मानव बेचबिखन विरुद्ध हाम्रो दायित्व
सुनाइ
१. चौबिसौँअनुच्छेद सुनेका आधारमा मिलेको भनाइका अगाडि ठिक चिह्न दिनुहोस्:
(क) कुनै पनि समस्याले समाधान आफै बोकेर आएको हुन्छ । ( ठिक )
(ख) मानव बेचबिखनको समस्या प्राकृतिक होइन । (ठिक)
(ग) मानव बेचबिखनको समस्या समाधान गर्न राज्य जुर्मुराए पुग्छ ।
(घ) मानव बेचबिखनको समस्या समाधानमा विद्यार्थीको कुनै भूमिका हुँदैन ।
(ड) मानव बेचबिखन निन्दनीय कार्य हो । (ठिक)
२. पाठको प्रारम्भिक अनुच्छेद शिक्षकबाट सुनेका आधारमा निम्न लिखित प्रश्नहरूको मौखिक जबाफ दिनुहोस् :
(क) वक्तृताको विषय के हो?
: वक्तृताको विषय मानव बेचविखन विरुद्ध हाम्रो दायित्व हो ।
(ख) वक्तृत्व प्रतियोगिता कसको सभाध्यक्षतामा सञ्चालन भएको छ ?
: वक्तृत्व प्रतियोगिता विद्यालयका प्रधानाध्यापक मिलन चेपाङको सभाध्यक्षतामा सञ्चालन भएको छ ।
(ग) निर्णायक मण्डलमा कति जना सदस्यहरू छन् ?
: निर्णायक मण्डलमा तिन जना सदस्यहरू छन् ।
(घ) उद्घोयण गर्ने व्यक्ति को हुन् ?
: उद्घोषण गर्ने व्यक्ति सुमन मिजार हुन् ।
(ङ) वक्तृत्व प्रतियोगितामा कति जना वक्ता तोकिएका छन् ?
: वक्तृत्व प्रतियोगितामा चार जना वक्ता तोकिएका छन् ।
३. वक्तृत्व प्रतियोगिताका नियमहरूको श्रुति लेखन गर्नुहोस् ।
: श्रुति लेखन अभ्यास गर्नुहोस् ।
बोलाइ
१. तल दिइएका शब्दहरू शुद्ध र रूपमा उच्चारण गर्नुहोस् :
सभाध्यक्ष, अगप्रत्यङ्ग, दुर्व्यसन, दुष्प्रवृत्ति, पुनर्स्थापना, कलड्कित, प्रत्यारोपण, बहिष्कृत, उल्लङ्धन, दुर्व्यवहार, पुनर्मिलन
: उच्चारण अभ्यास गर्नुहोस्
२. तलका उखान टुक्काहरूलाई वाक्यमा प्रयोग गरी कक्षामा सुनाठनुहोस् :
आङै जिरिङ्ङ हुन, सिधै स्वर्ग पुर्याउनु, लहैलहैमा लाग्नु, घाम जस्तै छर्लड्डङ हुनु, न्याल चुहाउनु, सुईको पाउनु, एक थुकी सुकी; सय थुकी नदी, हुने विरुवाको चिल्लो पात
: मनिकाको कुरा सुनेर मेरी आड जिरिङ्ङ भयो नि !
हिँडिराखेको मानिसलाई कहाँ सिधै स्वर्ग पुयाउन सकिन्छ र दाइ ।
नोर्बु र रजिया लहैलहैमा लागेर हिँड्दैनन् ।
तिम्रो कुरा त घामजस्तै छल्लकङ भयो है राधा !
अरूको प्रगति देखेर र्याल मात्र चुहाउनु राम्रो होइन ।
म विद्यालय नगएको सुइँको पाएपछि त आमाले छोइनै भएन ।
एउटाको मात्र प्रयासले नभएपछि समूह नै त्यस काममा लागेर सफल बनाए, यही त हो
एक थुकी सुकी; सय थुकी नदी भनेको ।
पासाङ सेना दोजें राई हुने बिरुवाको चिल्लो पात नै थिए।
३. तपाइँलाई वक्तृता प्रतियोगितामा बोल्ने ४ जनामध्ये कसको विचार राम्रो लाग्यो ? कारणसहित भन्नुहोस् ।
: मलाई मोहम्मद आलमको विचार राम्रो लाग्यो किनभने उनका विचारहरू निकै समयसापेक्ष छन् । कमाउने प्रलोभन भन्ने कुरा भौतिकवादी युगको पहिलो र यथार्थ कुरा हो । यसलाई अस्वीकार गर्नुपर्ने कुनै कारण छैन । रोजगारीका अवसरहरूको अभाव, अज्ञानता, विपन्नता, विभेदपूर्ण सामाजिक संरचना, झुठा आश्वासन, तिरस्कार, जालभेल आदि नेपालका वास्तविकताहरू हुन् । यिनै तथ्यलाई आत्मसात् गर्ने हो भने उनका भनाइहरूमा प्रश्न उठाउने ठाउँ छैन । यस जघन्य अपराधलाई परिवार, समाज, स्थानीय निकाय, सरकार आदिको एकमना उपस्थितिले रोक्न सकिन्छ। सबैका लागि शिक्षा, रोजगारी र सम्मान प्रदान गरेर यस्ता अपराधहरूको अन्त्य हुनसक्छ । अपराधीहरूलाई कानुनको दायरामा ल्याएर र बहिष्कार गरेर पनि अपराध कम गर्न सकिन्छ भन्ने कराहरू सान्दर्भिक छन् । यसर्थ आलमका विचारहरू हरेक कोणबाट मननीय छन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।
४. 'विद्यालय शान्ति क्षेत्र हुन्' भन्ने विश्वमा समूहमा लफल गर्नुहोस् र निष्कर्ष प्रस्तुत गर्नुहोस् ।
विद्यालय शान्ति क्षेत्र
(रमा, ललिता, डोल्मा र आकाश विच भएको छलफल)रमा : विद्यालय शान्ति क्षेत्र भन्ने कुरा धेरै नै सुनिसक्यो, त्यो भनेको के छो ?
आकाश : मैले सुनेको छु तर बुझेको छैन ।
ललिता : विद्यालय शान्ति क्षेत्र भनेको विद्यालयहरू ब्यारेक होइनन् भनेको होला नि !
डोल्मा : विद्यालय शान्ति क्षेत्र भनेको विद्यालयमा युद्ध, आतङ्क, आन्दोलन, बन्द, हड्ताल, कुटपिट आदि हुनुहुँदैन भनेको नि !
आकाश : विद्यालयको वातावरण भयमुक्त शान्त र विद्यार्थी मैत्री हुनुपर्छ भनेको पनि हो ।
रमा : युद्ध, आतङ्क आदिले बाल बालिकामा मनोवैज्ञानिक त्रास सिर्जना गर्ने भएकाले विद्यालयमा यस्ता क्रियाकलाप गर्नु हुँदैन भनेको हो, डोल्मा ।
डोल्मा : हो बाल बालिकाको शारीरिक, मानसिक, सवेगात्मक र सामाजिक विकासमा अनुकूल प्रभाव पार्ने क्रियाकलापहरू मात्र विद्यालयमा गरिनुपर्छ ।
ललिता : विरोधी र समर्थकहरू, सत्ता र प्रतिपक्ष सबैले विद्यालयको शान्ति र समृद्धिका लागि सोन्विदिने हो भने शान्ति क्षेत्र बनाउन सजिलै सकिन्छ ।
डोल्मा : (थप स्पष्ट पार्दै) विद्यालय सामाजिक सम्पत्ति र विद्यार्थी भविष्यका कर्णधार भाएकाले विद्यालयलाई शोषण, दुर्व्यसन, गाली, तिरस्कार मुक्त गरी परस्पर सम्मानको भावना बढाउने संस्था बनाउनुपर्छ ।
आकाश : डोल्माका कुराले त हामीलाई छर्लड्डै पारिदियो ।
सबै : निष्कर्षमा, सबैका लागि शिक्षा प्रदान गर्ने ठाउँ शान्त, सुन्दर, सफा र मैत्रीपूर्ण हुनुपर्छ । विद्यालय शान्ति क्षेत्र हो भन्ने कुरा सबै पक्षले बुझ्नुपर्छ । रूपान्तरित, समाजमा विद्यालय द्वन्द्व, युद्ध, शोषण र अपराधमुक्त हुनुपर्छ । विद्यालय हाम्रो हो र हाम्रो विद्यालयलाई राम्रो बनाउनुपर्छ भन्ने भावना सबैमा भए विद्यालय शान्ति क्षेत्र हुन् भन्ने आदर्श व्यवहारमा परिणत केही बेर लाग्दैन ।
पढाई
१. माथिको वक्तृताका अनुच्छेदलाई हाउभाउसहित पालैपालो पढ्नुहोस् ।
: पठन अभ्यास गर्नुहोस् ।
२. माथिको वक्तृता पढेका आधारमा तलका प्रश्नहरूको उत्तर दिनुहोस् :
(क) लहैलहैमा लाग्नुको अर्थ के हो ?
: लहैलहैमा लाग्नुको अर्थ काम कुरा नबुझी बहकिनु भनेको हो ।
(ख) मानव बेचबिखनमा परेका मान्छेहरूलाई कस्ता काममा लगाइएको पाइन्छ ?
: मानव बेचबिखनमा परेका मान्छेहरूलाई वेश्यावृत्ति, सकंस, घरायसी कामदार, उद्योगमा श्रमिक, खानीमा मजदुर जस्ता काममा लगाइएको पाइन्छ ।
(ग) बेचबिखनबाट उम्केर आएका मानिसहरू कसरी बाँच्न बाध्य छन् ?
: बेच बिखनबाट उम्केर आएका मानिसहरू परिवार र समाजबाट तिरस्कृत भएर बौच्न बाध्य छन् ।
३. लेख्य चिह्नहरूलाई ख्याल गरी तलको अनुच्छेद पढ्नुहोस् :
: कस्ता खराब मानिसहरू ! मान्छेले मान्छेलाई बेच्ने । के संसारमा पैसाभन्दा अर्को ठलो कुरा केही छैन र ? सत्कर्म गरेर खानु, कसैलाई दुःख नदिनु र केही गर्न नसके मागेर खानुमा जीवनको सार्थकता छ । हे ईश्वर । तिनीहरूको सदबुद्धि आओस् । मानवता मग्मगाओस् ।
४. वक्तृताको छैयै अनुच्छेदलाई मनमनै पढ्नुहोस् र त्यसमा अभिव्यक्त भएका विचारहरूलाई आफ्नै मौलिक शैलीमा लेख्नुहोस् ।
: बेरोजगारी, वर्गीय विभेद, सचेतनाको कमी, सामाजिक अपमान, प्रलोभन, तस्करको विश्वास आदिका कारणले मानव बेचबिखन बढेको हो । मायाका नाटकहरू, विवाहको प्रयञ्च अरूभन्दा भिन्न र समृद्ध जीवन बाँच्ने कल्पनाले मानिसलाई शारीरिक र मानसिक यातना भोग्न बाध्य गराइदिन्छ । उनीहरूले सामाजिक र पारिवारिक
सम्मान पाउन पनि कठिन हुन्छ ।
लेखाइ
लेखाइ
१. तलका प्रश्नहरूको सक्षिप्त उत्तर लेख्नुहोस् :
(क) मानव बेचबिखन र ओसारपसारको तस्करी बढ्नाका कारणहरू के के हुन् ?
: प्रलोभन, आर्थिक-सामाजिक विपन्नता, बनावटी मायाजाल, दण्डहीनता आदि मानव बेचविखन र ओसार पसारको तस्करी बढ्नाका कारणहरू हुन् ।
(ख) मान्छेले मान्छेलाई नै बेच्ने दुस्साहस किन गर्छ ?
: पैसामुखी प्रवृत्ति र नैतिकताको हास, दासप्रथाको बाँकी अवशेष, अशिक्षा, गरिबी, बेरोजगारी र युद्धको प्रभावले मान्छेले मान्छेलाई नै बेच्ने दुस्साहस गर्छ ।
(ग) मानव बेचबिखन र ओसारपसारका कार्यलाई नियन्त्रण गर्ने उपाय के के हुन् ?
: शिक्षा, सचेतना र रोजगारीमा वृद्धि, अपराधअनुसारको सजाय, प्रभावकारी कानुनको व्यवस्था, अपराधीहरूलाई प्रशिक्षण र सामाजिक बहिष्कार आदि मानव बेचबिखन र ओसारपसारका कार्यलाई नियन्त्रण गर्ने उपायहरू हुन्
(घ) तपाईं कानुन बनाउने ठाउँमा हुनुभएको भए यस्ता अपराध गर्नेलाई कस्तो सजायको व्यवस्था गर्नुहुन्थ्यो ?
: म कानुन बनाउने ठाउँमा भएको भए प्रवर्धनात्मक र दण्डात्मक कानुनको विकास गर्ने थिएँ । मानव बेचविखन तथा ओसारपसार गर्नेलाई कुनै हालतमा पनि उन्मुक्ति नदिने खालको कानुन बनाएर प्रभावकारी कार्यान्वयनमा जोड दिन्थे ।
(ङ) मानव बेचबिखन र ओसारपसार किन जल्दोबल्दो विषय मानिन्छ ?
: मान्छे सबैभन्दा विवेकशील प्राणी भनिए तापनि विवेकहीनताका कारण विश्वव्यापी रूपमा फैलिएकाले मानव बेचबिखन र ओसारपसारलाई जल्दोबल्दो विषय मानिन्छ ।
२. मानव बेचबिखनका विरुद्ध सचेतना अभियान सञ्चालन गर्दा जुलुसमा लगाउन सकिने उपयुक्त कुनै पाँच ओटा नाराहरू लेख्नुहोस् ।
(क) मानव चेबबिखन विरुद्ध सबै एक हौँ, एक हौँ ।
(ख) हाम्रो आवाज मानव बेचबिखन रहित समाज ।
(ग) मानव बेचबिखन विरुद्ध सचेतना बढाऔँ ।
(घ) मानव बेचबिखन विरुद्धको आधार अपराधीलाई सामाजिक बहिष्कार ।
(ङ) मानव बेचबिखन विरुद्धको शिक्षक, विद्यार्थी सरोकारवालाहरू एक जुट हौँ ।
३. पाठको सातौँ अनुच्छेदबाट मुख्य चार ओटा बुँदाहरू टिपोट गर्नुहोस् ।
• मानव बेचबिखन जस्तो जघन्य अपराधलाई नियन्त्रण गर्न परिवार समाज, सङ्घसंस्था, स्थानीय र सरकारसम्मको साथ र सहयोग आवश्यक
• रोजगारी र शिक्षाका अवसरमा वृद्धि गरी गरिबी निवारणमा जोड
• मानव बेचबिखन विरुद्ध लागेकाहरूलाई प्रोत्साहन
• मानव तस्करहरूलाई सामाजिक बहिष्कार र सजायको व्यवस्था
४. पाठको अठारौँ अनुच्छेदलाई एक तृतीयांश हुने गरी सक्षेपीकरण गर्नुहोस् ।
: शैक्षिक पाठ्यक्रमहरूलाई व्यावसायिक र रोजगारमूलक बनाई सचेतना वृद्धि तथा गरिबी निवारणको आधार बनाउन सके अपराध नियन्त्रण गर्न सकिन्छ ।
५. 'सत्मार्ग र शान्तिले नै समाजलाई सभ्य बनाउँछ' भन्ने विषयमा ५० शब्दसम्मको एठटा अनुच्छेद लेख्नुहोस् ।
सत्मार्ग र शान्तिले नै समाजलाई सभ्य बनाउँछ
असल कर्मले शान्तिको जन्म गराउँछ । समाजका प्रत्येक व्यक्तिले सत्मार्ग र शान्तिको मार्ग अवलम्बन गर्ने हो भने समाजमा सबै खाले अराजकताहरूको अन्त्य हुनसक्छ ।मानिस देवता र धर्ती स्वर्ग बन्नसक्छ । समाजलाई द्वन्द्व मुक्त बनाउन र सभ्यताको परिचय दिन सत्मार्ग एवं शान्तिको भूमिका अनुकरणीय हुन्छ । नैतिक, मानवतावादी, विनयशील र सहअस्तित्वमूलक जीवनयापन गर्नसके समाजमा विकृति, विसङ्गति र बिव्ल्यांय्हरूसे प्रवेश पाउनै सक्दैनन् । यसर्थ सभ्य समाजको प्राण भनेकै सत्मार्ग र शान्ति नै हुन भने स्पष्ट हुन्छ ।
व्याकरण
१. दिइएको अनुच्छेदमा रेखाङ्कित शब्द क्रियापद हुन्, तिनलाई सार्नुहोस् :
: हिजोआज युवादेखि केटाकेटीसम्मका लागि मोबाइल एक महत्त्वपूर्ण मनोरंञ्जनको साधन बनेको छ । साथीहरूसँग कुराकानी गर्न र आपसी सम्पर्क बढाउन पनि यसले सहयोग गरेको छ । इन्टरनेटबाट नयाँ कुरा सिकेर पढ्नेका लागि होस् वा रोमाञ्क्क खेलहरु खेल्न, यसलाई सबैले रुचाउँछन् । हाल आएर यो सबैका लागि जीवनको एक अभिन अङ्ग बनिसकेको छ । एकथरि मानिसहरू विद्यार्थीलाई मोबाइल चलाउन दिनुहुन्न भन्छन् भने अर्काथरि यसको प्रयोगबाट सिकाइमा ठूलो टेवा मिल्छ भन्छन् । मोबाइलबाटै विश्वका विविध जानकारीहरू प्राप्त गरेर आफूलाई अब्बल दर्जाको विद्यार्थीका रूपमा स्थापित गर्नेहरू पनि कम छैनन् । यसै अर्थमा उचित मात्रामा सदपयोग गरे मोबाइल विद्यार्थीको असल सहयोगी र दुरूपयोग गरेमा यो सवभन्दा खराब हो भन्ने अभिगत विद्वान्हरूको पाइन्छ ।
: बनेको छ, गरेको छ, होस, रुचाउँछन्, बनिसकेको छ, दिनुहुन्न भन्छन्, मिल्छ भन्छन् छैनन्, हो, पाइन्छ ।
२. तलका अनुच्छेदहरूमा रेखाङ्कित क्रियायोगी शब्दलाई कापीमा टिपोट गर्नुहोस् र त्यस्तै प्रकारका अरू दस ओय क्रियायोगी शब्दहरू खोजेर शिक्षकलाई देखाउनुहोस् :
स्वर्ण जयन्ती
विद्यालयको स्वर्ण जयन्ती मनाउने समय त पोहोर थियो । तयारी राम्रो नभएकाले आघौँ गरौँला भनियो । यस वर्षको तयारी एक महिनाअघि नै सकियो । निमन्त्रणा कार्ड बाँड्ने काम अस्ति सकियो । हिजो मञ्चको सजावटको काम पनि सम्पन्न भयो । काम गर्दागर्दै साँझ परेछ । मुख्य रमाइलो त भोलि पो हुन्छ ।
म आज बिहान सबेरै विद्यालय पुगे । कोही मान्छे भित्र थिए भने कोही बाहिरै थिए । साना केटाकेटीहरू कोही यता र कोही उता खेल्दै थिए । काम गर्नेहरू तल र माथि गर्दै थिए । मञ्चमा माइक अगाडि थियो भने सोफाहरू पछाडिपट्टि सजाइएका थिए । विद्युतीय सामग्रीहरू मञ्चको मुनि थिए । तोरणहरूलाई राम्ररी बाँधेर सबैतिर फन्फनी घुमाइएको थियो । हावा पनि मन्दमन्दु र सिरसिर चलिरहेको थियो । अभिभावकहरू पनि खुरुखुरु आउँदै थिए । सङ्गीतको धुन थोरै सुनिँदो थियो भने अन्य हल्ला धेर थियो । त्यसैले होला सङ्गीतको आवाज अलिकति बढाइयो । यो सुनेर सबै रमाए रमिला मिसले एकपल्ट त्यहाँको तयारी हेरी फर्कनुभयो । मुख्य अतिथि पनि टुप्लुक्क आइपुग्नुभयो । तालीको आवाज घन्कियो । उद्घोषक चिटिक्क परेर आए र कार्यक्रम बिस्तारै सुरु भयो । कसैले विद्यालयको इतिहास सर्सती पढे भने कसैले विद्यालयका राम्रा गतिविधिको मच्चीमच्ची प्रशसा गरे । कसैले सुधार गर्नुपर्ने पक्षका बारेमा फाट्टफुट्ट बोले । पुरस्कार र सम्मान पाउनेहरूलाई टिलिक्क सिँगारिएको थियो र उनीहरू खुसीले गद्गद थिए । सांस्कृतिक कार्यक्रममा साथीहरू नाच्दै थिए भने बाजागाजाहरू घनघन घन्किँदै थिए । यस्तै रमझम गरी दिन बित्यो । बेलुकी धेरै बत्ती बाली विद्यालयलाई झिलिमिली पारियो र स्वर्ण जयन्ती कार्यक्रम धूमधामसँग सम्पन्न भयो ।
: बेसरी, यसरी, खुर, भुर्र, भरे, तुरुन्तै, सरासर, धुरुधुरु, फटाफट, जहिले ... ।
३. तल दिइएका विस्मयादिबोधक शब्दहरूको प्रयोग गरी वाक्य निर्माण गर्नुहोस् :
ओहो : ओहो ! हरेराम तिमी त बलवान् भएछौ ।
हरे : हरे दैव ! यस्तो के देख्नुपर्यो ?
कठैबरा : कठैबरा ! त्यसको दुर्गति देखेर को हाँस्ला ।आबुइ : आबुइ । सन्तोष पो आइपुगेछ ।
छ्या : छ्या ! कस्तो दुर्गन्ध थाहा पापना ।
थुक्क : किन बुद्धि बिगारेको ? थुक्क बदमास !
आत्था : त्यो बालकलाई आगोले पोलेकाले आत्था भन्दै भाग्यो ।
४. तलका वाक्यबाट क्रियापद, क्रियायोगी र विस्मयादिबोधक शब्दहरू टिप्नुहोस् :
(क) राम सधैँ मेहनतमा नै विश्वास गर्ने हुँदा उसको राम्रो प्रगति भयो ।
: भयो : क्रियापद
(ख) गरिब मानिसहरू गरिबीसँग जुधिरहेका छन्, धनीहरू भने धनरसँग खेलिरहेका छन् ।
: जुधिरहेका छन् : क्रियापद, भने : क्रियायोगी, खेलिरहेका छन् : क्रियापद
(ग) तिमी जोमसोम घुम्न गयौ भने रमणीय स्थलहरूको अवलोकन गर्न पाउने छौ ।
: घुम्न गयौ : क्रियापद, भने : क्रियायोगी, गर्न क्रियायोगी, पाउने छौ : क्रियापद
(घ) मेहनती किसानले मेहनत नगरे हामी के खाएर बाँचौंला ?
: खाएर : क्रियायोगी, बाँचीला : क्रियापद
(ङ) अध्ययनशील विद्यार्थीले आफ्नो स्तर उठाउन सधै नियमित रूपमा अध्ययन गर्नुपर्छ ।
: गर्नुपर्छ: क्रियापद
(च) विचरा, सानो बाबु हिजो कान्लाबाट खसेछ !
: विचरा : विस्मयादिबोधक, खसेछ : विस्मयादिबोधक
(छ) छि ! कस्तो फोहरी मान्छे रहेछ, ऊ त हातै नधोई सपासप भात खान थाल्यो ।
: छि: विस्मयादिबोधक, रहेछ : क्रियापद, खान : क्रियायोगी, थाल्यो : क्रियापद
(ज) ओहो, तिमी त भर्खर आएछौ ।
: ओहो : विस्मयादिबोधक, भर्खर : क्रियायोगी, आएछौ : क्रियापद
५. तलको तालिकाका उदाहरणहरूबाट वाक्य विश्लेषण र संश्लेषणमा हुने फरक पत्ता लगाउनुहोस् : { किताबको झैँ बक्स बनाउने मित्र }
: वाक्य विश्लेषण : लामो वाक्यलाई छोट्याएर दुई/दुईभन्दा बढी वाक्य बनाउने प्रक्रियालाई वाक्य विश्लेषण भनिन्छ ।
: वाक्य संश्लेषण : दुई/दुईभन्दा बढी स्वतन्त्र वाक्यहरूलाई जोडेर एउटा वाक्य बनाउने प्रक्रियालाई बाक्य संश्लेषण भनिन्छ ।
६. तलका वाक्यहरूलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् :
(क) मेरी बहिनी सबेरै उछिन् । उनी चिया पकाउँछिन् । (सरल वाक्य)
: मेरी बहिनी सबेरै उठेर चिया पकाउँछिन् ।
(ख) सत्यनारायण विद्यालय जान्छन् । उनी राम्ररी पढ्छन् । उनी नआएको कुरा गुरुसँग सोध्छन् । (संयुक्त वाक्य)
: राम्ररी पढ़ने सत्यनारायण विद्यालय जान्छन् र नआएको कुरा गुरु सँग सोच्छन् ।
(ग) पानी फ्यो । बाटो हिलो भयो । (मिश्र वाक्य)
: जब पानी पयो तब बाटो हिलो भयो ।
(घ) छिरिङ दोर्जे बिहेमा गयो । उसले भोज खायो । क एकछिन नाच्यो ।(संयुक्त वाक्य)
: छिरिङ दोर्जे भोज खान बिहेमा गयो र एकछिन नाच्यो ।
(ङ) उसले रामलखनसँग पैसा माग्यो । सोनवाले खुरुक्क पैसा दिइन् । (मिश्र वाक्य)
: जब उसले रामलखनसँग पैसा माग्यो तब सोनवाले खुरुक्क पैसा दिइन् ।
७. तलका वाक्यहरूको विश्लेषण गर्नुहोस् :
(क) ऊ र म दिनहुँ गृहकार्य गरेर एकछिन पढ्छौँ र केही समय खेल्छौँ अनि साँझ पर्नासाथ घर फर्कन्छौँ ।
: ऊ र म दिनहुँ गृहकार्य गर्छ । एकछिन पढ्छौं । केही समय खेल्छौं । साँझ पर्नासाथ घर फर्कन्छौ ।
(ख) चमेलीले चाउचाउ किनेर ल्याई तर आमाले त्यसको सट्या चिउरा खान भन्दा चमेली रिसाएर हिँडी ।
: चमेलीले चाउचाउ किनेर ल्याई । आमाले त्यसको सट्टा चिउरा खान भन्नुभयो चमेली रिसाएर हिँडी।
(ग) मेरो यठको गर्मीमा धेरै दुख्ने भएकाले म बढी मात्रामा पानी पिउने गर्छ ।
: मेरो टाउको गर्मीमा धेरै दुख्छ । म बढी मात्रामा पानी पिउने गर्छ ।
(घ) जब भुइँचालो आउँछ तब मानिसहरू सुरक्षित स्थानतर्फ लाग्छन् ।
: भुइँचालो आउँछ । मानिसहरू सुरक्षित स्थानतर्फ लाग्छन्
(ङ) जसले मह काढ्छ, उसले हात चाट्छ ।
: मह काढ्छ । हात चाट्छ ।
सिर्जनात्मक कार्य
तलका विषयमा वक्तृता तयार पारी कक्षामा प्रस्तुत गर्नुहोस् :
(क) भूकम्पीय सुरक्षाप्रति हाम्रो दायित्व
: सभाध्यक्ष महोदय,
प्रमुख अतिथिज्यू,
निर्णायक मण्डल
आदरणीय गुरुवर्ग
एवं
प्रतियोगी र अन्य मित्रहरू !
भू + कम्प शब्द मिलेर भूकम्प शब्दको निर्माण भएको हो । यसको शाब्दिक अर्थ भुइँचालो वा पृथ्वीको कम्पन भन्ने हुन्छ । भूकम्प ठूलो प्राकृतिक विपत्ति हो । यसको आउने र जाने कुनै नियम, अनुशासन र समय हुँदैन । यसको पूर्वानुमान गर्न पनि कठिन हुन्छ । प्रकृतिको रौद्र मानवीय विकास, धम्की, चेतावनी आदिले यसलाई रोक्न र छेक्न सक्दैन । भूकम्पको पूर्व तयारी गर्न सकिन्छ । भूकम्पले मानिसलाई मार्ने होइन तर मानव निर्मित संरचनाहरू कमजोर छन् भने मानिसको मृत्यु हुन्छ । तसर्थ भूकम्प प्रतिरोधी संरचनाहरूको निर्माण गर्नुपर्छ । खुला ठाउँको व्यवस्था गर्नुपर्छ । आफूलाई आवश्यक पर्ने कुराहरूको जोहो गर्नुपर्छ । ग्ह्रौँ वस्तुहरू भुइँमा राख्नुपर्छ, माथि नै राख्नुपरे बाँधेर राख्नुपर्छ । भूकम्प गएको बेला आफूलाई सुरक्षित राख्न आगोका स्रोतहरू बन्द गर्नुपर्छ । घरभित्र रहेको बेला खाट, टेबुल आदि मुनि बसेर टाउको सुरक्षित राख्नुपर्छ । भूकम्प गइसकेपछि थोरै सामान मात्र बोकेर सुरक्षित ठाउँतिर लाग्नुपर्छ । खुला ठाउँमा रहेकै बेला भूकम्प गयो भने सुरक्षित ठाउँ हेरेर बस्नुपर्छ ।
भूकम्प जानुपूर्व सूचना दिने, सुरक्षाका उपायहरू बताउने र जोखिम मुक्त वातावरण सिर्जना गर्ने कार्य गर्नु हाम्रो दायित्व हो । भूकम्प गएको बेला आतड्कित, त्रसित नबनी सुरक्षित बन्न प्रोत्साहित गर्नुपर्छ । भूकम्पपछि विपत्मा परेकालाई सहयोग पुयाउनु नै हाम्रा दायित्व हुन् भन्दै मेरा भनाइ यहीँ विसर्जन गर्छु । धन्यवाद !
(ख) अपाङ्ग मैत्री व्यवहारका लागि सामाजिक सचेतना
: सभाध्यक्ष महोदय,
प्रमुख अतिथिज्यू,
निर्णायक मण्डल
आदरणीय गुरुवर्ग
एवं
प्रतियोगी र अन्य मित्रहरू !
मानिसको एक वा अनेकले सामान्यतः काम गर्न नसक्ने अवस्था वा अङ्गमा देखिएको अप/खराबीलाई अपाङ्गता भनिन्छ । अपाङ्गताका कारणहरू मध्ये जन्मपूर्व र जन्मोत्तर देखिने अक्षमताहरू मुख्य छन् । यो दैवी, भाग्य, पूर्व जन्मको दोष आदि कारणको , प्रतिफल होइन । त्यसैले अपाङ्ग हुनु रहर होइन बाध्यता हो ।
अपाङ्गहरू पनि राष्ट्रका नागरिक हुन्स, माजका सदस्य हुन् । त्यसैले उनीहरूलाई सम्मान गर्नुपर्छ । सामाजिक कुरीतिहरू हटाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ । उनीहरूलाई जीवनोचित शिक्षादीक्षा दिनुपर्छ भन्ने कुरामा समाजलाई सचेत बनाउनुपर्छ । सामाजिक जागरण ल्याई अपाङ्ग मैत्री वातावरणको सिर्जना गर्न सकिन्छ । अपाङ्ग मैत्री भवन, विद्यालय. शौचालय, धारा, वाटो र वातावरण तयार गर्न सकिन्छ । उनीहरूलाई दोस्रो दर्जाको नागरिकका रूपमा नहेरी आफ्नै दाजुभाइ, दिदी : बहिनी, बाआमा आदि सम्झी सकारात्मक व्यवहार गर्नुपर्छ । सामाजिक रूपान्तरण गरी सुसभ्यतालाई जीवन पद्धतिमा लागू गर्न अपाङ्ला मैत्री व्यवहारका लागि सामाजिक र सचेतना आवश्यक छ भन्ने कुरामा दुईमत हुन सक्दैन । धन्यवाद !
(ग) छुवाछुत उन्मूलनमा विद्यार्थीको भूमिका
: सभाध्यक्ष महोदय,
प्रमुख अतिथिज्यू,
निर्णायक मण्डल
आदरणीय गुरुवर्ग
एवं
प्रतियोगी र अन्य मित्रहरू !
मान्छे मान्छेविच कृत्रिम रेखा कोरेर सजातीय अधराध गर्नु कुनै दृष्टिले समीचीन देखिँदैन । संसारका प्राणीहरू प्राकृतिक/जैविक दृष्टिले एउटै हुन् । सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, शैक्षिक आदि दृष्टिले विभेदको जन्म हुनसक्ने भएकाले यसतर्फ सचेत वर्गको हैसियतले विद्यार्थीले नेतृत्वदायी भूमिका खेल्न सक्छ । विद्यार्थी समाजका सचेत वर्ग भएकाले छुवाछुत उन्मूलनमा विद्यार्थीको भूमिका अर्थपूर्ण हुन्छ । समाजमा सचेतना बढाएर मानवता विरोधी क्रियाकलापहरूलाई निरुत्साहित गर्न सक्छ । परम्पराका नाममा हुने सामाजिक विकृति, विसङ्गति र कुरीतिहरूको अन्त्य गर्न सहयोग पुयाउन सक्छन् । शिक्षालयहरूलाई समाजको अभिन्न अङ्ग बनाई रूपान्तरण गर्न सहयोग पुयाउन सक्छन् । विद्यार्थी ऊर्जाशील शक्ति भएकाले सबै खाले भेदभाव उन्मूलन गर्न सक्छन् । सारमा विद्यार्थी समाजको पहरेदार भएकाले समाजमा विद्यमान सबै खाले अराजकताहरूको अन्त्य गरी छुवाछुत उन्मूलनमा उल्लेखनीय भूमिका निर्वाह गर्नसक्छन् । धन्यवाद !
Comments
Post a Comment