Skip to main content

Nepali Guide

पाठ - १३ (सय रङ इन्द्रेणी)

सय रङ इन्द्रेनी

सयरड इन्द्रेनी कविताको सारशि

 सुसी, हाँसो, मित्रता, एकता, प्रकृति, संस्कृति, इतिहास आदि विषयलाई उजागर गरी एकतालाई युदृद पाने उद्देश्यले सय रङ इन्द्रेनी कविता रचिएको हो । यसका लाकार वासुदेव त्रिपाठी हुन । गाउँ, सहस्का सुख समाजका पौरख, जीवनका आनन्द आदिका रसिला अभिव्यक्तिहरू कवितामा अभिव्यक्त भएका छन् । हजारी र सयपत्री इल प्राकृतिक सिर्जना न् भने समाज, मानवीय सिर्जना हो । ऐचोपेचो, आटोपिटो, सिस्नो हामा लागि प्रिय छन् । यसमा हाम्रो जीवन छ । गौरा, सीता र भृकुटीका योगदान, बुद्ध र जिनकका उपवन, सज्जुश्री र यला्बरका रचना आदि सवै भावनामा भिजेपछि कति स्वादिला बयान भन्ने कुराको लेखाजोखा गर्ने कठिन, हुन्छ । नेपालका सबै जातजाति, भाषाभाषीहरूको योगदान, माया मोहको स्वाद उदाहरणीय ने छ । मिथिला, कपिलवस्तु, चाँग, सिन्जा, अभिरका चर्चा दैनिक जीवनमै जोडिएका छन् । नेपालीहरूको साझा सिर्जनाको जोसलाई गाष्ट्रियकरण गर्नुपर्छ । हिमाल, पहाड र तराई मधेस नेपालका भूसंरचना हुन् । हासा पुखांको ओगदानलाई अमर बनाउनुपर्छ । वर-पापन हाया सांस्कृतिक निधि हुन । सामाजिक पान्तरण अनिवार्य छ । हामीले सिर्जना गरेका सबै. राष्ट्रिय सम्पत्ति हुन । एकता र नाती सम्बन्ध कायम गरी मिलीजुली बस्नु मिठो हुने संकेत गरिएको छ । समाज र देशसँग गाइनो गाँसेर आफ्नो भाग्य र भविष्य बलिया बनाउन सकिन्छ । दन्दमुक्त समाजकी रिकाल्पना कवितामा गरिएको छ' सारमा यो कविता राष्ट्रियतालाई बलियो बनाउने आधार भने स्प्ट हुन्छ ।

अभ्यास

. पाठको पहिलो श्लोक सुनी ठिक बेठिक छुट्याउनुहोस् :

(क) गाउँ पनि हाम हो सहर पनि हामै हो । (ठिक)

(ख) जसरी पनि मान्छेले आखिर दुःख नै रने हो । (बेठिक)

(ग) यही देशमा हामी जिउनुपर्छ, यहाँ पौरख गर्नुपर्छ । (ठिक)

(घ) आँसु र पोद्यविनाको मुस्कुराहटमा नै जीवन मिठो हुन्छ । (ठिक)

(ङ) जीवनमा एक अर्काको भरोसा आवश्यक पर्दैन । (बेठिक)


. पाठको दोस्रो श्लोक सुनी तलका प्रश्नको उत्तर दिनुहोस् : (क) सयपत्री फुलेको ठाउँमा फुल्ने अर्को फूल कुन हो ? 

:  सयपत्री फुलेको ठाउँमा फुल्ने अको फुल हजारी हो ।

(ख) समाज कसको सिर्जना हो ? 

: समाज मानिसको सिर्जना हो ।

(ग) भारापर्म र ऐँचोपैँचोलाई मिठो मान्नाको आशय के हो ? 

:भारापर्म र ऐँचोपैँचोलाई मिठो मान्नाको आशय सहकारिताको भावना हो ।

(घ) तपाईंलाई औटोपिठो र सिस्नो कस्तो लाग्छ ? 

: मलाई आँटोपिठो र सिस्नो मिठो लाग्छ ।

(ङ) घरमा जे पाक्यो त्यसलाई अमृतभन्दा मिठो मान्नाका कारण के हुन् ?

: घरमा जे पाक्यो त्यसलाई अमृतभन्दा मिठो मान्नाका कारण आत्मसन्तुष्टि र आन्दोलन हुन । 

. पाठका चौथो र पाँचौ श्लोकको श्रुतिलेखन गर्नुहोस् ।

: श्रुति लेखन अभ्यास गर्नुहोस् ।

बोलाइ

. पाठको सातौ र आठौँ श्लोकका आधारमा तलका प्रश्नको अति छोटो मौखिक उत्तर दिनुहोस् :

(क) हामीले सिर्जना गरेका कुरा कहाँ रहन्छन् ?

: हामीले सिर्जना गरेका कुरा समाजमा रहन्छन् ।

(ख) मानिसलाई के प्यारो हुन्छ ?

मानिसलाई नाता प्यारो हुन्छ ।

(ग) कसरी जिउँदा मिठो हुन्छ ?

: मिलीजुली जिउँदा मिठो हुन्छ ।

(घ) कस्तो नाता मिठी हुन्छ ?

: चाचाचाची, तता, आमै आदि नाता मिठो हुन्छ ।

(ङ) देश जोड्ने कुरा के हो ?

: रोजीरोटी र भेटयाट देश जोड़ने कुरा हो

(च) द्वन्द्वभन्दा कुन कुरा प्यारो हुन्छ ?

: द्वन्दुभन्दा संवाद प्यारो हुन्छ ।

. तलका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

: आँटोपिठो, सिर्जना, निर्माण, पौरख, सयपत्री, ऐँचोपैँचो, स्वाधीन, सृष्टि, द्वन्द्र

. तलका प्रश्नको उत्तर भन्नुहोस् :

(क) यस कविताका रचनाकार को हुन् ?

: यस कविताका रचनाकार वासुदेव त्रिपाठी हुन्

(ख) पाठमा कति ओय श्लोक छन् ?

; पाठमा ८ ओटा श्लोक छन् ।

(ग) समाजका के के कुरा मिठा हुन्छन् ?

: समाजका सुख र पौरख मिठा हुन्छन् । 

(घ) पाठका श्लोकहरूमध्ये तपाईंलाई सबैभन्दा बढी मन पने श्लोक कुन हो र किन ?

: पाठका श्लोकहरूमध्ये मलाई सबैभन्दा बढ़ो मन पर्ने श्लोक ४ हो किनभने यसल धेरै महत्त्वपूर्ण कुरा अघि सारेको छ ।

(ङ) आउने/जाने र रहने कुरा के के हुन् ?

: व्यक्ति आउने/जाने र समाज रहने कुरा हुन ।


. मानिस र समाजको सम्बन्धका बारेमा समूहमा छलफल गर्नुहोस् र छलफलमा व्यक्त भएका मुख्य मुख्य कुराहरू कक्षामा सुनाउनुहोस् । 

: मानिस र समाज एकसकांका पूरक मानिन्छन् । मानिस मानिस मिलेर समाज बन्दछ । समाज मानिसभन्दा ठूलो भए पनि मानिसका विचार र व्यवहारले समाजलाई सकारात्मक र नकारात्मक दुवै प्रकृतिका असर पुयाउन सक्छ । समाज र व्यक्तिलाई छुटयाएर हेर्न सकिदैन । समाजबाट मानिसले धेरै कुरा सिक्छ भने उसले समाजलाई असल नेतृत्व पनि दिन सक्छ । यसर्थ मानिस समाजबिच नङ र मासुको जस्तो सम्बन्ध रहेको हुन्छ भन्ने कुरा स्पष्ट हुन्छ ।

पढाई 

. शिक्षकका निर्देशनमा पाठका पुरै पक्तिहरू गति, यति र लय मिलाई पालैपालो वाचन गर्नुहोस् ।

. पाठका पाँचौँ र छोटौँ अनुच्छेद पढी पाँच ओटय प्रश्न बनाउनुहोस् ।

(क) मिथिला र कपिलवस्तुको सांस्कृतिक महत्त्व लेख्नुहोस् । 

(ख) पाल्पा, मुस्ताङ, नाम्चे र सिमरौनगढले नेपाललाई कसरी चिनाएका छन् ? 

(ग) सहसृजनको जोस मिठो भनेको के हो ?

(घ) हिमाल, पहाड र तराईलाई जोड्ने सिप कसको हो? 

(ड) केके को शीतल मिठो मानिन्छ ? 


. पाठको पहिलो श्लोकमा भन्न खोजिएका कुरा उदाहरणका रूपमा तल दिइएको छ यसरी नै पाठ पढेर अन्य श्लोकमा भन्न खोजिएका कुराहरू टिप्नुहोस्:

उदाहरण :

- सबै मानिसको चाहना सुख हो ।

- मानिसको बाँच्ने र पौरख गर्ने आधार देश र समाज हो । 

- दुःख र पीडाविनाको हाँसो नै जीवनको सफल पक्ष हो ।

- समाजमा मिलेर जिउनाले जीवन रमाइलो बन्छ ।

श्लोक २

- सयपत्री फुलेका ठाउँमा हजारी फुल्छ ।

- मानिसको सिर्जनाको स्रोत समाज हो । 

- भारापर्म, ऐँचोपैँचो, ऑटोपिठो र सिस्नो मिठा कुराहरू हुन् ।

- मान्छेको गच्छेअनुसारको खाना अमृतभन्दा स्वादि्ो हुन्छ ।

श्लोक ३ 

- गौरा, सीता र भृकुटीको नेपालीसँग नजिकको साइनो छ । 

- यो देश सलहेश, बुद्ध र जनकको उपवन हो ।

- देश निर्माणमा मञ्जुश्री र यलम्बरको योगदान महत्त्वपूर्ण छ ।

- भावना राम्रो भयो भने सबै कुरा मिठो हुन्छ ।

श्लोक ४

- नेपाल आर्य, मङ्गोल, खस, किरात, थारू र यादव जस्ता शूरवीरहरूको देश हो । 

- गोर्खाली जस्ता विश्ववीरको डोव यहाँ छ । 

- सबै मिलेर गरेको पौरख आनन्ददायी हुन्छ ।

- दिलको माया र समाजका साइनो मिठो कुरा हो ।

श्लोक ५

- मिथिला, कपिलवस्तु, चांगु, सिन्जा र अजैमिर हाम्रा परिचय हुन् ।

- पाल्या, मुस्ताङ, नाम्चे र सिनरौनगढका डोबहरू हाम्रा मार्गदर्शक हनु ।

-विविधता हाम्रो सौन्दर्य हो ।

- सहसृज़न आकर्षक मानिन्छ ।

श्लोक ६

हिमाल, पहाड र तराईलाई जोइने प्रकृतिको सिप अनुकरणीय छ ।

- यो सबै हाम्रो पुर्खाको देन हो । 

- जुनसुकै थातथलोमा बसे नि सृष्टि रस मिठो छ ।

- वर पीपलका चौताराहरू शीतलका स्रोत हुन ।

श्लोक ७

व्यक्ति आउँछ जान्छ तर समाज रहिरहन्छ । 

- हाम्रो सिर्जना सबै नेपालका लागि हुन् ।

- मिलेर बाँच्नु राम्रो कुरा हो ।

-नाता सम्बन्ध जुनसुकै भए पनि प्रिय छन् ।

श्लोक ८

- समाज नै हाम्रो सबैभन्दा ठूलो साइनो हो ।

- रोजरोटी, भेटपाट आदि देश जोड्ने साइनो मात्र हो ।

- नेपालीलाई जहाँ भेटे पनि रमाइलो लाग्छ ।

- इन्हमुक्त र सवादयुक्त देश बनाउनुपर्छ ।

लेखाइ

. तलका प्रश्नको छोटे उत्तर लेख्नुहोस् :

(क) गौरा, सीता र भृकुटी नेपालका कुन कुन विषयसँग सम्बन्धित छन् ?

: गौरा भन्नाले पार्वती सुदूर पश्चिमतिर मनाइने वाड लिलिच्छविकालीन राजा अंशुवर्माकी छोरी र सीता जनककी छोरी ( दुवै राष्ट्रिय विभूति) आदि सबै सांस्कृतिक विषयसँग सम्बन्धित छन् । 

(ख) 'सलहेश फुलबारी' ले नेपालको कुन सन्दर्भलाई देखाउन खोजेको छ ?

: सलहेश फुलबारीले सलहेशले बनाएको सिराहा जिल्लामा रहेको फुलबारीको सन्दर्भलाई देखाउन खोजेको छ ।

(ग) मञ्जुश्रीरयलम्बरको रचनाको रस भनेको के हो ?

: काठमाडौं उपत्यकामा बस्ती बसाउने प्राचीन व्यक्ति मञ्जुश्री हुन् भने पहिलो शासक यलम्बर हुन् भन्ने कुरा देखाउन खोजेको हो

(घ) गोर्खा जाति विश्ववीर भनेर कविले के भन्न खोजेको हो ?

: गोखालीले इतिहासको काल खण्डमा अदम्य साहस प्रदर्शन गरेका थिए । यसर्थ कविले गोर्खा जादिलाई विश्ववीर भन्न खोजेका हुन । 

(छ) कवितामा कुन कुन ऐतिहासिक तथा सांस्कृतिक स्थानको उल्लेख भएको छ ?

: कवितामा मिथिला, कपिलवस्तु, चाँगु, मुस्ताङ, सिन्जो, अजेमिर, नाम्बे, पाल्पा, सिमरौनगढ़ आदि ऐतिहासिक र सांस्कृतिक स्थानको उल्लेख भएको छ । 

(च) नेपाल बहु जातीय देश भएकामा कविलाई कस्तो लाग्छ ?

: नेपाल बहु जातीय देश भएकामा केविलाई राम्रो लाग्छ ।

. कविता का मूल भावको विवेचना गर्नुहोस् ।

: कविताको सारांश हेर्नुहोस् । (माथि छ)

. 'सय रङ इन्द्रेनी' कवितालाई गद्यमा रूपान्तर गर्नुहोस् ।

: म गाउँ सहरमा मैले रच्ने सुख नै हो । मैले ज्युने र पीरख गर्ने देश र समाज यही हो । मुस्कुराउँदा जीवन मिठो औँसु र पीडा नहोस् | भरीसाको रस मिठो बनाउन मिलीजुली जिउनुपर्छ । सयपत्री फुल्ने ठाउँमा हजारी पनि फुल्छ । मानिसको सिर्जनमा समाज कति दला हो ? भारापर्म, ऐँचोपैँची, आटोपिटो र सिस्नु मिठो हुन्छ । जसको घरमा जे पाक्यो त्यो अमृतभन्दा मिठो हुन्छ । गौरा, सीता र भृकुटीको साइनो के ही बताइदेऊ । यो सलहेशको लबारी, जनक र बुद्धको उपवन हो । मञ्जुश्री र यलम्बरको रचनाको रस मिठो हुन्छ । भावनाले भिजेपछि जुन कुरा पनि मिठो हुन्छ । यो आर्य, मङ्लगोल, खस, किरात, थारु र यादबजस्ता शूरवीरको देश हो । प्यारो गोर्खा विश्ववीर जतिका पाइलाको डोब यहाँ न्छ । सयौँ जाति, थर, पाछ आदि मिलीजुली पौरख गरेका छन् । दिलको माया मोह र समाजको साइतो मिटो छ । मिथिला, कपिलवस्तु चाँगु सिन्जा र अजैमिरको आफ्नै 

महत्त्व छ । पाल्पा, मुस्ताङ, नाम्चे र सिनरीौनगढ़का डोब प्यारा छन् सरयों भाषा, भेष, भूषा र संस्कृतिक रस मिठो छ । सबै मिली होस्टे हैंसेमा गरिएको सहसृजनको जोस मिठों छ । हिमाल, पहाड, तराईमधेस जोड़ने सिप प्रकृतिको छ । जसले रचे तिनलाई प्रणाम, देश ती पुर्खाको नासो हो । सृष्टिरस उस्तै मिठो पारेर जुनै थातथलोमा जिऊं । वरगाछी, पीपलगाछी चौतारीको शीतल मिठो छ । तिमी र म त आउने जाने रहने त समाज नै हो । कसले के नै साथ लग्ने सिर्फ जति नेपालकै हो । मिलीजुली जिउनु मानिसको प्यारो र मिठो नाता हो । चाचाचाची, तता र आमै जुनै नाता पनि मिठो हुन्छ । जन्म्यो, हुक्यो. देख्यो, भेट्यो सबै साइनो समाजै हो रोजीरोटी र भेटघाट देशै जोड्ने साइनो हो । नेपालीलाई बाहिर कहीं देख्दा भेट्दा कति मिठो हुन्छ ? प्यारो दिलको दोस्ती, संवाद मिठो हुन्छ द्वन्द्व हैन।

. संप्रस्ग व्याख्या गर्नुहोस् :

(क) जहाँ फुल्यो सयपत्री हजारी फुल त्यहाँ फुल्यो 

      मानिसको सिर्जनामा समाज हो कति ठूलो 

      भारापर्म ऐचोपैंचो आटोपिठो सिस्नो मिठो

      जसको घरमा जे पाक्यो त्यो अमृतभन्दा मिठो ।

प्रस्तुत श्लोक कक्षा ९ को नेपाली पुस्तकको सय रङ इन्द्रेनी भन्ने कविताबाट साभार गरिएको हो । यस कविताका रचनाकार वासुदेव त्रिपाठी हुन् । नेपालका सामाजिक आर्थिक पक्षको चित्र उतानें सिलसिलामा यी अभिव्यक्तिहरू प्रकाशित भएका छन् ।

सयपत्री र हजारी फुल अर्थात् सबै जात, जाति, भाषा, धर्म, वर्ण, लिङ्ग, पेसा, व्यवसाय, आस्था, वर्ग आदिको मूल भूमि एउटै हो । एउटा फुल फुलेका ठाउँमा अको फुल फुल्न निषेध छैन, त्यस्तै एउटै ठाउँमा सबै अटाउन सक्छन् । जसरी फुलहरू मिलेर एउटा बगैंचा बन्छ त्यसरी मानिसहरू मिलेर समाज बन्छ । यसर्थ मानिसको समाजभन्दा विशाल सिर्जना अरू केही छैन । प्रकृति फुलको बगैंचा हो भने समाज मानिसको सिर्जना । अन्तर यत्ति हो, विविधता र विशिष्टताको पहिचानको पृथक् पृथक् आधारहरू । भारापम जीवन पद्धति हो, अझ कृषि प्रधान देश भएकाले यसलाई हामीले सामूहिक सहकार्यको भावना बुझ्ने, बुझाउने र प्रयोग गर्ने गर्छ । ऐचोपैंचो गरेर जीवन गुजाछौं र सिस्नो, आँटोपिठो जे छ त्यसैबाट गुजारा गछौं । यो हाम्रो सनातन जीवन पद्धति हो । यसर्थ सहअस्तित्व र सहकार्यबाट नै नेपालीहरूले सामाजिक सद्भावको जग बलियो बनाएका छन् ।

निष्कर्षमा नेपाल बहुल मान्यताहरूलाई आत्मसात् गरी जीवन निर्वाह गर्न सक्षम देश हो । यसर्थ यी पड्क्तिले नेपालको विविधता र विशिष्टतालाई प्रस्टयाउने प्रयास गरेको देखिन्छ ।


(ख) तिमी म त आउने जाने रहने यो समाज नै हो

      कसले के नै साथ लग्ने सिजे जति नेपालकै हो 

      मानिसको नाता प्यारो मिलीजुली न्युँनु मिठो

       चाचाचाची तता आमै जुनै नाता पनि मिठो ।

प्रस्तुत श्लोक कक्षा ९ को नेपाली पुस्तकको सय रङ इन्द्रेनी भन्ने कवितावाट साभार गरिएको हो । यस कविताका रचनाकार वासुदेव त्रिपाठी हुन् । नेपालका सामाजिक-आर्थिक पक्षको चित्र उतार्ने सिलसिलामा यी अभिव्यक्तिहरू प्रकाशित भएका छन् । 

समाज र देश नै सर्वस्व हो भन्ने मान्यता पुष्टि गर्न यी भनाइहरू अघि सारिएका छन् । समाजमा व्यक्तिहरू आउने र जाने क्रम जारी रहन्छ तर समाज रहिरहन्छे । हामी जे जति सिर्जना गछौं त्यो व्यक्तिको सम्पत्ति नबनी देश र समाजको सम्पत्ति बन्छ । व्यक्तिले केही ल्याउन र लैजान सक्दैन । उसले जे जस्ता कर्महरू गर्छ ती सबै समाज र देशका लागि समर्पण गर्दछ । मानिस क्षण भगुर छ तर उसका कीर्तिहरू रहिरहन्छन् । यिनीहरूले देश र समाजमा ठूलो योगदान पुयाइरहेका हुन्छन् । आफ्ना योगदानहरूलाई, दिगो र जीवन्त राख्न यथासम्भव प्रयत्न गरिरहनुपर्छ मानिसको नाता अमर छ समाजमा हाम्रा सबै नातेदारहरू हुन्छन् । बाआमा, काकाकाकी, दिदीबहिनी, दाजुभाइ यी सबै हाम्रा मित्रता सहयोग र समर्पणका नाताहरू हुनु विभिन्न साइनो सिर्जना गरेर हामी एकताका सन्देशहरू दिइरहेका हुन्छौं । नाता जीवन जिउने कला पनि हो, जसलाई सामाजिक ज्ञीवन पद्धतिको आधार बनाइरहेका हुन्छौँ ।

निष्कर्षमा व्यक्ति आउने र जाने क्रम रहिन्छन् र देश र समाज सनातन रहिरहन्छ । हामी जन्मदा र मर्दा केही ल्याउन एवं लैजाँदैनोँ । हामीले जेजस्ता कर्स गरछौ त्यो देश र समाजमै रहन्छ । नाता सम्बन्ध गाँसेर हामी मिलीजुली बाँच्नुपर्छ भन्ने कवितांशको आग्रह छ ।

. 'सय रङ इन्द्रेनी' कवितामा नेपालको सामाजिक-सांस्कृतिक चिनारी कसरी प्रस्तुत गरिएको छ ?

 सय रङ इन्द्रेनी कविताले नेपालको सामाजिक-सांस्कृतिक विविधताको चिनारी दिएको छ । नेपाली सुख, सिर्जना र पौरखको केन्द्र देश र समाज नै हो । सयपत्री र हजारी फुल एकै ठाउँमा फुल्छन् भन्ने प्रसङ्गलाई उठाएर नेपालका सामाजिक-सांस्कृतिक विविधतालाई प्रस्ट्याउने प्रयत्न गरिएको छ । भारापमे, ऐँचोपैँचो आदि पक्षलाई उठाएर सामाजिक एकतालाई बलियो बनाउने जमको गरिएको छ । गीरा, सीता; भृकुटी, यलम्बर, मञ्जुश्री, मिथिला, कपिलवस्तु, चाँगु, वरगाछी, पीपलगाछी र चौतारीका प्रसङ्गले सांस्कृतिक पक्षलाई चिनाएका छन् । भाषा, भेषभूषा र संस्कृतिका पक्षहरू कवितामा उटाइएका छन् । आर्य, मङ्गोल, खस, किरात, थारु, यादव आदिलाई विश्ववीर गोर्खालीका रूपमा चिनाउन खोजिएको छ । नाता, सम्बन्ध, दोस्ती, संवाद आदिले द्वन्द्वरहित समाजको परिकल्पना गरेका छन् ।

. पाठमा नेपालको इतिहास, संस्कृति, जाति तथा स्थानलाई बुझाउने शब्दहरू समूह कार्यका रूपमा टिपोट गरी तिनको अभिप्राय भाल्कने गरी एक एक अनुच्छेद लेख्नुहोस । 

: गोर्खाली 

विश्वका वीरहरूको इतिहास खोज्दै जाँदा विश्ववीर गोखालीहरूलाई सम्झनै पर्छ । इतिहासको कारलखण्डमा उनीहरूले राष्ट्रिय अस्मितालाई जोगाउन तन, मन, वचन र कर्मले शत्रु विरुद्ध लडेको कुरा पुष्टि गर्ने इतिहास साक्षी छ ।

लुम्बिनी

महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपाली संस्कृतिको परिचय दिने महत्त्वपूर्ण स्थल हो । महान् दार्शनिक बुद्धका महावाणीहरू आज पनि त्यत्तिकै मर्मस्पर्शी छन् । यसर्थ नेपाली संस्कृतिको निर्माणमा लुम्बिनीको योगदान उदाहरणीय छ । 

नेपाली

नेपाली धीर र वीर जाति हो । शान्तिका दूत महामानव गौतम बुद्धले नेपाली जातिलाई सहनशील हुने प्रेरणा दिएका छन् भने गोर्खालीहरूले साहस भरिदिएर वीर बन्ने प्रेरणा दिएका छन् ।

सिन्धुली गढी

ऐतिहासिक दृष्टिले सिन्धुली गढी ज्यादै महत्त्वपूर्ण मानिन्छ । तत्कालीन मल्ल राजा जयप्रकाश मल्ललाई सघाउन काठमाडौँ आउन लागेका किनलक मिसनका २४०० अग्रेज सैनिकलाई वीर गोर्खाली सेनाले यही ठाउँबाट लखेटेका थिए । यसर्थ सामरिक महत्त्वका दृष्टिले यो ठाउँ चर्चित छ ।


. पाठबाट चन्द्रबिन्दु र शिरबिन्दु लागेका शब्द खोजेर शिक्षकलाई देखाउनुहोस् ।

: चन्द्रबिन्दु लागेका शब्दहरू

गाउँ, ज्युँने, आँसु, मुस्कुराउँदा, ज्युँदा, जहाँ, त्यहाँ, ऐंचोपैचो, आंटो, सरयौँ, जिऊँ, ज्युँनु, चाँगु, कहीँ ... ।

शिरविन्दु लागेका शब्दहरू

संस्कृति, हैंसे, संवाद .. ।

. जनसङ्ख्या वृद्धि र त्यसका असरका विषयमा बुँदाहरू खोज्नुहोस् र 'जनसङ्ख्या विस्फोट' शीर्षक राखी तिन ओटा अनुच्छेद लेख्नुहोस् ।

जनसङ्ख्या विस्फोट

जनसङ्ख्या कुनै पनि देशका लागि अत्यावश्यक भए पनि विद्यमान साधन स्रोतको तुलनामा जनसङ्ख्या बढी हुनु निश्चय नै शुभ सङ्केत होइन । जनसङ्ख्या वृद्धि अनपेक्षित रूपमा हुन थाल्यो भने यसले प्रतिकूल असर पार्दछ।

जन्म, मृत्यु र बसाइँ सराइले जनसङ्ख्याको आकारमा परिवर्तन ल्याउन सक्छ । विकसित देशको तुलनामा अल्प विकसित र विकासोन्मुख मुलुकहरूमा जनसङ्ख्या वृद्धिदर तीव्र छ। यो तीव्रताले जल, जमिन र जङ्गलमाथि व्यापक अतिक्रमण गरिरहेको छ, जुन शुभ सङ्केत होइन । विकास निर्माणका कार्यहरूमा गर्नुपर्ने आर्थिक विनियोजन जनताको आधारभूत आवश्यकतामै अत्यधिक खर्च हुने भएकाले नयाँ सम्भावनाहरूको खोजी गर्न कठिन हुन्छ। यसर्थ तीव्र जनसङ्ख्या वृद्धि मानव सभ्यताकै लागि ठूलो चुनौती हो भन्ने पुष्टि गर्न थप प्रमाण जुटाउनु आवश्यक छैन।

समयको गतिशीलतालाई आत्मसात् गरी जनसङ्ख्या नियन्त्रणतर्फ नलाग्ने हो भने विश्वमा पाइला राख्ने ठाउँ नहोला भन्न सकिदैन । सामाजिक-आर्थिक रूपान्तरणका लागि अत्यधिक जनसङ्ख्या वृद्धिदर घातक मानिन्छ । शिक्षा, स्वास्थ्य, मनोरञ्जन र सूचना आदि प्राप्त गर्न कठिन हुन्छ। गुणस्तरीय जीवनयापनका लागि सङ्कटहरू देखाप्छन् । त्यसैले जनसङ्ख्या विस्फोट विश्वकै लागि चुनौती मानिन्छ । यसतर्फ समयमै ध्यान नपुन्याउने हो भने यसको प्रतिकूल प्रभावको सामना गर्न निकै कठिन हन्छ ।

. पत्र पत्रिका अथवा जानकारीहरूबाट जलवायु परिवर्तन र यसका असर बारेमा आवश्यक जानकारी लिनुहोस् र 'जलवायु परिवर्तन र विश्वव्यापी सङ्कट' शीर्षकमा कम्तीमा चार ओटा अनुच्छेद लेख्नुहोस् ।

जलवायु परिवर्तन र विश्वव्यापी सङ्कट


जलको अर्थ पानी र वायुको अर्थ हावा भन्ने हुन्छ तथा परिवर्तन भन्नाले फेरबदल । यसर्थ जलवायु परिवर्तन भन्नाले हावापानीमा आउने फेरबदल भन्ने बुझिन्छ । समयको अन्तरालमा पृथ्वीको वायुमण्डल, हावाको बहाव र वर्षाको घटबढका कारण औसत मौसममा हुने विशेष परिवर्तनलाई जलवायु परिवर्तनका रूपमा लिन सकिन्छ । जलवायु परिवर्तनको असर सकारात्मक र नकारात्मक दुवै प्रकृतिको हुन्छ । यद्धपि जलवायु परिवर्तन विश्वका लागि चुनौती अन्न पुगेको छ । वायुमण्डलमा रहेका नाइट्रोजन, कार्बनडाइअक्साइड, कार्बनमनोअक्साइड, मिथेन आदि ग्याँसहरू, जनसङ्ख्याको बढ्दो चाप, अव्यवस्थित सहरीकरण, यातायातका साधनहरूको वृद्धि, औद्योगीकरण, फोहरमैला, रासायनिक परीक्षण आदि कारणले वातावरणमा प्रत्यक्ष-अप्रत्यक्ष असर पारिरहेका छन् । यो विश्व मानव सभ्यताका लागि देखिएको दूरगामी समस्या हो ।

ग्याँसहरूले पृथ्वीबाट अन्तरिक्षमा फर्किने विकिरणलाई अवरुद्ध गरेका छन् । यस्तो अवस्थामा ओजन तह नष्ट भयो भने सौर्य विकिरण सोझै पृथ्वीमा पर्छ । परिणामस्वरूप व्यापक असन्तुलनको अवस्था देखापर्छ यसरी असन्तुलन पैदा भई जलवायु परिवर्तन गर्ने ग्याँसलाई हरितगृह प्रभाव भनिन्छ । बढ्दो तापक्रमका कारण ध्रुवीय र हिमाली क्षेत्रहरूमा तीव्र गतिले हिउँ पग्लैदैछ । यसको परिणामस्वरूप समुद्र सतहमा पानीको तह व्यापक वृद्धि हुँदै आएको छ । यसले होचा भूभागहरू डुबानमा पर्ने खतरा बढेको छ भने अर्कातिर मरुभूमीकरणका समस्याहरू पनि देखिन थालेका छन् अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, अम्लीय वर्षा आदिले एकातिर सुख्खा/खडेरी र अर्कातिर बाढीको सामना गर्न बाध्य हुनुपर्ने अवस्था छ ।

जैविक विविधतामा प्रतिकूल असर पुयाएको छ भने पारिस्थितिक प्रणालीमा जोखिम सिर्जना गरेको छ । महामारी फैलाउन सक्ने स्थिति छ । बढ्दो वनविनाश, खनिज साधनहरूको अत्यधिक प्रयोग, भूक्षय आदिबाट विश्वमा डरलाग्दा समस्याहरू देखापर्न थालेका छन् ।

विकसित र शक्तिशाली देशहरू प्रायः अविवेकी भइदिँदा अल्पविकसित र शक्तिहीन देशहरूले सास्ती बेहोर्नुपरेको छ । यसर्थ नखाएको विष अल्पविकसित राष्ट्रलाई लागेको छ । त्यसैले नेपालजस्ता भूपरिवेष्टित देशहरू अत्यधिक हिउँ पालेर हिमाल नाडिगने अवस्थामा पुगेका छन् भने मालदिभ्स जस्ता देशहरू समुद्रमा डुब्ने खतरामा परेका छन् । यी दुवै शुभ सङ्केत होइनन् ।

व्याकरण

. तलका लेख्य चिह्नको नाम र काम कापीमा लेखेर शिक्षकलाई देखाउनुहोस् : 

(क) पूर्ण विराम ( ।)

: मैया दयालु छन् । उनौ गरिब्रति दया देखाउँछिन् । वृद्धवृद्धाहरूलाई सहयोग गर्ने उनको बानी छ।

(ख) अल्प विराम (,)

: शोभा, तारा र डोरनिधि बजार गए । उनीहरूले त्यहाँ कपड़ा, किताब र काउली किने । त्यहाँ तुलसी, बाबुराम र पवित्रा पनि देखा परे । "ओ, यिनीहरू त यतै पो रहेछन् त !" पवित्राले भनी । 

(ग) अर्ध विराम (;)

: म बिहानै उठ्छु; हातमुख धुन्छु; घुम्न जान्छु र पत्रिका पढ्छु । मानवता नैतिकताको नाम हो; बहादुरीको नाम हो र विश्वासको नाम हो ।

(घ) प्रश्नवाचक चिह्न (?)

: तिमी घरबाट एक्लै आयी कि तिम्रा भाइ पनि आए ? अब तिमी फेरि घर कहिले जान्छौ ?

(ङ) उद्गार चिह्न (!)

: तिमीले राम्रो गरेछी, स्याबास् !

 बिचरा, तिनलीई त रोगले सारै च्यापेछ !

 ए राम ! कतातिर हो ?

(च) उद्धरण चिह्न (", ʼʼ")

: लक्ष्मीप्रसाद देवकोटाको 'यात्री' कविता मात्रिक छन्दमा छ । यस कवितामा देवकोटाले 'मानवतावाद' मा जोड दिएका छन् । उनी भन्छन्, "मलम लगाऊ आर्तहरूको चहराइरहेको घाउ ।"

(छ) निर्देश चिहुन (:)

: भौगोलिक रूपमा नेपाललाई तिनं प्रदेशमा विभाजन गर्न सकिन्छ : हिमाली प्रदेश, पहाडी प्रदेश र तराई प्रदेश ।

(ज) योजक चिह्न (-)

: नेपाल-चीनबिचको दौत्य सम्बन्ध दीर्घकालसम्म रहने छ ।

(झ) कोष्ठक (( ))

: वासुदेव त्रिपाठी त्रिवि (त्रिभुवन विश्व विद्यालय) बाट नेपाली साहित्यमा विद्यावारिधि (पिएचडी) गर्ने पहिलो व्यक्ति हुन् । 

. तलको अनुच्छेदमा कुन कुन लेख्य चिह्नहरू प्रयोग भएका छन्, लेख्नुहोस् :

: हाम्रा विज्ञान शिक्षक भन्नुहुन्छ, 'अहिलेको युग सूचना प्रविधिको युग हो । अहिलेको युगमा कम्प्युटर प्रविधि खास गरेर इन्टरनेटमा पहुँच नहुनेहरू धेरै पछि पर्छन् । उहाँले भनेको कुरालाई राम्ररी मनन गरेर मैले आफूलाई कम्प्युटर प्रविधिमा पोख्त बनाएको छु । आधुनिक प्रविधिको कसरी सदुपयोग गर्नुपर्छ ? इन्टरनेटको, उपयोगिता के हो ? मलाई थाहा छ । इन्टरनेटलाई मैले पढाइकै एउटा अभिन्न अङ्ग बनाएको छु । यसबाट मैले संसार चिन्न सकेको छु । इन्टरनेटका अतिरिक्त पुस्तकालयमा गएर नयाँ नयाँ पुस्तक पढ्ने मेरो सोख छ । मैले थुप्रै विदेशी तथा नेपाली लेखकका किताब पढेको छ ।

भर्खरै 'मनामदन' पढेँ; केही दिन अगाडि 'घामका पाइलाहरू' पढेको थिएँ, राम्रो लाग्यो । म खेलकुदमा पनि उत्तिकै रुचि राख्छु । मलाई मन पर्ने खेल हुन : क्रिकेट, भलिबल, फुटबल रस । मलाई दलो-सानो, भनी गरिव, पुरुप महिला, छुत अटृत भनी विभेद गर्ने चलन पटक मन पर्दैन । हाम्रो समाजमा रहेको वर्गीय (धनी र गरिब बिचको), जातीय (जात, जातिका बिचको), क्षेत्रीय (क्षेत्र वा बसेका ठाउँका बीचको), लैङ्गिक (पुरुष, महिला र तेस्रो लिङ्गी बिचको) जस्ता विभेद (भेदभाव) हटाउनुपर्छ । त्यस्तै शारीरिक रूपमा अशक्तहरूलाई छिः छिः !! र दुर: दुरः !! गर्ने, उनीहरूलाई बरा ! बिचरा ! भनेर कमजोर ठान्ने प्रवृत्ति पनि मलाई पटक्कै मन पर्दैन उनीहरूसँग भिन्न प्रकारको क्षमता छ र उनीहरू पनि आफ्नै गोड़ामा उभिन सक्छन् भन्ने कुरा मलाई थाहा छ ।

: (क) पूर्ण विराम (।)

 (ख) अल्प विराम (,)

 (ग) अर्ध विराम (;)

 (घ) प्रश्नवाचक चिह्न (?)

 (ङ) उद्गार चिह्न (!) 

 (च) उद्धरण चिह्न (","")

 (छ) निर्देश चिह्न (:)

 (ज) योजक चिह्न (-)

 (झ) कोष्ठक (())

. उपयुक्त लेख्य चिह्न प्रयोग गरी पुनर्लेखन गर्नुहोस् : 

() दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको छोटकरी नाम नै सार्क हो तपाईँलाई थाहा छ सार्कका सदस्य राष्ट्रहरू कुन कुन हुन् नेपाल भारत भुटान बङ्गलादेश श्रीलङ्का पाकिस्तान माल्दिभ्स अफानिस्तान सार्कका सदस्य राष्ट्रहरू हुन ।

: दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको छोटकरी नाम नै सार्क हो । तपाईँलाई थाहा छ, “सार्कका सदस्य राष्ट्रहरू कुन कुन हुन् ? नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्टि स र अफगानिस्तान सार्कका सदस्य राष्ट्रहरू हुन् ।" 

() सुन्नु भो राम त हिजै अमेरिका पुगेछ तर के गर्नु उसको भिसा त नक्कली पो परेछ ऊ त विमान स्थलबाटै फिर्ता भएछ हामीले उसलाई कति भनेका थियौँ स्वदेशमै बसेर काम गरे पनि हुन्छ विदेश जाने हो भने पनि राम्ररी बुझेर मात्र जानुपर्छ । 

: सुन्तु भो ! राम त हिजै अमेरिका पुगेछ तर के गर्नु ? उसको भिसा त नक्कली पो परेछ । ऊ त विमानस्थलबाटै फिर्ता भएछ हामीले उसलाई कति भनेका थियाँ, स्वदेशमै बसेर काम गरे पनि हुन्छ विदेश जाने हो भने पनि राम्ररी बुझेर मात्र जानुपर्छ । of

. उदाहरणमा जसतै गरी 'पद' धातुबाट तिन कालका सामान्य पक्षका रूपमा लेख्नुहोस् : 

उदाहरण : (धातु 'लेख्') मैले कविता लेखेँ । (सामान्य भूत)

म कविता लेख्छु । (सामान्य वर्तमान) 

म कविता लेख्ने छु । (सामान्य भविष्यत्)

: (क) उसले पुस्तक पढ्ययो ।

  (ख) नोर्बु मेहनत गरेर पढ्छ । 

  (ग) आशा ध्यान दिएर पढ्ने छिन् ।

. उदाहरणअनुसार 'लेख' धातुबाट अपूर्ण पक्षका रूपहरू बनाउनुहोस् : 

उदाहरण : तिमी भात खाँदै थियौ । (अपूर्ण भूत)

      तिमी भात खाँद छौ । (अपूर्ण वर्तमान) 

      तिमी भात खाँदै हुने छौ । (अपूर्ण भविष्यत्)

(क) पासा चिठी लेखदै थियो । 

(ख) लाक्या चिठी लेख्दै छ ।

(ग)  हरि चिठी लेख्दै हुने छ ।

. उदाहरणमा जस्तै गरी 'सुन्' धातुका पूर्ण पक्षका रूपमा लेख्नुहोस् : 

उदाहरण :

हरि बसेको थियो । सीता आएकी थिई । (पूर्ण भूत) 

हरि बसेको छ । सीता आएकी छ । (पूर्ण वर्तमान)

हरि बसेको हुने छ । सीता आएकी हुने छ । (अपूर्ण भविष्यत्)

: (क) छेवाङले गीत सुनेको थियो । 

  (ख) अनिताले गीत सुनेकी छे / छिन् ।

  (ग) कमलले गीत सुनेको हुने छ ।

. उदाहरणअनुसार 'गर्' र 'पढ्' धातुबाट कर्तृ, कर्म तथा सुत् धातुबाट भाव वाच्यका रूप देखाउनुहोस् :

उदाहरण :

म कविता लेख्छु । तिमी सफल भयौ । जयकला हाँस्छिन् । योगराज गयो । (कर्तृ वाच्य) (मद्वारा) कविता लेखिन्छ । (तिमीद्वारा) परीक्षा दिइयो । (कर्म वाच्य) (जयकलाद्वारा) हाँसिन्छ । (योगराजद्वारा) गइयो । (भाव वाच्य)

: खलन काम गर्छ । लखन पढ्छ । लखन सुत्छ । (कर्तु वाच्य) (लखनद्वारा) काम गरिन्छ । (लखनद्वारा) पढिन्छ । (कर्म वाच्य) (लखनद्वारा) सुतिन्छ । (भाव वाच्य)

. उदाहरणमा दिए जस्तै गरी 'हराठ', 'हिंड्' र 'बोल्' धातुबाट करण र अकरणका वाक्यहरू बनाउनुहोस् :

उदाहरण :

ऊ पढ्छ । म जान्छु । सुमित्रा गइन् । (करण)

ऊ पढ्दैन । म जान्न । सुमित्रा गइनन् । (अकरण)

करण

• हरिले कलम हराएछ ।

• कमलले कथा सुनायो।

• उनीहरू हिँड्छन् ।

• रमा सधै बोल्छिन् ।

अकरण

• हरिले कलम हराएनछ ।

• कमलले कथा सुनाएन ।

• उनीहरू हिँड्दैनन् ।

• रमा कहिल्यै बोल्दिनन् ।

. तलका क्रियापदले अभ्यस्त भूत काललाई बुझाएका छन्, तिनलाई सार्नुहोस् :

हाम्रा पालामा अहिले जस्तो जतासुकै स्कुल हुँदैनथे । खास गरेर माध्यमिक विद्यालयहरु सीमित हुन्थे । त्यसैले म मावि तहको पढाइका लागि घरबाट डेढ घन्टा टाढा हिटेर जान्थे । बाढी आउँदा खोलाहरू ठूला हुन्थे । हामी बाढी नघटन्जेल पर्खेर बस्थ्यौ र बाही घटेपछि तथ्यौं । बाटो पनि अप्ठ्यारो हुन्थ्यो । कहिले काही पहिरोले पनि बाटो छेक्थ्यो । चाहिए जति कापी कलम किन्ने पैसासमेत हुँदैनथ्यो । पढाइ सकेर घर फर्किने घेत बायका पसलहरूमा बाहिरै सेल रोटी बेच्न राखेका हुन्थे । यता भोकले पेटमा मुसा दौडिरहेको हुन्थ्यो, अकातिर किनेर खाने पैसा हुँदैनथ्यो त्यसैले बेच्न राखेका खानेकुरातिर ऑँखा नपरून् भन्दै दौडिथ्यी । 

: हुँदैनथे, हुन्थे, जान्थेँ, हुन्थे, तथ्यौँ, हुन्थ्यो, छेक्थ्यो, हुँदैनथ्यो, हुन्थे, हुन्थ्यो, हुँदैनथ्यो, दौडिन्थ्योँ 

१०. तलको अनुच्छेदमा रहेका भूत कालका अज्ञात पक्ष (अज्ञात भूत) का क्रियापदलाई सारेर शिक्षकलाई देखाउनुहोस् :

ऊ त कति ठूलो भइसकेछ उसले पढ्न पनि राम्ररी पढेछ । इन्जिनियरिङ पढ्न छात्रवृत्ति पाएछ । अनि ऊ लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर सरकारी जागिरे भएछ । 

: भइसकेछ, पढेछ, पाएछ, भएछ

११. अभ्यस्त भूत कालको प्रयोग गरी आफ्नो बाल्यकालको वर्णन गर्नुहोस् ।

: म सानो छँदा ध्यान दिएर पढ्थेँ । गीत पनि गाउँथेँ । गुच्छा पनि खेलिन्थ्यो । कहिले काहीँ त खुट्टामा काँडा पनि बिझथे । तर त्यसको खासै वास्ता हुँदैनथ्यो ।

१२. अज्ञात भूतको प्रयोग गरी आफूले देखेको कुनै सहरको वर्णन गर्नुहोस् । 

: विराटनगर सहर त निकै रमाइलो रहेछ । त्यो ऐतिहासिक सहरमा उद्योग पनि रहेछन् । त्यहाँका मानिसहरू चार जना प्रधानमन्त्री भएछन् । सबैले त्यहाँको प्रशंसा गरेछन् ।

सिर्जनात्मक कार्य

. तल कविताका तिन प्रकारका लय वा ढाँचा दिइएका छन् । तीमध्ये कुनै एउटा ढाँचा 'किसान' शीर्षकमा कविता लेख्नुहोस् :

(क) मुक्त लय

   उसको जिन्दगी

   बिहानसँगै उठेको छ, 

   दगुरेको छ

   उसका पाइताला

   चिसो र नाङ्गो  छ

   लाग्छ, उसको जिन्दगीको अन्त्य छैन

   उसले गर्ने यात्राको कुनै विश्राम छैन

 (जसराज किराती, 'त्यो हुलाकी' शीर्षक कविताबाट)

(ख) शास्त्रीय दन्द (लय)

   कस्तो छ घर समाज अहिले वसन्त कस्तो भयो ? 

   बाढी आइ परार के कि त सबै सोरी भयो ?

   ठाडे बोट सुके हरूका चर्को खडेरी छ कि ! 

   हानी व्यङ्ग्य सुसाउँदै तल अझै बग्दै हुनिन्

(मित्रलाल पंज्ञानी : (गाउँको साथीलाई चिठी) कविताबाट) 

(ग) लोक लय

   हातको मैला सुनको थैला के गर्नु धनले ?

   साग र सिस्नो खाएको वेश आनन्दी मनले

(लक्ष्मीप्रसाद देवकोटा: 'मुनामदन बाट) 

. निम्न लिखित बुँदाका आधारमा साहित्यकार 'वासुदेव त्रिपाठी' शीर्षकमा जीवनी तयार पार्नुहोस् :

पहिलो अनुच्छेद : विस १९९९ को जन्म जन्मस्थान तनहुँ माता शोभा त्रिपाठी - पिता प्रेमदत्त त्रिपाठी उनी आठ वर्षको हुँदा आमाको निधन - पिताको लालनपालनमा हुर्काइ सम्पन्न परिवार - औलोको डरले गोरखामा पुर्याइए - मामाघर पनि त्यहीँ  - बाल्यकाल त्यहीँका खोला, खोल्सा, रुख कान्ला, खेतबारी चहार्दै वित्यो- अत्यन्त चञ्चल स्वभाव जोगाउनै मुस्किल ।

दोस्रो अनुच्छेद : घरैमा पिताद्वारा अक्षरारम्भ गुरु - १६ वर्षको उमेरमा शिक्षार्जनका लागि काठमाडौँ आगमन - संस्कृत छात्रावासमा बसेर संस्कृत शिक्षाको पढाइ - संस्कृतमा आचार्य, नेपालीमा स्नातकोत्तर उत्तीर्ण र अड्ग्रेजीमा समेत स्नातकोत्तर प्रथम वर्षको परीक्षा उत्तीर्ण -त्रिविबाट नेपाली विषयको पहिलो विद्यावारिधि त्रिचन्द्र कलेजबाट अध्यापन आरम्भ - त्यसको लगतै त्रिवि कीर्तिपुरमा प्राध्यापन र त्यहीँबाट सेवा निवृत्त । 

तेस्रो अनुच्छेद : कविता, कथा, निबन्ध, समालोचना विधामा गरी नेपाली भाषामा सबैभन्दा बढी रचना गर्ने व्यक्ति - समालोचना सम्राटको उपाधि प्राप्त - सेवा निवृत्त भएपछि आफूले पहिला लेखेका रचनाको सड्कलन, सम्पादन, प्रकाशनमा व्यस्त ।

वासुदेव त्रिपाठी


वासुदेव त्रिपाठीको जन्म विसं १९९९ सालमा तनहुँमा भएको थियो । उनका मातापिताको नाम शोभा त्रिपाठी र प्रेमदत्त त्रिपाठी थियो। वासुदेव त्रिपाठी आठ वर्षको हुँदा आमाको निधन भएको थियो। उनी पिताको लालनपालनमा उनी हुर्किएका थिए । उनी सम्पन्न परिवारका व्यक्ति थिए । औलोको डरले उनलाई गोरखा पुयाइयो । उनको मामाघर पनि गोरखा नै थियो । उनको बाल्यकाल त्यहाँका खोला, खोल्सा, रुख, कान्ला, खेतबारी चहार्दै बित्यो । उनको स्वभाव अत्यन्त चञ्चल थियो । उनको स्वभावका कारण जोगाउनै मुस्किल थियो।

उनले घरमा पिताद्वारा अक्षराम्भ गरियो। पिता नै उनका गुरु थिए । १६ वर्षको उमेरमा शिक्षार्जनका लागि काठमाडौं आगमन गरे। संस्कृत छात्रावासमा बसेर संस्कृत शिक्षाको पढाइ आरम्भ गरे। उनले संस्कृतमा आचार्य नेपालीमा स्नातकोत्तर उत्तीर्ण र अङ्ग्रेजीमा समेत स्नातकोत्तर प्रथम वर्षको परीक्षा उत्तीर्ण गरेका थिए । उनले त्रिभुवन विश्व विद्यालयबाट नेपाली विषयमा पहिलो' पटक विद्यावारिधि गरेका थिए । उनले त्रिचन्द्र कलेजबाट अध्यापन आरम्भ गरेका थिए । केही समयपछि त्रिभुवन विश्व विद्यालय, कीर्तिपुरमा प्राध्यापन गर्दै त्यहींबाट सेवा निवृत्त भएका थिए।

उनले कविता, कथा, निबन्ध र समालोचना विधामा महत्त्वपूर्ण योगदान पुयाएका छन् । उनलाई समालोचना सम्राट पनि भनेको पाइन्छ । उनी सेवा निवृत्त भएपछि आफले पहिला लेखेका रचनाको सङ्कलन, सम्पादन, प्रकाशनमा व्यस्त रहेका छन्।

Comments

Popular posts from this blog

पाठ - ४ (म को हूँ ?)

  म को हूँ ? ■अभ्यास■ सुनाइ १. निबन्धको पाँचौं अनुच्छेद सुन्नुहोस् र तलका ठिक बेठिक भनाइ छुट्याउनुहोस् : (क) फुलबाट क्षणिकताको भाव चोरिन्छ ।(ठिक) (ख) फुल रिसाउँछ, बेसरी गर्जेर गाली गर्छ । (बेठिक) (ग) सुल्लाघारीका सुसाइबाट पहाडको चोटको भाव चोरिन्छ । (बेठिक) (घ) चरा चुरुङ्गीबाट लेखकले जीवनको कथा र उन्मुक्तता चोर्छ । (ठिक) २. निबन्धको अन्तिम अनुच्छेद सुन्नुहोस् र सोधिएका प्रश्नहरूको उत्तर भन्नुहोस् : (क) चोरीको माल बाँड्ने माध्यम के हो ? : चोरीको माल बाड्ने माध्यम साहित्य हो । (ख) चोरीको कति भाव चाहिँ तुकुटीमा जम्मा हुन्छ ? :चोरीको मुस्किलले एक चतुर्थांश भाव चाहिं दुकुटीमा जम्मा हुन्छ । (ग) लेखकले चोर्ने कुराको मूल्याङ्कन तपाईले कसरी गर्नुभयो ? : जीवनजगत्का सुन्दरतालाई टिप्नु कलाको धर्म हो, यसलाई विधाअनुसार छुट्टाछुट्टै ढु्गले चोरिन्छ भन्ने मूल्याङ्कन गरेँ । ३. तलको अनुच्छेद सुन्नुहोस् र उत्तर दिनुहोस् : : सञ्चारले हाम्रो जीवनका सबै क्षेत्रलाई प्रभावित तुल्याउँछ । लैङ्गिक भूमिकाका बारेमा पनि सञ्चार जगत् प्र...

Terms and conditions

Terms and conditions These terms and conditions ("Agreement") set forth the general terms and conditions of your use of the onlinemobook.blogspot.com website ("Website" or "Service") and any of its related products and services (collectively, "Services"). This Agreement is legally binding between you ("User", "you" or "your") and this Website operator ("Operator", "we", "us" or "our"). By accessing and using the Website and Services, you acknowledge that you have read, understood, and agree to be bound by the terms of this Agreement. If you are entering into this Agreement on behalf of a business or other legal entity, you represent that you have the authority to bind such entity to this Agreement, in which case the terms "User", "you" or "your" shall refer to such entity. If you do not have such authority, or if you do not agree with the terms o...

About us

  Onlinemobook   is an online platform where students find the answers of any subject. We make sure that all the students who are facing difficulties in questions, will get the effective and correct  answers. Our main goal is to provide the most effective and convenient answers to the students.