Skip to main content

Nepali Guide

पाठ - ११ (डाक्टर अङ्कल)

डाक्टर अङ्कल


डाक्टर अडकल कथाको सारांश

-डाक्टर अङ्कल कथाकार आत्माराम शर्मा पुडासैनीद्वारा लेखिएको कथा हो । सहरिया परिवेशमा रचित यस कथाले हिटर, ल्यापटप र आइप्याड जस्ता कुराहरूभन्दा परका घटनाहरूलाई टिपेर जीवनका सापेक्षतामा प्रसतुत गरेको छ । पश्चिम पहाडमा रहेको सीतापुर गाउँका गरिब गाउँलेहरूको जीवनचर्या कथामा उन्ने प्रयत्न गरिएको छ । सीतापुर गाउँको एउय विपन्न परिवारका महिला र पुरुष भारी बोकेर गाउँ फर्कने क्रममा महिलाको भिरवाट लडेर मृत्यु भएको थियो । त्यसपछि घरमा केटाकेटीहरूको बिचल्ली भयो । गरिबी र अशिक्षाका कारण सानै उमेरमा छोरी बिहे गरेर गई । ठूलो छोरो परदेशियो भने सानो छोरो सुखदुःख घरमै बसेर पढ्दै थियो । गरिब बाबुको गोजीबाट कान्छाले दस रुपियाँ पुनि झिकेछ र बाबुले उसलाई गाली गरेपछि त्यो मुग्लानियाँ भएछ । भविष्यको वास्तविक तस्विर नभए पनि उसले तराईको अञ्चल सदरमुकाम पुगेर साहुको सहयोगी बन्दै पढन थाल्यो । पढाइ र मेहनतबाट उसले शिक्षकहरूलाई समेत निकै प्रभावित पायो । नेपाली विषयका शिक्षकले दिएको 'मलाई आमाले धेरै धेरै माया गर्नु हुन्छ' शीर्षकको लेख उसले लेखेन । टोलाएर बसिरह्यो किनभने उसकी आमा पहिले नै भिरबाट लडेर मरिसकेकी थिई । गुरुको सान्त्वना पाएर ऊ पढ्दै गयो । उसले प्रवेशिका परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि ज्यालामजदुरी र ट्युसन पढाउँदै क्याम्पसबाट विज्ञानको अध्ययनमा उत्कृष्ट भयो त्यसपछि सरकारी छात्रवृत्ति पाएर विदेश गएर डाक्टरी पढ्यो । दस वर्षदेखि मेरे अस्पतालमा काम गर्छ भन्दै कमलले आफ्नो नालीबेली सुनाएपछि छोरा विदुर र छोरी सुनिता पनि तिन छक्क परे । मेहनत र सत्कर्मले टुहुराका पनि दिन फर्कन्छन् भन्ने सन्देश दिने उद्देश्यले यस कथामा उपकथा जोडिएको छ ।

अभ्यास

सुनाइ

१. कथाको दोस्रो अनुच्छेद सुन्नुहोस् र ठिक बेठिक छुटयाउनुहोस् :

(क) जाडाका दिन मात्रै केटाकेटीहरू ल्यापटप र आइप्याडमा झुत्ती खेल्छन् । (बेठिक)

(ख) सुनिताले हजुरवा र हजुरआमाबाट कथा सुन्न पाएकी थिइन । (ठिक) 

(ग) डा. कमलले सुनिता र विदुरलाई कथा भन्न लगाए । (बेठिक)

(घ) कमलले कथा भन्न सुरु गरे । (ठिक)


२. कथाको तेस्रो अनुच्छेद सुनेर तल सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्:

(क) सीतापुर गाउँ कहाँ थियो ?

: सीतापुर गाउँ पश्चिम पहाडमा थियो । 

(ख) त्यस गाउँका मानिसहरूको पेसा के थियो ?

: त्यस गाउँका मानिसहरूको खेतीपाती/कृषि थियो ।

(ग) उनीहरू किसानीबाहेक अरू के काम गर्थे ?

: उनीहरू किसानीचाहेक भारी बोक्ने र सड़क बनाउने काम गर्थे । 

:(घ) गाउँलेहरू नुनतेल र लुगाफायको जोरजाम कसरी गर्थे ?

: गाउँलेहरू नुनतेल र लुगाफाटको जोरजाम सदरमुकामबाट गर्थे । 

(ङ) 'नुनतेल' र 'लुगाफाटो' शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् ।

: नुनतेल र लुगाफाटोलाई आधारभूत आवश्यकता भित्र पर्छन् । 

३. तलको अनुच्छेद सुनेर उत्तर दिनुहोस् :

बाग्मती अञ्चलको पूर्वतिर जनकपुर अञ्चल पर्छ । दोलखा त्यही अञ्चलको पहाड़ी जिल्लाको नाम हो । यस जिल्लामा प्रसिद्ध केही स्थलहरू छन् । नेपालको स्विजरल्यान्ड मानिएको जिरी, एसियाको समयको मापक मानिएको गौरीशङ्कर हिमाल आदिले गर्दा दोलखाको प्रसिद्धि दिन प्रतिदिन बढिरहेको छ । त्यसका साथ पर्यटनका दृष्टिले महत्त्वपूर्ण मानिएको कालिन्चोक, धार्मिक पर्यटनका दृष्टिले महच्चपूर्ण दोलखा भीमसेन, नेपालकै सबभन्दा ठूलो जल विदयुत् आयोजना भएको तामाकोसी जस्ता कुराले पनि दोलखा प्रसिद्ध नै छ । त्यसका अतिरिक्त जिरेल, सुरेल, थामी जस्ता विविध जातिको आदिभूमि पनि दोलखा नै हो । 

(क) दोलखा कहाँ पर्छ ?

: दोलखा जनकपुर अञ्चलमा पर्छ ।

(ख) दोलखा किन प्रसिद्ध छ?

: दोलखा प्रसिद्ध स्थलहरू रहेकाले प्रसिद्ध । 

(ग) गौरीशङ्कर हिमालको विशिष्टता केमा रहेको छ ? 

: गीरीशदकर हिमालको विशिष्टता समय मापनमा छ ।

(घ) नेपालको सबभन्दा ठूलो जल विद्युत आयोजनाको नाम के हो ?

: नेपालको सबभन्दा ठूलो जल विद्युत् आयोजनाको नाम तामाकोसी हो । 

(ङ) दोलखा कुन कुन जातिको आदि थलो हो ?

: दोलखा जिरेल, सुरेल, थामी जातिको आदि थलो हो ।


बोलाइ


१. तलका शब्दहरूको ठिक उच्चारण गर्नुहोस् : सदरमुकाम, दुर्दशा, दुर्गति, ठ्याक्कै, ठेकेदार

: वाचन अभ्यास गर्नुहोंस् ।


२. कथामा लेखकले एउटा गरिब टुहुरो केटो डाक्टर बनेको देखाएर कुन कुरा सिद्ध गर्न खोजेका हुन् भन्ने बारेमा कक्षामा छलफल गर्नुहोस् । छलफलपछिको निष्कर्थलाई कक्षामा प्रस्तुत गर्नुहोस् ।

- प्रतिभा, मेहनत र इच्छाशक्तिले मानिसको उद्देश्य प्राप्तिमा सहयोग पुन्याउँछ । गरिबीमा धेरै चुनौतीहरू हुन्छन् भन्ने कुरा सत्य हो तर जसले गरिबीलाई बुझेर आफ्नो क्षमत बिस्तार गर्न चाहन्छ त्यसले अवश्य सफलता प्राप्त गर्नसक्छ भन्ने कुरा लेखकले पुष्टि गर्न खोजेका छन् । डाक्टर बन्ने अवसर सबैलाई हुँदैन तर गरिब, टुहरो जो जे भए पनि सकारात्मक वातावरण तयार हुँदै गयो भने जसले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर पाउँछ भन्ने कुरा निर्विवाद छ । लेखकको अभीष्ट लक्ष्य के हो भने मानिस गरिब भए जन्मन सक्छ तर गरिब भएर मन चाहँदैन र अवसरको खोजी गर्दै जाँदा इच्छाएका कुराहरू पुरा गर्न सक्छ । यसर्थ गरिब र टुहुरो हुँदैमा उद्देश्य पुरा हुन नसक्ने होइन भन्ने कुरा लेखकले सिद्ध गर्न खोजेका हुन ।


३. काठमाडौंमा घरेलु कामदार बनेका उर्गेन र प्रमिलाको दुध किन्ने पसलमा भेट हुन्छ उनीहरूले आफूले काम गर्ने घरमा आफूहरूप्रति हुने व्यवहारका बारेमा गर्ने कुराकानी लेखी हाउभाउसहित कक्षामा प्रस्तुत गर्नुहोस् ।

उर्गेन : (प्रमिलालाई देखाउँदै) तिमी के गर्दछौ ?

प्रमिला : म भानुभक्त मेमोरियलमा पढ्दैछु ।

उर्गेन : त्यहाँ त निकै महंगो फिस तिर्नुपर्छ हैन र ।

प्रमिला : खोइ, मेरो त अङ्कलले तिरिदिने हो क्यारे ।

उर्गेन : (आफूतिर हेर्दै) म त दरबार हाइस्कुलमा पढछ, त्यहाँ त फिस पनि तिनु पर्दैन रे, ड्रेस पनि मिलाएर नलाए हुन्छ । सधै विद्यालय पनि जानु पर्दैन ।

प्रमिला : (दयाको भावले) किन ? घरको काम धेरै गर्नुपर्छ हो ? 

उर्गेन : हो त, बिहान ५ बजेदेखि ९:३० बजेसम्म (कहिलेकाहीँ १०/११ बजेसम्म) क गर्नुपर्छ । बेलुका ११ बजेसम्म पढ्न पाइने होइन ।

प्रमिला : मलाई आन्टी, दिदी र अङ्कलले पनि सघाउनुहुन्छ, मलाई मेरो घरमा भन्य बढी नै सजिलो छ ।

उर्गेन : मलाई पढाउन भनेर गाउँबाट सुधा आन्टीले ल्याएको । अहिले त घरै फर्क कि जस्तो पो लाग्दैछ, व्यवहार पनि राम्रो छैन (आँखाबाट आँसु झार्द) ।

प्रमिला : म त असाध्यै भाग्यमानी रहेछ । तर उगेन दुःख नमान मेहनत गर्न छाड्नु हुँदैन । 

दुवै : ढिलो भइसक्यो अब जाऊँ है। फोन गर्दै गरौँला ।

(दुवै आआफ्नो बाटो लाग्छन् ।)


४. तपाईं आफूलाई भविष्यमा कस्तो बनाउन चाहनुहुन्छ ? यस बारेमा बुँदा बनाउनुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् ।

(क) म आफ्नो भविष्यलाई उज्वल र उत्पादनशील बनाउन चाहन्छु

(ख) प्रकृतिमा दिन र रात, सौन्दर्य र विनाश भए जस्तै जिन्दगीमा पनि सुख र दुःख, हाँसो र आँसु छन्, यिनीहरूको सामना गर्दै अघि बदन चाहन्छ ।

(ग) लक्ष्यमा हिँडेको मानिस एक दुई पटकको असफलतासँग डराउँदैन भन्ने कुरा मलाई राम्ररी थाहा छ

(घ) जीवनमा सार्थक र उद्देश्यमूलक सङ्घर्ष आवश्यक छ र म पनि निडर भएर अघि बढ्न चाहन्छु। 

(ङ) प्रतिभाशाली शिक्षा प्रशासक बन्ने मेरो लक्ष्य भएकाले त्यसैअनुरूप कार्य गर्न चाहन्छु ।


पढाइ


१. तलका शब्दसंग त्यसमुनिका वाक्यमा दिइएका रेखाङ्कित शब्दको अर्थ खोजी जोडा मिलाठनुहोस्:

बेहाल, भत्किएको, बिजोग, बादलले ढाकिएको, जम्मा गर्ने काम

...... (क) केही दिनदेखि बादल लागेर दिन धुम्मिएको थियो ।

..... (ख) त्यति टाढासम्म पुगेर गाउँका मानिसहरू नुनतेल र लुगाफाटाको जोरजाम गर्ने गर्दथे । 

..... (ग) त्यस घरका किसान र केटाकेटीहरूको बिचल्ली भयो ।

..... (घ) घरको अवस्था भताभुङ्ग बन्न पुग्यो । 

..... (ङ) उसैबाट आज यस्तो दुर्गति भएको थियो ।


बादलले ढाकिएको (क) केही दिनदेखि बादल लागेर दिन धुम्मिएको थियो । 

जम्मा गर्ने काम (ख) त्यति यढासम्म पुगेर गाउँका मानिसहरू नुनतेल र लुगाफाटाको जोरजाम गर्ने गर्दथे ।

बेहाल (ग) त्यस घरका किसान र केटाकेटीहरूको बिचल्ली भयो ।

भत्किएको (घ) घरको अवस्था भताभुङ्ग बन्न पुग्यो । 

बिजोग (ङ) उसैबाट आज यस्तो दुर्गति भएको थियो ।


२. आठौँ र नवौँ अनुच्छेदलाई सस्वर वाचन गर्नुहोस् र ती अनुच्छेद पढ्न कति समय लाग्यो शिक्षकसँग सोध्नुहोस् ।

- कक्षामा आफ्ना शिक्षकसँग सोध्नुहोस् ।


३. 


नेपाली समाजमा भखरै मात्र नयाँपनका केही सङ्केत देखा पर्न थालेका छन् । नेपालमा भएको राजनीतिक परिवर्तनपछि सामाजिक रूपान्तरणका लागि पनि पृष्ठभूमि तयार भइरहेको छ । खास गरी २०४६ सालको परिवर्तनपछि सञ्चारका क्षेत्रमा व्यापक विकास भएको छ। नेपाल पनि एउटै गाउँका रूपमा विकसित भएको विश्वको एउटा अङ्ग बनेको छ । विश्वमा विकसित ज्ञान विज्ञानका हरेक आयामसँग नेपालीको परिचय मात्र नभई घनिष्ठतासमेत बढिसकेको छ । समाजमा अनेकून् विभेदमा परेका जन समुदाय पनि सोही कारणले यठाबाट बनिरहेका छन् । यस क्रममा नेपालीहरू पर्याप्त मात्रामा व्यक्तिवादी पनि बनिरहेका छन् । स्वार्थको भावनाले मानिसलाई व्यक्तिवादी बनाउँछ । यो पूर्वाय सभ्यताको विपरीत आचरण हो । असल कुराको साथ लागेर खराब कुरा पनि भित्रिँदा रहेछन् । 

(क) नेपाली समाजमा केका लागि पृष्ठभूमि तयार भइरहेको छ ?

: नेपाली समाजमा रूपान्तरणका लागि पृष्ठभूमि तयार भइरहेको छ । 

(ख) अहिले विश्वको स्वरूप कस्तो बनेको छ ?

: अहिले विश्वको स्वरूप एउटा अङ्ग बनेको छ । 

(ग) कस्ता मानिसमा परिवर्तन आउन थालेको छ ?

: विभेदमा परेका मानिसमा परिवर्तन आउन थालेको छ । 

(घ) सञ्चारको अधिक विकासले देखा परेका नराम्रा कुरा के हुन् ?

: सञ्चारको अधिक विकासले देखा परेका नराम्रा कुरा व्यक्तिवादी र सभ्यता विपरीतका आचरण हुन् ।

(ङ) 'पृष्ठभूमि' र 'आयाम' शब्दहरूको अर्थ शब्दकोशको प्रयोग गरेर लेख्नुहोस् ।

: पृष्ठभूमि : मूल आधार, भूमिका 

आयाम : फैलावट, विस्तार 

४. कथाबाट मुख्य मुख्य छ ओटा घटनालाई क्रम मिलाएर टिप्नुहोस् ।

(क) डा. कमल का छोरी सुनिता र छोरा विदुरले कथा सुन्ने प्रस्ताव राखे ।

(ख) पश्चिमको सीतापुर गाउँमा एउटा अति नै गरिब किसान परिवार थियो । 

(ग) भिरबाट लडेर आमाको मृत्यु भएपछि छोराछोरीको बिचल्ली भएछ । 

(घ) छोरी उमेर नपुगी विवाह गरेर गई, जेठो छोरो पढ्दापढ्दै विदेशियो र कान्छो छोरो तराईतिर झरेर व्यापारीको सहयोगी भएर बस्यो र पढ्दै पनि गयो । 

(ङ) राम्रो अक ल्याएर विद्यालयमा नाम राख्यो भने काठमाडौं गएर क्याम्पसमा विज्ञान विषय पढी उत्कृष्ट भयो र सरकारबाट विदेशमा झक्टरी पढ्न जाने अवसर पायो । 

(च) हाल क डाक्टर कमल/डाक्टर अङ्कलका नामले परिचित छ ।


लेखाइ


१. कथा पढी तलका प्रश्नहरूको उत्तर लेख्नुहोस्:

(क) बाल बालिका घरमा बस्दाको समय कसरी बिताउन चाहन्छन् ? 

: बाल बालिका घरमा बस्दाको ल्यापटप, आइप्याडमा झत्ती खेलेर, कथा सुनेर आगो तापेर बिताउन चाहन्छन् ।

(ख) सुनिताले के गुनासो गरी?

: सुनिताले साथीले कथा सुन्न पाएको र आफुहरूले सुन्न नपाएको गुनासो गरी ।

(ग) बाल बालिकाको चरित्र निर्माणमा अभिभावकको भूमिका कस्तो हुनुपर्छ ?

: बाल बालिकाको चरित्र निर्माणमा अभिभावकको भूमिका सकारात्मक महत्त्वपूर्ण हुनुपर्छ ।

(घ) किसानको घरको अवस्था किन भताभुङ्ग बनेको थियो ?

: किसानको घरको अवस्था गरिबी र अशिक्षाका कारणले भताभुङ्ग बनेको थियो । 

(ङ) किसानले छोरालाई गाली गर्नुका पछाडिको मर्म के थियो ?

: किसानले छोरालाई गाली गर्नुका पछाडिको मर्म पैसा कमाउने काम कष्टकर छ भन्ने थियो ।


२. कथाको तेरौं अनुच्छेदबाट चार ओय मुख्य मुख्य दा टिपी सारांश लेख्नुहोस् ।

: कथाको तेरौँ अनुच्छेदका मुख्य मुख्य बुंदाहरू यसप्रकार रहेका छन्:

(क) घरमा मेहनत र इमानदारीका साथ काम गर्दै विद्यालयमा चार कक्षामा भर्ना भएर पढ्न थालेको

(ख) शिक्षक र साथीहरूले असाध्यै माया गरेका (ग) गुरुले अनुभव वर्णन गर्न दिएका

(घ) कापीमा शीर्षक सारेर अरू लेख्दै नलेखेको

सारांश

घरमा मेहनत र इमानदारीका साथ काम गर्दै विद्यालयमा चार कक्षामा भर्ना भएर पढ्न थालेको उसलाई शिक्षक र साथीहरूले असाध्यै माया गरे । गुरुले अनुभव वर्णन गर्न दिँंदा उसले कापीमा शीर्षक मात्र सारेर अरू नलेखी बस्यो ।


३. कथामा प्रस्तुत गरिएको मूल भावको विश्लेषण गर्नुहोस् ।

: पाठको सारांश हेर्नुहोस्


४. व्याख्या गर्नुहोस् :

(क) सबै दुर्दशा खपेर भए पनि ऊ विद्यालयमा पढ्दव्यो र आफ्ना बाबुसँग घरमा नै बस्थ्यो ।

- आर्थिक र मानवीय विपत्तिले घरको अवस्था लथालिङ्ग र भताभुङ्ग हुन्छ । यस्तो विपत्तिमा कतिले सहन सक्छन् भने कतिपयले सहन नसकेर पलायन हुन्छन् । जिन्दगीमा उतारचढाव आइरहन्छन् तर सहनशीलता भङ्ग गर्नु हुँदैन । गरिबी, अशिक्षा र अधैर्य एकअर्कासँग निकट छन् । किसानको जेठो छोरो पढ्दा पढदै छाडेर आफ्नो नियति सम्झेर परदेश गयो । किसानकी छोरी घरको दुःख देखेर सानैमा पोइल गई । यसरी किसानका छोराछोरी विपन्नता सहन नसकी बाटो लागे पनि कान्छो छोरो सानो भएकाले सबै दुर्दशा खेपेर विद्यालयमा पढ्थ्यो, घरमा बाबुसँग नै बस्थ्यो । उसले अनेक यातना, गरिबी, दुःख, दुर्नियति आदि सबैको सामना गयो । यसर्थ गरिबी देखेर भाग्नुभन्दा त्यसको मुकाबिला गर्नु बुद्धिमानी हो भन्ने स्पष्ट हुन्छ । 

(ख) पैसा कमाउने काम ठनका लागि कष्टकर थियो ।

- धनले धन तान्छ भन्ने कुरा आहान मात्र नभई यथार्थ पनि हो । किसानले साहुको भारी बोकेर कमाएको दस रुपियाँ कान्छा छोराले कापी किन्न भनी चौरेको थियो । दस रुपियाँमा गाली गर्नुपर्ने बाध्यताले बाबुको मुटु चिरियो । बाबुको उद्देश्य छोरालाई दसैमा लगा हाल दिने थियो । उसलाई थप पैसा कमाउन ज्यादा कटिन थियो । तसर्थ छोराले पैसा मासिदिंदा उसलाई रिस उठनु अस्वाभाविक छैन । आर्थिक विपन्नताको सम्बन्ध कमाउन नकमाउनुसँग पनि छ । किसान दुर्गम गाउँमा बस्ने भएकाले उसलाई पैसा कमाउनका लागि टाढा सदरमुकाम र तराईसम्म पनि पुग्नु पर्थ्यो । जिन्दगीमा भारी बोक्ने बाहेक आय आर्जनका अरू स्रोतहरू थिएनन् । खेती किसानीबाट छाक टार्न धौधौ थियो । आम्दानीका स्रोतको अभावका कारणले उसमा आर्थिक विपन्नता देखिनु स्वाभाविक थियो । जिन्दगीका आयामहरूलाई सफल बनाउन उसले सङ्घर्ष गरेकै हो तर अपेक्षित रूपमा उसले पैसा कमाउन सकेको थिएन । यसर्थ गरिबीसँग जुध्ने अभ्यास गरेर पनि आर्थिक उपार्जन गर्न उसका लागि सामान्य कुरा थिएन ।


५. डाक्टर कमलले आफ्नो व्यक्तित्व निर्माणका क्रममा गरेका सङ्घर्षबाट आफ्नो धारणा लेख्नुहोस् ।

- निश्चय नै डाक्टर कमलले व्यक्तित्व निर्माणका क्रममा ठुलठूला सङ्घर्ष गरेको तथ्य कथाले पुष्टि गरेकै छ, यसर्थ यसको पुनर्पुष्टि आवश्यक छैन । दुर्गम पहाडी गाउँ त्यसमा पनि गरिवीको चोट आफैमा सङ्घर्षको अर्को नाम हो भन्ने कुरामा दुई मत हुन सक्दैन । खेती किसानी, भारी बोक्ने, सडक बनाउने आदि काम गरेर जिन्दगी गुजारेका कमल आफ्नो अथक परिश्रम, सहनशीलता र आशावादी भएकै कारण लक्ष्य भेट्न सफल भएका हुन् । कापी, कलम र किताब किन्न नसक्ने निम्न वित्तीय परिवारका कमलको जीवन सङ्घर्षको अर्को नाम हो भन्नु उपयुक्त देखिन्छ । साहू, व्यापारीको घरमा सहयोगी बसेर पढ्न सक्नु कमलको महानता हो, आफ्नो कर्मप्रतिको निष्ठा हो भन्ने स्पष्ट हुन्छ । 

६. 'गरिबीबाट मुक्ति' शीर्षकमा एउटा अनुच्छेद रचना गर्नुहोस् ।


गरिबीबाट मुक्ति

गरिबी मानिसको रहर नभई बाध्यता हो । तर गरिबीबाट मुक्ति हुन सकिन्छ । यसलाई चुनौती दिएर, वैकल्पिक उपायहरू खोजेर, जागरण ल्याएर सरकारवाट आर्थिक लगानो बढाएर र व्यवसाय प्रवर्धन गरेर गरिबीको अन्त्य गर्नसकिन्छ । गरिबीको मूल कारण अशिक्षा पनि हो, त्यसैले शिक्षाका अवसर र पहुँचमा बिस्तार गरेर गरिबोबाट मुक्ति पाउन सकिन्छ ।

७. 'मानिसले पूर्ण समर्पित भएपछि मात्रै साँचो अर्थमा लक्ष्य हासिल गर्न सक्छ' भन्ने शीर्षकमा सवप्रथम शिक्षकबाट बुँदाहरू प्राप्त गर्नुहोस् । शिक्षकबाट प्राप्त बुँदालाई कथाका रूपमा लेख्नुहोस् ।

- रोमलाल गरिब भए पनि सानैदेखि नयाँ उपायहरू सोचिरहनु.... गाउँलेहरू अशिक्षा र गरिबीका कारण विद्यालय तार आकर्षित नहुनु.. . रोमलाल फाटेका लुगा र खाली खुदव विद्यालय जानु ... रोमलालप्रति साथीहरूको व्यवहार त्यति सकारात्मक नहुनु ... दुःखित भए पनि आफ्नो कर्मप्रति समर्पित हुनु सानै भए पनि परिवारको अवस्था रामरी बुझनु ... विहान बेलुका काम गरेर पनि पढाइमा समय उबार्नु ... विद्यालय शिक्षामा उच्च सफलता प्राप्त गर्नु ... उच्च शिक्षा हासिल गर्न ऊ कलेजतिर लाग्नु ... प्राध्यापक बना उद्देश्य राख्नु ... प्राध्यापक बन्नु... शैक्षिक योगदान पुन्याउन र लक्ष्य हासिल गर्न सफल....।

(बँदा हेरेर कथा बनाउनुहोस् ।)


व्याकरण


१. तलका कृत् प्रत्यय लगाई दुई दुई ओटा शब्द बनाउनुहोस् :

उदाहरण: सुन्+आइ=सुनाइ 

बोल + अक्कड : बोलक्कड

कर् + उवा : कुरुवा

आँट् + इली : आँटिलो

भिड् + अन्त : भिडन्त

लेख + ओट : लेखोट

गर् + नु :  गर्नु

पढ् + आलु : पढालु

लिख + अक : लेखक

पिउ + अक्कड : पिअक्कड

हार+उवा : हरूवा

कस् + इलो : कसिलो

लेख + अन्त : लेखन्त

बन् + ओट : बनोट

पढ् + नु : पद्नु

लिख् + आलु : लेखालु

पुज् + अक : पुजक


२. तलका तद्धित प्रत्ययद्वारा दुई दुई शब्द निर्माण गर्नुहोस् :

उदाहरण : लेक आली लेकाली

हिम + आली : हिमाली

विश्वास + इलो : विश्वासिलो

पूर्व + एली : पूर्वेली

पिर + आहा : पिराहा

मन + तव्य : मन्तव्य  

बाँध + उवा : बँधुवा

तिक्त + ता : तिक्तता

कृ + ति : कृति

दया + आलु : दयालु

नेपाल + ई : नेपाली

लोसो + ए :  लोसे

खेल + औना खेलौना

थाक + आली : थकाली

फराक + इलो : फराकिलो

जुन एली : जुनेली

रिस + आहा : रिसाहा

ज्ञा + तव्य : ज्ञातव्य

कुर + उवा : कुरुवा

राष्ट्रिय + ता : राष्ट्रियता

नी + ति : नीति

माया + लु : मायालु

धन + ई : धनी

पाखो + ए : पाखे

बिछ्पाउ + औना : बिछ्यौना


३. तलका शब्दहरूमध्येबाट कृदन्त र तद्धितान्त शब्द हटयाएर लेख्नुहोस् :

खाएर, बुझक्कड़, खेल्दै, दयालु, बोलेर, पोखरेली, नागरिक, चुनाव, किटान, पोसिलो, यही, खेलाडी, हारेको, थुनुवा, बनावट, होसियार, नुनिलो, भिक्षुक, खान, खेलेर, हिंडदै, सहरिया, फटाहा


कृदन्त : खाएर, बुझक्कड, खेल्दै, बोलेर, चुनाउ, किटान, पोसिलो खेलाडी, हारेको, युनुवा, बनावट खान, खेलेर, हिँड्दै 

तद्धितान्त : दयालु पोखरेली, नागरिक, यही, खेलाडी, होसियार, नुनिलो, भिक्षुक, सहरिया, फयहा


४. तल दिइएका शब्दहरूको निर्माण प्रक्रिया देखाई तिनलाई कृदन्त वा तद्धितान्त दुई समूहमा विभागन गर्नुहोस् : 

चम्किलो, सुन्दरता, गाठले, हिमाली, रोपाई, भिडन्त, फटहा, दुधालु, मगन्ते, अशियार, बोलक्कड, पहाडिया, खेलाडी, लागत, पक्राठ, जुनेली, जडान, पोसिलो, मतियार, बढुवा, नुनिलो, मिसावट, भलाइ


कृदन्त

चम्क + इलो : चम्किलो

भिड् + अन्त : भिडन्त

बोल् + अक्कड : बोलक्कड

लाग् + अत : लोगत

जड् + आन : जडान

मिस् + आवट : मिसावट

रोप् + आइँ: रोपाइँ

माग् + अन्ते : मगन्ते

खेल् + आडी : खेलाडी

पक्क + आठ : पक्राउ

बद + उवा : बढुवा

पोस् + इलो : पोसिलो

तद्धितान्त

सुन्दर + ता : सुन्दरता

हिमाल + ई : हिमाली

दुध + आलु : दुधाल

पहाड + इया : पहाडिया

मत + इयार : मतियार

भलो + आई : भलाइ

गाउँ + ले : गाठँले

फाये + आहा : फटाहा

अंश + इयार : अंशियार

जुन + एली : जुनेली 

नुन + इलो : नुनिलो 


५. तलका अनुच्छेद पढी कालका अपूर्ण पक्ष पहिचान गर्नुहोस् :

 म विसं २०७२ साल वैशाख १२ का दिन बाटामा हिँइदै थिएँ । घाम लागिरहेको थियो । एक्कासि मानिसहरू कोकोहोलो गरिरहेका देखिए हावा चलिरहेको थियो । वातावरण धमिलिँदै थियो । एक वथान चरा नमिठो आवाज निकालेर उडदै थिए । मानिसहरू कोही उभिर्द थिए भने कोही चाहि बाटाका विचमा नै बस्दै थिए । अगाडिको एउटा घर भत्कदै थियो । त्यतिखेर भुइचालो आउँदै थियो । आज ठूलो भुइँचालो आएको दोस्रो दिन मात्र हुँदै छ । मानिसहरू चौरमा पाल टॉग्दै छन् । डोल्मा किला ठोक्दै छिन् । कल्पना पाल ओसार्दै छिन् भने सीता पानी बाँडदै छिन् । विश्वनाथ कामको निर्देशन दिइरहेका छन् । निर्मला चाहिँ सामानको रखवारी गर्दै छिन् । म चाहिँ भुइँचालोमा घर भत्कंदा गोडा भाँचिएकाले एकै ठाउँमा बसेर सबैले काम गरेको हेर्दै छु ।

एक महिनापछि त हामी जस्ताको छाना हालेर अस्थायी टहरा बनाउँदै हुने छौं । बच्चाहरू विद्यालय जाँदै हुने छन् । भुइँचालाका कारणले बन्द भएका विद्यालयहरू पनि खुल्दै हुने छन् । त्यसैले म भने सिन्धुपाल्चोक पुग्दै हुने छु।

 - हिँड्दै थिएँ, लागिरहेको थियो, गरिरहेका देखिए, चलिरहेको थियो, धमिलिंदै थियो, उड्दै थिए, उभिदै थिए, बस्दै थिए, आउँदै थियो, हुँदै छ, टाग्दै छन्, ठोक्दै छिन्, बाँडदै छिन, दिइरहेका छन्, गर्दै छिन्, हेर्दै छु, बनाउँदै हुने छौ, जाँदै हुने छन्, खुल्दै हुने छन्, पुग्दै हुने छु)

६. हिजोको यसै समयमा तपाईंको परिवारका कुन कुन सदस्यहरू के के गर्दै थिए ? अपूर्ण भूत कालको प्रयोग गरी दस वाक्यमा वर्णन गर्नुहोस् ।

- म कक्षा ९ मा पढ्दै थिएँ । मेरा दाजु र दिदीहरू ११ कक्षामा पढ्दै थिए । मेरा बुबा र आमा काम गर्दै हुनुहुन्थ्यो । म सफलता प्राप्त गर्दै थिएँ । सुन्तला खेती पनि फस्टाउँदै थियो । बुवाले व्यापार गर्ने योजना बनाउँदै हुनुहुन्थ्यो । आमा निजामती कर्मचारी बन्ने प्रयास गर्दै हुनुहुन्थ्यो । दाजु विदेश जाने योजना बनाउँदै थिए । दिदी विद्यालयमा अध्ययन गर्दै थिइन् । हामी यस पटक पोखरा जाँदै थियौ ।

७. वर्तमान समयमा तपाईंका को को साथीहरू के के गर्दै छन् ? अपूर्ण वर्तमान कालको प्रयोग गरी पाँच ओटा वाक्य निर्माण गर्नुहोस् । 

-मेरो साथी अमान भारतमा पढ्दै छ । रमेश घरमा बसेर अध्ययन गर्दै छ । नोर्बु गीत गाउने र नाच्ने काम गर्दै छ । अरूणा र पासाङ लेख्दै छन् । पवन र लखन कम्प्युटर मर्मत गर्दै


८. भौलिको यसै समयमा तपाई के गर्दै हुनुहुने छ, अनुमान गर्नुहोस् र अपूर्ण भविष्यत् कालको प्रयोग गरी पाँच ओटा वाक्यको एउटा अनुच्छेद निर्माण गर्नुहोस् ।

: म भोलि विद्यालय जॉाँदै हुनेछ । विद्यालयमा पढ्दै हुनेछु । नबुझका कुराहरू शिक्षकहरूसँग सोध्दै हुनेछ । साथीहरूसँग मिलेर कक्षा कार्य गर्दै हुनेछु । छुट्टी भएपछि घर फर्कदै हुनेछु।


सिर्जनात्मक कार्य


१. डाक्टर कमलका दाजु र दिदीको अहिलेको अवस्थाको अनुमान गरी वर्णन गर्नुहोस् । 

-डाक्टर कमलका दाजु र दिदीको अहिलेको अवस्थाको अनुमान गर्दा उनीहरूको जीवनमा उल्लेख्य सुधार आएका होलान् भन्ने कुरा निराधार छन् । विद्यालयमा पढ्दापढ्दै गरिबीको मार सहन नसकेर उनका दाजु परदेशतिर लागेका थिए । परदेश वा स्वदेश जहाँसुकै होस् शिक्षाको अर्थपूर्ण भूमिका रहन्छ तर कमलका दाजुको शिक्षा अपेक्षित थिएन । तसर्थ उनको आर्थिक अवस्था बलियो होला भन्ने अनुमान गर्न सकिँदैन उनकी दिदी गरिबीको कारणले उमेर नपुगी आफूखुसी वैवाहिक बन्दनमा बाँधिएकी थिइन् । उनको वैवाहिक सम्बन्ध पनि बलियो आर्थिक अवस्थाको मानिससँग भए जस्तो देखिँदैन । यसर्थ उनीहरूको सामाजिक-आर्थिक प्रतिष्ठामा उल्लेखनीय सुधार आएको थियो होला भन्न सक्ने आधारहरू छैनन् भन्ने अनुमान गर्न सकिन्छ ।


२. शिक्षा आर्जनमा गरिबीले पार्ने प्रभावका बारेमा कक्षामा छलफल गरी बुँदा तयार गर्नुहोस् र विनैका आधारमा एउटा कथा लेख्नुहोस् ।

- विधान र कल्पना दाजु बहिनी... उनीहरू पूर्वी नेपालको ताप्लेजुङका बासिन्दा.... उनीहरूका बाबा भरिया र आमा किसान... दैनिक छाक टार्न धौधौ..... विद्यालय पनि घरबाट एक घण्टा टाढा ... आफूले पढ्न नपाएको सम्झी उनीहरूलाई विद्यालयमा भर्ना ... गरिबीका कारण शिक्षा आर्जनमा कठिनाइ.... पढाइमा तेज भए पनि कापी, कलम किन्न नसक्ने अवस्था ... जसोतसो विद्यालय शिक्षा पुरा... दरो आँट लिएर उच्च हासिल गर्न सहरतिर.... स्नातक गरी नेपाली सेनामा प्रवेश... हाल सैनिक अधिकृतका रूपमा कार्यरत.... गरिबीसँग जुध्न सिक्नु र सक्नुपर्छ भन्ने सन्देश ... ।

गरिबीको प्रभाव

गरिबीको अर्थ अभाव र अभावको अर्थ रिक्तता भन्ने कुरा विधान र कल्पनाले पनि गरे । गरिबीको अर्थ नयाँ सिर्जनाको आधार पनि हो । विधान र कल्पना दाजु बहिनी थिए । उनीहरूको घर पूर्वी नेपालको ताप्लेजुङको एउटा विकट गाउँमा थियो। उनीहरूका चावा भारी बोक्ने काम गर्थे भने आमा खेती किसानी गर्थिन् । आम्दानीका बलिया स्रोतहरू नभएकाले दैनिक छाक टार्न धीधी पर्थ्यो । उनीहरूको घरबाट विद्यालय एक घण्टा राटा थियो। विधान र कल्पनाका बाबाआमाले पढ्न नपाएको सम्झी छोराछोरीलाई विहयालयमा भर्ना गरिदिएका थिए।

भनिन्छ, गरिबीको कुनै जात, धर्म र अन्य कुनै सिमा हुँदैन । गरिबीले उनीहरूको शिक्षा आर्जन गर्ने धोकोलाई चुनौती दिइरहेको थियो । उनीहरू पढाइमा तेज भए पनि कापी, कलम आदि किन्न सक्दैनथे। दुःख जिलो गरेर उनीहरूले जसोतसो विद्यालय शिक्षा पुरा गरे । त्यसपछि दरो आँट लिएर उच्च शिक्षा हासिल गर्न सहरतिर लागे । उनीहरूले स्नातकसम्मको अध्ययन गरे । त्यसपछि नेपाली सेनामा प्रवेश . गरे । यढाइलाई पनि निरन्तरता दिए । हाल उनीहरू सैनिक अधिकृतका रूपमा कार्यरत छन् । गरिबीसँंग जुध्न सिके र सकेकै कारण उनीहरूले जीवनलाई सफल बनाए।


Comments

Popular posts from this blog

पाठ - ४ (म को हूँ ?)

  म को हूँ ? ■अभ्यास■ सुनाइ १. निबन्धको पाँचौं अनुच्छेद सुन्नुहोस् र तलका ठिक बेठिक भनाइ छुट्याउनुहोस् : (क) फुलबाट क्षणिकताको भाव चोरिन्छ ।(ठिक) (ख) फुल रिसाउँछ, बेसरी गर्जेर गाली गर्छ । (बेठिक) (ग) सुल्लाघारीका सुसाइबाट पहाडको चोटको भाव चोरिन्छ । (बेठिक) (घ) चरा चुरुङ्गीबाट लेखकले जीवनको कथा र उन्मुक्तता चोर्छ । (ठिक) २. निबन्धको अन्तिम अनुच्छेद सुन्नुहोस् र सोधिएका प्रश्नहरूको उत्तर भन्नुहोस् : (क) चोरीको माल बाँड्ने माध्यम के हो ? : चोरीको माल बाड्ने माध्यम साहित्य हो । (ख) चोरीको कति भाव चाहिँ तुकुटीमा जम्मा हुन्छ ? :चोरीको मुस्किलले एक चतुर्थांश भाव चाहिं दुकुटीमा जम्मा हुन्छ । (ग) लेखकले चोर्ने कुराको मूल्याङ्कन तपाईले कसरी गर्नुभयो ? : जीवनजगत्का सुन्दरतालाई टिप्नु कलाको धर्म हो, यसलाई विधाअनुसार छुट्टाछुट्टै ढु्गले चोरिन्छ भन्ने मूल्याङ्कन गरेँ । ३. तलको अनुच्छेद सुन्नुहोस् र उत्तर दिनुहोस् : : सञ्चारले हाम्रो जीवनका सबै क्षेत्रलाई प्रभावित तुल्याउँछ । लैङ्गिक भूमिकाका बारेमा पनि सञ्चार जगत् प्र...

Terms and conditions

Terms and conditions These terms and conditions ("Agreement") set forth the general terms and conditions of your use of the onlinemobook.blogspot.com website ("Website" or "Service") and any of its related products and services (collectively, "Services"). This Agreement is legally binding between you ("User", "you" or "your") and this Website operator ("Operator", "we", "us" or "our"). By accessing and using the Website and Services, you acknowledge that you have read, understood, and agree to be bound by the terms of this Agreement. If you are entering into this Agreement on behalf of a business or other legal entity, you represent that you have the authority to bind such entity to this Agreement, in which case the terms "User", "you" or "your" shall refer to such entity. If you do not have such authority, or if you do not agree with the terms o...

About us

  Onlinemobook   is an online platform where students find the answers of any subject. We make sure that all the students who are facing difficulties in questions, will get the effective and correct  answers. Our main goal is to provide the most effective and convenient answers to the students.