वसन्त कोकिल
वसन्त कोकिल कविताको सारांश
वसन्त कोकिल लेखनाथ पौड्यालद्वारा लेखिएको प्राकृतिक शब्दकला हो । प्रकृतिका सुन्दरतम पक्षहरूलाई टिपेर कविले ऋतुराज वसन्तको कलात्मक स्वरूप खिचेका छन् । शिशिरले खर्लप्पै खाएको प्राकृतिक स्वरूपमा वसन्तसँगै नयाँ जीवन आउने गर्छ । जाडोमा रोएर बस्ने कोइली वसन्तसँगै आफ्नो जीवनशैलीमा रूपान्तर गर्छ । बोट, बिरुवा, लहराहरूमा पालुवाहरूले भरिएपछि वसन्तको आगमनसँगै कोइलीले पनि आफ्नो सुमधुर कप्ठ सर्वत्र फैलाउँछ र वसन्तको गौरव बढाउँछ । हिजो दुःख पिएर निराशामय जीवन व्यतीत गर्ने कोइली आज प्रमोदले महासुखी बनेको छ भन्ने अनुभूति कविको छ । वसन्तले बनाएको सुन्दरतम बगैँचामा बसेर आँपका पालुवा चपाउँदै चरम आनन्दको अनुभूति गर्ने कोइलीको दैनिकी कवितामा प्रस्तुत भएको छ । मधुर, हावा, मञ्जु पालुवा, दिव्य दृष्टि, पूर्ण प्रमोद आदिले सुखका फोहराहरूलाई जीवन्त बनाएका छन् । समीरले पुष्पपराग़ फैलाउँदा जीवनमा रसरङ्ग थपेको छ । आनन्दसँग रसाल पिएर मदले लट्ठ परेर उसले सबैतिर आँखा घुमाउँछ । सहर्ष सुरिलो भाका घन्काउँदै कोइली रनवन घुमिरहन्छ । शाखान्तरहरूमा सुमिरहने कोइली पालुवामा ढलीमली गर्दै रसिक बनेको देख्दा कविलाई अचम्मित पारेको छ । चुचो ठड्याई मञ्जरी चट्ट टिपेर फयाकफुरुक गर्दै प्रसन्नता साथ पुच्छर लतारेर कोइली डुलिरहन्छन् । घाम र शीतको डर त्यहाँ छैन । झरी बादलको पिर छैन । बगैंचाको सौन्दर्य त्यत्तिकै सशक्त र जीवन्त छ । यस्तो सौन्दर्य पिएर कोइली कति आनन्दित छ भन्ने कविको अवधारणा छ। निष्कर्षमा ऋतुराज वसन्तमा देखिएको कोइलीको दैनिकीको चित्रण गर्दै त्यसको मानवीकरणतर्फ आकर्षित गराउनु कविताको मूल आकर्षण हो ।
अभ्यास
सुनाइ
१. 'वसन्त कोकिल' कविता सुनेर त्यसैअनुसार पालैपालो वाचन गर्नुहोस् ।
: वाचने अभ्यास गर्नुहोस् ।
२. कविताको पहिलो र दोस्रो श्लोक सुन्नुहोस् र त्यसका आधारमा निम्न प्रश्नको उत्तर दिनुहोस् :
(क) रुख तथा लहरामा वसन्त ऋतुमा कस्तो परिवर्तन आउँछ ?
: रुख तथा लहरामा वसन्त ऋतुमा नवीन परिवर्तन आउँछ ।
(ख) कोइलीले वसन्त ऋतुको शोभा कसरी बढाउँछ ?
: कोइलीले वसन्त ऋतुको शोभा कोमल स्वरबाट बढाउँछ ।
(ग) वसन्त ऋतुभन्दा पहिले कोइली आफ्ना दिन कसरी बिताउँथ्यो?
:वसन्त ऋतुभन्दा पहिले कोइली आफ्ना दिन दुःखी बनी लुकेर बिताउँथ्यो ।
(घ) कोहली वसन्त ऋतुलाई कुन रूपमा लिन्छ ?
: कोइली वसन्त ऋत्तुलाई आनन्द र खुसीको रूपमा लिन्छ
३. कविताको तेस्रो र चौथो श्लोक श्रुति लेखन गर्नुहोस् ।
: लेखन अभ्यास गर्नुहोस् ।
बोलाइ
१. तलका शब्द उच्चारण गर्नुहोस् :
: कलकण्ठ, रसरङ्ग, प्रसन्नता, वृष्टि शाखान्तर
२. तलका शब्द प्रयोग गरेर साथीसँग कोइलीका बारेमा कुरा गर्नुहोस् :
सारै, केवल, मोज, शरीर, चुच्चो
सारै : कोइली सारै राम्री चरा हो ।
केवल : कोइली केवल सामान्य चरो होइन ।
मोज : कोइलीले वसन्तमा मोज गरिरहेको हुन्छ ।
शरीर : त्यसको शरीर छरितो हुन्छ ।
चुच्चो : कोइलीको चुच्चो तिखो हुन्छ ।
३. तलका प्रश्नको उत्तर भन्नुहोस्
(क) 'वसन्त कोकिल' कविताका कवि को हुन् ?
: 'वसन्त कोकिल' कविताका कवि लेखनाथ पौड्याल हुन् ।
(ख) कवितामा कुन श्लोक बढी राम्रो लाग्यो र किन ?
: कवितामा सबै श्लोक बढी राम्रो लाग्यो किनभने यसमा प्रकृतिका सुन्दरतम पक्षको चित्रण गरिएको छ ।
(ग) कविताको शीर्षक 'वसन्त कोकिल' कत्तिको उपयुक्त छ र किन?
: कविताको शीर्षक 'वसन्त कोकिल' उपयुक्त छ किनभने शीर्षक र वर्णन गरिएको विषयवस्तु बिच राम्रो सम्बन्ध छ ।
(घ) कक्लेि कोइलीलाई के के नाम दिएका छन्? कविले कोइलीलाई कोकिल र कलकण्ठ नाम दिएका छन् ।
४. पाठका आधारमा वसन्त ऋतुमा देखिने परिवर्तनका बारेमा समूहमा छलफल गर्नुहोस् ।
पाठको सारांश हेरेर छलफल गर्नुहोस्
पढाइ
१. 'टनाटन', 'पालुवाकन' जस्ता अनुप्रासयुक्त शब्द पाठवाट खोजेर शिक्षकलाई भन्नुहोस् ।
लुकीकन, गलाकन, च्यापीकन, गरीकन,. ।
२. कविताको चौथो श्लोकका पक्ति पढेर उदाहरणअनुसार लेख्नुहोस् र कक्षामा सुनाठनुहोस्
उदाहरण : हाया सिरिसिरो चलिरहेको छ ।
: सबै मञ्ज पालुवा झुलिरहेछन । जता दृष्टि उतै सखी मन दियो । त्यो किन प्रमोदले पूर्ण नहोस् ।
३. पाठका साती र आठौं श्लोक पढी तलका प्रश्नको उत्तर दिनुहोस् :
(क) कोइलीले आफ्नो प्रसन्नतालाई कसरी व्यक्त गरेको छ ?
: कायलीले आफ्नो प्रसन्नतालाई भुरै उठी शाखान्तरमा दुलेर व्यक्त गरेको छ ।
(ख) 'शाखान्तर', 'बहाडी', 'रसिक', 'पालुवा' र 'मञ्जरी' शब्दको अर्थ के हो ?
शाखान्तर : अङ्ग उपाङ्ग
रसिक : मन प्रसन्न पने
म्जरी : मुजुरा / पालुवा
बहाडी : फरासिलो
पालुवा : कलिला पात
(ग) 'भु', 'चट्ट, फरक्क' यी अनुकरणात्मक शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्
भुर्र : कोइलो भुर्र उडयो ।
चट्ट : वसन्त चट्ट परेको छ ।
फरक्क : चराहरू फरक्क फर्केर गएछन्
(घ) 'घरिघरि', 'ढलिमली' जस्तै अन्य पाँच ओट द्वित्व शब्द शिक्षकसँग सोधेर लेख्नहोस ।
: घरघर, चटचट आआफ्नो, ऐंचोपैचो, परपर.....।
४. पाठको पाँची र छैटौ श्लोक पढी खोटो उत्तर आउने तिन ओटा प्रश्न निर्माण गरी कक्षामा प्रस्तुत गर्नुहोस् ।
(क) शरीर कसरी झुलिरहेको छ ?
(ख) रसालले के गर्दछ ?
(ग) कोइलोले मन कमरी घन्काउंछ ?
लेखाइ
१. पाठका आधारमा उत्तर लेख्नुहोस् :
(क) वसन्त चतुका विशेषताहरू के के हुन् ?
: प्रकृतिलाई हरियालीले उपकक छोपड, पालुवाहूसे सौन्दर्य बढाउँछ र जताततै कोइलीका सुमधुर स्वरहरू सुन्न पाइन्छ । यिनै वसन्त ऋतुका मुसार विशेषताहरू हुन् ।
(ख) वसन्त ऋतुमा कोइलीका दिन कसरी बित्छन् ?
: वसन्त ऋतुमा कोइलीका दिन प्रमोद र गौरवले बित्छन् ।
(ग) वसन्त ऋतु कोइलीका लागि किन रमाइलो हुन्छ ?
: शीतको बाधा, घामको डर, वृष्टिको पिर आदि केही नभएकाले वसन्त त्रातु कोइलीका लागि रमाइलो हुन्छ ।
(घ) कोइलीले वनको शोभा कसरी बढाउँछ ?
: वनवन घुमेर आफ्ना सुमधुर स्वरहरू उराल्दै कोइलीले वनको शोभा बढाउँछ ।
(छ) कविले वसन्तको गौरवका रूपमा के के कुरा उल्लेख गरेका छन् ?
: कविले वसन्तको गौरवका रूपमा पालुवाको भरिभराउ, कलकण्ठ आवाज, सहकार मजरी, पुष्पपराग, नयाँ जीवन आदि पक्षहरूलाई उल्लेख गरेका छन् ।
२. सप्रसङ्ग व्याख्या गर्नुहोस् :
(क) चपाउँदै मस्त भएर बेसरी
कुहू कुहू गर्दछ त्यो गरी की।
: प्रस्तुत श्लोकहरू कक्षा ९ को नेपाली पुस्तकको वसन्त कोकिल शोषकको कविताबाट साभार गरिएका हुन् । यस कविताका रचनाकार लेखनाथ पौड्याल हुन् । वसन्त ऋतुमा देखिने कोइलोका जीवनचर्याहरूको चर्चा गर्ने सिलसिलामा यी अभिव्यक्तिहरू प्रकाशमा आएका छन् ।
वसन्त ऋतुमा बगैंचामा बसेर होइलो नजरोहरू चपाउँदै आनन्दका साथ जताततै घुमिरहन्छ । मस्त भएर आफ्ना सुमधुर स्वरहरूले बन्काउदै प्रकृतिमा रीनक थप्छ । जिन्दगीका सारा उमङ्गहरू एकै साथ मेर कुहकर गर्दै धरोधरी घुमिरहन्छ । प्रकृतिमा आएको नयाँ जीवन सँगै प्राकातिक सौन्दयंलाई जीवन पद्धतिमा पुयाउन कोइलीले सञ्चारको काम गर्दछ । यसथ वसन्तलाई रखरमा पालेर वसन्तको उन्नायकका रूपमा कोइलीले काम गरिरहेको हुन्छ । भज्जरी चपादे बेताल र बेसुरमा भए पनि कोइली नवीन जीवन पद्धतिको उजागर गरिरहेको हुन्छ ।
सारमा प्राकृतिक सौन्दर्यको पान गर्दै कोइलीले नयाँ जीवन र उमङ्गको बहार छरिरहेको हुन्छ । आपना सुमधुर स्वरहरूले सजाएर कोइलोले घरोघरी सबैलाई बिउँझाइरहेको हुन्छ भन्ने सङ्केत कविताशले सड्केत गरेको छ ।
(ख) वसन्तको गौरवले गरीकन
खुसी छ सारै कलकण्ठको मन ।
: माथिका पक्तिहरू कक्षा ९ को नेपाली पुस्तकको वसन्तको कोकिल भन्ने कवितावाट लिइएको हो । यस कविताका रचनाकार लेखनाथ पौड्याल हुनु । वसन्तको गौरव र कोइलीको खुसीयालीको चर्चा गर्ने प्रसङ्गमा यी भनाइहरू प्रकाशित भएका हुन् ।
शीत, घाम आदिको कुनै अवरोध नभएकाले यो समय गौरव र सौरभले भरिपूर्ण हुन्छ । जिन्दगीका गरिमामय अभिव्यक्तिहरूको गुञ्जन यसै ऋतुमा हुन्छ । त्यसैले त वसन्त ऋनुलाई आतुराज भनिएको हो । सबैतिर हरियाली नयाँ पालुवा, खुसीयालोले विगतका तितामिठा र रुखा कुराहरूलाई बिर्साइदिन्छ । शिशिरमा निराश भएर गुजारेका जिन्दगीहरूले नयों मार्ग समातिसकेको हुन्छ । आँस, रोदन,
दुःख, पीडा आदि सबै भुलेर गौरवमय नयाँ जीवनका अभ्यासहरू यसै ऋतुमा गरिन्छन् । वसन्त ऋतुले कोइलीलाई समेत आनन्दको वर्षा गराएको छ । गौरवले भरिउका क्षणहरूसँग लुकामारी गर्दै कोइलीले सुन्दरतम पक्षहरूको आनन्दानुभूति गरिरहेको हुन्छ । निष्कर्षमा वसन्तको गौरवले पुलकित भएर कलकष्ठले खुसीका साथ आफ्नो मन प्रफुल्ल बनाइरहेको हुन्छ । यही वसन्तको गौरवलाई आत्मसात् गरी कलकण्ठले ब्रह्मानन्दको अनुभूति गरिरहेको हुन्छ भन्ने यी पक्तिहरूको आशय रहेको छ ।
३. कविले 'वसन्त कोकिल कवितामा प्रकृतिको बयान कुन रूपमा गरेका छन्, विस्तारपूर्वक लेख्नुहोस् ।
: वसन्त ऋतुमा लता, वृक्षहरूमा नवीन लाखौं यालुवाहरू पलाएका हुन्छन् । वसन्तसँगै कलकण्ठको गौरवमय आवाज सुनिन्छ । वसन्त ऋतु आउनु पूर्व लुकेर जीवनयापन गरिरहेको कोइलीले दुःखका दिनको सामना बसन्त ऋतुमा गर्नु पर्दैन । कोइली प्रमोदले महासुखी बन्छ । सुन्दर बगैंचामा कोइली मोजले बस्छ । सहकार मञ्जरी चपाउँदै मस्तसँग घुमिरहन्छ । सिरोसिरी हावा चलिरहेको हुन्छ । मनोहर पालुवाहरू झुलिरहेका हुन्छन् । सुख र खुसीकों कुनै सिमा हुँदैन। हावाले पुष्पपराग फैलाउँद्रा रसरागमा वृद्धि हुन्छ । वसन्तमा आनन्दसँग मदले लटछ हुन्छन् । सबै वनभरि कोइलीले घनक्क आवाज घन्काउँछ । वसन्तको उन्मादमा कोइली शाखा-प्रशाखामा घुमिरहन्छ । फरासिलो पाराले मन प्रसन्न हुन्छ । चुम्चाले मजरी टिपेर सबैलाई देखाउँछ घरीघरी प्रसन्नताका साथ पुच्छर लतारेर धुमिरहन्छ । वसन्तमा शीतको बाधा र घामको डर छैन । वृष्टिको पिर छैन । वसन्तको गौरवले कलकण्ठको मनसमेत प्रफुल्ल भएको छ । यिनै प्राकृतिक पक्षहरूको बयान कविताले गरेको छ ।
४. वसन्त कोकिल' कविताको सारांश लेख्नुहोस्।
: पाठको साराश हेर्नुहोस् ।
५. तलका विविध किसिमका शब्दहरूलाई समूह समूहमा मिली अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् र कक्षामा सुनाउनुहोस्।
(अ) अनेकार्थक शब्द
(क) कल : मेसिन, कलह, कोमल
: सैभरि कल गरेर देश बन्छ र ।
(ख) पिर : चिन्ता, कलह, पिर्ने काम गर, सल्लाको
: पात उनीहरू पिर गरेर मात्र बस्छन् ।
(ग) पुरा : पहिले, सम्पन्न, जुठो
: मैले आजको गृहकार्य पुरा गरिसको
(घ) रज : धुलो, पुष्पराग, स्त्रीरज
: वसन्त ऋतु रजरागले भरिएको हुन्छ ।
(आ) श्रुतिसम भिन्नार्थक शब्द
दिन : दिउँसो
दीन : दुखी
घरी : डाँठसहितका केराको काईँयाहरूको समूह
सित: सँग
घरि: पटक शीत
: आजको दिनमा घाम लागेन त ।
दीन दुःखीहरूको कल्याण हुने काम गर्नुपर्छ ।
कोइली घरिघरि आउँदैन ।
केराको बोटमा कति ठूला घरी लागेछन् ।
नोर्बुसित गएको होइन र लखन दाइ !
बिहान त शीत निकै बाक्लो परेछ ।
(इ) विपरीतार्थक शब्द
भरि :आधा
अगाडि : पछाडि
दुःख : सुख
बस्नु : उठ्नु
नवीन : प्राचीन
दीन : सुखी
पूर्ण : अपूर्ण
कलिलो : छिप्पिएको
: दिनु लिनु पछि दिनभरि बसेर पनि अझै पुगेन कि क्या हो ?
रमा र जसमती मेरो अगाडि जाँदै छन् ।
सुन भाइ ! दुःख पन्यो भन्दैमा यसरी हरेस नखाक
सै एक ठाउँमा बस्नु राम्रो होइन त !
प्रमोदको पुस्तक उसैलाई दिनु है रमा ।
वसन्तको मूल विशेषता नवीनता पनि हो ।
दीनहरू पनि त सुखी हुन सक्छन् ।
संविधान निर्माणले पूर्णता पायो त ?
वसन्तको कलिलो पालुवा कति सुन्दर छ ?
जहिले पनि मेरो पछि लागेर हुन्छ ?
(ई) अनुकरणात्मक शब्द
घनक्क, फरक्क, सिरिसिरी, भुर, चट्ट
: मादल त घनकक घन्कियो ।
कोइली वसन्त लागेपछि फरक्क फर्केर आयो ।
हावा सिरिसिरी चलेपछि मनै हरै भयो ।
चराहरू भुर्र उडेर गए ।
आज तिमी त चट्ट परेर हिंडेछौ ।
६.पाठमा भएका तलका शब्दहरूलाई प्रचलित वर्ण विन्यासअनुसार सच्याएर कापीमा सार्नुहोस् :
भरी, चलीरहेको, अलिकति, अलीरहेछन्, लतारि
: भरि, चलिरहेको, अलिकति, झुलिरहेछन्, लतारी
व्याकरण
१. विभिन्न समूह बनाई उदाहरणका तल दिइएका वाक्य परिवर्तनको अभ्यास गर्नुहोस् :
(क) लिङ्ग
सानो भाइ आयो । सानी बहिनी आई ।
कालो केटो दौडियो । काली केटी दौडिई ।
(ख) वचन
भाइ पाठ पढछ । भाइहरू पाठ पदछन् ।
रुख अग्लो छ । रुखहरू अग्ला छन् ।
(ग) पुरुष
म मावल जान्छु। तँ मावल जान्छस् । ऊ मावल जान्छ ।
हामी मावल जान्छौँ। तपाई/हरू मावल जानुहुन्छ ।
(घ) आदर
तँ फुल टिप्छस् । तिमी फुल टिप्छौ/टिप्छ्यौ ।
ऊ फुल टिप्छ । उनी फुल टिप्छन्/टिष्छिन्
मेरो साथी आयो । मेरा साथी/हरू आए
मेरी साथी आई । मेरी साथी आइन् । मेरी साथी आउनुभयो ।
(ङ)करण र अकरण
सुयोग गीत गाउँछ ।
तिमी/हरू मावल जान्छौ ।
सरिफाले किताब ल्याइछ ।
आज सिद्धार्थ मावल जाला ।
(च) काल र पक्ष
२. कोष्ठकमा दिएका सङ्केतका आधारमा तलका वाक्य परिवर्तन गर्नुहोस् :
(क) पूर्णमान कविता लेख्छ । (स्त्रीलिङ्ग)
: पूर्णिमा कविता लेख्छे ।
(ख) माधुरी गीत गाउँछे। (पुलिङ्ग)
: माधव गीत गाउँछ ।
(ग) तिमी कहाँ गएका थियौ ? (स्त्रीलिङ्ग)
: तिमी कहाँ गएकी थियौ ?
(छ) उसले माछा मान्यो । (बहु वचन)
: उनीहरुले माछा मारे ।
(ङ) हामी सिनेमा हेर्न गएका थियौँ । (एक वचन)
: म सिनेमा हेर्न गएको थिएँ ।
(च) मैले घाँस काटेँ। (तृतीय पुरुष)
: उसले पोस कारयो ।
(छ) ऊ माइत गई । (अकरण)
: ऊ माइत गइन ।
(ज) साथी घर गयो । (उच्च आदर)
: साथी घर जानुभयो ।
३. तलका वाक्यलाई पक्षका आधारमा जोडा मिलाउनुहोस् :
(क) जुनेलीले खसी पालेकी छ । - पूर्ण वर्तमान
(ख) मञ्चला चित्र कोर्दै छिन् । - अपूर्ण वर्तमान
(ग) अष्टमान घर गयो । - सामान्य भूत
(घ) आज राती पानी परेछ । - अज्ञात भूत
(ङ) मीरा सानामा निकै पढ्थी । - अभ्यस्त भूत
(च) हामी भोलि मामाघर जाने छौँ । - सामान्य भविष्यत्
४. सामान्य वर्तमानका क्रियापदहरू प्रयोग गरी आफ्नो विद्यालयका बारेमा एक गनुग्छेद लेख्नुहोस् ।
: मेरो विद्यालयको नाम विजयपुर आवासीय उच्च माध्यमिक विद्यालय हो । यो विद्यालय नेपालको उत्कृष्ट विद्यालय मानिन्छ । पूर्वी नेपालको धरानमा रहेको यस विद्यालयमा धेरे विद्यार्थीहरू पढ्छन् । समावेशी हुनु यस विद्यालयको विशेषता हो । अझै प्रभावकारी बनाउनु यसको विशेषता मानिन्छ ।
५. भविष्यत् कालका तिन ओटै पक्षमा दुई दुई ओट वाक्य लेख्नुहोस् ।
: सामान्य
(क) सुधा र वासुदेव विद्यालय जाने छन् ।
(ख) कुमारीहरू परिवर्तनको अभियानमा लाते छन्
अपूर्ण
(क) लेखनाथ र रामनाथ कविता लेख्दै हुने छन् ।
(ख) पासाङ र धनियाँ अनुसन्धान गर्दै हुने छन् ।
पूर्ण
(क) सञ्चार माध्यमहरूले सूचना दिएका हुने छन् ।
(ख) अरूण हाइड्रो पावरले बिजुली उत्पादन गरेको हुने छ ।
६. तलका पद सङ्गति मिलेका वाक्यमा ठिक (/) र पद ससङ्गति नमिलेका वाक्यमा ठिक (×) चिह्न लगाउनुहोस् :
(क) साथीको आमा आयो । (×)
(ख) आज विद्यालयमा विद्यार्थी छैनन् । (/)
(ग) चरो आकासमा उड्छन् । (×)
(घ) तिनीहरू बिहानै बजार गयो । (×)
(ङ) तिमी नेपाली राम्ररी बोल्छौ । (/)
७. धातु र सङ्केतका आधारमा खाली ठाउँ भर्नुहोस् :
(क) कविले कविता लेखेका थिए । (लेख : पूर्ण भूत)
(ख) गुरुले पाठ पढाउनु भयो । (पढाउ : सामान्य भूत)
(ग) उसले खेल खेलेछ । (खेल् : अज्ञात भूत)
(घ) भरियाहरू भात खाँदै थिए । (खा : अपूर्ण भूत)
(ङ) हामी मङ्गलबार व्रत लिन्थ्यौँ । (लि : अभ्यस्त भूत)
८. तलको अनुच्छेदबाट 'सम्' उपसर्ग लागेका शब्द छानेर शिक्षकलाई देखाउनुहोस् :
लेखनाथ पौड्याल (विसं १९४१ २०२२) कुशल कवि हुन् । उनको जन्म कास्कीको अरघौअर्चलेमा भएको थियो । उनले संस्कृत शिक्षामा मध्यमासम्मको अध्ययन गरेका थिए । उनको उदयले नेपाली साहित्यको काव्य विधा निकै समृद्ध भयो । पूर्वीय साहित्य सिद्धान्तअनुसार नेपाली भाषामा काव्य सिर्जना गर्ने कविहरूमा कवि शिरोमणि लेखनाथ पौड्याल अग्र पड्क्तिमा छन् । उनका कवितामा विशेष गरेर नेपालको सामाजिक अवस्था, सांस्कृतिक परिवेश तथा प्राकृतिक दृश्यको चित्रण पाइन्छ । ऋतु विचार, बुद्धि विनोद, सत्यकलि सवाद, भर्तृहरि निर्वेद, गीताञ्जली, लक्ष्मीपूजा, त्याग र उदयको युगल प्रकाश, सत्यस्मृति, मेरो राम, तरुण तपसी, लालित्य भाग १ र २ उनका उत्कृष्ट कृतिहरू हुन् ।
: कुशल, संस्कृत, अध्ययन, उदय, विधा, समृद्ध, विशेष, अवस्था, परिवेश, प्रकाश, उत्कृष्ट
९. उदाहरणअनुसार तलका उपसर्ग लगाएर तिन तिन ओट शब्द निर्माण गर्नुहोस् :
प्र, वि, अनु, सु, अ, बद, अधि, अभि, उप
प्र : प्रकाश, प्रयोग, प्रशान
अनु : अनुसार, अनुमान, अनुकृति : अटल, अमर, अशेष
अंधि : अधिराज्य, अधिकार, अधिवेशन
उप : उपचार, उपकार, उपदेश
वि : विवाद, वियोग, विराज
सु : सुकर्म, सुयोग, सुशासन
बद : बदनाम, बदख्वाई, बदनियत
अभि. : अभिमान, अभिनय, अभियोग
१०. तलका शब्दबाट उपसर्ग र आधार पदलाई छुट्याउनुहोस् : अभिभावक, अनुशासन, नातागत, बेमतलब, निराहार, संहार, सङ्कष्ट
अभिभावक : अभि + भावक
नातागत : ना + तागत
अनुशासन : अनु + शासन
बेमतलब : बे+ मतलब
निराहार : निर् + आहार

Comments
Post a Comment