीले महत्त्व दिनु स्वाभाविक छ ।


६. चिठी लेख्ने श्रद्धा दिदीको बानी तथा व्यवहार कस्तो होला ? चिठी पढेका आधारमा कक्षामा छलफल गर्नुहोस् ।
: चिठी लेख्ने श्रद्धा दिदीको बानी तथा व्यवहार निकै राम्रो जस्तो लाग्छ । श्रद्धा दिदीले यहिनीलाई दिएका सुझावहरू निकै जीवनदायी, व्यावहारिक र अर्थपूर्ण छन् दैनिक, खानाका लागि उपयोगी वस्तुहरू, औषधीको प्रयोग, आयुर्वेदको महत्त्व आदि कुराहरू माननीय छन् । यसर्थ श्रद्धा दिदीका बानी तथा व्यवहार निकै उपयोगी छन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।


{पढाइ}

१. माथिको चिठी पालैपालो सस्वर पठन गरी कक्षामा सुनाठनुहोस्

: (कक्षामा पढेर सुनाउनुहोस्)


२. पाठका आधारमा तलका वाक्यको क्रम मिलाउनुहोस् :
(क) खासै नौलो खबर त केही छैन ।
(ख) स्वास्थ्य नै जीवनको पहिलो धन हो ।
(ग) जीवनका लागि सर्वश्रेष्ठ आहार भनेका ऋताहार, हिताहार र मिताहार हुन् ।
(घ) औषधी सेवन गर्नुपूर्व त्यसको म्याद समाप्त भए नभएको हेर्नुपर्छ ।
(ङ) आजलाई कलम यहीँ बन्द गर्दछु ।


३. दिइएको अनुच्छेद राम्री पढ्नुहोस् र तल सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् : (अनुच्छेद किताबमा छ)
प्रश्नहरू

(क) हामीले ठेलो ज्ञान कहाँबाट प्राप्त गर्न सक्छौँ ?
: प्रकृति, जनताका जीवन र तिनका सुख दुःखबाट हामीले ठूलो ज्ञान प्राप्त गर्न सक्छौं

(ख) मान्छेहरू कसरी अनुभवी र पारखी हुन सक्छन् ?
: केटाकेटी र बुढाबुढीसँगको सम्पर्क तथा लेकबेंसी, गाउँघर, खेतखलो, मेला उत्सव आदिबाट मान्छेहरू अनुभवी र पारखी हुन सक्छन् ।

(ग) लोक साहित्यको संवर्धन र विकासमा कसरी मदत पुन्याठन सकिन्छ ?
: लोक साहित्यमा चलेका राम्रा राम्रा गीत, उखान टुक्का, लोककथा, गाउँखाने कथा आदि सुन्ने, बटुल्ने गरनाले लोक साहित्यको संवर्धन र विकासमा मद्दत पुन्याउन सकिन्छ ।

(घ) 'संस्कार' र 'पर्यवेक्षण' शब्दको अर्थ लेख्नुहोस् ।
: संस्कार: धारणा, सुधार र पर्यवेक्षण: निरीक्षण, अवलोकन

(ङ) माथिको अनुच्छेदका लागि उपयुक्त शीर्षक के हुन सक्ला, लेख्नुहोस् ।
: माथिको अनुच्छेदका लागि उपयुक्त शीर्षक सिर्जनाको योग्यता हुन सक्ला ।


{लेखाइ}

१. निम्न लिखित प्रश्नहरूको ठत्तर लेख्नुहोस् :


(क) यो चिठी कसले कसलाई लेखेको हो ?
: यो चिठी श्रद्धाले अनुपमा नेपालीलाई लेखेको हो ।
(ख) श्रद्धाले बहिनीलाई चिठी लेख्नुको मुख्य उद्देश्य के देखिन्छ ?
: श्रद्धाले बहिनीलाई औषधी विज्ञान सम्बन्धी जानकारी दिने चिठी लेख्नुको मुख्य उद्देश्य देखिन्छ ।
(ग) आफूलाई स्वस्थ हामीले कुन कुन कुराहरू गर्नुपर्छ ? आफूलाई स्वस्थ राख्न हामीले अताहार, हिताहार र मिताहार जस्ता कुराहरू गर्नुपर्छ।
(घ) तपाइँश्रद्धाको स्थानमा भएको भए कुन विषयमा बहिनीलाई चिठी लेख्नुहुन्थ्यी, किन ?
: म श्रद्धाको स्थानमा भएको भए कम्प्युटरका विषयमा बहिनीलाई चिठी लेख्ने थिएँ । किनभने कम्प्युटर युगको माग हो।
(ङ) माथिको चिठीलाई अझ राम्रो बनाउन के गर्न सकिन्छ, आफ्नो विचार लेखुहोस् ।
: माथिको चिठीलाई अझ राम्रो बनाउन भाषा सरल बनाउन सकिन्छ ।


२. व्याख्या गर्नुहोस् :

स्वास्थ्य नै जीवनको पहिलो धन हो ।

: स्वास्थ्य नै धन हो भन्ने कुरा निर्विवाद छ । स्वस्थ, निरोगी र तन्दुरुस्त मानिसहरूले जति पनि धन कमाउन सक्छन् । स्वास्थ्य श्रमको स्रोत पनि भएकाले व्यक्ति, समाज र देशलाई धनी बनाउने भनेकै स्वस्थ मानिसहरू हुन् । रोगी मानिसमा कार्य क्षमताको अभाव हुनुका साथै औषधी उपचारमा ठूलो धनराशि खर्च गर्नुपर्छ यसर्थ आफ्नो स्वास्थ्यलाई बलियो बनाएर मानिस सबै प्रकारका सङ्कटहरूबाट मुक्त हुनसक्छ भन्ने कुरा स्पष्ट छ ।


३. आजकालको मोबाइल, इमेल र इन्टरनेटका जमानामा पनि श्रद्धा नेपालीले हुलाकबाट पठाउने कागजी चिठी लेखेको तपाईंलाई कत्तिको उपयुक्त लाग्यो ? आफ्नो प्रतिक्रिया एठय अनुच्छेदमा लेख्नुहोस् ।
: कागजी चिठी मोबाइल, इन्टरनेट र इमेलको पुर्खा हो पुर्खाको सम्मान गर्नु असान्दर्भिक नभए पनि आधुनिक युगमा श्रद्धाले मोबाइल, इमेल, इन्टरनेट आदि कुनै साधनको प्रयोग गरेको भए उपयुक्त हुने थियो

४. बाल बालिकालाई बजारिया खाना खाजाका रूपमा नदिई घरेलु खानेकुरामा नै जोड दिन आग्रह गर्दै गाउँमा खेती गरी बस्नु भएका मामालाई चिठी लेख्नुहोस् ।


२०७../../..

आदरणीय मामा
सादर प्रणाम ।

म यहाँ सञ्चै छु त्यहाँ तपाई पनि आरामै हुनुहोला भन्ने आशा गर्दछु । त्यताबाट चिठी नआएको पनि निकै समय भइसक्यो । मेरो पनि परीक्षा भएकाले समय अभावका कारण खबर गर्न सकिने । हिजोआज बाल बालिकाहरूलाई बजारिया खाना दिएर स्वास्थ्यमा प्रतिकूल असर परेको कुरा जानकारी अनुमति चाहन्छु ।
मामा ! बाल बालिकालाई बजारिया खाना दिनुभन्दा घरेलू खानेकुराहरू प्रयोग गर्ने बानी बसालियो भने उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर गर्दैन । आफ्नै खेतीपातीबाट उब्जेका अन्न र फलफूलहरू स्वस्थवर्धक हुने भएकाले बाल बालिकाको स्वास्थ्य रक्षाका लागि तिनीहरूकै अधिकतम प्रयोग गर्नु बुद्धिमानी हुन्छ । घरेलु खानेकुराको प्रयोगले आत्मनिर्भरता बढ्नुका साथै स्वास्थ्यका दृष्टिले पनि सबैभन्दा राम्रो मानिन्छ । त्यसैले यसलाई मनन गरी स्वास्थ्यमा लाग्ने अतिरिक्त व्ययभार पनि जोगाउनु हुन अनुरोध गर्दछ ।
(खामको नमुना बनाऊ, मलाई आऊँदैन)

प्रेषक प्रापक

• धनराज गुरुङ लालध्वज चौधरी
• गण्डकी आवासीय उमावि इनरुवा
• पोखरा, कास्की सुनसरी


५. चिठी पढेका आधारमा मिल्दो पर्यायवाची शब्द खोजी जोडा मिलाठनुहोस् :

आराम : सन्चो
अल्पाहार : अल्प भोजन
व्यस्तता : बेफुसदो
मिहेनत : परिश्रम
प्रतिकूल : उल्टे

६. तलका शब्दहरूलाई वाक्यमा प्रयोग गरेर कक्षामा सुनाउनुहोस् :

अल्पाहार : अल्पाहारले मोटोपन घटाउन मद्दत गर्छ रे ।
छाउपडी : आधुनिक समाजमा छाउपडी प्रथा धेरै दिन टिक्न सक्दैन ।
क्षार प्रधान : तरकारी, फलफूल, गेडागुडी आदि क्षार प्रधान खानाहरू हुन् ।
श्रेयस्कर : युगअनुसार चल्नु नै श्रेयस्कर हुन्छ नि !
सेवन : औषधी सेवन गर्नु पूर्व डाक्टरको सल्लाह लिनुपर्छ ।
शल्य चिकित्सा : चिरफार गरी उपचार गर्ने आधुनिक उपचार पद्धति नै शल्य चिकित्सा हो ।

७. तल दिइएका शब्दको फरक अर्थ आउने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

तर : म सधै विद्यालय जान्छु तर म विद्यार्थी होइन ।
तर : बाढी आउनु अघि खोला तर है भन्दा उनले मानेनन्।

फुल : अहिले त पुष्पलाई बुझाउन पनि यस्तै फुल लेखिन्छ ।
फुल : कुखुराले कति धेरै फुल पारेछ, तिमीले देख्यौ ?

जाल : माझी दाइ जाल बोकेर हिँडे ।
जाल : केवलराम जहिले पनि जालझेल मात्र गर्छन् ।

साँचो : हिजो साँचो विग्रिएकाले ताल्चा खोल्न पाइएन ।
साँचो : कुरा त साँचो हो तर कसैले पत्याएनन् ।

साल : बजारमा सालको काठ राम्रो मानिन्छ ।
साल : २०७२ सालमा भूकम्प गयो नि।

काल : बुढाको काल त्यस्तै रहेछ के गर्ने ।
काल : हिजोआज कालबेला राम्रो छैन भन्छन् ।

मास : मङ्सिर मासमा धेरै लगनहरू छन् ।
मास : कालो मासको दाल पकाउनू है

पेटी : कम्मरमा पेटी नबाँधी हिँड्न सकिँदैन र !
पेटी : घरको पेटी त असाध्यै राम्रो रहेछ ।

उत्तर : नेपालको उत्तरमा धेरै हिमालहरू छन् ।
उत्तर : मैले प्रश्नको उत्तर राम्ररी लेखेर आएँ।

कर : नेपालमा कर कार्यालयहरूको सङ्ख्या निकै छ ।
कर : तिमीले कर गर्दैमा जानुपर्छ भन्ने के छ ?

हार : उनले लगाएको हार त कति सुहाउने खालको छ ?
हार : खेलमा जित र हार त स्वाभाविकै हो ।

८. दुई दुई जनाको समूहमा बसी तलका वाक्यहरूलाई शुद्ध गरी कापीमा सार्नुहोस् :
: मलाई विश्वास छ, तिमीले यस्ता जानेका कुराहरूलाई आफ्नो जीवनमा उतार्ने छौ । आफन साथीभाइ र गाउँघरमा पनि प्रसार गर्नेछौ । आशा छ, हाम्रा गाउँलेहरूले यस्ता नयाँ जानकारी प्राप्त गर्दै जानेछन् ।

९. तपाईँको आफ्नो संस्कृतिअनुसार निम्न लिखित नातागोतालाई घरायसी चिठी लेख्या सुरुन के भनेर सम्बोधन र अभिवादन गर्नुहुन्छ, लेख्नुहोस् : (किताबको झैँ बक्स बनाउने मित्र)

नातागोता
माता
पिता
दाजु
दिदी
बहिनी

सुरुको सम्बोधन
पूजनीय, आदरणीय
पूजनीय, आदरणीय
पूजनीय, आदरणीय
पूजनीय, आदरणीय
प्यारी, स्नेही

अभिवादन
प्रणाम, दोग, नमस्कार
प्रणाम, ढोग, नमस्कार
प्रणाम, ढोग, नमस्कार
प्रणाम, ढोग, नमस्कार
आशीर्वाद, सम्झना

{व्याकरण}

१. पाठमा प्रयुक्त भविष्यत् कालका कुनै चार ओटा वाक्य टिप्नुहोस् ।
:

•... तिमीले यसलाई सहज रूपमा ग्रहण गर्ने छ्यौ ।
•... लेख्दै जानेछु
•... आदानप्रदान गर्न सक्ने छौ ।
•...स्थापित भएको हुने छ ।

२. तलका वाक्यहरू भविष्यत् कालका कुन कुन पक्षहरूसँग सम्बन्धित छन्, लेख्नुहोस् :

(क) लक्ष्मण थारुले माघी पर्व मनाउने छन् । (सामान्य भविष्यत्)
(ख) नमिता लामाले सिलाइ सिकेकी हुने छन् । (पूर्ण भविष्यत्)
(ग) रामनाथ नयाँ घर बनाउँदै हुने छन् । (अपूर्ण भविष्यत्)
(घ) अलिमिया अन्सारी आगामी महिनाबाट कपडा व्यापार गर्दै हुने छन् । (अपूर्ण भविष्यत्)
(ङ) धुलिखेल महोत्सवमा पर्यटकहरू रमाएका हुने छन् (पूर्ण भविष्यत्)
(च) महेन्द्र यादवले सगरमाथा आरोहण गर्ने छन् । (सामान्य भविष्यत्)

३. भविष्यत् कालका प्रत्येक पक्षका पाँच पाँच ओटा वाक्य लेख्नुहोस् ।

सामान्य भविष्यत्
(क) उनीहरू चाँडै आउने छन् ।
(ख) रमाहरूले पुस्तक पढ्ने छन् ।
(ग) हामीले देशको भलो गर्ने छौँ ।
(घ) कुनै दिन नेपालीहरूको बुद्धि फिर्ने छ ।

अपूर्ण भविष्यत्
(क)कपुरीकान्तहरू जाँदै हुनेछन् ।
(ख) धनमाया र लखन लेख्दै हुने छन् ।
(ग) नेपाल पनि समुन्नत हुँदै जाने छ ।
(घ) उनीहरू देशका गीतहरू गाउँदै हुने छन् ।
(ङ) सञ्चार माध्यमहरूले समाचार वाचन गर्दै हुने छन् ।

पूर्ण भविष्यत्
(क) उपेन्द्र यादवले सगरमाथा चढेको हुने छ ।
(ख) इमत्याज खान भैरवा पुगेका हुने छन् ।
(ग) धनियाँले रामशरणलाई बोलाएकी हुने छिन् ।
(घ) विद्यार्थीहरू गृहकार्यमा लागेका हुने छन् ।
(ङ) भोलिदेखि मौसममा सुधार आएको हुनेछ ।

{सिर्जनात्मक अभ्यास}

आफन्तको निधनमा लेखिने समवेदना पत्रको नमुना तयार पार्नुहोस् । (सुशील कोइराला तिम्रो आफन्त हो?)
:
हार्दिक समवेदना

जन्म...........                                                      मृत्यु............


स्व. सुशील कोइराला

पूर्व प्रधानमन्त्री तथा वरिष्ठ राजनीतिज्ञ सुशील कोइरालाको दिवङ्गत आत्माको चिर शान्तिको लागि भावपूर्ण समवेदना अर्पण गर्दछौं । साथै यस दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौं ।

नेपाल प्राध्यापक सङ्घ परिवार

Comments

Popular posts from this blog

पाठ - ४ (म को हूँ ?)

  म को हूँ ? ■अभ्यास■ सुनाइ १. निबन्धको पाँचौं अनुच्छेद सुन्नुहोस् र तलका ठिक बेठिक भनाइ छुट्याउनुहोस् : (क) फुलबाट क्षणिकताको भाव चोरिन्छ ।(ठिक) (ख) फुल रिसाउँछ, बेसरी गर्जेर गाली गर्छ । (बेठिक) (ग) सुल्लाघारीका सुसाइबाट पहाडको चोटको भाव चोरिन्छ । (बेठिक) (घ) चरा चुरुङ्गीबाट लेखकले जीवनको कथा र उन्मुक्तता चोर्छ । (ठिक) २. निबन्धको अन्तिम अनुच्छेद सुन्नुहोस् र सोधिएका प्रश्नहरूको उत्तर भन्नुहोस् : (क) चोरीको माल बाँड्ने माध्यम के हो ? : चोरीको माल बाड्ने माध्यम साहित्य हो । (ख) चोरीको कति भाव चाहिँ तुकुटीमा जम्मा हुन्छ ? :चोरीको मुस्किलले एक चतुर्थांश भाव चाहिं दुकुटीमा जम्मा हुन्छ । (ग) लेखकले चोर्ने कुराको मूल्याङ्कन तपाईले कसरी गर्नुभयो ? : जीवनजगत्का सुन्दरतालाई टिप्नु कलाको धर्म हो, यसलाई विधाअनुसार छुट्टाछुट्टै ढु्गले चोरिन्छ भन्ने मूल्याङ्कन गरेँ । ३. तलको अनुच्छेद सुन्नुहोस् र उत्तर दिनुहोस् : : सञ्चारले हाम्रो जीवनका सबै क्षेत्रलाई प्रभावित तुल्याउँछ । लैङ्गिक भूमिकाका बारेमा पनि सञ्चार जगत् प्र...

Terms and conditions

Terms and conditions These terms and conditions ("Agreement") set forth the general terms and conditions of your use of the onlinemobook.blogspot.com website ("Website" or "Service") and any of its related products and services (collectively, "Services"). This Agreement is legally binding between you ("User", "you" or "your") and this Website operator ("Operator", "we", "us" or "our"). By accessing and using the Website and Services, you acknowledge that you have read, understood, and agree to be bound by the terms of this Agreement. If you are entering into this Agreement on behalf of a business or other legal entity, you represent that you have the authority to bind such entity to this Agreement, in which case the terms "User", "you" or "your" shall refer to such entity. If you do not have such authority, or if you do not agree with the terms o...

About us

  Onlinemobook   is an online platform where students find the answers of any subject. We make sure that all the students who are facing difficulties in questions, will get the effective and correct  answers. Our main goal is to provide the most effective and convenient answers to the students.