Skip to main content

Nepali Guide

पाठ - १४ (महिला हिंसा)

 


 महिला हिंसा 

महिला हिंसा संवादको सारांश 

महिला हिंसा पारिवारिक, सामाजिक, कानुनी, राजनीतिक, धार्मिक-सांस्कृतिक आदि | जुनसुकै दृष्टिले दण्डनीय अपराध मानिन्छ भन्ने विषयमा आधारित कक्षा ९ का विद्यार्थीहरूको कुराकानीमा आधारित संवाद हो । दाइजो प्रथा पनि महिला हिंसाका | कारणहरूमध्ये एउटा भयावह कामकुरा मानिन्छ । यसले धेरै महिलाहरूको ज्यान लिएको छ । यसको विकराल रूप तराई मधेसमा देखिएको छ । छोरा र छोरीप्रति गरिने विभेदपूर्ण व्यवहारले महिला हिंसालाई बढाएको छ । त्यसैले घर, परिवार समाज र राष्ट्रलाई | भेदभावरहित बनाउनुपर्छ । जुनजुन कारणले हिंसाको सिर्जना गरेको छ त्यही त्यही कारणहरूलाई समाधानको आधार बनाउनुपर्छ । चेतनाको अभाव र शिक्षादीक्षाको कमी ठाउँमा दाइजो, छाउपडी, देउकी, झुमा जस्ता प्रथाहरूले प्रश्रय पाएका छन्, त्यसैले | सचेतना बढाउने कार्यमा सक्रियता बढाउनुपर्छ । लैङ्गिक विभेदको उन्मूलन गर्न सामाजिक सशक्तीकरण गर्नु आवश्यक छ । बलियो कानुनको प्रभावकारी कार्यान्वयनबाट पनि महिला | हिंसाको अन्त्य गर्न सकिन्छ । सामाजिक जागरण ल्याउन पुरुषको सोचमा पनि परिवर्तन हुनुपर्छ भने महिलालाई एकमना अभियानमा सलग्न गराउनुपर्छ । नेपालको संविधानले | महिलालाई मूल प्रवाहमा ल्याउने प्रयत्न गरेको छ । त्यस्तै आरक्षणको व्यवस्था गरी सकारात्मक विभेदको सिद्धान्तअनुसार महिला सहभागिता बढाउन खोजिएको छ । सहअस्तित्व, सहकार्य, समसत्ता आदि पक्षहरूलाई उच्च महत्त्व दिइएको छ । महिला हिंसा प्राकृतिक नभई सामाजिक कुरा भएकाले समाज रूपान्तरण गर्नु आवश्यक छ भन्ने यसको भएका सार हो । 

■अभ्यास■

सुनाइ 

. संवादको एकदेखि एघारसम्को अनुच्छेद सुन्नुहोस् र ठिक बेठिक छुट्याउनुहोस् :

(क) दाइजो प्रथाका बारेमा कसैकसैले मात्रै सुनेका छन् ।  (बेठिक) 

(ख) पत्र पत्रिकामा दिनदिनै दाइजोका बारेमा समाचार आएको छ ।(ठिक)

(ग) मानिसहरू लोभीप्रापी छैनन् । (बेठिक) 

(घ) विदेशीहरूले आजसम्म हाम्रो पछौटेपनका बारेमा थाहा पाएका छैनन् । (बेठिक) 

(ङ) भुयो खन्याउनु अपराध हो । (ठिक) 

संवादको बारदेखि एक्काइससम्मको अनुच्छेद सुन्नुहोस् र तल सोधिएका प्रश्नहरूको उत्तर भन्नुहोस :

(क) दुई चार दशकअघिसम्म नेपालमा दाइजो प्रथाको रूप करतो थियो ?

: दुई चार दशकअघिसम्म नेपालमा दाइजो प्रथाको रूप सामान्य थियो ।

(ख) पहिला छोरीप्रतिको व्यवहार कस्तो थियो ?

: पहिला छोरीप्रतिको व्यवहार विभेदकारी थियो । 

(ग) महिला हिंसाका घटना कसरी थाहा पाइन्छ ? 

: उत्पीडन, दाइजो देउकी, छाउपडी,कुमारी आदि जस्ता मानवता विरोधी प्रशाको महिला हिंसाका घटना थाहा पाइन्छ । 

(घ) नेपालीहरू कस्ता कुरामा अल्भिएर बसेका छन् ?

:नेपालीहरू विभेदकारी कुराहरूमा अल्भिएर बसेका छन् । 

(क) महिलालाई किन वस्तुभाठ सरह बेचिन्छ ?

: महिलालाई कमजोर र परनिर्भर ठानी वस्तुभाउ सरह बेचिन्छ । 

. तलको पाठ सुन्नुहोस् र उत्तर दिनुहोस्:

(क) महिला उत्पीडनको मूल कारक के हो ? 

: महिला उत्पीडनको मूल कारक आर्थिक सम्बन्ध हो

(ख) महिलाको श्रमको गणना किन नभएको हो ?

महिलाको बमको गणना नभएको कारण श्रमगत मूल्यको अभाव हो ।

(ग) लैगिक विभेदको अन्त्य कसरी सम्भव हुन्छ ? 

: लैङ्गिक विभेदको अन्त्य विद्यमान अवर्थामा परिवर्तन र अधिकारमा सम्भव हुन्छ । 

(घ) लैगिक विभेदको अन्त्यका लागि तपाई के गर्नुहन्छ ?

: लैङ्गिक विभेदको अन्त्यका लागि अधिकारको सुनिश्चितता, प्रत्याभूति र नीतिगत रूपमै विभेदको अन्त्य आदि प्रयतल्न गर्न सक्छु।

बोलाइ

. तलका शब्दको शुद्ध उच्चारण गर्नुहोस् । आक्रान्त, भुक्यो, प्रथा, लैगिक, उपांशु, क्रियाकलाप, स्वाभाविक

: उच्चारण अभ्यास गर्नुहोस् ।

. तपाईलाई कुन पात्रको भनाइ राम्रो लाग्यो र किन ? तर्कसहित क्षमा बताउनपौस् ।

: मलाई अनोगा भन्ने पात्रको भनाइ गा लाग नका नाइहरू दूरगामी महत्व छन् । छोराछोरी विचमा गरिने विभेदका सम्बन्धमा उनका अभिव्यक्ति गम्भीर प्रकृति छन् । सामाजिक क्रियाकलापको निरन्तरताले शिक्षादीक्षा, पोषण र सामाजिक न्यायबाट महिलाहरू वज्चित छन् । बलात्कारको मार पनि महिलाहरूले नै सहनुपर्छ भन्ने उनका तकहरू तथ्य सत्यमा आधारित छन् । सामाजिक संरचना र संस्कारले निम्ल्याएका विभेदहरूको अन्त्य चेतनाको स्तर तृद्धियाट मात्र हुन्छ भन्ने कुरा युक्तिसङ्गत छ । शिक्षालाई व्यापक बनाएर उन्मुक्तिको बाटो खोज्न सकिन्छ । सामाजिक मान्यतामा पुनर्विचार गरेर समाधानका उपायहरू निकाल्न सकिन्छ भन्ने कुरा निकै अर्थपूर्ण छ । सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक र शैक्षिक मान्यताहरूमा परिवर्तन ल्याएर महिला र पुरुषविचको दूरी कम गर्न सकिन्छ । अधिकार र कर्तव्यको सन्तुलित प्रयोगले रूपान्तरण सम्भव छ भन्ने तर्क माथि प्रश्न उठाउन सक्ने सम्भावनाहरू कम छन् ।

. आआफ्ना परिवेशमा तपाईंहरूले अनुभव गरेका लैङ्गिक विभेदका बारेमा कक्षामा प्रस्तुत गर्नुहोस् ।

: हाम्रा गाउँमा लैङ्गिक विभेदका घटनाहरू अहिले त निकै कम हुँदै गएका छन् । पहिले पहिले यस्ता विभेदकारी संस्कार र व्यवहारहरू निकै थिए । म सानो छंदा सचेतनाको कमीले ग्दा छोराछोरीलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा निकै ठूलो अन्तर थियो । कतिपय कार्यशैलीले गर्दा मभन्दा पछि मात्र मेरी दिदी विद्यालय जानु भएको हो हाम्रो गाउँमा सचेतना आएपछि पहिलेको जस्तो लामो दूरी छोरा र छोरी बिच कोरिएको पाइँदैन । रूपान्तरण महत्त्वपूर्ण कुरा रहेन । मलाई लाग्छ, यसरी नै सचेतना बढ्दै जाने हो भने केही दसकमै हाम्रा वरिपरिका विभेदहरू उन्मूलन हुनेछन अनि समावेशी प्रतिस्पर्धात्मक समाजको निर्माण हुन्छ ।

पढाई 

. उनान्चालिसदेखि पैतालिससम्मका अनुच्छेदलाई सस्वर वाचन गर्नुहोस् र ती अनुच्छेद पढ्न तपाईंलाई कति समय लाग्यो शिक्षकलाई सोध्नुहोस् ।

: आफ्ना शिक्षकलाई सोध्नुहोस् ।

. पाठका पचासदेखि सन्ताउन्नसम्मका अनुच्छेदबाट मुख्य मुख्य पाँच बुँदा टिप्नुहोस् ।

(क) समाजमा हार्दिकता र सीन्दर्यका लागि हजारों वर्षदेखिको विभेद हट्नुपर्छ । 

(ख) एकअर्काको विरोधी नभई लैङ्गिक विभेदको अन्त्य गरी समाज र राज्य चलाउनु पर्छ । 

(ग) समसत्ता कायम गरी लेगिक उत्पीडन कम गर्न सकिन्छ ।

(घ) आर्थिक-सांस्कृतिक विभेदलाई क्रमशः उखेल्दै जानुपर्छ ।

 (ङ) लैङ्गिक समसत्ता दैनिक जीवनमा लागू गर्नुपर्छ ।

. निम्न लिखित अनुच्छेद पढी तल सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :

:सधैँ सधैँ सल्ला सुसाउँदा रमाइलो र आनन्द लाग्ने मलाई अहिले कस्तो कस्तो नरमाइलो लागेर आयो । कामैकाम र दुःखै दुःखले सधैभरि थिचिएकी महिलाको चिसो सुस्केरा जस्तो लाग्यो मलाई सल्ला सुसाउँदाको आवाज । हजारौँ हजार दुःखी नेपाली महिलाहरुका मधुरा अनुहारहरू उभिए मेरा आँखाअघि । कठै ! सभ्यताका नाममा जति नै आधुनिक देखिए पनि र नियम कानुनका पानामा जति नै लेखे पनि खोइ कहाँ घटेको छ र महिलाको उत्पीडन र शोषण खोइ कहाँ ओभाएको छ महिलाको अनुहार र आँखाको डिल ? खोइ कहाँ उज्यालिएको छ महिलाको अनुहार र आँखाको नानी ! जब आधा धर्ती र आधा आकाश नै अँध्यारो र बादलले ढाकिरहन्छ भने आधुनिकता र विकासको नाममा वर्ग गरेर छाती फैलाउनु पनि व्यर्थ हो भन्छु म ।

(भीष्म उप्रेती: निलो पानी र निला भावनाहरू निबन्ध सङ्ग्रहबाट) 

(क) लेखकलाई किन नरमाइलो लाग्यो ?

लैङ्गिक विषमता/विभेद देखेर लेखकलाई नरमाइलो लाग्यो । 

(ख) महिलामाथिको उत्पीडन र शोषणको अवस्था कस्तो रहेको छ ?

: महिलामाथिको उत्पीडन र शोषणको अवस्था कामैकाम, दुःखैदुःख र दया लाग्दो रहेको छ ।

(ग) महिलाका लागि कानुनका पाना कस्ता छन् ? 

: महिलाका लागि कानुनका पाना उत्पीडन र शोषणका प्रतिरूप जस्ता छन् ।

(घ) महिलाको आँखाको डिलले के भन्छ ? 

महिलाको आँखाको डिलले दुःख, वेदना, आँसु आदि भन्छ ।

(ङ) अहिले आधुनिकता र विकासको मूल्य के कस्तो छ ? : अहिले आधुनिकता र विकासको मूल्य आधा धती र आकाश अँध्यारो तथा बादलले ढाके जस्तो छ ।

(च) 'उत्पीडन' र 'मधुरा' शब्दको प्रयोग गरी एउटा एउटा वाक्य बनाउनुहोस् ।

: उत्पीडन : महिलाहरू उत्पीडनको सिकार भएका छन् ।

 मधुरा : गरिब-दुःखोका मधुरा आवाजहरू कसले सुनिदिने ?

लेखाइ

. पाठ पढी तलका प्रश्नहरूको उत्तर लेख्नुहोस् :

(क) महिला हिंसाको स्वरूप कस्तो हुन्छ ? 

: महिला हिंसाको स्वरूप विर्कराल, उत्पीडनमूलक र विभेदकारी हुन्छ।

(ख) समाजका विभिन्न घटनाका बारेमा कसरी जानकारी पाइन्छ ?

:समाजका विभिन्न घटनाका बारेमा व्यवहार र संस्कारबोट जानकारी पाइन्छ ।

(ग) सामाजिक समसत्ता भनेको के हो ?

: सामाजिक समसत्ता भनेको बराबरीको अधिकार हो ।

(घ) कस्ता कुरालाई अविवेकी भनिन्छ ?

: मानवता विरोधी कुरालाई अविवेकी भनिन्छ ।

(ङ) अधिकार र कर्तव्यको समान वितरण भनेको के हो ?

: अधिकार र कर्तव्यको समान वितुरण भनको पठनुपर्ने र पालना गर्नुपने कुरा हो । 

. प्रस्तुत पाठ पढेपछि सामाजिक रूपान्तरणका बारेमा आफ्नो धारणा लेख्नुहोस् ।

सामाजिक रुपान्तरण 

सामान्य ढङ्गले समाजमा परिवर्तनका डोबरारू देखिँदैनन् । आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक संस्कार, विचार र व्यवहारमा आमूल परिवर्तन आउनासाथ नयाँ मूल्य एवं कार्यशैलीले प्रवेश पाउँछन् । समसलताका अभ्यासहरू जति प्रभावकारी हुन्छन् त्यत्ति नै  अधिकार र कर्तव्यको पालना हुनसक्छ । हिंसा, हत्या, बलात्कार, द्वन्द्व लुटपाट आदि जगैबाट नहटेसम्म सामाजिक रूपान्तरण असम्भव हुन्छ । इतिहासको लामो कालखण्डदेखि विकसित भएर संस्कार र व्यवहारमा भिजेका राम्रा कामकुराको संरक्षण र नराम्रा कामकुराको अन्त्य गर्नसके सजिलै समतामूलक समाजको निर्माण गर्न सकिन्छ । सारमा संस्कारमा परिवर्तन ल्याउन सके सिस्टममा परिवर्तन ल्याउन कुनै कठिनाइ हुँदैन भन्ने कुरा छर्लङ्ङै छ।

. तलको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर सक्षेपमा लेख्नुहोस् : 

पितृसत्ताका कारणवाट भएका समस्या महिलाले मात्र भोगेका छैनन, पुरुषहरू पनि यसबाट पर्याप्त मात्रामा पीडित बनेका छन् । कतिपय पुरुषलाई भान्साको काम गगन्न रहर लाग्छ । तर समाजका डरले उनीहरू त्यसो गर्न सक्दैनन् । कतिपय पुरुषको स्वभाव ने लजालु हुन्छ । तर उनीहरूले लाज मान्दा समाजले महिला जस्तो भनिदिन्छ । दुःखमा आँसु नआउने मानिस हुँदैन । समाजले भने पुरुषलाई आँसु लुकाएर कठोर बन्ने आदेश दिन्छ । दुःख हेपिनेलाई मात्र हुँदैन, हेप्नेलाई पनि हुन्छ । महिला र पुरुषमध्ये एउटा हेप्ने र अर्को हेपिने हुँदा समाजको संरचना पनि लथालिङ्ग हुन्छ । यस्तो समाजमा मानिसले सुख र शान्तिको अनुभव गर्नं पाठउँदैनन् यसैले सर्लो र परिपूर्ण समाजको निर्माणको एउटा महत्वपूर्ण आधार हो, पितृसत्ताको उच्छेदन र समसत्ताको स्थापना । 

(क) पितृसत्ताबाट पुरुष कसरी पीडित बनेका छन् ?

: पितृसत्ताबाट पुरुष माथि पनि प्रभाव पर्ने भएकाले पीडित बनेका छन् । 

(ख) पुरुषले समाजका डरले के गर्न सक्दैन ?

: पुरुषले समाजका डरले भान्साको काम गर्न सक्दैन ।

(ग) समाजले पुरुषलाई कस्तो अवस्थामा महिला जस्तो भनिदिन्छ ?

:समाजले पुरुषलाई लाज मान्दा महिला जस्तो भनिदिन्छ । 

(घ) समाजको अवस्था कसरी लथालिङ्ग हुन ?

: महिला र पुरुषमध्ये एउटा हेप्ने र अर्को हेपिने हुँदा समाजको अवस्था लथालिङ्ङ हन्छ ।

(ङ) समसत्ता भनेको के हो ?

: महिला र पुरुषको बराबर अधिकार र जिम्मेवारीलाई समसत्ता भनेको हो ।

. माथिको संवादमा प्रस्तुत भएका सन्देशहरूलाई सारांशका रूपमा लेख्नुहोस्

: पाठको सारांश हेनुहोस् । (माथि छ)

. व्याख्या गर्नुहोस्ः

(क) विश्व कहाँबाट कहाँ पुगिसक्यो ! नेपालीहरू भने यस्तै अविवेकी कुरामा अल्भिएर बसेका छन् ।

:  विज्ञान, विज्ञान, प्रविधि र सूचनाका क्षेत्रमा चेरै अधि वदिसकेको छ । । मानिसका विचार र वहरहरू समसलामूलक भइसकेका छन् । अधिकार र या क्षेत्रमा कुनै प्रकारको विभेद न लेडगिक वभेदका अवशेषहरू अन्त्य भाग का । सचेवुना र जागरणले सबै खाले अविकास, अन्याय, अतिवाद र विभेदहरूको विभूल गरिसकेको छ । नेपालीहरू भने अधिवेकी भएर विभेदका

अभ्यासहरू गरेर बसिरहेका छन् । विश्वले कायापलट गरिसक्दा हामी आफू र आफन्तको गुणगान गाएर बसिरहेका छौं । साना कुरामा अल्झिएर ठूला कामकुरा गुमाइरहेका मैं । हाम्रो संस्कार ज्यादै क्षुद्र र मानवता विरोधी छ । हामी खराब कामकुराहरूलाई मात्र उकासिरहेका हुन्छौं । विश्व नराम्रा पक्षलाई निषेध गर्न प्रयत्नशील छ तर नेपालीहरू रामा पक्षलाई निषेध गर्ने अभ्यासहरू गर्दै छौ । यसर्थ विश्वको समकक्षमा पुग्न नेपालीहरू विवेकी हुनु जरुरी छ ।

(ख) वस्तुभाउ सरह बेचिनु पनि महिलाले नै पर्ने । बलात्कार गरी मारेर कुकुर बिराला सरह मारेर मिल्काइने पनि तिनै ।

: महिलालाई दोस्रो नागरिकका रूपमा हेने प्रवृत्तिकै कारण समाजमा महिला वेचबिखनका घटनाहरू बढेका हुन् । पशु सरह व्यवहार गर्ने र महिलाहरूलाई बेच्ने प्रवृत्तिले मानवीय मूल्यको क्षयीकरण गर्नसक्छ भन्ने कुराले उनीहरूलाई कमजोर सावित गर्न खोजिएको छ । पशु र मानवीय मूल्य समान बनाउन खोज्नु न्यायोचित हुँदैन । यसले सामाजिक-आर्थिक रूपान्तरण र लैगिक सचेतना वृद्धिमा सहयोग पुयाउन सक्दैन । महिलालाई यौनिक दृष्टिले मात्र हेर्नु, बलात्कार गर्नु, उनीहरूको हत्या गर्नु मानवीय दृष्टिले उपयुक्त छैन । महिलाहरूको बलात्कार र इति निश्चय नै जघन्य अपराध हो । कुकुर बिराला सरह मानिसलाई पनि सम्झनु घातक बाम कुरा हो । यसर्थ विद्यमान सोच, व्यवहार र कार्यशैलीमा रूपान्तरण गरी महिलालाई सम्मान गर्ने परम्पराको विकास गर्नुपर्छ । सहअस्तित्व, सहकार्य सद्भाव र सहयोगको भावना बढाई उनीहरूलाई मानवोचित व्यवहार गर्नुपर्छ । सारमा महिलाप्रतिको गलत भावनामा परिवर्तन गरी सकारात्मक रूपान्तरण गर्नेतर्फ अभिमुख हुनुपर्छ ।

. 'म समतावादी समाज निर्माण गर्न चाहन्छु' शीर्षकमा एउटा अनुच्छेद रचना गर्नुहोस् ।

: मलाई विभेदमुक्त समाज चाहिन्छ । शोषणमुक्त शोषणरहित समाजको सिर्जना हाम्रो चाहना र आवश्यकता हो । नेपाल सधै विभेद र शोषणका खाडलमा पस्न र चस्न चाहँदैन । समाजका सबै जातजाति, भाषाभाषी, लिङ्ग, वर्ग, क्षेत्र, धर्म-संस्कृतिका विविधतालाई यथोचित सम्मान गर्दै विविधतामा एकता नेपालको विशेषता भन्ने आदर्शलाई व्यवहारमा लागू गरी म समतावादी समाज निर्माण गर्न चाहन्छु । आशा एवं विश्वास छ, मेरो समतावादी समाज निर्माण गर्ने अभियान अब चाँडै सफल हुनेछ ।

. 'महिला सशक्तीकरण' शीर्षकमा एउटा संवाद रचना गर्नुहोस्।

:महिला सशक्तीकरण

(रजनी, धनमाया, अकबर र शेरधनहरू ऐश्वर्य विद्या निकेतन उच्च माध्यमिक विद्यालय, धनगढी, कैलालीमा पढ्छन् । फुर्सदको समयमा उनीहरूले गरेका कुराकानी...) 

शेरधन : महिला सशक्तीकरण भन्ने कुरा धेरै सुन्छु, यो भनेको के हो ? मैले त बुझ्नै सकिनँ ।

धनमाया : महिलाहरूलाई शक्तिशाली र क्षमतावान् बनाउनुपर्छ भनेको हो, बुझ्यौ त !

अकबर : महिलाहरूलाई सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक आदि दृष्टिले अधिकार र कर्तव्य सम्पन्न बनाउनुपर्छ भन्ने पनि हो ।

रजनी : महिला सशक्तीकरणका उपायहरू पनि त होलान् ।

धनमाया : शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक न्याय, लैगिक समानता आदि महिला सशक्तीकरणका उपायहरू हुन् ।

अकबर : अरू उपायहरू पनि छन् । ?

शेरधन : ती उपायहरू के के हुन् त

अकबर : निर्णय गर्ने तहमा पुयाउनुपर्छ, छात्राहरूका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्छ अनि छात्रा शिक्षालाई अनिवार्य गर्नुपर्छ यी महत्त्वपूर्ण उपायहरू होइनन् त ।

रजनी : सकारात्मक विभेद र आरक्षणको व्यवस्था गरेर पनि महिला सशक्तीकरण गर्न सकिन्छ ।

धनमाया : महिला सशक्तीकरणलाई प्रभावकारी बनाउन नेपालका माथिल्ला तहमा महिला राष्ट्रपति, सभामुख आदिमा पदासिन गराइएको छ ।

अकबर : महिलाहरूलाई प्रशासनिक, राजनैतिक, शैक्षिक, कुटनीतिक नियोग, संवैधानिक निकाय, महिला आयोग आदिमा प्रवेश गर्ने सहज अवसर प्रदान गरिएको छ । 

सबै : महिला सशक्तीकरण आधुनिक विश्वको माग रहेछ बुझ्यौँ । यसलाई व्यवहारमा लागू चाहिँ गर्नुपर्छ है! (सबै कक्षातिर लाग्छन् ।)

व्याकरण

. पाठबाट शब्दका प्रारम्भमा र अन्त्यमा इस्व इकार भएका दस दस ओटा शब्द टिप्नुहोस् ।

:बिदा, तिन, दिन, पछि, किन, फेरि, नि, हगि, यति, शिक्षा, विभेद, कति, चाहिँ, पचाइ, किसिम, व्यक्ति, विषय, त्यति, छत्रवृत्ति, पनि, विरोध, विचार, माथि, हिंसा, ... । 

.पाठबाट शब्दको मध्यमा इस्व इकार भएका पाँच र दीर्घ इकार भएका पाँच ओटा शब्द टिप्नुहोस् ।

: महिला, अभिलेख, सामाजिक, मानिस, आर्थिक, लोभीपापी, शिक्षादीक्षा, उत्पीडन, छोरीलाई, उनीहरू.....।

. स, श, ष अक्षर प्रयोग हुने दस शब्द लेख्नुहोस् ।

: संज्ञा, अन्वेषा, उपांशु, मानिस, श्रीमान्, श्रीमती, सरह, पुरुष, शिक्षा, हिंसा, अवशेष, सजाय, ... ।

. तलको अनुच्छेदमा भएका वर्ण विन्यासगत च्रुटिहरू सच्याउनुहोस् :

: सीता मेरी साथी हुन् । गीता चाहिँ सीताकी साथी हुन् । हामी सबैका बहिनीहरू पनि सँगै पढ्छन् । हामीलाई कथाका पुस्तक पढ्न मनपर्छ । रजनी दिदीले हामीलाई पुस्तक दिनुहुन्छ । हामी पनि पुस्तकको खुब जतन गछौँ । हामीसँग कथाको पुस्तक देख्नासाथ दीपा पनि हाम्रा छेउमा आउँछिन् ।

. तल दिइएका वाक्य पढ्नुहोस् र तिनका प्रकारका बारेमा जानकारी हालिस गर्नुहोस् : 

: सरल वाक्य : विसं २०७२ सालको भुइँचालाले धेरै विनाश गर्यो । यसले मधेसमा भन्दा पनि पहाडमा धेरै हानि गयो । धेरै ओटा गाउँका मानिसहरू घरबारविहीन बने । धेरै विद्यालयहरू पनि भत्किए । थुप्रै बच्चाहरूले आमाबाबु गुमाए ।

: संयुक्त वाक्य : यसपालि समयमा नै वर्षा भयो र अन्नबाली धेरै सप्रियो । मानिसहरूले धेरै अन्न थुपार्न पाउने आशा राखेका थिए तर कार्तिकमा परेको असिनाले सबै बाली ध्वस्त भयो । विनाशकारी भूकम्पपछि विद्यालय गएको पहिलो दिन विद्यार्थीहरूलाई पढाइएन किनभने उनीहरूको मनमा अझ त्रास बाँकी नै थियो । उनीहरूले त्यहाँ नाचगान पनि गरे र गुरुबाट कथा पनि सुने ।

: मिश्र वाक्य : तिमी जहाँबाट आएका थियौ, त्यहीं फर्केर जाऊ । तिमीलाई जुन कुराका बारेमा केही थाहा छैन, त्यसैका बारेमा भाषण नछाँट । म जे गर्छ, तिमी पनि त्यही गर । हिजोको मानिस असल थियो, जो मसंग निकै नजिकिन खोजिरहेको थियो ।


. तलको अनुच्छेद पढी वाक्यका प्रकार चिन्नुहोस् :

आज चैत महिनाको दोस्रो हप्ता हो (सरल वाक्य) । हिजो बेलुका पनि पानी पयो र आज बिहान पनि पानी पर्यो (संयुक्त वाक्य) । एउटा छाता बोकेकी थिएँ तर असिनापानीले त्यसलाई भाँचिदियो (संयुक्त वाक्य) हिजोआजका सबै छाता त्यस्तै हुन् (सरल वाक्य) । म जुन छाता किन्छु, मेरी छोरी त्यही छाता लैजान्छे (मिश्र वाक्य) । हिजो म जता जता गएँ, त्यता त्यता एकदमै भिडभाड थियो (मिश्र वाक्य) 

. पाठबाट सरल, संयुक्त र मिश्र वाक्य छानेर सार्नुहोस् ।

 सरल वाक्य : तिमीले थाहा पायौ ? मलाई त अचम्म लाग्छ । नयाँ चेतना जन्मदै छ । चेतनाको कमी हो । ... ।

संयुक्त वाक्य : हुन त हो तर मचाहिँ आशावादी छैन । सचेत पुरुष र महिला एक हुनुपर्छ र सामाजिक तथा आर्थिक विभेदलाई अन्त्य गर्नुपर्छ । ....।

मिश्र वाक्य : हाम्रा विचार यति जब्बर छन्, त्यो हटाउन गारो छ नि ! महिला हुनु कमजोर हनु हो भन्ने विचारमा परिवर्तन आएको छ । । तलका संयोजक प्रयोग गरेर वाक्य निर्माण गर्नुहोस् : 

. र, तर, जो, जुन, पनि, किनकि, किनभने, भने, वा, नत्र, कि, तैपनि, एवम् मदन, नोर्चु र सीता विद्यालयमा पढ्छन् ।

तर : केशव मेहनती छ तर उसले सफलता हासिल गर्न सकेन । 

जो : जो अगाडि बढ्छ त्यो सफल मानिस हो ।

जुन : जुन मानिस योग्य छ.त्यसले न्याय पाउनुपर्छ ।

पनि : ऊ पनि जान्छ म पनि जान्छु । 

किनकि : लखन र नोर्बु आउँछन् किनकि उनीहरू वचनका पक्का छन् । 

किनभने : यो राम्रो कुरा हो किनभने यसले हामीलाई कल्याण गर्छ ।

भने : तिमी आउँछ भने आऊ न त । 

वा : पासाङ आउँछ वा उर्गेन आउँछ ।

नत्र : भिरतिर नजाऊ नत्र दुर्घटनामा पर्न सकिन्छ ।

कि : सुन हरि । कि तिमी आऊ कि मदनलाई पठाऊ ।

तैपनि : अजय राम्ररी पढ्छ तैपनि ऊ राम्ररी लेख्न सक्दैन ।

 एवम : राधा, धनियाँ एवम् रामलखन कलेजतिर गए । 

. सरल वाक्यको प्रयोग गरेर आफ्नो घरको वर्णन गर्नुहोस् ।

मेरो घर

मेरो घर सेतो छ । मेरो घरमा चार जना छन् । हामी घरमा राम्ररी पढछौँ । मेरो घर भूकम्प प्रतिरोधी छ । यस्तै सुन्दर घर पाएर हामी सबै खुसी छौँ । छिमेकीइरूले पनि हाम्रो प्रशंसा गर्छन् ।

१०. मिश्र वाक्यको प्रयोग गरेर आफ्नो समाजका बारेमा वर्णन गर्नुहोस् ।

मेरो समाज

जब मानिस जन्मन्छ तब उसलाई समाजको आवश्यकता पर्छ । जुन समाजमा म जन्में त्यो समाज निकै राम्रो छ । मेरी समाज ज्ञानकेन्द्रित समाज हो भन्ने कुरामा शङ्के छैन । समाज जसरी अधि बढेको छ म पनि त्यसरी नै अघि बढ्ने अभ्यासमा छु । जुन जुन ठाउँमा गल्ती भएका छन् ती ती ठाउँमा सुधार गर्नु आवश्यक भन्ने कुरा समाजले बुझेको छ । 

११. संयुक्त वाक्यको प्रयोग गरेर वातावरणीय प्रदूषणका बारेमा वर्णन गर्नुहोस् ।

वातावरणीय प्रदूषण

पर्यावरणीय प्रतिकूलता नै वातावरणीय प्रदूषण हो तर यसलाई कम गर्न सकिन्छ । मानिस आउँछ र जान्छ । मानिसका क्रियाकलापले प्रदूषण बढाउँछ अनि यसमा आउने सुधारले वातावरणीय शुद्धतामा ध्यान दिन्छ । वरिपरिको वातावरणलाई स्वच्छ बनाउनु जरुरी छ। किनभने यसैमा हाम्रो जीवन लुकेको छ ।

सिर्जनात्मक कार्य

. नेपाली समाजमा महिला र पुरुषका बिचमा हुने भेदभावका बारेमा सरल र मिश्र वाक्यको प्रयोग गरेर संवाद तयार पार्नुहोस् ।

महिला र पुरुषका बिचमा हुने भेदभाव 

(रमा चेमजोङ, पासाङ सेर्पा, देवी गौतम, गोकुण्डेश्वर उच्च माविमा अध्ययनरत छन्..)

पासाङ : हाम्रा गाउँमा हुने लैङ्गिक भेदभावका कुरा त अहिले त कम हुन थाले हगि ! 

देवी : जब महिलाहरू सशक्त हुँदै जान्छन् तब भेदभावमा त कमी आइहाल्छ नि रमा होइन र ! 

रमा: पुरुषले बाहिरको काम गर्छन् भने महिलाले घर भित्रको काम र पुरुषले घर भित्रको काम गरे महिलाले बाहिरको काम गर्छन् । यस्तो श्रम विभाजन भए त विभेदको करै आउँदैन नि ।

देवी : भेदभावका आफ्नै स्वरूप हुन्छन् जसमध्ये महिला र पुरुष बिचको भेदभाव उल्लेख्य छ । 

पासाङ : हाम्रा गाउँघरमा महिला र पुरुष बिचको भिन्नता जे भने पनि कम भएकै हो । हाम्रा घरमा बाबाआमा मिलेर काम गर्नुपर्छ अनि हामी दिदीभाइ पनि मिलेरै काम गर्छैँ ।

रमा : अहो । तिम्रो घर त हाम्रो जस्तै पो रहेछ त । ज्यादै खुसी लाग्यो।

देवी : हाम्रा घरमा पनि कुनै समस्या छैन ।

सबै : हामी चाहन्छौं अब नेपालमा महिला र पुरुषबिचको भेदभाव अन्त्य हुन धेरै समय कुर्नुपर्दैन ।

(घन्टी बज्छ, सबै कक्षातिर लाग्छन् ।)

. 'सामाजिक न्याय' विषयमा एउटा संवाद तयार गर्नुहोस् ।

सामाजिक न्याय

(देवराज, लखनलाल, कर्णकुमारी, दयादेवी ..., न्यू होराइजन उमाविमा पढ्छन् ...।) 

देवराज : समाजमा मिलेर बस्नुभन्दा महान् काम त अरू केही रहेनछ ।

दयादेवी : समाजमा एकले अर्कालाई हेप्नु, दबाउनु, शोषण गर्नु, दुःख दिनु हुँदैन ।

कर्णकुमारी : मानिसलाई हाँस्न, बाँच्न र नाच्न समाज चाहिन्छ ।

लखनलाल : अन्याय, अत्याचार, भ्रष्टाचार, दुराचार आदि समाजमा हुनुहुँदैन ।

दयादेवी : शोषणरहित न्यायमूलक समाज बनाउने काम पनि हाम्रै हो देवराज : सबैलाई बराबर न्याय प्राप्त गर्ने अवसर नै सामाजिक न्याय हो ।

कर्णकुमारी : आधुनिक ज्ञानकेन्द्रित समाजमा अन्याय त कसले सहन सक्छ र !

दयादेवी : शिक्षा, सञ्चार र कानुनको न्यायोचित वितरण हुनसके सामाजिक न्याय प्राप्त गर्न कठिन हुँदैन ।

लखनलाल : सामाजिक न्याय स्थापना गर्न विद्यार्थी वर्ग सक्रिय हुनुपर्छ । जागरुक र चेतनशील वर्ग भएकाले पठित वर्गको भूमिका उल्लेखनीय हुन्छ ।

सबै : हामी अब आआफ्नो गाउँघरबाटै अन्याय, अत्याचार जस्ता नकारात्मक कामकुरा हटाउने अभियानमा लाग्नुपर्छ । 

(घण्टी बज्छ, सबै कक्षातिर लाग्छन् ।)

Comments

Popular posts from this blog

पाठ - ४ (म को हूँ ?)

  म को हूँ ? ■अभ्यास■ सुनाइ १. निबन्धको पाँचौं अनुच्छेद सुन्नुहोस् र तलका ठिक बेठिक भनाइ छुट्याउनुहोस् : (क) फुलबाट क्षणिकताको भाव चोरिन्छ ।(ठिक) (ख) फुल रिसाउँछ, बेसरी गर्जेर गाली गर्छ । (बेठिक) (ग) सुल्लाघारीका सुसाइबाट पहाडको चोटको भाव चोरिन्छ । (बेठिक) (घ) चरा चुरुङ्गीबाट लेखकले जीवनको कथा र उन्मुक्तता चोर्छ । (ठिक) २. निबन्धको अन्तिम अनुच्छेद सुन्नुहोस् र सोधिएका प्रश्नहरूको उत्तर भन्नुहोस् : (क) चोरीको माल बाँड्ने माध्यम के हो ? : चोरीको माल बाड्ने माध्यम साहित्य हो । (ख) चोरीको कति भाव चाहिँ तुकुटीमा जम्मा हुन्छ ? :चोरीको मुस्किलले एक चतुर्थांश भाव चाहिं दुकुटीमा जम्मा हुन्छ । (ग) लेखकले चोर्ने कुराको मूल्याङ्कन तपाईले कसरी गर्नुभयो ? : जीवनजगत्का सुन्दरतालाई टिप्नु कलाको धर्म हो, यसलाई विधाअनुसार छुट्टाछुट्टै ढु्गले चोरिन्छ भन्ने मूल्याङ्कन गरेँ । ३. तलको अनुच्छेद सुन्नुहोस् र उत्तर दिनुहोस् : : सञ्चारले हाम्रो जीवनका सबै क्षेत्रलाई प्रभावित तुल्याउँछ । लैङ्गिक भूमिकाका बारेमा पनि सञ्चार जगत् प्र...

About us

  Onlinemobook   is an online platform where students find the answers of any subject. We make sure that all the students who are facing difficulties in questions, will get the effective and correct  answers. Our main goal is to provide the most effective and convenient answers to the students. 

पाठ - १५ (छात्रावास)

  छात्रावास ■अभ्यास■ सुनाइ १ . पाठको पहिलो अनुच्छेद सुनी तलका प्रश्नको उत्तर भन्नुहोस्: (क) विद्यालयले कुन कुन कुराको राम्रो व्यवस्था गरेको छ ? : विद्यालयले विद्यालय भवन, विषय शिक्षक, शैक्षिक र खेलकुद सामग्री, शौचालय, खानेपानी तथा पुस्तकालयको राम्रो व्यवस्था गरेको छ । (ख) विद्यार्थीहरू डेरा गरी बस्न बाध्य हुनुपर्ने कारण के हो ?  : विद्यार्थीहरू डेरा गरी बस्न बाध्य हुनुपर्ने कारण विद्यालयले आवासको व्यवस्थन नगरिदिनु हो । (ग) विद्यार्थीलाई उपयुक्त किसिमको डेरा पाठन किन समस्या परेको होला ? : विद्यार्थीलाई उपयुक्त किसिमको डेरा पाउन समस्या परेको मूल कारण हिमाली सानो बस्तीले परेको होला । (घ) विद्यार्थीले डेराका लागि किन महँगो भाडा तिर्नुपरेको छ ? :पर्यटकीय स्थल भएकाले विद्यार्थीले महँगो डेरा भाडा तिर्नु परेको छ ।  २ . पाठको अन्तिम अनुच्छेद श्रुति लेखन गर्नुहोस् । : श्रुति लेखन अभ्यास गर्नुहोस् । ३ .पाठको दोस्रो अनुच्छेद सुन्नुहोस् र ठिक बेठिक छुट्याउनुहोस्: (क) विद्यार्थीका लागि घर वा डेरामा पनि उपयुक्त शैक्षिक वातावरण चाहिन्छ । (ठिक) (ख) छात्रावासको व्यवस्थाले सिकाइमा पछि परेक...