Skip to main content

Nepali Guide

पाठ - ५ (मानव बेचबिखन विरुद्ध हाम्रो दायित्व)

 मानव बेचबिखन विरुद्ध हाम्रो दायित्व


■अभ्यास■

सुनाइ

१. चौबिसौँअनुच्छेद सुनेका आधारमा मिलेको भनाइका अगाडि ठिक चिह्न दिनुहोस्:


(क) कुनै पनि समस्याले समाधान आफै बोकेर आएको हुन्छ । ( ठिक )
(ख) मानव बेचबिखनको समस्या प्राकृतिक होइन । (ठिक)
(ग) मानव बेचबिखनको समस्या समाधान गर्न राज्य जुर्मुराए पुग्छ ।
(घ) मानव बेचबिखनको समस्या समाधानमा विद्यार्थीको कुनै भूमिका हुँदैन ।
(ड) मानव बेचबिखन निन्दनीय कार्य हो । (ठिक)

२. पाठको प्रारम्भिक अनुच्छेद शिक्षकबाट सुनेका आधारमा निम्न लिखित प्रश्नहरूको मौखिक जबाफ दिनुहोस् :

(क) वक्तृताको विषय के हो?
: वक्तृताको विषय मानव बेचविखन विरुद्ध हाम्रो दायित्व हो ।
(ख) वक्तृत्व प्रतियोगिता कसको सभाध्यक्षतामा सञ्चालन भएको छ ?
: वक्तृत्व प्रतियोगिता विद्यालयका प्रधानाध्यापक मिलन चेपाङको सभाध्यक्षतामा सञ्चालन भएको छ ।
(ग) निर्णायक मण्डलमा कति जना सदस्यहरू छन् ?
: निर्णायक मण्डलमा तिन जना सदस्यहरू छन् ।
(घ) उद्घोयण गर्ने व्यक्ति को हुन् ?
: उद्घोषण गर्ने व्यक्ति सुमन मिजार हुन् ।
(ङ) वक्तृत्व प्रतियोगितामा कति जना वक्ता तोकिएका छन् ?
: वक्तृत्व प्रतियोगितामा चार जना वक्ता तोकिएका छन् ।

३. वक्तृत्व प्रतियोगिताका नियमहरूको श्रुति लेखन गर्नुहोस् ।
: श्रुति लेखन अभ्यास गर्नुहोस् ।

बोलाइ

१. तल दिइएका शब्दहरू शुद्ध र रूपमा उच्चारण गर्नुहोस् :

सभाध्यक्ष, अगप्रत्यङ्ग, दुर्व्यसन, दुष्प्रवृत्ति, पुनर्स्थापना, कलड्कित, प्रत्यारोपण, बहिष्कृत, उल्लङ्धन, दुर्व्यवहार, पुनर्मिलन
: उच्चारण अभ्यास गर्नुहोस्

२. तलका उखान टुक्काहरूलाई वाक्यमा प्रयोग गरी कक्षामा सुनाठनुहोस् :
आङै जिरिङ्ङ हुन, सिधै स्वर्ग पुर्याउनु, लहैलहैमा लाग्नु, घाम जस्तै छर्लड्डङ हुनु, न्याल चुहाउनु, सुईको पाउनु, एक थुकी सुकी; सय थुकी नदी, हुने विरुवाको चिल्लो पात

: मनिकाको कुरा सुनेर मेरी आड जिरिङ्ङ भयो नि !
हिँडिराखेको मानिसलाई कहाँ सिधै स्वर्ग पुयाउन सकिन्छ र दाइ ।
नोर्बु र रजिया लहैलहैमा लागेर हिँड्दैनन् ।
तिम्रो कुरा त घामजस्तै छल्लकङ भयो है राधा !
अरूको प्रगति देखेर र्याल मात्र चुहाउनु राम्रो होइन ।
म विद्यालय नगएको सुइँको पाएपछि त आमाले छोइनै भएन ।
एउटाको मात्र प्रयासले नभएपछि समूह नै त्यस काममा लागेर सफल बनाए, यही त हो
एक थुकी सुकी; सय थुकी नदी भनेको ।
पासाङ सेना दोजें राई हुने बिरुवाको चिल्लो पात नै थिए।

३. तपाइँलाई वक्तृता प्रतियोगितामा बोल्ने ४ जनामध्ये कसको विचार राम्रो लाग्यो ? कारणसहित भन्नुहोस् ।
: मलाई मोहम्मद आलमको विचार राम्रो लाग्यो किनभने उनका विचारहरू निकै समयसापेक्ष छन् । कमाउने प्रलोभन भन्ने कुरा भौतिकवादी युगको पहिलो र यथार्थ कुरा हो । यसलाई अस्वीकार गर्नुपर्ने कुनै कारण छैन । रोजगारीका अवसरहरूको अभाव, अज्ञानता, विपन्नता, विभेदपूर्ण सामाजिक संरचना, झुठा आश्वासन, तिरस्कार, जालभेल आदि नेपालका वास्तविकताहरू हुन् । यिनै तथ्यलाई आत्मसात् गर्ने हो भने उनका भनाइहरूमा प्रश्न उठाउने ठाउँ छैन । यस जघन्य अपराधलाई परिवार, समाज, स्थानीय निकाय, सरकार आदिको एकमना उपस्थितिले रोक्न सकिन्छ। सबैका लागि शिक्षा, रोजगारी र सम्मान प्रदान गरेर यस्ता अपराधहरूको अन्त्य हुनसक्छ । अपराधीहरूलाई कानुनको दायरामा ल्याएर र बहिष्कार गरेर पनि अपराध कम गर्न सकिन्छ भन्ने कराहरू सान्दर्भिक छन् । यसर्थ आलमका विचारहरू हरेक कोणबाट मननीय छन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।

४. 'विद्यालय शान्ति क्षेत्र हुन्' भन्ने विश्वमा समूहमा लफल गर्नुहोस् र निष्कर्ष प्रस्तुत गर्नुहोस् ।


विद्यालय शान्ति क्षेत्र
(रमा, ललिता, डोल्मा र आकाश विच भएको छलफल)
रमा : विद्यालय शान्ति क्षेत्र भन्ने कुरा धेरै नै सुनिसक्यो, त्यो भनेको के छो ?
आकाश : मैले सुनेको छु तर बुझेको छैन ।
ललिता : विद्यालय शान्ति क्षेत्र भनेको विद्यालयहरू ब्यारेक होइनन् भनेको होला नि !
डोल्मा : विद्यालय शान्ति क्षेत्र भनेको विद्यालयमा युद्ध, आतङ्क, आन्दोलन, बन्द, हड्ताल, कुटपिट आदि हुनुहुँदैन भनेको नि !
आकाश : विद्यालयको वातावरण भयमुक्त शान्त र विद्यार्थी मैत्री हुनुपर्छ भनेको पनि हो ।
रमा : युद्ध, आतङ्क आदिले बाल बालिकामा मनोवैज्ञानिक त्रास सिर्जना गर्ने भएकाले विद्यालयमा यस्ता क्रियाकलाप गर्नु हुँदैन भनेको हो, डोल्मा ।
डोल्मा : हो बाल बालिकाको शारीरिक, मानसिक, सवेगात्मक र सामाजिक विकासमा अनुकूल प्रभाव पार्ने क्रियाकलापहरू मात्र विद्यालयमा गरिनुपर्छ ।
ललिता : विरोधी र समर्थकहरू, सत्ता र प्रतिपक्ष सबैले विद्यालयको शान्ति र समृद्धिका लागि सोन्विदिने हो भने शान्ति क्षेत्र बनाउन सजिलै सकिन्छ ।
डोल्मा : (थप स्पष्ट पार्दै) विद्यालय सामाजिक सम्पत्ति र विद्यार्थी भविष्यका कर्णधार भाएकाले विद्यालयलाई शोषण, दुर्व्यसन, गाली, तिरस्कार मुक्त गरी परस्पर सम्मानको भावना बढाउने संस्था बनाउनुपर्छ ।
आकाश : डोल्माका कुराले त हामीलाई छर्लड्डै पारिदियो ।
सबै : निष्कर्षमा, सबैका लागि शिक्षा प्रदान गर्ने ठाउँ शान्त, सुन्दर, सफा र मैत्रीपूर्ण हुनुपर्छ । विद्यालय शान्ति क्षेत्र हो भन्ने कुरा सबै पक्षले बुझ्नुपर्छ । रूपान्तरित, समाजमा विद्यालय द्वन्द्व, युद्ध, शोषण र अपराधमुक्त हुनुपर्छ । विद्यालय हाम्रो हो र हाम्रो विद्यालयलाई राम्रो बनाउनुपर्छ भन्ने भावना सबैमा भए विद्यालय शान्ति क्षेत्र हुन् भन्ने आदर्श व्यवहारमा परिणत केही बेर लाग्दैन ।


पढाई


१. माथिको वक्तृताका अनुच्छेदलाई हाउभाउसहित पालैपालो पढ्नुहोस् ।

: पठन अभ्यास गर्नुहोस् ।

२. माथिको वक्तृता पढेका आधारमा तलका प्रश्नहरूको उत्तर दिनुहोस् :

(क) लहैलहैमा लाग्नुको अर्थ के हो ?
: लहैलहैमा लाग्नुको अर्थ काम कुरा नबुझी बहकिनु भनेको हो ।
(ख) मानव बेचबिखनमा परेका मान्छेहरूलाई कस्ता काममा लगाइएको पाइन्छ ?
: मानव बेचबिखनमा परेका मान्छेहरूलाई वेश्यावृत्ति, सकंस, घरायसी कामदार, उद्योगमा श्रमिक, खानीमा मजदुर जस्ता काममा लगाइएको पाइन्छ ।
(ग) बेचबिखनबाट उम्केर आएका मानिसहरू कसरी बाँच्न बाध्य छन् ?
: बेच बिखनबाट उम्केर आएका मानिसहरू परिवार र समाजबाट तिरस्कृत भएर बौच्न बाध्य छन् ।

३. लेख्य चिह्नहरूलाई ख्याल गरी तलको अनुच्छेद पढ्नुहोस् :
: कस्ता खराब मानिसहरू ! मान्छेले मान्छेलाई बेच्ने । के संसारमा पैसाभन्दा अर्को ठलो कुरा केही छैन र ? सत्कर्म गरेर खानु, कसैलाई दुःख नदिनु र केही गर्न नसके मागेर खानुमा जीवनको सार्थकता छ । हे ईश्वर । तिनीहरूको सदबुद्धि आओस् । मानवता मग्मगाओस् ।

४. वक्तृताको छैयै अनुच्छेदलाई मनमनै पढ्नुहोस् र त्यसमा अभिव्यक्त भएका विचारहरूलाई आफ्नै मौलिक शैलीमा लेख्नुहोस् ।
: बेरोजगारी, वर्गीय विभेद, सचेतनाको कमी, सामाजिक अपमान, प्रलोभन, तस्करको विश्वास आदिका कारणले मानव बेचबिखन बढेको हो । मायाका नाटकहरू, विवाहको प्रयञ्च अरूभन्दा भिन्न र समृद्ध जीवन बाँच्ने कल्पनाले मानिसलाई शारीरिक र मानसिक यातना भोग्न बाध्य गराइदिन्छ । उनीहरूले सामाजिक र पारिवारिक 
सम्मान पाउन पनि कठिन हुन्छ ।


लेखाइ


१. तलका प्रश्नहरूको सक्षिप्त उत्तर लेख्नुहोस् :


(क) मानव बेचबिखन र ओसारपसारको तस्करी बढ्नाका कारणहरू के के हुन् ?
: प्रलोभन, आर्थिक-सामाजिक विपन्नता, बनावटी मायाजाल, दण्डहीनता आदि मानव बेचविखन र ओसार पसारको तस्करी बढ्नाका कारणहरू हुन् ।

(ख) मान्छेले मान्छेलाई नै बेच्ने दुस्साहस किन गर्छ ?
: पैसामुखी प्रवृत्ति र नैतिकताको हास, दासप्रथाको बाँकी अवशेष, अशिक्षा, गरिबी, बेरोजगारी र युद्धको प्रभावले मान्छेले मान्छेलाई नै बेच्ने दुस्साहस गर्छ ।

(ग) मानव बेचबिखन र ओसारपसारका कार्यलाई नियन्त्रण गर्ने उपाय के के हुन् ?
: शिक्षा, सचेतना र रोजगारीमा वृद्धि, अपराधअनुसारको सजाय, प्रभावकारी कानुनको व्यवस्था, अपराधीहरूलाई प्रशिक्षण र सामाजिक बहिष्कार आदि मानव बेचबिखन र ओसारपसारका कार्यलाई नियन्त्रण गर्ने उपायहरू हुन्

(घ) तपाईं कानुन बनाउने ठाउँमा हुनुभएको भए यस्ता अपराध गर्नेलाई कस्तो सजायको व्यवस्था गर्नुहुन्थ्यो ?
: म कानुन बनाउने ठाउँमा भएको भए प्रवर्धनात्मक र दण्डात्मक कानुनको विकास गर्ने थिएँ । मानव बेचविखन तथा ओसारपसार गर्नेलाई कुनै हालतमा पनि उन्मुक्ति नदिने खालको कानुन बनाएर प्रभावकारी कार्यान्वयनमा जोड दिन्थे ।

(ङ) मानव बेचबिखन र ओसारपसार किन जल्दोबल्दो विषय मानिन्छ ?
: मान्छे सबैभन्दा विवेकशील प्राणी भनिए तापनि विवेकहीनताका कारण विश्वव्यापी रूपमा फैलिएकाले मानव बेचबिखन र ओसारपसारलाई जल्दोबल्दो विषय मानिन्छ ।

२. मानव बेचबिखनका विरुद्ध सचेतना अभियान सञ्चालन गर्दा जुलुसमा लगाउन सकिने उपयुक्त कुनै पाँच ओटा नाराहरू लेख्नुहोस् ।

(क) मानव चेबबिखन विरुद्ध सबै एक हौँ, एक हौँ ।
(ख) हाम्रो आवाज मानव बेचबिखन रहित समाज ।
(ग) मानव बेचबिखन विरुद्ध सचेतना बढाऔँ ।
(घ) मानव बेचबिखन विरुद्धको आधार अपराधीलाई सामाजिक बहिष्कार ।
(ङ) मानव बेचबिखन विरुद्धको शिक्षक, विद्यार्थी सरोकारवालाहरू एक जुट हौँ ।

३. पाठको सातौँ अनुच्छेदबाट मुख्य चार ओटा बुँदाहरू टिपोट गर्नुहोस् ।

• मानव बेचबिखन जस्तो जघन्य अपराधलाई नियन्त्रण गर्न परिवार समाज, सङ्घसंस्था, स्थानीय र सरकारसम्मको साथ र सहयोग आवश्यक
• रोजगारी र शिक्षाका अवसरमा वृद्धि गरी गरिबी निवारणमा जोड
• मानव बेचबिखन विरुद्ध लागेकाहरूलाई प्रोत्साहन
• मानव तस्करहरूलाई सामाजिक बहिष्कार र सजायको व्यवस्था

४. पाठको अठारौँ अनुच्छेदलाई एक तृतीयांश हुने गरी सक्षेपीकरण गर्नुहोस् ।
: शैक्षिक पाठ्यक्रमहरूलाई व्यावसायिक र रोजगारमूलक बनाई सचेतना वृद्धि तथा गरिबी निवारणको आधार बनाउन सके अपराध नियन्त्रण गर्न सकिन्छ ।

५. 'सत्मार्ग र शान्तिले नै समाजलाई सभ्य बनाउँछ' भन्ने विषयमा ५० शब्दसम्मको एठटा अनुच्छेद लेख्नुहोस् ।

सत्मार्ग र शान्तिले नै समाजलाई सभ्य बनाउँछ

असल कर्मले शान्तिको जन्म गराउँछ । समाजका प्रत्येक व्यक्तिले सत्मार्ग र शान्तिको मार्ग अवलम्बन गर्ने हो भने समाजमा सबै खाले अराजकताहरूको अन्त्य हुनसक्छ ।मानिस देवता र धर्ती स्वर्ग बन्नसक्छ । समाजलाई द्वन्द्व मुक्त बनाउन र सभ्यताको परिचय दिन सत्मार्ग एवं शान्तिको भूमिका अनुकरणीय हुन्छ । नैतिक, मानवतावादी, विनयशील र सहअस्तित्वमूलक जीवनयापन गर्नसके समाजमा विकृति, विसङ्गति र बिव्ल्यांय्हरूसे प्रवेश पाउनै सक्दैनन् । यसर्थ सभ्य समाजको प्राण भनेकै सत्मार्ग र शान्ति नै हुन भने स्पष्ट हुन्छ ।


व्याकरण


१. दिइएको अनुच्छेदमा रेखाङ्कित शब्द क्रियापद हुन्, तिनलाई सार्नुहोस् :

: हिजोआज युवादेखि केटाकेटीसम्मका लागि मोबाइल एक महत्त्वपूर्ण मनोरंञ्जनको साधन बनेको छ । साथीहरूसँग कुराकानी गर्न र आपसी सम्पर्क बढाउन पनि यसले सहयोग गरेको छ । इन्टरनेटबाट नयाँ कुरा सिकेर पढ्नेका लागि होस् वा रोमाञ्क्क खेलहरु खेल्न, यसलाई सबैले रुचाउँछन् । हाल आएर यो सबैका लागि जीवनको एक अभिन अङ्ग बनिसकेको छ । एकथरि मानिसहरू विद्यार्थीलाई मोबाइल चलाउन दिनुहुन्न भन्छन् भने अर्काथरि यसको प्रयोगबाट सिकाइमा ठूलो टेवा मिल्छ भन्छन् । मोबाइलबाटै विश्वका विविध जानकारीहरू प्राप्त गरेर आफूलाई अब्बल दर्जाको विद्यार्थीका रूपमा स्थापित गर्नेहरू पनि कम छैनन् । यसै अर्थमा उचित मात्रामा सदपयोग गरे मोबाइल विद्यार्थीको असल सहयोगी र दुरूपयोग गरेमा यो सवभन्दा खराब हो भन्ने अभिगत विद्वान्हरूको पाइन्छ ।

: बनेको छ, गरेको छ, होस, रुचाउँछन्, बनिसकेको छ, दिनुहुन्न भन्छन्, मिल्छ भन्छन् छैनन्, हो, पाइन्छ ।

२. तलका अनुच्छेदहरूमा रेखाङ्कित क्रियायोगी शब्दलाई कापीमा टिपोट गर्नुहोस् र त्यस्तै प्रकारका अरू दस ओय क्रियायोगी शब्दहरू खोजेर शिक्षकलाई देखाउनुहोस् :

स्वर्ण जयन्ती

विद्यालयको स्वर्ण जयन्ती मनाउने समय त पोहोर थियो । तयारी राम्रो नभएकाले आघौँ गरौँला भनियो । यस वर्षको तयारी एक महिनाअघि नै सकियो । निमन्त्रणा कार्ड बाँड्ने काम अस्ति सकियो । हिजो मञ्चको सजावटको काम पनि सम्पन्न भयो । काम गर्दागर्दै साँझ परेछ । मुख्य रमाइलो त भोलि पो हुन्छ ।

म आज बिहान सबेरै विद्यालय पुगे । कोही मान्छे भित्र थिए भने कोही बाहिरै थिए । साना केटाकेटीहरू कोही यता र कोही उता खेल्दै थिए । काम गर्नेहरू तल र माथि गर्दै थिए । मञ्चमा माइक अगाडि थियो भने सोफाहरू पछाडिपट्टि सजाइएका थिए । विद्युतीय सामग्रीहरू मञ्चको मुनि थिए । तोरणहरूलाई राम्ररी बाँधेर सबैतिर फन्फनी घुमाइएको थियो । हावा पनि मन्दमन्दु र सिरसिर चलिरहेको थियो । अभिभावकहरू पनि खुरुखुरु आउँदै थिए । सङ्गीतको धुन थोरै सुनिँदो थियो भने अन्य हल्ला धेर थियो । त्यसैले होला सङ्गीतको आवाज अलिकति बढाइयो । यो सुनेर सबै रमाए रमिला मिसले एकपल्ट त्यहाँको तयारी हेरी फर्कनुभयो । मुख्य अतिथि पनि टुप्लुक्क आइपुग्नुभयो । तालीको आवाज घन्कियो । उद्घोषक चिटिक्क परेर आए र कार्यक्रम बिस्तारै सुरु भयो । कसैले विद्यालयको इतिहास सर्सती पढे भने कसैले विद्यालयका राम्रा गतिविधिको मच्चीमच्ची प्रशसा गरे । कसैले सुधार गर्नुपर्ने पक्षका बारेमा फाट्टफुट्ट बोले । पुरस्कार र सम्मान पाउनेहरूलाई टिलिक्क सिँगारिएको थियो र उनीहरू खुसीले गद्गद थिए । सांस्कृतिक कार्यक्रममा साथीहरू नाच्दै थिए भने बाजागाजाहरू घनघन घन्किँदै थिए । यस्तै रमझम गरी दिन बित्यो । बेलुकी धेरै बत्ती बाली विद्यालयलाई झिलिमिली पारियो र स्वर्ण जयन्ती कार्यक्रम धूमधामसँग सम्पन्न भयो ।

: बेसरी, यसरी, खुर, भुर्र, भरे, तुरुन्तै, सरासर, धुरुधुरु, फटाफट, जहिले ... ।

३. तल दिइएका विस्मयादिबोधक शब्दहरूको प्रयोग गरी वाक्य निर्माण गर्नुहोस् :

ओहो : ओहो ! हरेराम तिमी त बलवान् भएछौ ।
हरे : हरे दैव ! यस्तो के देख्नुपर्यो ?
कठैबरा : कठैबरा ! त्यसको दुर्गति देखेर को हाँस्ला ।आबुइ : आबुइ । सन्तोष पो आइपुगेछ ।
छ्या : छ्या ! कस्तो दुर्गन्ध थाहा पापना ।
थुक्क : किन बुद्धि बिगारेको ? थुक्क बदमास !
आत्था : त्यो बालकलाई आगोले पोलेकाले आत्था भन्दै भाग्यो ।

४. तलका वाक्यबाट क्रियापद, क्रियायोगी र विस्मयादिबोधक शब्दहरू टिप्नुहोस् :

(क) राम सधैँ मेहनतमा नै विश्वास गर्ने हुँदा उसको राम्रो प्रगति भयो ।
: भयो : क्रियापद

(ख) गरिब मानिसहरू गरिबीसँग जुधिरहेका छन्, धनीहरू भने धनरसँग खेलिरहेका छन् ।
: जुधिरहेका छन् : क्रियापद, भने : क्रियायोगी, खेलिरहेका छन् : क्रियापद

(ग) तिमी जोमसोम घुम्न गयौ भने रमणीय स्थलहरूको अवलोकन गर्न पाउने छौ ।
: घुम्न गयौ : क्रियापद, भने : क्रियायोगी, गर्न क्रियायोगी, पाउने छौ : क्रियापद

(घ) मेहनती किसानले मेहनत नगरे हामी के खाएर बाँचौंला ?
: खाएर : क्रियायोगी, बाँचीला : क्रियापद

(ङ) अध्ययनशील विद्यार्थीले आफ्नो स्तर उठाउन सधै नियमित रूपमा अध्ययन गर्नुपर्छ ।
: गर्नुपर्छ: क्रियापद

(च) विचरा, सानो बाबु हिजो कान्लाबाट खसेछ !
: विचरा : विस्मयादिबोधक, खसेछ : विस्मयादिबोधक

(छ) छि ! कस्तो फोहरी मान्छे रहेछ, ऊ त हातै नधोई सपासप भात खान थाल्यो ।
: छि: विस्मयादिबोधक, रहेछ : क्रियापद, खान : क्रियायोगी, थाल्यो : क्रियापद

(ज) ओहो, तिमी त भर्खर आएछौ ।
: ओहो : विस्मयादिबोधक, भर्खर : क्रियायोगी, आएछौ : क्रियापद


५. तलको तालिकाका उदाहरणहरूबाट वाक्य विश्लेषण र संश्लेषणमा हुने फरक पत्ता लगाउनुहोस् : { किताबको झैँ बक्स बनाउने मित्र }


: वाक्य विश्लेषण : लामो वाक्यलाई छोट्याएर दुई/दुईभन्दा बढी वाक्य बनाउने प्रक्रियालाई वाक्य विश्लेषण भनिन्छ ।
: वाक्य संश्लेषण : दुई/दुईभन्दा बढी स्वतन्त्र वाक्यहरूलाई जोडेर एउटा वाक्य बनाउने प्रक्रियालाई बाक्य संश्लेषण भनिन्छ ।

६. तलका वाक्यहरूलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् :

(क) मेरी बहिनी सबेरै उछिन् । उनी चिया पकाउँछिन् । (सरल वाक्य)
: मेरी बहिनी सबेरै उठेर चिया पकाउँछिन् ।

(ख) सत्यनारायण विद्यालय जान्छन् । उनी राम्ररी पढ्छन् । उनी नआएको कुरा गुरुसँग सोध्छन् । (संयुक्त वाक्य)
: राम्ररी पढ़ने सत्यनारायण विद्यालय जान्छन् र नआएको कुरा गुरु सँग सोच्छन् ।

(ग) पानी फ्यो । बाटो हिलो भयो । (मिश्र वाक्य)
: जब पानी पयो तब बाटो हिलो भयो ।

(घ) छिरिङ दोर्जे बिहेमा गयो । उसले भोज खायो । क एकछिन नाच्यो ।(संयुक्त वाक्य)
: छिरिङ दोर्जे भोज खान बिहेमा गयो र एकछिन नाच्यो ।

(ङ) उसले रामलखनसँग पैसा माग्यो । सोनवाले खुरुक्क पैसा दिइन् । (मिश्र वाक्य)
: जब उसले रामलखनसँग पैसा माग्यो तब सोनवाले खुरुक्क पैसा दिइन् ।

७. तलका वाक्यहरूको विश्लेषण गर्नुहोस् :

(क) ऊ र म दिनहुँ गृहकार्य गरेर एकछिन पढ्छौँ र केही समय खेल्छौँ अनि साँझ पर्नासाथ घर फर्कन्छौँ ।
: ऊ र म दिनहुँ गृहकार्य गर्छ । एकछिन पढ्छौं । केही समय खेल्छौं । साँझ पर्नासाथ घर फर्कन्छौ ।

(ख) चमेलीले चाउचाउ किनेर ल्याई तर आमाले त्यसको सट्या चिउरा खान भन्दा चमेली रिसाएर हिँडी ।
: चमेलीले चाउचाउ किनेर ल्याई । आमाले त्यसको सट्टा चिउरा खान भन्नुभयो चमेली रिसाएर हिँडी।

(ग) मेरो यठको गर्मीमा धेरै दुख्ने भएकाले म बढी मात्रामा पानी पिउने गर्छ ।
: मेरो टाउको गर्मीमा धेरै दुख्छ । म बढी मात्रामा पानी पिउने गर्छ ।

(घ) जब भुइँचालो आउँछ तब मानिसहरू सुरक्षित स्थानतर्फ लाग्छन् ।
: भुइँचालो आउँछ । मानिसहरू सुरक्षित स्थानतर्फ लाग्छन्

(ङ) जसले मह काढ्छ, उसले हात चाट्छ ।
: मह काढ्छ । हात चाट्छ ।


सिर्जनात्मक कार्य


तलका विषयमा वक्तृता तयार पारी कक्षामा प्रस्तुत गर्नुहोस् :


(क) भूकम्पीय सुरक्षाप्रति हाम्रो दायित्व
: सभाध्यक्ष महोदय,
  प्रमुख अतिथिज्यू,
  निर्णायक मण्डल
  आदरणीय गुरुवर्ग
  एवं
  प्रतियोगी र अन्य मित्रहरू !
भू + कम्प शब्द मिलेर भूकम्प शब्दको निर्माण भएको हो । यसको शाब्दिक अर्थ भुइँचालो वा पृथ्वीको कम्पन भन्ने हुन्छ । भूकम्प ठूलो प्राकृतिक विपत्ति हो । यसको आउने र जाने कुनै नियम, अनुशासन र समय हुँदैन । यसको पूर्वानुमान गर्न पनि कठिन हुन्छ । प्रकृतिको रौद्र मानवीय विकास, धम्की, चेतावनी आदिले यसलाई रोक्न र छेक्न सक्दैन । भूकम्पको पूर्व तयारी गर्न सकिन्छ । भूकम्पले मानिसलाई मार्ने होइन तर मानव निर्मित संरचनाहरू कमजोर छन् भने मानिसको मृत्यु हुन्छ । तसर्थ भूकम्प प्रतिरोधी संरचनाहरूको निर्माण गर्नुपर्छ । खुला ठाउँको व्यवस्था गर्नुपर्छ । आफूलाई आवश्यक पर्ने कुराहरूको जोहो गर्नुपर्छ । ग्ह्रौँ वस्तुहरू भुइँमा राख्नुपर्छ, माथि नै राख्नुपरे बाँधेर राख्नुपर्छ । भूकम्प गएको बेला आफूलाई सुरक्षित राख्न आगोका स्रोतहरू बन्द गर्नुपर्छ । घरभित्र रहेको बेला खाट, टेबुल आदि मुनि बसेर टाउको सुरक्षित राख्नुपर्छ । भूकम्प गइसकेपछि थोरै सामान मात्र बोकेर सुरक्षित ठाउँतिर लाग्नुपर्छ । खुला ठाउँमा रहेकै बेला भूकम्प गयो भने सुरक्षित ठाउँ हेरेर बस्नुपर्छ ।
भूकम्प जानुपूर्व सूचना दिने, सुरक्षाका उपायहरू बताउने र जोखिम मुक्त वातावरण सिर्जना गर्ने कार्य गर्नु हाम्रो दायित्व हो । भूकम्प गएको बेला आतड्कित, त्रसित नबनी सुरक्षित बन्न प्रोत्साहित गर्नुपर्छ । भूकम्पपछि विपत्मा परेकालाई सहयोग पुयाउनु नै हाम्रा दायित्व हुन् भन्दै मेरा भनाइ यहीँ विसर्जन गर्छु । धन्यवाद !

(ख) अपाङ्ग मैत्री व्यवहारका लागि सामाजिक सचेतना
: सभाध्यक्ष महोदय,
  प्रमुख अतिथिज्यू,
  निर्णायक मण्डल
  आदरणीय गुरुवर्ग
  एवं
  प्रतियोगी र अन्य मित्रहरू !
मानिसको एक वा अनेकले सामान्यतः काम गर्न नसक्ने अवस्था वा अङ्गमा देखिएको अप/खराबीलाई अपाङ्गता भनिन्छ । अपाङ्गताका कारणहरू मध्ये जन्मपूर्व र जन्मोत्तर देखिने अक्षमताहरू मुख्य छन् । यो दैवी, भाग्य, पूर्व जन्मको दोष आदि कारणको , प्रतिफल होइन । त्यसैले अपाङ्ग हुनु रहर होइन बाध्यता हो ।

अपाङ्गहरू पनि राष्ट्रका नागरिक हुन्स, माजका सदस्य हुन् । त्यसैले उनीहरूलाई सम्मान गर्नुपर्छ । सामाजिक कुरीतिहरू हटाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ । उनीहरूलाई जीवनोचित शिक्षादीक्षा दिनुपर्छ भन्ने कुरामा समाजलाई सचेत बनाउनुपर्छ । सामाजिक जागरण ल्याई अपाङ्ग मैत्री वातावरणको सिर्जना गर्न सकिन्छ । अपाङ्ग मैत्री भवन, विद्यालय. शौचालय, धारा, वाटो र वातावरण तयार गर्न सकिन्छ । उनीहरूलाई दोस्रो दर्जाको नागरिकका रूपमा नहेरी आफ्नै दाजुभाइ, दिदी : बहिनी, बाआमा आदि सम्झी सकारात्मक व्यवहार गर्नुपर्छ । सामाजिक रूपान्तरण गरी सुसभ्यतालाई जीवन पद्धतिमा लागू गर्न अपाङ्ला मैत्री व्यवहारका लागि सामाजिक र सचेतना आवश्यक छ भन्ने कुरामा दुईमत हुन सक्दैन । धन्यवाद !

(ग) छुवाछुत उन्मूलनमा विद्यार्थीको भूमिका
: सभाध्यक्ष महोदय,
  प्रमुख अतिथिज्यू,
  निर्णायक मण्डल
  आदरणीय गुरुवर्ग
  एवं
  प्रतियोगी र अन्य मित्रहरू !

मान्छे मान्छेविच कृत्रिम रेखा कोरेर सजातीय अधराध गर्नु कुनै दृष्टिले समीचीन देखिँदैन । संसारका प्राणीहरू प्राकृतिक/जैविक दृष्टिले एउटै हुन् । सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, शैक्षिक आदि दृष्टिले विभेदको जन्म हुनसक्ने भएकाले यसतर्फ सचेत वर्गको हैसियतले विद्यार्थीले नेतृत्वदायी भूमिका खेल्न सक्छ । विद्यार्थी समाजका सचेत वर्ग भएकाले छुवाछुत उन्मूलनमा विद्यार्थीको भूमिका अर्थपूर्ण हुन्छ । समाजमा सचेतना बढाएर मानवता विरोधी क्रियाकलापहरूलाई निरुत्साहित गर्न सक्छ । परम्पराका नाममा हुने सामाजिक विकृति, विसङ्गति र कुरीतिहरूको अन्त्य गर्न सहयोग पुयाउन सक्छन् । शिक्षालयहरूलाई समाजको अभिन्न अङ्ग बनाई रूपान्तरण गर्न सहयोग पुयाउन सक्छन् । विद्यार्थी ऊर्जाशील शक्ति भएकाले सबै खाले भेदभाव उन्मूलन गर्न सक्छन् । सारमा विद्यार्थी समाजको पहरेदार भएकाले समाजमा विद्यमान सबै खाले अराजकताहरूको अन्त्य गरी छुवाछुत उन्मूलनमा उल्लेखनीय भूमिका निर्वाह गर्नसक्छन् । धन्यवाद !

Comments

Popular posts from this blog

पाठ - ४ (म को हूँ ?)

  म को हूँ ? ■अभ्यास■ सुनाइ १. निबन्धको पाँचौं अनुच्छेद सुन्नुहोस् र तलका ठिक बेठिक भनाइ छुट्याउनुहोस् : (क) फुलबाट क्षणिकताको भाव चोरिन्छ ।(ठिक) (ख) फुल रिसाउँछ, बेसरी गर्जेर गाली गर्छ । (बेठिक) (ग) सुल्लाघारीका सुसाइबाट पहाडको चोटको भाव चोरिन्छ । (बेठिक) (घ) चरा चुरुङ्गीबाट लेखकले जीवनको कथा र उन्मुक्तता चोर्छ । (ठिक) २. निबन्धको अन्तिम अनुच्छेद सुन्नुहोस् र सोधिएका प्रश्नहरूको उत्तर भन्नुहोस् : (क) चोरीको माल बाँड्ने माध्यम के हो ? : चोरीको माल बाड्ने माध्यम साहित्य हो । (ख) चोरीको कति भाव चाहिँ तुकुटीमा जम्मा हुन्छ ? :चोरीको मुस्किलले एक चतुर्थांश भाव चाहिं दुकुटीमा जम्मा हुन्छ । (ग) लेखकले चोर्ने कुराको मूल्याङ्कन तपाईले कसरी गर्नुभयो ? : जीवनजगत्का सुन्दरतालाई टिप्नु कलाको धर्म हो, यसलाई विधाअनुसार छुट्टाछुट्टै ढु्गले चोरिन्छ भन्ने मूल्याङ्कन गरेँ । ३. तलको अनुच्छेद सुन्नुहोस् र उत्तर दिनुहोस् : : सञ्चारले हाम्रो जीवनका सबै क्षेत्रलाई प्रभावित तुल्याउँछ । लैङ्गिक भूमिकाका बारेमा पनि सञ्चार जगत् प्र...

Terms and conditions

Terms and conditions These terms and conditions ("Agreement") set forth the general terms and conditions of your use of the onlinemobook.blogspot.com website ("Website" or "Service") and any of its related products and services (collectively, "Services"). This Agreement is legally binding between you ("User", "you" or "your") and this Website operator ("Operator", "we", "us" or "our"). By accessing and using the Website and Services, you acknowledge that you have read, understood, and agree to be bound by the terms of this Agreement. If you are entering into this Agreement on behalf of a business or other legal entity, you represent that you have the authority to bind such entity to this Agreement, in which case the terms "User", "you" or "your" shall refer to such entity. If you do not have such authority, or if you do not agree with the terms o...

About us

  Onlinemobook   is an online platform where students find the answers of any subject. We make sure that all the students who are facing difficulties in questions, will get the effective and correct  answers. Our main goal is to provide the most effective and convenient answers to the students.