सङ्गीतज्ञ रामशरण दर्नाल
जीवनीको सारांश
विसं १९९४ साल असार २७ गते काठमाडौँको कालधारामा सत्यकरमार दन्नाल र दिलकुमारी दर्नालका पुत्रका रूपमा एक बालकको जन्म भयो, तिनै बालक नेपाली सङ्गीतमा रामशरण दनालका नामले परिचित छन् । सारेगमबाट शिक्षा आरम्भ गरेका रामशरणका पिता नेपाली सेनाको ब्यान्डका नाइके भएकाले उनी पनि केही समय बाजा बजाउनेतर्फ आकर्षित भएका थिए । निम्न वर्गीय परिवारमा जन्मिएका रामशरणले अध्ययनशील पिताबाट प्रभावित भएर पढाइप्रति रुचि राख्न थाले पनि दस कक्षाभन्दा माथि चढ्न सकेनन् । जीविकोपार्जन गर्नसमेत धौ धौ परेका रामशरणका पिताले विद्यालयको शुल्क तिर्न नसकेकाले छोराछोरीको शिक्षादीक्षा फलदायी हुनसकेन । विस २०१६ सालमा नेपाल एकेडेमीमा नोटेसनकारका रूपमा प्रवेश गरेपछि बालकृष्ण सम, माधवप्रसाद घिमिरे, यज्ञराज शर्मा, नरराज ढकाल आदिबाट साहित्य र सङ्गीत सम्बन्धी प्रेरणा र प्रभाव ग्रहण गर्दै गए । विस २०२५ू सालमा घर भत्किएर उनकी आमाको मृत्यु भयो भने २०२८ सालमा उनलाई जागिरबाट मुक्त गरियो । त्यसपछि उनी व्यक्तित्व विकास गर्नेतिर लागे । २०२५ सालको दुर्घटनामा बाजा पनि नष्ट भएकाले उनी सङ्गीत कला विषयमा अध्ययन -अनुसन्धान गर्न धाले । परिणाम स्वरूप २०२५ सालमा बनारसबाट प्रकाशित हुने सँगालो पत्रिकामा उनकी नेपाली संस्कृतिका बाजाको स्थान भन्ने लेख पनि प्रकाशित भयो । तयसपछि उनले सङ्गीत परिक्रमा, नेपाली सगीत साधक, सङ्गीतको विस्तृत अवलोकन, नेपाली बागीना र कला, नेपाली बाजा. गायन शैली आदि पुस्तकहरू प्रकाशित गरेर नेपाली संस्कृतिको जगेर्नामा उल्लेखनीय योगदान पुन्याए प्राज्ञ सभा, युवा सङ्गीत कोश, सांस्कृतिक संवर्धन समिति, लोक बाजा सङ्ग्रहालय, नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान दलित बुद्धिजीवी प्रतिष्ठान, बिसे नगर्ची प्रतिष्ठान आदि आफ्नो बलियो उपस्थिति देखाएर सामाजिक जीवनको सशक्तीकरण गरे । नेपालका विभिन्न क्षेत्रमा घुमेर लोकगीत र लोकबाजाको संरक्षण गर्ने कार्यमा उल्लेखनीय भूमिका खेले भने तिनीहरूको आधुनिकीकरण गरेर पछिल्लो पुस्तालाई सङ्गीततर्फ आकर्षित गराए नेपाली सङ्गीतमा गीतारलाई भित्र्याउने कार्य पनि उनले गरे । उनका अथक साधना र सड्घर्षको क्रदर गर्दै डा. अम्बेडकर फेलो सिप (सन् १९९०), गोरखा दक्षिण बाहु (२०४९), किरातेश्वर सङ्गीताश्रम सम्मान (२०५१), साधना कला सम्मान (२०५२), कलानिधि सङ्गीत सम्मान (२०५३), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५३), लुनकरणदास गहगादेवी चौधरी पुरस्कार (२०६२), जगदम्बाश्री पुरस्कार (२०६५) आदि प्रदान गरिएको थियो । नेपालका वरिष्ठ सङ्गीतज्ञ, समर्षशील प्राज्ञ र सामाजिक अभियन्ता रामशरण दर्नालको देहान्त २०६८ साल असोज १ गते भएको थियो । उनी यस संसारबाट बिदा भए पनि उनका योगदानहरू नेपाली समाजमा अमर रहेका छन् । गरिबी, दुःख, पीडा र अपमानलाई पेलेर उनले निकालेको कला आज पनि त्यत्तिकै उदाहरणीय, प्रशंसनीय र अनुकरणीय छ । नेपाली कलाको जीवन्ततामा उनको उपस्थिति सबैका लागि प्रेरणादायी छ ।
अभ्यास
सुनाइ
१. प्रस्तुत जीवनीको दोस्रो र पाँची अनुच्छेद शिक्षक वा कक्षाको कुनै एक विद्यार्थीले वाचन गरेको सुनेर ठिक बेठिक छुट्याउनुहोस् ।
(क) रामशरण नेपाली सेनाको ब्यान्डका नाइके थिए । (बेठिक)
(ख) रामशरणका पिता कामको खोजीमा विदेश गए ।(ठिक)
(ग) रामशरणका पिता दरबार हाइस्कुलमा पढ्दै थिए । (बेठिक)
(घ) रामशरणको मामाघर थली र गोकर्णमा थियो। (ठिक)
(ङ) रामशरणले प्रवेशिका परीक्षा मात्रै उत्तीर्ण गर्न पाएका थिए । (बेठिक)
२. तलको पाठ सुन्नुहोस् र उत्तर दिनुहोस् :
कालुसिंह रनपहेली भारतीय नेपाली साहित्यकार हुन् । उनका पितापुर्खा नेपालबाटै रोजगारीका सिलसिलामा भारत पसेका थिए । कालुसिंहको जन्म भारतमा नै भएको थियो । भारतको सिलीगुडीका स्थायी बासिन्दा कालुसिंहले खर्साङ रेडियोमा क वर्षसम्म काम गरे । अहिले उनी अवकाशको जीवन विताइरहेका छन् । मूल रूप पत्रकार भए पनि उनले साहित्यका क्षेत्रमा पनि उत्तिकै महत्त्वपूर्ण योगदान दिएका छन् । उनको खारिएको कलमको परिचय कथा र कविता विधामा पाइन्छ ।
(क) कालुसिंह रनपहेली को हुन् ?
: कालुसिंह रनपहेली भारतीय नेपाली साहित्यकार हुन् ।
(ख) उनलाई किन भारतीय नेपाली भनिएको हो ?
: नेपाली मूलका कालुसिंहको जन्म भारतमा भएकाले उनलाई भारतीय नेपाली भनिएको हो ।
(ग) उनका पितापु्खा किन भारत पसेका थिए ?
: उनका पितामुर्खा रोजगारीका सिलसिलामा भारत पसेका थिए ।
(घ) उनको मूल परिचय के हो ?
: उनको मूल परिचय पत्रकारिता हो ।
(ङ) उनी साहित्यका कुन कुन विधामा चिनिएका छन् ?
: उनी साहित्यका कथा र कविता विधामा चिनिएका छन्।
३. पाठको तेस्रो अनुच्छेद श्रुति लेखन गर्नुहोस् ।
{लेखन अभ्यास गर्नुहोस्}
बोलाइ
१. तलका शब्दहरू ठिकसँग उच्चारण गर्नुहोस् र उदाहरणमा देखाए जस्तै गरी लेख्नुहोस्,
जस्तैः
पर्याप्त/पर् . राप्रपा . त
खटिरो/ख . टि . रो
आर्थिक, दृष्टि, उच्चारण, बुद्धिजीवी, व्यवस्था
: आर्थिक : आर . थि . क
: उच्चारण : उच् . चा.रन्
: व्यवस्था :व्य . ब . स्. था
: दृष्टि : दृ . ष् . टि
: बुद्धिजीवी : बुद् . धि . जिवी
२. औपचारिक शिक्षा प्राप्त नगरेको मानिस पनि विद्वान् बन्न सक्छ भन्ने विषयमा आफ्ला साथीहरूका बिचमा छलफल गर्नुहोस् । त्यसबाट प्राप्त निष्कर्षलाई कक्षामा प्रस्तुत गर्नुहोस् ।
: औपचारिक शिक्षा प्रमाणपत्र प्राप्तिका लागि बढी उपयोगी मानिन्छ । विद्यालय विश्वविद्यालय विना शिक्षा प्राप्त गर्न सकिँदैन भन्ने कुरा सत्य होइन । वेदव्यासले कुनै विद्यालयमा गएर पढेको पाइँदैन । यस्ता उदाहरणहरू धेरै छन् । ज्ञान साधना /तपस्या अभ्यासले प्राप्त गर्न सकिने कुरा हो, त्यसैले औपचारिक शिक्षा विना पनि मानिस विद्वान् बन्न सक्छ । विद्वताको सम्बन्ध शिक्षालयको औपचारिक शिक्षासँग मात्र छैन साधनाले मानिस विद्वान् बन्ने हो । खोज अनुसन्धान, दर्शन, विज्ञान, कला, साहित्य सड़गीत आदि सबै स्वअध्ययनबाट खारिएका छन् । यसर्थ शिक्षालयलाई मात्र ज्ञानको स्रोत मान्नु श्रेयस्कर छैन । रामशरण दर्नालले उच्च शिक्षा हासिल गर्ने त कुरा परै जाओस् विद्यालय शिक्षासमेत पुरा गर्न सकेनन् तथापि नेपाली सङ्गीत, संस्कृति आदिमा उनको उचाइ निकै माथि छ । त्यसैले औपचारिक शिक्षा विना पनि मानिस विद्वान् बन्न सक्छ भन्ने कुरामा दुई मत हुन सक्दैन ।
३. घरको आर्थिक अभावले पढाइलाई निरन्तरता दिन नसकेको विषयलाई लिएर कक्षाका दुई जना साथी मिली अभिनयसहित कक्षामा कुराकानी गर्नुहोस् ।
पढाइमा अलमल
(सुधा र लखन कक्षा ९ मा पढ्छन्, उनीहरू बिचको कुराकानी)
सुधा : ए ! लखन तिमी हिजोआज विद्यालयमा असाध्यै कम आउँछौ नि, के पो त्यस्तो ?
लखन : त्यस्तै घरायसी समस्या
सुधा : भन्न मिल्ने खालको समस्या हो कि होइन ?
लखन : मनको बह कसैलाई नकह भन्छन् ।
सुधा : निकै मार्मिक छ कि कसो ?
लखन : बाआमा स्कुल नजा भन्नुहुन्छ, घरमा खानेकुरा पनि केही छैन ।
सुधा : हेर लखन, आर्थिक समस्या त देशको समस्या हो ।
लखन : हो । तर म आफ्नो समस्या बढ़ी बुझछु ।
सुधा : अब के गर्ने त ।
लखन : पढाइलाई निरन्तरता दिन सकिएला जस्तो छैन, यस्तै हो गरिवको जिन्दगी ।
सुधा : बिचरा ! हामी तिमीलाई सहयोग गर्न चाहन्छौं ।
लखन : तिमीहरूले के सहयोग गरौला ?
सुधा : हामी सबै मिलेर सकेजति सहयोग गर्छौ, तिमी सधै विद्यालयमा आएर पढ़ है त !
लखन : हुन्छ, तिमीहरूले सहयोग गरे त म पढाइलाई निरन्तरता दिने प्रयास गरिहाल्छु नि !
४. तपाईंका वरिपरि उपलब्ध हुने बाजाका विषयमा केही बुँदा तयार गर्नुहोस् र त्यसकै आधारमा कक्षामा प्रस्तुति गर्नुहोस् ।
मादल
(क) मादल नेपालको सबैभन्दा प्रचलित लोक बाजा हो ।(ख) नेपालका जुनसुकै ठाउँमा यो बाजा पाइन्छ ।
(ग) नेपाली गीत-सङ्गीतमा प्रयोग हुने सर्वसुलभ बाजा भएकाले गायन र वादनमा यसको भूमिका अग्रणी छ ।
(घ) पाठपूजा, धर्मकर्म आदि माइगलिक कार्यमा यसको प्रयोग गरिन्छ ।
(ङ) मादल नेपाल र नेपालीको पहिचान हो ।
पदाइ
१. तेस्रो अनुच्छेदलाई द्वत वाचन गर्नुहोस् र सो अनुच्छेद पढ्न तपाईंलाई कति समय लाग्यो, त्यसको हेक्का राख्नुहोस् ।
{समयको हेक्का राखी पढ्नुहोस्}
२. गति र यतिमा ध्यान दिई पाठको अन्तिम अनुच्छेद सस्वर वाचन गर्नुहोस् ।
: वाचन अभ्यास गर्नुहोस् ।
३. तलको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
एउटा मान्छेको जीवनमा १२ वर्ष सारै ठूलो कालखण्ड हो । त्यसमाथि पनि सङ्घ्ष सङ्यर्ष, अभावै अभावबिच बितेको १२ वर्षको कुरा भिन्न हुन्छ । आशैआशाको भग्न गोरेटामा घिस्रिरहेको थकित जिन्दगीको मानिसले रोक्न सक्तैन समयको प्रवाहलाई । हेलिइरहन्छ त्यसमा ऊ चेहरे वा नचाहेरै । समयको क्रूर प्रवाहमा राजधानीमा हेलिएपछिको नन्दलालसँग भेट भयो मेरो बाग्मती किनारको बस्ती शङ्खमूलमा, फराकिलो चौरको बिचमा बाँसका टेका लगाएर उभ्याइएको एउटा कैचे छाप्रामा । पाल जस्तो देखिने फाटेका टाट र प्लास्टिक तानतुन पारेर उभ्याइएको थियो उसको बासस्थान । त्यहाँभित्र निस्लोट ज्वरो आएर सुतिरहेको थियो उसको छोरो विष्णु । ओखती किन्ने पैसा नभएर नन्दलाल र उसकी श्रीमती पवनी रोइरहेका थिए । मलाई देखेपछि बिरामीले आफ्ना रसिला आँखा उठाएर मतिर हेन्यो मानौं ऊ भनिरहेको थियो, "हामीसँग केही पनि त छैन, न पैसा न खानेकुरा ।"
(टक उप्रेती : 'नन्दलालको युग' निबन्धबाट)
(क) कस्तो खाले बार वर्षको कुरा भिन्न हुन्छ ?
: सङ्घर्ष सङ्घर्ष र अभावै अभावबिच बितेको बार वर्षको कुरा भिन्नै हुन्छ ।
(ख) समयको प्रवाहमा मानिस कसरी हेलिन्छ ?
: चाहेरै वा नचाहेरै, आशैआशाको समय प्रवाहमा मानिस हेलिन्छ ।
(ग) प्रस्तुत अनुच्छेदमा नन्दलालको कस्ता अवस्थाको चित्रण छ ?
: प्रस्तुत अनुच्छेदमा नन्दलालको दुरावस्थाको चित्रण छ ।
(घ) नन्दलाल र पवनी किन रोइरहेका थिए ?
: ज्वरोले थलिएको छोरा विष्णुको उपचारका लागि ओखती किन्ने पैसा नभएकाले नन्दलाल र पवनी रोइरहेका थिए ।
(ङ) बिरामीका आँखा रसिला हुनुका दुई ओटा कारण के के हुन् ?
: बिरामीका आँखा रसिला हुनुका दुई ओटा कारण पैसा र खानेकुराका अभाव हुन् ।
लेखाइ
१. प्रस्तुत जीवनी पढी तलका प्रश्नहरूको उत्तर लेख्नुहोस् :
(क) रामशरणका पिता किन विदेश गएका थिए ?
: रामशरणका पिता आर्थिक समस्याबाट त्राण पाउन विदेश गएका थिए
(ख) उनको पुख्यीली पेसा के थियो ?
: उनको पुख्यीली पेसा बाजा बजाउने थियो ।
(ग) रामशरणका लागि पठन पाठन किन स्वप्नसरि बन्न गयो ?
: रामशरणाका लागि पठन पाठन शुल्क तिने नसकेपछि स्वप्नसरि बन्न गयो ।
(घ) उनको रुचि अध्ययनमा कसरी जाग्यो ?
: पिताको पढाइप्रतिको रुचिकै कारण उनको रुचि अध्ययनमा जाग्यो ।
(ङ) उनको स्वास्थ्य बालक कालमा कस्तो थियो ?
: उनको स्वास्थ्य बालक कालमा नाजुक थियो ।
(च) उनकी आमाको निधन कसरी भयो ?
: उनकी आमाको निधन घर भक्किंदा चेपिएर भयो ।
(छ) विसं २०२८ मा उनीमाथि कस्तो विपद् आइलाग्यो ?
: विसं २०२८ मा उनीमाथि एकेडेमीको जागिरबाट अवकाश दिने जस्तो विपद् आइलाग्यो ।
(ज) नेपाल एकेडेमीको जागिरले उनलाई कस्तो अवसर प्रदान गर्यो ?
: नेपाल एकेडेमीको जागिरले उनलाई विभिन्न विधामा परिचित हुने अवसर प्रदान गयो ।
(झ) उनले के कारणले पेसा परिवर्तन गरे ?
: घर भत्कँदा मूल्यवान बाजा नष्ट भएपछि उनले पेसा परिवर्तन गरे ।
(ञ) युवा पुस्तामा सङ्गीततर्फको रुचि कसरी बढाउन सकिन्छ ?
: हाम्रा लोक बाजाको संरक्षण र आधुनिकीकरण गरेर युवा पुस्तामा सङ्गीततर्फको रुचि बढाउन सकिन्छ ।
२. पाठको बारौँ अनुच्छेदबाट मुख्य मुख्य ५ ओटा बुँदा टिपी सारांश लेख्नुहोस् ।
: महत्त्वपूर्ण बुँदाहरू
•अभावै अभावका विचमा रामशरण दर्नालले योगदान गरेका
•विभिन्न सङ्घसंस्थाले सम्मान प्रदान गरेका
•गोरखादक्षिण बाहु लगायतका पुरस्कार प्राप्त
•राष्ट्रिय पुरस्कारबाट सम्मानित
•प्रतिभा पुरस्कार समेत अनेकी पुरस्कार प्राप्त
अभावे अभावका बिचमा योगदान गरेका रामशरण दर्नालले विभिन्न सङ्घसंस्थाबाट सम्मान प्राप्त गरेका थिए । गोरखा दक्षिण बाहु, प्रतिभा पुरस्कार अनेकौ पुरस्कारबाट उनलाई सम्मानित गरिएको थियो ।
३. पाठका आधारमा कम्तीमा दस ओटा विशेषण शब्द राखी रामशरणका चारित्रिक विशेषताहरू उल्लेख गर्नुहोस् ।
○रामशरणका चारित्रिक विशेषताहरू
रामशरण निकै प्रतिभाशाली व्यक्ति थिए । तर आर्थिक अवस्था कमजोर भएकाले भने जस्तो अध्ययन गर्न पाएनन् । उनी सगीत साधकका रूपमा चिनिन्छन् सानै उमेरमा अर्थोपार्जनतर्फ पनि उनले ध्यान दिनुपरेको थियो । प्रशासनिक वक्रदॄष्टिले उनले जागिर छोझ परेपछि व्यक्तित्व विकासतिर लागे । उनले राम्नै ख्याति आर्जन गरेका छन् । अनुसन्धानमा उनको विशेष रुचि थियो । असल स्वभावका कारण उनले सहयोगी भाव राणे । अथक परिश्रमले उनलाई महान बनायो । उनी मूलतः प्राज्ञिक कर्ममा समर्पित भए ।
४. माथिको जीवनीबाट सिक्नुपर्ने कुराहरू के के हुन् ? बुंदागत रूपमा लेख्नुहोस् ।
:रामशरणको जीवनीबाट सिक्नुपर्ने कुराहरू
(क) निरन्तरको साधनाबाट सफलताका कीतिमानहरू काम गर्न सकिन्छ ।
(ख) गरिबी/विपन्नतासँग जुधेर जीवनमा प्रगतिका स्पष्ट रेखाहरू कोर्दै प्रसिद्धि प्राप्त गर्ने सकिन्छ ।
(ग) औपचारिक शिक्षा मात्र व्यक्तित्वको विकासको आधार होइन ।
(घ) रामशरणले जस्तै अग्रज पुस्ताहरूबाट प्रेरणा प्राप्त गरेर अघि बढ्न सकिन्छ ।
(ङ) जागिर र धनभन्दा मानवका लागि व्यक्तित्व विकास महत्त्वपूर्ण कुरा हो ।
(च) लोकगौत, लोकबाजा र लोक साहित्यको विकास र संरक्षण महत्त्वपूर्ण कुरा हो ।
(छ) युवा पुस्तालाई अतीतप्रति आकर्षित गर्नु र आधुनिकताको अभ्यास गराउन अग्रजहरूसक्रिय हुनुपर्छ ।
(ज) सम्मान खोज्ने होइन, समर्पित भएर कर्म गर्ने बानी बसाल्नुपर्छ ।
(झ) अकबरी सुनलाई कसी लाउनु पर्दैन भने झै प्राज्ञिक व्यक्तित्वको प्रचार आफै हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन ।
५. व्याख्या गर्नुहोस् :
(क) मादलको तालबिना बन्दुकको नाल पनि फितलो हुन्छ ।
: मादल ऊर्जाको स्रोत हो । नेपाली लोक बजारलाई सवैभन्दा बढी प्रभाव पारने साधन मादल नै हो । यसले हाम्रो सभ्यता, संस्कृति र इतिहासलाई सबल बनाउने प्रयास गरिरहेको छ । मादलको तालका अगाडि बन्दुकको नालले पनि घुंडा टेक्छ बन्दुकले गर्न नसकेका वा असम्भव ठानेका कार्यहरू मादलले सम्पन्न गरिदिन्छ मादलमा लोकजीवन, लोकपरम्परा र पद्धति अन्तरनिहित भएकाले बन्दुकले पान नसकेका प्रभावहरू मादलले पार्न सक्छ। नेपाली लोकजीवनको आधार बन्दुकको नाल होइन, मादलको ताल हो किनभने जीवनका सफलता, सबलता र सम्पन्नताहरूलाई बिउँझाउने साधन मादल नै हो । मादल बिनाको जीवन अधुरो र अपुरो हुन्छ । जहाँ मौलिक लोक सभ्यताको कुरा आउँछ त्यहाँ मादलका तालहरूको रन्को मूल्यवान् हुन्छ । जीवनका उकाली र ओराली, आँसु र हाँसो, रगत र पसिनाका कुरा आउँछन् भने बन्दुकका नालहरूको कुनै अर्थ हुँदैन, त्यहाँ त मादलको तालहरूको जिउँदो र जाग्दो अभियान हुन्छ । यसर्थ मादलको तालबिना बन्दुकको नाल पनि फितलो हुन्छ भनिएको हो ।
(ख) आखिर मृत्युका अगाडि जीवनको केही लागेन ।
: जीवन तदर्थ सत्य हो भने मृत्यु अन्तिम सत्य हो किनभने मृत्युभन्दा पछाडि कुनै सत्य बाँकी रहँदैन । हामी चाहेर जन्मन्छौं अनि नचाहेरै मछौँ भन्ने तथ्यलाई नकानी सकिँदैन । मान्छेको जन्म नै मृत्युको सिफारिस भएकाले मृत्युका अगाडि जीवनको केही लाग्दैन । मृत्युका अगाडि कोही महान् छैनन्, कोही असामान्य छैनन्, उसका लागि त सबै सामान्य छन् । मृत्युको उपासना, भक्ति, तपस्या, सम्मान, पाठपूजी आदि केही पनि होइनन् पार्थिव शरीर त संसारमा कसैको दिगो रहँदैन र जीवनको अन्त्य भएरै छाड्छ । मृत्युका मानवीय भाषा र परिभाषाहरू विभिन्न हुनसक्लान तर यो अकाट्य/अपरिवर्तनीय सत्य हो, यसलाई चाहेर नचाहेर स्वीका्नै पर्छ । जीवनका कर्महरू समाजमा छोडिन्छन्, यद्धपि शरीर संसारमा अजर-अमर हुँदैन। रामशरण दर्नालका इच्छाहरू धेरै थिए तर पापी कालले उनलाई चटक्कै चुंडे लग्यो । उनी आज आफ्ना कृतिहरू मार्फत् आफ्नो अस्तित्व र योगदानको परिचय दिइरहेका छन् । यसर्थ जीवन क्षण भङ्गुर छ र यसको अन्त्य अवश्यम्भावी छ भन्ने छर्लङ्ई देखिन्छ।
(ग) साँचो अर्थमा लेखक त्यही हो, जो प्रतिकूल परिस्थिति र कठिन अवस्थामा पनि आफ्नो लेखनलाई निरन्तरता प्रदान गरिरहन्छ, आफ्नो साधनाबाट कहिल्यै विमुख हुँदैन ।
: लेखक स्रष्ट, द्रष्टा, पाठक आदि पनि हो । प्रतिकल र कठिन अवस्था लेखकका सिर्जना सामग्री हुन् । विचलन हनु लेखकीय धर्म होइन । लेखकीय धर्मिता भनेकै कहिल्यै विमुख नहुनु हो । लेखकले सधै परिस्थितिको सामना गरिरहनु पर्छ । यसैमा लेखकको स्वत्व र सर्वस्व लुकेको हुन्छ । दीर्घ साधनाको निरन्तरताले कसरमसरहरूलाई पखाल्छ र कज्चन कृतिको जन्म गराउँछ । लेखकलाई गरिबी, दुःख, वेदना, पीडा, छटपटी, विषमता, अभाव, तनाव, हैरानी आदिले अवरोध पुन्याउन सक्दैन । साँचो अर्थमा लेखक भनेकै प्रतिकूलतालाई अनुकूलतामा रूपान्तर गर्ने प्रतिभा हो । समाजका सबैभन्दा सहनशील, धैर्यशील र सिर्जनशील व्यक्ति भएकाले लेखकले आफ्ना भावना, विचार, दर्शन, मान्यता आदिलाई सदैव अटुट रूपमा प्रकाशन गरिरहनु पर्छ । रामशरणले जिन्दगीमा फुलमालाभन्दा बढी सिस्तुपानीकै सामना गर्नुपरे पनि विचलित नभई लेखनलाई निरन्तरता दिए । यसर्थ उनी आज पनि त्यत्तिकै स्तुत्य छन् । लेखक महान् प्रतिभा भएकाले उसले समभाव राखेर आफ्नो अभीष्ट लक्ष्य पुरा नहुन्जेल एकमना लागि रहनुपर्छ ।
६. निम्न लिखित बुँदाका आधारमा 'साहित्यकार सम' शीर्षकमा एउटा जीवनी रचना गर्नुहोस्:
पहिलो अनुच्छेद : विसं १९५९ को जन्म जन्म स्थान काठमाडौं आमा कीर्तिराज्य लक्ष्मी - बुबा समरसमसेर वैभवशाली परिवार - दाजु पुष्करसमसेर - कमजोर स्वास्थ्यका - दाजुलाई बढी माया गरेकामा बालकृष्णलाई पीडा बोध ।
दोस्रो अनुच्छेद : घरैमा पं. तिलमाधव देवकोटाद्वारा शिक्षारम्भ पछि दरबार हाइस्कुलमा पढेको म्याट्रिकसम्म त्रिचन्द्र कलेजमा आइएस्सीसम्मको अध्ययन - बिचैमा सैनिक बन्नु परेकाले पढाइ अपूर्ण-पछि त्यसै कलेजमा प्राध्यापन ।
तेस्रो अनुच्छेद : घरैमा रङ्गमञ्च राणा दरबारमध्ये सबैभन्दा उच्चस्तरको रङ्गमञ्च उनके घरमा - त्यहाँ नाचगान र नाटक प्रदर्शन भइरहने- यसैले नाटकप्रति उनको आकर्षण - दरबार स्कुलमा पढ्दा विदेशी साहित्यकारका रचना पढ़ने अवसर - सोही क्रममा सेक्सपियरका रचना पढेको - उनकै दुःखान्त नाटकबाट बढी प्रभावित - नाट्य सम्राटको उपाधि हासिल गर्न सफल ।
चौथो अनुच्छेद : नाटक लेख्ने मात्र होइन- अभिनय पनि गर्ने - निर्देशन पनि गर्ने रड्गमञ्चको तालिम पनि दिने - त्यसका लागि आवश्यक पर्ने खर्च पनि आफै व्यहोर्ने नाटकका क्षेत्रमा उनको योगदान नरहेको भए आज नेपाली नाटक र रङ्गमञ्चको हैसियत यहाँसम्म नआइपुग्ने ।
साहित्यकार सम
बालकृष्ण सम नाटक लेख्ने र अभिनय पनि गर्थे । नाट्य निर्देशनमा पनि उनको प्रसिद्धि उत्तिकै थियो । उनी रङ्गमञ्चसम्बन्धी तालिम पनि दिने गर्थे । तालिमका लागि खर्चको व्यवस्था पनि आफै गर्थे । नेपाली नाटकका क्षेत्रमा उनको योगदान नरहेको भए आज नेपाली नाटक र रङ्गमञ्चको हैसियत यहाँसम्म आइपुग्ने सम्भावना थिएन । त्यसैले बालकृष्ण समको उपस्थिति नेपाली नाट्य विधाका लागि समवाण सावित भएको छ ।
७. जीवनमा प्राप्त अवसरले मानिसलाई प्रगति मार्गमा डेऱ्याउँछ भन्ने कुरालाई रामशरण दर्नालको जीवनीका आधारमा विवेचना गर्नुहोस् ।
: प्रत्येक मानिसले अवसरको सिर्जना आफै गर्नुपर्छ । जीवनमा अवसरका प्रकृति र प्रकार भिन्नभिन्न हुन्छन् । अवसरले मानिसलाई प्रगतिका मार्गहरू प्रशस्त गरिदिन्छ र जीवनमा केही सिक्ने र गर्ने अवसर प्रदान गर्छ । रामशरण दर्नालले बाबुसँग केही कुरा सिकेर सङ्गीतका सुर, ताल आदिको ज्ञान लिए भने त्यसपछि घर भत्कंदा बाजाहरू बिग्रिएपछि सङ्गीतको अनुसन्धान गर्ने अवसर प्राप्त गरे । नेपाल एकेडेमीमा जागिरे भएपछि माधव घिमिरे, बालकृष्ण सम, यज्ञराज शर्मा, नरराज ढकाल आदिको अनुप्रेरणा र प्रभाव ग्रहण गरेर साधनालाई सशक्त बनाए । रामशरणलाई साहित्यकार सम र घिमिरे तथा सङ्गीतकारहरू शर्मा र ढकालको प्रेरणाले नयाँ अवसरहरूको सिर्जना गरेको छर्लङ्डै छ । प्रगति सापेक्ष कुरा भएकाले सङ्गत, सुझाव, सहयोग, समर्थन, निर्देशन, अवसर, आवश्यकता, इच्छाशक्ति र उपयोगिताले मान्छेको प्रगतिलाई तन्काइदिन्छ । यसर्थ अवसर प्रगतिकों साधक हो, अवसरबाटै मानिसले प्रसिद्धिका नयाँ उचाइ र कीर्तिमान प्राप्त गर्नसक्छ भन्ने कुरा रामशरणको जीवनबाट स्पष्ट हुन्छ
८. तलको सूचीमा भएका शब्दसँग वाक्यमा रेखाड्कित शब्दको जोडा मिलाउनुहोस् : कमजोर, गरिबी, छुट्टी, प्रतिज्ञा, मुक्त ।
: मुक्त (क) उनी जागिरे जीवनबाट निवृत्त भएपछि परिवारको आर्थिक अवस्था झन् जर्जर बन्न पुग्यो।
: गरिबी (ख) यस्तो विपन्नतामा बाल्यकाल गुजारेका रामशरणले विद्यालयको शुल्कासमेत तिर्न सकेनन् ।
: प्रतिज्ञा (ग) उनले अध्ययनमा लाग्ने सहकल्प गरे ।
: छुट्टी (घ) उनलाई बिना कसूर सो सेवाबाट अवकाश दिइयो ।
: कमजोर (ङ) मादलको तालविना बन्दुकको नाल पनि फितलो हुन्छ ।
व्याकरण
१. तलका उदाहरण पढेर पद सङ्गति पहिचान गर्नुहोस्:
लिङ्गगत पद सङ्गति : बहिनी विद्यालय गई भाइले कथा पदयो ।
वचनगत पद सङ्गति : एउटा खसी हरायो । दई ओटा खसी हराए । भूकम्प पीडितहरू पालमा बसे ।
पुरुषगत पद सङ्गति : म विद्यालय जान्छ । हामीले हिजोको पत्रिका पढ्यौं । तिमी बिहान कति बजे आयौ ? तँ मामाधर जान्छस कि जाँदैनस् ? मेरी छोरीले फलबारी गोडी । उसका छोराले तरकारी पकायो ।
आदरगत पद सङ्गति : आमाले कलेजको काम सिध्याउनुभयो । बुवा बैठक सकेर भर्खर आउनुभयो । उनी हाम्रा राम्रा विद्यार्थी हुन् । त पनि त्यस्तै राम्रो हुने प्रयत्न गर । बहिनी त त्यसै पनि तिमीभन्दा असल छन् ।
२. तलको अनुच्छेदमा लिङ्गगत, वचनगत, पुरुषगत र आदरगत पद सख्याति मिलाउनुहोस् :
हिजो म चक्रपथमा एक्लै हिंडिरहेको थिएँ । एकान्त कुनानिर पुग्दा एउटी वृद्ध महिलाले पानी बेचिरहेको थियो । त्यही बेला अर्को केटी पनि आयो । उसले त्यस महिलालाई सहयोग गयो । त्यसपछि म चाँडै विद्यालय पुगे आज बिहानै हाम्रो विद्यालयमा थप्र मानिस आयो । तीमध्ये सबैभन्दा मोटो केये अगाडि सन्यो । पाले दाइले पनि हल्तपत्त ढोका खोलिदिइन् । त्यसपछि सबै मानिस भित्र पस्यो । हिजो विद्यालयको एउटा केटो गाडीबाट खसेर घाइते भएछन । त्यसैबेला दस कक्षाका विद्यार्थीहरू पनि आयो । उनीहरू त सै म्याद नाघेपछि मात्रै फाराम बुझाउन आउँछ । तिमी त त्यसो गर्दिन होला नि ? बरु तिमीहरू कहिले आउँछस, पहिल्यै खबर गरिराख ल । सीता तिमीले यी सबैलाई समातेर समयमै ले । तेहरूको त मलाई पत्यारै छैन । म विद्यालय गएका बेलामा मेरो ठूलो मामा एकाबिहानै मेरी घरमा आएछ । आमा कुकुरलाई डुलाउन निस्केकी थिई ।
बुबा पनि घरमा थिएन । भाइ चाहिं निदा राख्नुभएको थियो । आमाभन्दा अघि कुकुर र पस्नुभयो । उनले मामालाई देख्नासाथ झम्टिहाले । हल्ला सुनेर भाइ पनि नुभयो ।
हिजो म चक्रपथमा एक्लै हिडिरहेको थिएँ । एकान्त कुनानिर पुग्दा एउटी वृद्ध महिलाले पानी बेचिरहेकी थिइन् । त्यही बेला अकी केटी पनि आई । उसले त्यस महिलालाई सहयोग गरी । त्यसपछि म चाँडि विद्यालय पुगे आज बिहानै हाम्रो विद्यालयमा थुप्रै मानिस आए । तीमध्ये सबैभन्दा मोटो केटो अगाडि सर्यो । पाले दाइले पनि हत्तपत्त ढोका खोलिदिए । त्यसपछि सबै मानिस भित्र पसे । हिजो विद्यालयको एउट के गाडीबाट खसेर घाइते भएछ । त्यसैबेला दस कक्षाका विद्यार्थीहरू पनि आए उनीहरू २ सधै म्याद नाघेपछि मात्रै फाराम बुझाउन आउँछन् । तिमी त त्यसो गर्दिनौ होला नि २ बर तिमीहरू कहिले आउँछी, पहिल्यै खबर गरिराख ल । सीता तिमीले यी सवैलाई समातेर । समयमे ल्याऊ । तपाईंहरूको त मलाई पत्यारै छैन । म विद्यालय गएका बेलामा मेरो दल मामा एकाबिहानै मेरो घरमा आउनुभएछ । आमा कुकुरलाई डुलाउन निस्कनु भएको थियो । बुबा पनि घरमा हुनुहुन्नध्यो । भाइ चाहिँ निदाई राखेको थियो । आमाभन्दा आकि कुकुर भित्र पस्यो । उसले मामालाई देख्नासाथ भम्टिहाल्यो । हल्ला सुनेर भाइ पनि ब्युंझियो।
३. पद सङ्गति मिल्ने गरी खाली ठाउँ भर्नुहोस् :
(क) आज कक्षा नौका केयहरूले कथा पढे ।
(ख) फुर्वा तामाङ कक्षाकार्य गर्नमा निपुण छ ।
(ग) मेहनत नगर्ने जति सबैले परीक्षा बिगारेछन् ।
(घ) सीताले बहिनीलाई भात खुवाई ।
(ङ) खेलाडीहरू फुटबल खेल्दै छन् ।
४. उपयुक्त पद सङ्गति मिलाई आफ्नो परिवारको बयान गर्नुहोस् ।
: मेरो घरमा आमा, बुबा, दाजु र दिदी हुनुहुन्छ । मेरो घर लमजुङको बॅँसीसहरमा पर्छ । म कक्षा ९ मा पढ्छु । मेरी आमा हाम्रो स्कुलको प्रधानाध्यापक हुनुहुन्छ । मेरो बुबाले सुन्तला खेती गर्नुभएको छ । दाजु र दिदी पोखरामा पढ्दै हुनुहुन्छ । हाम्रो परिवारको प्रगति देखेर गाउँलेहरूले खुब प्रशंसा गर्छन् ।
परियोजना कार्य
(क) नेपालको पर्यटन विकासको सम्भावनाबारे विभिन्न स्रोतबाट सामग्री सङ्कलन गर्नुहोस् । प्राप्त सामग्रीका आधारमा नेपालको पर्यटन प्रवर्धनको सम्भावनाका बारेमा लिङ्ग, व्न पुरुष र आदरसमेत प्रयोग गरी आलेख तयार गर्नुहोस् ।
नेपालको पर्यटन विकासको सम्भावना
जुन देश पर्यटकका लागि अनुकूल र आकर्षक हुन्छ, त्यही देश विकसित हुन्छ । पर्यटन व्यवसायको सम्भावना पनि यस्तै देशमा बढी हुन्छ । कुनै ठाउँ/देश आदिको पुरातात्विक महत्त्व, संस्कृति, प्रकृति आदिको अध्ययन गर्न वा हेरेर मनोरन्जन लिन गरिने भ्रमणलाई नै पर्यटन भनिन्छ। नेपाल यस्तै प्रकृति, संस्कृति र पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण देश हो। हेर्नेलाई मनोरन्जन र खोज्नेलाई रहस्य प्रदान गर्ने थुप्रै ठाउँहरू नेपालमा छन् । त्यसैले पर्यटनका लागि नेपाल अत्यन्तै अनुकूल देश हो। हिमाल, पहाड, भोर, पाखा, पाटीपौवा अनेक जातिका जातिगत रहनसहन, परिवेश मठ, मन्दिर अनेक धर्म र सम्प्रदाय नेपालका विशेषता हुन् एक ठाउँमा यति धेरै कुरा देख्न र अध्ययन गर्न पाइने देश भएकाले नेपालमा प्रशस्त पर्यटकहरू आउँछन् । घुमफिर गरेर मनोन्जन लिनेदेखि गहन अध्ययन गरेर रहस्य खोज्नेसम्मका सबै अन्वेषकहरूलाई पर्याप्त ज्ञान सामग्री नेपालमा पाइन्छन् त्यसैले पर्यटन व्यवसाय नेपालका लागि महत्त्वपूर्ण सम्भावनाको विषय हुन आउँछ यहाँ हस्तकला र वास्तुकलाका थुप्रै सामग्रीहरू बिक्री वितरण गरेर आय आर्जन गर्न सकिने
अवस्था छ। त्यस्तै लोकसंस्कृति र परम्परागत नृत्य र गायनबाट कलाकारहरूले पनि आय आर्जन गर्न सक्तछन् । होटेल र रेस्टरेन्टहरूले पनि राम्रो व्यवसाय गर्न सक्दछन् हामीले ग्रामीण संस्कृतिहरूलाई मौलिक रूपमा देखाउन सक्यौ भने हाम्रो संस्कृति अन्य मुलुकमा सजिलै पुग्न सक्तछ। संस्कृतिको बिस्तार गर्नु सभ्यताको विकास गर्नु हो । यस्तो काम गर्नाले संस्कृतिको जर्गेना पनि हुन्छ। फेरि यसरी विशुद्ध संस्कृति प्रदर्शन गर्दा पर्यटकहरू पनि आकर्षित हुन्छन् । उनीहरूमा नेपाली इतिहास र संस्कृति प्रति सम्मान जागृत हुनुको साथै सभ्यताको आदान प्रदानमा समेत टेवा पुग्दछ। तसर्थ नेपाल प्राकृतिक र सांस्कृतिक पर्यटनको राम्रो गन्तव्य स्थल हो भन्ने पुष्टि हुन्छ।
पयटकहरू त्यहाँ पर्यटन गर्छन् जहाँ सौहार्दपूर्ण व्यवहार हुन्छ शान्ति र सुव्यवस्था पर्यटनका मूल आधार हुन् । नयाँपन पर्यटकका आकर्षण हुन् । रेस्टुरेन्ट र होटेलहरूमा उनीहरू आफ्नो देशको भन्दा आफ पुगेकै देशको खानपानलाई मन पराउँछन् किनभने त्यो उनीहरूका लागि नयाँ हुन्छ । स्वाद र सन्तृष्टि भिन्न किसिमको हुन्छ त्यसैले नेपालो रेस्टुरेन्ट र होटेलहरूले आफ्नो देशका परिकारहरू बनाएर ख्वाउनतर्फ लाग्नुपर्छ । यसले स्वदेशी वस्तुको खपत र राम्रो आय आर्जन गर्न सहज हुन्छ । नेपालमा पर्यटन क्षेत्र बनाउन सकिने अझै थुप्रै ठाउँहरू छन् अलौकिक र अनुपम भूखण्ड र प्राकृतिक कलाका स्थानहरू यहाँ अ खोजिइन बाकी छन् । जुन रीतले नेपालमा पर्यटन व्यवसाय अगाडि बढेको छ, सरकारी र सामाजिक रूपमा अझै यस क्षेत्रमा सुधार र नेपालमा पर्यटन व्यवसायको प्रशस्त सम्भावना छ। यो अझै बढ्दै जान्छ र देश विकासमा दरो टेवा पुगन सक्छ। यस कुरालाई हामी सबैले आत्मसात् गर्नुपर्छ र पर्यटन व्यवसायको श्रीवृद्धिमा लाग्नुपर्छ।
(ख) कुनै ऐतिहासिक व्यक्ति वा घटनासँग सम्बन्धित बुँदाहरू सङ्कलन गर्नुहोस् । तिनका आधारमा आलेख तयार पारी कक्षामा प्रस्तुत गर्नुहोस् ।
नाम : मोतीराम भट्ट
जन्म : विसं १९२३ कुसे औंसी, भोसी का टोल, काठमाडौं
माता/पिता : रिपुमर्दिनी देवी/दयाराम भट्ट
•६ वर्षको उमेरमा आमासँग बनारस प्रस्थान
•८ वर्षको उमेरमा व्रतबन्ध
• बनारसमा संस्कृत र फारसी भाषाको अध्ययन
• गायन र वाद्यवादनको प्रशिक्षण
•विस १९३७ मा नेपाल आई विवाह सम्पन्न
• १९३८ मा बनारस गई पुनः अङ्ग्रेजी भाषाको अध्ययन सुरु
• नेपालमा गजल र समस्यापूर्ति कविताको आरम्भकर्ता
• नेपाल भारतजीवन नामक प्रेस स्थापना गरी भानुभक्तीय रामायणको बालकाण्ड प्रकाशन
•गोर्खा भारतजीवन नामक नेपाली भाषाको पत्रिका प्रकाशन
•बनारस तथा काठमाडौंमा मोतीमण्डलीको स्थापना
•कवि, गजलकार, नाटककार, जीवनीकार, समालोचक, पत्रकार, अनुसन्धानकर्ता जस्ता बहुमुखी प्रतिभाका धनी
• भाषाप्रेमी, देशप्रेमी र सौन्दर्यप्रेमी कवि
प्रमुख कृतिहरू : प्रहलाद भक्ति कथा, पिकदूत, उपाचरित्र, गजेन्द्रमोक्ष, प्रियदर्शिका नाटिका, शकुन्तला, कवि भानुभक्ताचार्यको जीवनी आदि ।
मृत्यु : विसं १९५३ कुसे औँसी
युवाकवि मोतीराम भट्ट
मोतीराम भट्टको जन्म विस १९२३ कुसे औंसीका दिन भोसिको टोल, काठमाडौंमा भएको थियो । उनका पिताको नाम दयाराम भट्ट र माताको नाम रिपुमदिनी देवी भट्ट थियो । इ वर्षको उमेरमा उनी आमासँग बनारस गएका थिए । ८ वर्षको उमेरमा व्रतबन्ध गरी बनारसमा संस्कृत र फारसी भाषाको अध्ययन गर्न थालेका भट्टले गायन र वाद्यवादनको प्रशिक्षणसमेत लिएका थिए । विस १९३७ मा नेपाल आएर विवाह गरे । उनले १९३८ मा बनारस गई पुनः अङ्ग्रेजी भाषाको अध्ययन सुरु गरेका थिए।
नेपालमा गजल र समस्यापूर्ति कविताको आरम्भकर्ता मोतीरामले नेपाल भारतजीवन नामक प्रेस स्थापना गरी भानुभक्तीय रामायाणको बालकाण्ड प्रकाशन गरे । उनले गोखाँ भारत जीवन नामक नेपाली भाषाको पत्रिका प्रकाशन पनि गरेका थिए । बनारस तथा काठमाडौं मोतीमण्डलीको स्थापना गर्ने भट्ट कवि, गजलकार, नाटककार, जीवनीकार समालोचक, पत्रकार, अनुसन्धानकर्ता जस्ता बहुमुखी प्रतिभाका धनी मानिन्छन् । ठनी मूलतः भाषाप्रेमी, देशप्रेमी र सौन्दर्यप्रेमी कवि हुन् । प्रहलाद भक्ति कथा, पिकदूत, उषाचरित्र, गजेन्द्रमोक्ष, प्रियदर्शिका नाटिका, शकुन्तला, कवि भानुभक्ताचार्यको जीवनी आदि उनका प्रकाशित कृतिहरू हुन् ।
बहुमुखी प्रतिभाका धनी मोतीरामको मृत्यु विसं १९५३ कुसे औँसीका दिन ३० वर्षको उमेरमा भयो । अल्पायुमै दुःखद् निधन भए पनि उनले नेपाली साहित्यलाई लगाएको गुन बिर्सिनसक्नुको छ।
Comments
Post a Comment