Skip to main content

Nepali Guide

पाठ - १६ (बन्धनबाट मुक्ति)



बन्धनबाट मुक्ति

बन्धनबाट मुक्ति कथाको सारांश

बन्धनबाट मुक्ति राजेन्द्र विमलद्वारा रचित सामाजिक कथा हो । मान्छे एक्लै जन्मन्छ र एक्लै मर्छ, त्यसैले जीवन यात्रामा भेटिएका यावत् मानिसहरूप्रति समभाव राख्नुपर्छ । मास्टर चोआलालले जेठा छोरालाई डक्टर, माहिलालाई इन्जिनियर र कान्छालाई ठेकेदार बनाउन सफल भए पनि उनकी को मृत्यु हुँदा कोही पनि घरमा थिएनन् । त्यसैले बुढा आफैले किरिया गरे । बुढाको दान गर्ने इच्छा पनि सफल भएन । उनले गरेको शिक्षण र पढाएको दयुसनको मूल्य खोइ ! उनले गरिवीका कारण श्रीमतीको राम्ररी उपचार गर्न पाएनन् भने दान गर्नु त निकै टाढाकै कुरा भयो भन्ने मनन गरी चित्त बुझाए । चोलालाललाई शिष्यहरूले सहयोग गरेर काज किरिया त सम्पन्न भएको थियो । बुढाले आफुसँग भएको एक लाख रूपैयाँ पनि छोराहरूलाई बाँडिदिए । दायित्वको गुरूता बोधले होइन असमयको रोगले बुढीले संसार छोडेकी थिइन् । पेन्सन कान्छालाई दिए पनि उसले हेरेन । जेठो र माहिलो स्वार्थले लिप्त थिए । छोराहरूले गरेको यत्रो भव्य भोजको आयोजनाको कारण उनले पत्ता लगाए । त्यसपछि छोराहरू आ-आफ्नो बाटो लागे । उनलाई सञ्चो पनि थिएन । छोराहरूले बुढालाई गालामा चढकाए । त्यसपछि बुढा जिन्दगीको उत्तरार्धमा सन्यास वरण गरे । अशक्त र विवश जीवनयापन गर्न उनी बाध्य भए । उनले अन्त्यमा बुझे, ब्रह्म सत्य, जगत् मिथ्या । यसर्थ चोलालाल मात्र होइन, आधुनिक भौतिक समाजमा असङ्ख्य ज्येष्ठ नागरिकहरू । पीडित छन् । आध्यात्मिक जीवन नै मुक्तिको मूल बाटो हो भन्ने तथ्यलाई कथाले पुष्टि गरेको छ ।


अभ्यास

सुनाइ

. कथाको दोस्रो अनुच्छेद सुनी ठिक बेठिक भन्नुहोस् : 

(क) मास्टर चोआलाल एकाउन्न वर्षमा विधुर भए (बेठिक)

(ख) उनकी श्रीमती उच्च रक्तचापको रोगबाट पीडित थिइन् । (ठिक) (ग) चोआलालका दुई जना छोराहरू थिए । (बेठिक)

(घ) श्रीमतीको मृत्युमा सबैजसो नातेदारले यो मृत्युको नियम हो भनेर बुढालाई सम्झाए । (ठिक)

(ङ) चोआलालको एउटा छोराको बिहे भएको थिएन । (बठिक)


. कथा सुनेका आधारमा तलका भनाइ कसले कसलाई भनेका हुन, पत्ता लगाई भन्नुहोस्: 

(क) तिमीहरूका लागि आमाले आफ्ना सबै सुख त्यागिदिइन् । :बाबुले छोरालाई ।

(ख) म कहाँबाट यस बुढालाई पाल्न सक्छु ।

:कान्छा छौराले दाजुहरू र बाबुलाई ।

(ग) यहाँ तपाईंको आँतमा ज्वाला दन्किन थाल्यो । एकछिन तपाईं भोक सहेर बस्न सक्नुहुन्न ?

:माँलाले बाबुचोआलाललाई ।

(घ) हो बाबु, बच्चा छँदा एकछिन दुध खान नपाएर तैं रुँदा मेरो मुट चिरिन्थ्यो । 

: बाबुचोआलालले माँइला छोरालाई ।

(ङ) भाइ, म खहरेले बगाएर ल्याई बगरमा फालिएको बग्रेठो थिएँ । 

: चोआलालले लेखकलाई

. कथाको बाइसौं र तेइसौं अनुच्छेद साथीबाट सुन्नुहोस् र तलका प्रश्नहरूको उत्तर दिनुहोस्: 

(क) दसैमा कुन छोराको परिवार आठँदा झगडा परेको थियो ?

:दसैँमा माहिला छोराको परिवार आउँदा झगडा परेको थियो

(ख) बाबुको स्याहारसुसार गर्न भागबन्डासमेत लगाउनुपर्ने प्रस्ताव आएपछि माहिलो छोराले के प्रतिक्रिया दियो ?

बाबुको स्याहारसुसार गर्न भागवन्डासमेत लगाउनुपर्ने प्रस्ताव आएपछि माहिलो छोराले टुरमा जानुपर्ने प्रतिक्रिया दियो।

(ग) बुढाले कान्छो छोरालाई कस्तो अनुरोध गरे ?

:बुढाले कान्छो छोरालाई वृद्धाश्रममा राखिदिन अनुरोध गरे । 

(घ) चोआलाललाई किन थोरै मात्र खान दिइयो ?

बुढापाकाले धेरै खाए, भने लत्ता कपडा, तन्ना, तकिया फोहर पार्छन भनेर चोआलाललाई थोरै मात्र खान दिइयो ।

(ङ) चोआलाललाई छोराले किन बेस्सरी गालामा हान्यो ?

एक दिन थप खाना माग्दा चोआलाललाई छोराले बेस्सरी गालामा हान्यो ।

. कथाको अन्तिम अनुच्छेद सुनी त्यसमा व्यक्त भएका विचारलाई सारांशमा भन्नुहोस् । 

:लेखक नारायणघाट जाँदा चोआलालको मधर स्वर र भजनले ह्रदय स्पर्श गर्यो । उनका शिष्यहरूका माझमा बसेका चोआलाल मधुरानन्दका नामले परिचित थिए । सत्यबोध भएपछि संसारका सबै आफन्त हुन्छन् र बन्धनबाट मुक्त हुन सकिन्छ।

बोलाइ

. उदाहरणका आधारमा शुद्ध उच्चारण गर्नुहोस् :

जस्तै : भण्डार/भन्.डार 

व्यवस्थापन : ब्यब.स्था.पन्.

भुक्तानी : भुक्ता.नि.

सञ्चय : सन्च.य.

आशीर्वाद :आसिर.बाद्.

मिर्गौला : मिर्गौ.ला. 

कोष : को.स.

. तल दिइएका अनुकरणात्मक शब्दहरूको प्रयोग गरी छोटो कथा सुनाउनुहोस् : खस्याकखुसुक, थचक्क, फतफत, सिरिङ्ङ, जुरुक्क, जिङ्रिङ्ड, झनक्क, ह्वाँह्वाँ

: रामलखन र नोर्बु खस्याकखुसुक गर्दै लुसुक्कै बाटोतिर लागे । उनीहरू तलको चौतारामा पुगेर थचक्क बसे । त्यसैबेला नो्बुकी आमा फतफत गर्दै त्यहाँ आइपुग्नुभयो । आमालाई त्यहाँ आएको देख्ने बित्तिकै उनीहरूको आङै सिरिङ्ङ भयो । त्यसपछि उनीहरू जुरुक्क उठेर स्कुलतिर फर्कदा सबै चकित परे । बायेमा उनीहरूले जिङ्रिङ्ङ कपाल भएका मानिसहरूलाई पनि देखेका थिए उनीहरू भागेकोमा लाक्पा सर झनक्क रिसाउनुभयो तर केही पनि भन्नु भएन । तर उत्तीहरू हावा रोइरहे । त्यसपछि साथीहरूले सम्झाउँदै कक्षातिर लगे ।

. तपाईंले जानेको कुनै कथा सिलसिला मिलाएर भन्नुहोस् ।

धन कमाउने धुनमा ज्यानै गयो ।

एउटा गाउँमा गरिब किसान बस्थ्यो । ऊ धेरै मिहिनेती थियो । तर खेती त्यति राम्रो नहुँदा ऊ निकै दुःखी थियो एक दिन खेतबाट घर फर्कंदा उसले सर्प देख्यो । किसानले सर्पलाई खेतका देवता ठान्यो सर्पको पुजाआजा नगर्दा खेतीबाली राम्रो नभएको उसले सोच्यो । उसले घरमा गएर कचौरामा दुध राखेर पुजा गयो र सर्पलाई दुध पिउन दियो । सर्पले दुध पिएर कचौरामा सुनको सिक्का खसाल्यो दिनदिनै यसो गर्दै जाँदा किसान धेरै धनी भयो । किसानमा लोभ जाग्दै गयो । उसले सर्पलाई मारेर सुनका सबै सिक्काहरू एकै पटक हात पाने विचार गयो । किसानले सर्प बस्ने ठाउँ खनेर सर्प मार्ने प्रयास गयो । किसानले सर्प बाहिर निस्कने वित्तिकै लट्ठीले हान्यो । तर सर्पले किसानको हातमा टोकेर फुत्क्यो । तुरुन्तै लोभी किसानको मृत्यु भयो । धेरै लोभ गन्यौ भने हाम्रो पनि लोभी किसानको जस्तै हालत हुनसक्छ ।

पढाइ

. कथाका अनुच्छेदहरूलाई सस्वर पठन गर्नुहोस् । आफ्नो पठनमा कुनै कमी कमजोरी भएको भएमा सुधारका लागि सुझाव दिन साथीहरूलाई आग्रह गर्नुहोस्

: कक्षामा साथीहरूसँग सुझाव माग्नुहोस् ।

. कथा पढेका आधारमा 'वृद्धवृद्धाको सम्मान र हेरचाह गर्नुपर्छ' भन्ने विषयमा एक अनुच्छेद लेख्नुहोस् ।

: वृद्धवृद्धाको सम्मान र हेरचाह गर्नुपर्छ

   अनुभव जीवनको गुरु हो । वृद्धवृद्धा ज्ञान र अनुभवका स्रोत हुन् । आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भन्ने आहानले निश्चय नै वृद्धवृद्धाको सम्मान र हेरचाह अनिवार्य छ भन्ने स्पष्ट छ। जीवनमा दीर्घ साधना गरेर लामो अनुभव प्राप्त गरेका मानिसहरूको सम्मान हुनसके देश बनाउन सहज हुन्छ । चोआलालको सम्मान नहुन समाजकै लागि दुःखद् कुरा हो । यसर्थ यस्ता गल्ती दोहोयाउनु हुँदैन ।


लेखाइ

. तल दिइएका टुक्काहरूको अर्थ पहिचान गरी जोड मिलाउनुहोस्

(क) कुरो खानु → भनेको मान्नु

(ख) मासु खानु →  दिक्क पार्न

(ग) मुख छाड्नु → गाली गर्नु

(घ) आँखा तर्नु → रिसाएर हेर्नु

(ङ) कान ठाडो पार्नु →चनाखो हुनु


. निम्न लिखित शब्दहरूलाई वाक्यमा प्रयोग गर्नुहोस् : 

प्रतिष्ठित : चोलालाल निकै प्रतिष्ठित मानिस थिए । कुलत : कुलतले समाजलाई बिगार्छ ।

अन्ध विश्वास : शिक्षित व्यक्तिहरू अन्ध विश्वासलाई महत्त्व दिँदैनन्। भुक्तानी: जिल्ला शिक्षा कार्यालयले तलब भुक्तानी दिएछ ।

असहाय : समाजका प्रतिष्ठित व्यक्तिहरू पनि असहाय हुन सक्छन् । प्रलय : अमेरिकामा प्राकृतिक प्रलयले धेरै क्षति पुन्यायो रे !

वृत्तान्त : उर्गेन र डोल्माले घटनाको वृत्तान्त सुनाएका थिए ।

. चोआलालका कान्छा छोराको बाँकी जीवन कसरी बित्यो होला, अनुमान गरी लेख्नुहोस् ।

सानैदेखि लागेको बानी भएकाले चोलालालका कान्छा छोराको दुर्व्यसन पछि पनि कायम रहेन होला भन्ने अनुमान गर्न कठिन छ । हुनतः मान्छे परिवर्तनशील प्राणी हो तर चोलालालको कान्छो छोरो दुर्व्यसनमा चुर्लुम्मै डुबेकाले उसको बाँकी जीवन पनि सुखद् भएन होला भन्ने अनुमान गर्न सकिन्छ । ठेकेदार कान्छे केही कमाउने त्वसैमा मस्ती हने वा ठेकापट्टा नपाएर बौलाएको पनि हुन सक्छ । यसर्थ उसको बाँकी जीवन आशा र निराशाको अभ्यास गर्दै बित्यो होला भन्ने अनुमान गर्न सकिन्छ ।


. निम्न लिखित प्रश्नहरूको सक्षिप्त उत्तर लेख्नुहोस् : 

(क) चोआलालका राम्रा विशेषताहरू के के हुन् ?

:चोलालालले छोराहरूलाई पढाए, छोराहरूको अधिकतम भलो चिताए । जीवनको उत्तरार्धमा सन्यासग्रहण गरे । यिनै चोलालालका राम्रा विशेषताहरू हुन् ।


(ख) चोआलालको कान्छो छोरो कुलतमा फर्नुका कारणहरू के के हुन सक्छन् ?

:रक्सी, जाँड, गाँजाको सेवन, झगडालु स्वभाव आदि चोलालालको कान्छो छोरी कुलतमा फस्नुका कारणहरू हुन् ।


(ग) वृद्धवृद्धा भएपछि तिरस्कृत हुनुका कारणहरू के के हुन सक्छन् ?

आम्दानीको स्रोत बन्द हुन, काम गर्न नसक्नु, अरूको सहयोग र हेरचाहको आवश्यकता पर्नु र उनीहरूका अनुभव, लगानी र योगदानको कदर नहुनु वृद्धवृद्धा भएपछि तिरस्कृत हुनुका कारणहरू हुन् ।

(घ) चोआलालका छोराहरूले आफ्ना बाबुआमाप्रति गर्नुपर्ने कर्तव्यलाई कसरी निर्वाह गर्नुपर्थ्यो ?

: चोलालालका छोराहरूले आमाको उपचार गराउनुपर्यो, उनीहरूका बाआमाले - गरेका लगानी, त्याग र समर्पणको यथोचित सम्मान गर्दै बुढा बाबुको हेरचाह गर्नुपथ्यो ।

(ङ) यस कथाको शीर्षक 'बन्धनबाट मुक्ति' भन्ने किन राखिएको होला ?

:पारिवारिक जालझेलबाट मुक्त भई ईश्वर प्राप्तिका लागि पवित्र धार्मिक स्थलको सरणमा जानु र सत्यबोध गर्नुले यस कथाको शीर्षक बन्धनबाट मुक्ति भन्ने राखिएको होला ।


. कथाको तेइसौँ अनुच्छेदलाई जम्मा चार ओटा बँदाहरूमा टिपोट गर्नुहोस्

(क) खान नपाएर बुढाको झन् दुर्गति भयो ।

(ख) लत्ताकपडा, तन्ना, तकिया फोहर पार्छन् भनेर बुढालाई कम खान दिइन्थ्यो ।

(ग) श्रीमतीको फोटो अघि उभिएर हात जोडेर बह पोख्थे ।

(घ) थप खाना माग्दा छोराले गालामा थप्पड़ हान्यो ।


. कथाको दोस्रो अनुच्छेदलाई एक तृतीयांश हुने गरी सारांश लेख्नुहोस् ।

:दम, उच्च रक्तचाप, मुटुको व्यथा आदिबाट श्रीमतीको मृत्यु भएपछि चोआलाल विधुर भए । उपचार हुन नसक्दा उनको मृत्यु भयो । सबैले ईश्वरको इच्छा भनेर सम्झाए । तिन छोरा, बुहारी, नातिनातिनाले भरिभराउ भए पनि उनको चित्त बुझेन ।


. सप्रसग व्याख्या गर्नुहोस् :

(क) 'पतिपली सँगसँगै जान त सबै चाहन्छन् । तर एउटाले बिजोग बेहोन्न पर्छ ।'

:माथिको हरफ कक्षा ९ को नेपाली पुस्तकको बन्धनबाट मुक्ति कथाबाट साभार गरिएको हो । यस कथाका रचनाकार राजेन्द्र विमल हुन् । पति पत्नीमध्ये जसको अघि मुला हुन्छ बाँलेले बिजोग सहनै पर्छ भन्ने सत्यलाई पुष्टि गर्न यो अभिव्यक्ति अघि सारिएको हो ।

चोआलालले जिन्दगीमा धेरै दुःख गरे । उनले छोराहरूलाई पढाए । उनकी श्रीमती विभिन्न रोगले पीडित थिइन् । बेलैमा उपचार हुन नसक्दा उनले यो संसारलाई । छोडिन् । उनका छोरा, बुहारी, नातिनातिनाले घर भरिभराउ भए पनि श्रीमतीको मृत्यु हुँदा कोही पनि थिएनन् । उनका नातेदार र शिष्यहरूले उनलाई सहयोग गरे । पतिपत्नी सँगसँगै जाने इच्छा भए पनि यस्तो संयोग ज्यादै कमलाई मात्र मिल्छ, त्यस्ता भाग्यमानीहरू बिरलै हुन्छन् । चोलालाल पनि विधुर भए अनि एक्लै बॉच्न विवश भए, उनको बिजोग भयो । जिन्दगी सोचेजस्तो हुँदैन, भोगेजस्तो हुन्छ भन्ने आशय कथाले प्रकट गरेको छ । चोलालाल पनि अपवाद बन्न सकेनन्, उनले पनि एक्लोपनको सामना गर्नैपर्यो भन्ने तथ्यलाई माथिका अभिव्यक्तिले पुष्टि गरेका छन् ।

निष्कर्षमा सृष्टिको नियम स्वचालित प्रकृतिको छ यो नियम कसैको इच्छा, अनुरोध र निर्देशनमा चल्दैन । यसर्थ जीवनमा जेजस्तो अवस्था आउँछ, त्यसैलाई आत्मसात् गरी बाँच्न सिक्नुपर्छ र सक्नुपर्छ भन्ने यस पड्क्तिको आशय रहेको छ । 

(ख) 'तिमीले हृदयमा अटउन सक्ने जति तिम्रा आफन्त हुन् । संसारलाई माया लुटाऊ, संसार तिनै हो।'

: माथिका हरफहरू कक्षा ९ को नेपाली पुस्तकको बन्धनबाट मुक्ति भन्ने कथाबाट लिइएका हुन् । यस कथाका लेखक राजेन्द्र विमल हुन् । विधुर चोआलालले सन्यास वरण गरेपछि म पात्रलाई आफ्ना विचार राख्ने क्रममा यी अभिव्यक्तिहरू प्रकाशित भएका हुन् ।

मानिस लोभ, मोह र नातावादको भावनाबाट जकडिन छोडेपछि उसका लागि संसारका सबै आफन्त हुन्छन् । जब चोलालालले आफ्नो जीवनको उत्तरार्धमा सन्यास वरण गरे तब उनले जीवनमा संसारको वास्तविकता बुझे । उनले जालझेल, माया, मोह, धन आदि त्यागेपछि मानवताको वृहत्तर घेराभित्र छिरे । वास्तवमा आफन्त र पराई भन्ने कुरा मनका खेल हुन् । उनले मनको कालो जालो फालेपछि संसारलाई बुझे । हाम्रो हृदय जति फराकिलो र सफा हुन्छ त्यति नै संसारका मानिसहरू आफन्त बन्छन् । संसारलाई माया गर्न सकियो भने संसार आफ्नै हुन्छ । सत्यको बोध भएपछि संसारको बन्धनबाट मुक्त हुन सकिन्छ । संसारका सबै मानिस-आफन्त ने हुन, त्यसैले हामीले मन खुम्च्याएर भेदभाव गर्नुपर्ने कुनै करा छैन । हामी भन्ने भावनाको विकासले मान्छे यथार्थको नजिकमा पुग्न सक्छ र सत्य प्राप्तिमा सहज हुन्छ । यसर्थ चोलालाल जसरी सत्युको नजिकमा पगे हामी पनि आफ्ना कल्मसहरू फालेर संसारलाई आफन्त बनाउन सक्छौँ ।

निष्कर्षतः घर, परिवार, समाज, छोगा, बुहारी, नाति, नातिना, धन, सम्पत्ति आदि सबै सत्यका बाधक हुन् । आफन्त, पराइ, तेरो, मेरो आदि भावनाले मानिसलाई सङ्कुचित बनाइदिन्छ । त्यसैले यस्ता जालझलबाट उन्मुक्ति पाउन सत्यको आगास गरी ब्रह्मानन्द प्राप्त गर्नुपर्छ ।

व्याकरण


. तल दिइएको अनुच्छेदमा कर्तु, कर्म र भाव वाच्यको प्रयोग भएको छ, पढ्नुहोस् :

: दुई महिनाअघि मात्रै मिर्गौला फेल भएको थाहा पाएपछि सन्तानपुरी दुःखमायालाई मिगौला कसले देला भन्ने चिन्ता भयो । श्रीमान् जसोतसो उपचार खर्च जुटाउन त तयार हुनुभयो । तर मिर्गौला कसले दिने ?” उनले सुनाइन् । उनले भनिन, "सहयोगका लागि धेरैतिर दगुरियो । रुन त कति रोइयो कति । तर सुखमा हितैषी देखिएका पनि अप्ठेरो पर्दा बिराना हुन पुगे । हत्तपत्त आमालाई भनेपछि उहाँ मिगौला दिन तयार हुनुभयो । त्यसपछि प्रत्यारोपणका लागि अस्पताल भर्ना भएकी हुँ ।” उनका अनुसार मिगौला फेल भए जत्तिके चिन्ता दाता नभेटिँदा हुने रहेछ । यस्तो अवस्थाका विवाह गरी गएका चेलीबेटीलाई झनै समस्या हुने रहेछ । उनले भनिन्, "न त घर परिवारले सहयोग गर्छन्, न त माइती पक्षले नै । आफ्नी आमा मात्रै सन्तानका लागि जे गर्न तयार हुने रहिछन् । मानव अङ्ग प्रत्यारोपण केन्द्रका मानिससमेत बिरामीका अवस्थाको भिन्नताका बारेमा अनभिज्ञ छैनन् । परिवारका पुरुष सदस्य बिरामी हुँदा महिलाहरूको जायजेथा र गरगहना सबै बेचेर खर्च जुटाइन्छ । उनीहरूद्वारा नै मिगीलासमेत दिइन्छ । महिला बिरामी हुँदा भने पुरुषद्वारा मिर्गौला दिने कुरा विरलै सुनिन्छ ।


. तलको अनुच्छेदबाट कर्तृवाच्य टिप्नुहोस्:

आमोदले भन्यो, "म आज विद्यालय जान्न सरलाई बिरामी छ भनिदेऊ है ।" अनिका हुन्छ भन्दै टाउको हल्लाउँदै हिँडी । बाटामा जिज्ञासाले सोधी, "आमोद खोइ त ?” आउँदैन रे भन्दै ऊ फटाफट हिँडी । अलि पर निमीषा, सौर्य र अनिषा भेटिए । उनीहरूले पनि आमोदकै बारेमा सोध्लान् भनेर उसले हत्तपत्त भनी, "तिमीहरूले पनि आमोदकै बारेमा सोध्ने होला नि । ऊ टाउको दुखेर सुतेको छ । सबैलाई त्यही भनिदिनु भनेको छ ।

: जान्न, हल्लाउँदै हिंडी, आउँदैन, हिंडी, सोध्लान्, सुतेको छ, भनेको छ 

. तलको अनुच्छेदबाट कर्मवाच्य छान्नुहोस् :

आज बिहान म दाँत माझ्दै थिएँ । त्यत्तिकैमा ब्रस भौचियो । त्यसपछि कपाल कोर्न थालेकी थिएँ, काईंयो पनि भाँचियो । त्यो कुरा मैले शकुन्लतालाई भनें । ऊ भने मेरा करा सुन्दै नसुनी बोलिराखी । आफ्नो त आज चाँडै गृहकार्य पनि सकियो अब मज्जासँग चिया खाइन्छ । दाइको छोरीलाई लिटो खुवाइन्छ । अनि भान्छामा गएर अचार बनाइन्छ । मैले फेरि उसलाई आग्रहका स्वरमा भने, बहिनी मलाई तेरो काईयो दे न ।" आमाले मेरो कुरा सुन्नुभएछ । उहाँले मलाई आफ्नो काईयो झिकेर दिनुभयो । 

:भाँचियो, सकियो, खाइन्छ, खुवाइन्छ, बनाइन्छ

. तलको अनुच्छेदबाट भाववाच्य छान्नुहोस् :

विश्वनाथ आफ्नो कोठामा बसेर रोइराखेको थियो । दिदीले ऊ रोएको देख्नुभयो । नरोक भाइ, नरोक । अहिले रोएर के काम ? आफू त सानामा खुब रोइयो । दुःख पनि खुब पाइयो नि । बिहानै उठेर बुबालाई भान्सामा सघाइयो । आमाको जागिर बिहाने थियो । बेलुको चाहि भान्सामा आमालाई संघाइयो गृहकार्य गर्न कहिल्यै राम्रोसँग भ्याइएन । विযयालयमा गाली खाइयो । पछि त राती अबरसम्म बसर गृहकार्य गर्न थालियो । सानामा दुःख पाए पनि अहिले भने हॉसिदै छ । 

: रोइराखेको थियो, रोइयो, पाइयो, भ्याइएन, हाँसिलो छ

. वाच्य परिवर्तन गर्नुहोस् :

(क) कुमारले किताब किन्यो ।

:केमारद्वारा किताब किनियो

(ख) महारा भात खाइयो।

:मैले भात खाएँ।

(ग) हिजो खुब दगुरियो ।

: हिजो खुब दगुरेँ।

(घ) खेतालाले बारी खन्यो । 

:खेतालाद्वारा बारी खनियो।

(ङ) आज त बिहान आठ बजेसम्म सुतिएछ ।

: आज त बिहान आठ बजेसम्म सुतेछु।

(च) चोरहरूले घरका राम्रा सामान जति सबै चोरेछन् ।

: चोरहरूद्वारा घरका राम्रा सामान जति सबै चोरिएछन्।

(छ) आज विद्यालय कति बजे आइयो ?

: आज विद्यालय कति बजे आयौ ?

(ज) कति ओटा कथा पढियो ?

:कति ओटा कथा पढ्यौ ? 

(झ) मुसाले कपडयमा च्वालैप्वाल पारेख ।

: मुसाद्वारा कपडामा प्वालैप्वाल पारिएछ।

. कथाबाट शब्दका सुरुमा इस्व भएका दस ओटा शब्दको सूची बनाउनुहोस् । 

: सिकार, विधुर, उपचार, मुटु, विचार, चित्त, इन्जिनियर, विवश, शिष्य, तिमी, निर्जीव..... ।

. कथाबाट शब्दका अन्त्यमा दीर्घ भएका दस ओय शब्दको सूची बनाउनुहोस् । 

:एकसट्ठी, बुखारी, भित्री, दुई, बाँकी, बढ़ी, केही, तिम्री, आफू, सन्यासी...।

. कथाबाट शब्दका बिचमा इस्व भएका दस ओटा शब्दको सूची बनाउनुहोस् ।

: प्रसिद्ध सम्मोहित, अटउन, महिला, अनुरोध, सपरिवार, इन्जिनियर, सम्मिलित, आखिर, छुटिनु, किसिम, पाहुना, अप्रत्याशित.....।

. तलको अनुच्छेदमा भएका गल्ती सच्याउनुहोस् ।

तिमी त असल पो रहीछ्यौ । मेरो साथि सिता ले भनेर पौ थाहा पाएँ । खगेन्द्रले सथै तीम्रो कुरा काट्थ्यौ । त्यही कुरा सुनेर मैले तिप्रा बारेमा नराम्रो पारणा बनाएको हूँ । उनी हरूले प्रसंशा गरेको मानिस चाहिं बरु दुस्ट रहेछ । अरूका कुरा सुनेर भन्दा आफैले व्यवहारको मूल्याङ्कन गरेर मानिश चिन्नु राम्रो हुने रहेछ ।

: तिमी त असल पो रहिछ्यौ । मेरो साथी सीताले भनेर पो थाहा पाएँ । खगेन्द्रले सधैँ तिम्रो कुरा कादथ्यो । त्यही कुरा सुनेर मैले तिम्रा बारेमा नराम्रो धारणा बनाएको हुँ। उनोहरूले प्रशंसा गरेको मानिस चाहिँ बर दुष्ट रहेछ । अरुका कुरा सुनेरभन्दा आपीले व्यवहारको मूल्याङ्कन गोर मानिस चिन्नु राम्रो हुने रहेछ ।


सिर्जनात्मक कार्य


दिइएका बुँदाका आधारमा छोटो कथा तयार पार्नुहोस् :

एउटा जङ्गलमा हात्ती र बाँदर ........सँगै मिलेर बस्नु खानु एक दिन "को ठूलो" भन्ने विषयमा झगडा हुनु सँगै खानेकुरा खोजेर लाटोकोसेरालाई झगडा छिनिदिन अनुरोध गर्नु लाटोकोसेराले दुवैलाई खोलापारिबाट नरिवल टिपेर ल्याउन लगाउनु ....... खोला तर्दा बाँदर हात्तीको पिठिउँमा चढ्नु भन्नु खोला तर्नु नरिवलको रुख ज्यादै अग्लो हुनु हात्तीले बाँदरलाई नरिवल टिपेर ल्याउन बाँदरलाई नरिवल बोक्न अष्ठ्यारो हुनु ........ हात्तीले मुखमा च्यापु लाटोकोसेराले नरिवल कसरी ल्यायौ भनी सोध्नु ..... उनीहरूले यथार्थ जबाफ दिनु दुवैले समान कार्य गरेकाले दुवैले आआफ्ना काममा ठूला छौ भनी लाटोकोसेराले निर्णय सुनाउनु .......... दुवैले एक आपसमा माफी माग्नु .... पुनः ती दुवै जना मिलेर बस्नु ..... आफ्नो काममा सबैको उत्तिकै महत्त्व हुन्छ भन्ने सन्देश

समान महत्त्व

धेरै पहिलेको कुरा हो, एउटा जङ्गलमा हात्ती र बाँदर बस्थे । उनीहरू मिलेर बस्ने कुरा त अचम्मकै थियो । उनीहरू सँगै खानेकुरा खोजेर खान्थे । एक दिन को ठूलो भन्ने विषयमा उनीहरूको झगडा भयो । उनीहरूले अनेक प्रयास गर्दा पनि कुरा मिलेन । उनीहरूले लाटकोसेरालाई झगडा छिनिदिन अनुरोध गरे । लाटकोसेराले उनीहरूलाई खोला पारिबाट नरिवल टिपेर ल्याउन लगायो । खोला तर्दा बाँदर हात्तीको पिठिउँमा बस्यो । दवै खोला तरे । नरिवलको रुख ज्यादै अग्लो थियो । हात्तीले बाँदरलाई नरिवल टिपेर ल्याऊ भन्यो । बाँदरलाई नरिवल बोक्न गारो भएकाले हात्तीले मुखमा च्याप्यो ।

लाटकोसेराले नरिवल कसरी ल्यायौ भनी सोध्यो उनीहरूले ढाँट्न सकेनन् र यथार्थ जबाफ दिए । त्यसपछि दुवैले समान कार्य गरेकाले दुवै आआफ्ना काममा ठूला छौ भनी लाटकोसेराले निर्णय सुनायो । लाटकोसेराको निर्णय सुनेर दुवैले एक आपर. मा माफी मागे । त्यसपछि कहिल्यै झगडा गरेनन् र पुनः ती दुवै मिलेर बसे । उनीहरूले आफ्नो काममा सबैको उत्तिकै महत्त्व हुन्छ भन्ने सन्देश पाए ।




Comments

Popular posts from this blog

पाठ - ४ (म को हूँ ?)

  म को हूँ ? ■अभ्यास■ सुनाइ १. निबन्धको पाँचौं अनुच्छेद सुन्नुहोस् र तलका ठिक बेठिक भनाइ छुट्याउनुहोस् : (क) फुलबाट क्षणिकताको भाव चोरिन्छ ।(ठिक) (ख) फुल रिसाउँछ, बेसरी गर्जेर गाली गर्छ । (बेठिक) (ग) सुल्लाघारीका सुसाइबाट पहाडको चोटको भाव चोरिन्छ । (बेठिक) (घ) चरा चुरुङ्गीबाट लेखकले जीवनको कथा र उन्मुक्तता चोर्छ । (ठिक) २. निबन्धको अन्तिम अनुच्छेद सुन्नुहोस् र सोधिएका प्रश्नहरूको उत्तर भन्नुहोस् : (क) चोरीको माल बाँड्ने माध्यम के हो ? : चोरीको माल बाड्ने माध्यम साहित्य हो । (ख) चोरीको कति भाव चाहिँ तुकुटीमा जम्मा हुन्छ ? :चोरीको मुस्किलले एक चतुर्थांश भाव चाहिं दुकुटीमा जम्मा हुन्छ । (ग) लेखकले चोर्ने कुराको मूल्याङ्कन तपाईले कसरी गर्नुभयो ? : जीवनजगत्का सुन्दरतालाई टिप्नु कलाको धर्म हो, यसलाई विधाअनुसार छुट्टाछुट्टै ढु्गले चोरिन्छ भन्ने मूल्याङ्कन गरेँ । ३. तलको अनुच्छेद सुन्नुहोस् र उत्तर दिनुहोस् : : सञ्चारले हाम्रो जीवनका सबै क्षेत्रलाई प्रभावित तुल्याउँछ । लैङ्गिक भूमिकाका बारेमा पनि सञ्चार जगत् प्र...

Terms and conditions

Terms and conditions These terms and conditions ("Agreement") set forth the general terms and conditions of your use of the onlinemobook.blogspot.com website ("Website" or "Service") and any of its related products and services (collectively, "Services"). This Agreement is legally binding between you ("User", "you" or "your") and this Website operator ("Operator", "we", "us" or "our"). By accessing and using the Website and Services, you acknowledge that you have read, understood, and agree to be bound by the terms of this Agreement. If you are entering into this Agreement on behalf of a business or other legal entity, you represent that you have the authority to bind such entity to this Agreement, in which case the terms "User", "you" or "your" shall refer to such entity. If you do not have such authority, or if you do not agree with the terms o...

About us

  Onlinemobook   is an online platform where students find the answers of any subject. We make sure that all the students who are facing difficulties in questions, will get the effective and correct  answers. Our main goal is to provide the most effective and convenient answers to the students.