Skip to main content

Nepali Guide

पाठ - २ (यात्रा सुरू गरौँ)

 यात्रा सुरू गरौँ


यात्रा सुरु गरी कविताको सारांश

•आशा, आस्था, सकारात्मक चिन्तन, कला, भाषा-साहित्य, धर्म, प्रकृति, संस्कृति, जातजाति चाडपर्व, उज्याला पक्षहरू जागरणका स्वरहरू, सहिष्णुता, भाइचारा, शान्ति, सहधर्म सहअस्तित्व, सहकर्म, भूगोल आदि पक्षलाई समेटेर रचिएको यस कविताका रचनाकार दुबस क्षेत्री हुन् । समयको लामो झरीपछि भएको सूर्योदयले दुःखका अवशेषहरू समाप्त गरिसकेको छ । उज्यालो जिन्दगी आरोहणबाट मात्र प्राप्त हुनसक्छ । वासन्ती जिन्दगीका सिंगारहरू सबल र सफल यात्राहरूबाट बढी खारिन्छ, माभिन्छ र स्वीकारिन्छ । सबै नेपालीहरूका पाइला छठको प्रवित्रता, सोरठीका ताल, रोदीको रन्को, माघीको रमझम, सेलोको भाका, ल्होसारका उललास, गौरा र देउडाका नाचगान आदिवाट निर्देशिन हुनुपर्छ । विखण्डनलाई चिरेर सहमति र सहअस्तित्वको यात्रालाई प्रभावकारी ढङ्गले अधि बढाउनु आवश्यक छ । स्वावलम्बनका नयाँ यात्राहरूको सुरु गर्न हतार भइसकेको तर्क कविको छ । सहिष्णुता र भाइचारका गीत गाउँदै उज्यालो यात्रालाई दिगो बनाउन आकाश छेड़ने हिमाललाई साक्षी राख्न सक्नु पर्छ । कर्णालीको मुहानमा उभिएर नवनिर्माण र सम्यक शान्तिको गति बढाउनुपर्छ । आस्थाको आरती गाउँदै मठ, मन्दिर, चैत्य, गुम्बा, मस्जिद र गिजांघरको प्राङ्गणबाट सहधर्मको यात्रा सुरु गर्नु फलदायी छ । एकीकरणका यात्राहरू धिमे | बजाउँदै नव एकताको सन्देश लिएर संसारको सर्वोच्चतालाई चुम्नुपर्छ । अन्धकारको शल्यक्रिया गर्दै अथक यात्रीका रूपमा शान्ति र समृद्धिका सन्देशहरू लिएर राष्ट्र नवनिर्माणको महाअभियानमा 'अघि वढ्नुपर्छ । सारमा यस कविताले राष्ट्र निर्माणको महायज्ञलाई सफल बनाउन तन, मन, वचन र कर्मले अगाडि बढौं भन्ने सन्देश दिएको छ । नेपालको धार्मिक-सांस्कृतिक, भाषिक, सामाजिक, भौगोलिक र जातीय विविधतालाई सौन्दर्यका रूपमा उपयोग गरेर एउटा सभ्य, भव्य र शिष्ट देशको सर्वाङ्गीण विकासका लागि जिन्दगी समर्पण गरौं भन्ने अपिल कविताले गरेको छ ।

■अन्यास■


सुनाई


१. कविताको पहिलो गद्यांश सुनी मौखिक उत्तर दिनुहोस्:


(क) समयको लामो झरी भनेको के हो ?
: समयको लामो झरी भनेको दुःख, पीडा र वेदना ही ।
(ख) हामीले हाम्रो यात्रा किन सुरु गर्नुपर्छ ?
: हामीले हाम्रो यात्रा उज्यालो भएकाले सुरु गर्नुपर्छ
(ग) उज्यालो कसरी छर्न सकिन्छ ?
: आस्थाको टुकी बाली उज्यालो छर्न सकिन्छ ।
(घ) कवि कस्तो मौसममा गीत गुन्जाउन चाहन्छन् ?
: कवि वसन्तको मौसममा गीत गुन्जाउन चाहन्छन् ।

२. कविताको दोस्रो गद्यांश सुन्नुहोस् र त्यहाँ उल्लेख भएका सांस्कृतिक नाच वा पर्वको नाम भन्नुहोस् ।

: सोरठी, रोदो, माघी, विवाह पञ्चमी, छठ, सेलो, ल्होसार, गौरा ... ।

३. कविताको तेस्रो गद्यांश सुनी त्यसमा भन्न खोजिएको विचारलाई कक्षामा सुनाठनुहोस् ।

: नेपाल बहु धार्मिक मुलुक भए पनि सबै धर्मको सार एक हो । हातेमालो, नवएकता र एकीकरणका सन्देशहरूलाई उच्च र दिगो ढड्गले युगं सापेक्ष रूपमा विकसित गर्दै लैजानुपर्छ ।

४. कविताको चौथो गद्यांशको श्रुति लेखन गर्नुहोस् ।

: श्रुति लेखन अभ्यास गर्नुहोस् ।

बोलाइ


१. तलका शब्दहरू उदाहरणमा देखाए जसतै गरी ठिक उच्चारण गर्नुहोस् र तिनीहरूलाई उच्चारणअनुसार नै कापीमा लेख्नुहोस् :

जस्तै: उच्चारण/उच्चारण
आरोहण, झोक्का, चकित, निस्पट प्राङ्गण, सहिष्णुता

○ आरोहण - आ . रो . हण्
चकित - च . कि . त्
प्राङ्गण - प्राङ् . ग .ण्
झोक्का - झो . क् . का
निस्पट्ट - निस् . पद् . ट
सहिष्णुता - सहि . स् . णु . ता

२. निम्न लिखित अवस्था व्यक्त हुने गरी अभिनय गर्नुहोस्।
: चकित भएको अवस्था, आल्हादित भएको अवस्था, लोलाएको अवस्था, थकाइ लागेको अवस्था अभिनयको अभ्यास गर्नुहोस् ।

३. तलका शब्दलाई वाक्यमा प्रयोग गरी कक्षामा सुनाउनुहोस् :
देउराली, टुकी, रोदी, धिमे, देउडा, सेलो

देउराली : देउरालीलाई भाकेर मात्र कहाँ लक्ष्ममा पुगिन्छ र!
टुकी : गाउँपरको सहारा भनेक टुकी बत्तो नै हो ।
रोदी : गुरुङ जातिमा प्रचलित रोदी नेपालीको परिचय हो।
धिमे : सब्जय धिमे बजाउँदै आयो ।
देउडा : अहिले देउडाको महत्त्व राजधानीमा पनि बददै छ ।
सेलो :लामा दाइ सेलो गाउँदै नाच्न थालेछन ।

४. तपाईँ आफूले आजैदेखि सुरु गर्न सक्ने कुनै दुई सकारात्मक कामहरू कक्षामा सुनाउनुहोस् ।
जस्तै : आजसम्म मैले आफ्नो लुगा आफै धोएको छैन, म यो काम आजैबाट सुरु गर्छु।

○ मैले आजसम्म ध्यान दिएर पढेको छैन, म आजैबाट ध्यान दिएर पढ्न सुरु गर्छ ।
○आजसम्म मैले गृहकार्य गरेको छैन, म यो काम आजेबाट सुरु गर्छ ।

५. शान्ति र समृद्धिका सपनाहरू कस्ता हुन सक्छन् ? आफ्नो विचार कक्षामा सुनाउनुहोस् ।
: शान्ति र समृद्धिका सपनाहरू उद्देश्यमूलक, सार्थक, व्यावहारिक, सिर्जनात्मक, समावेशी, सह अस्तित्वमूलक र राष्ट्रियताले भरिएका हुन्छन्। सचेतनायुक्त जीवनदायी वैधानिक र मूल्यमा आधारित हुन्छन् । यथार्थ एवं उपयोगी हुन्छन् ।

६. माथिको कवितामा दीर्घ इकार लागेका शब्दहरू मात्र टिपोट गर्नुहोस् र ती शब्द दीर्थ लेख्नुपर्ने कारणबारे शिक्षकसँग छलफल गरी निष्कर्षमा पुग्नुहोस् ।
: झरी, पानी, थालनी, हामी, टुकी, सोरठी, त्यही, कोटी, रोदी, चीतारी, माधी, न्वागी, पञ्चमी, साक्षी, कर्णाली, त्यही, दुई, सम्बोधी, आरती, तिमी, एकीकरण, फेदी, केही, । (शब्दान्तका ई कार, ऊ कार दीर्घ हुन्छन।)

८. कोष्ठकमा दिइएका शब्दहरूमध्येबाट खाली ठाउँ भरी कक्षामा सुनाउनुहोस् :

(क) 'अनायास' शब्दको पर्यायवाची शब्द एकाएक हो । (एकाएक, औधी, एक्लै)
(ख) 'रहर' र 'झरी' अनेकार्थी शब्द हुन् । (पर्यायवाची, अनेकार्थी, श्रुतिसम भिन्नार्थक)
(ग) 'आरम्भ' को विपरीतार्थक शब्द अन्त्य हो । (प्रारम्भ, विलम्ब, अन्त्य)
(घ) 'सब' र 'शव' श्रुतिसम भिन्नार्थक शब्द हुन् । (पर्यायवाची, अनेकार्थक, श्रुतिसम, भिन्नार्थक)
(ङ) बत्ती को सानो बुझाउने शब्द 'टुक्की' हो । (अंध्यारो, उज्यालो, बत्ती)


पदाइ


१. गति, यति र लय मिलाई कविता वाचन गर्नुहोस् ।

: वाचन अभ्यास गर्नुहोस् ।

२. कविताको मौन पठन गरी सोधिएका प्रश्नहरूको सक्षिप्त उत्तर दिनुहोस्:

(क) कस्तो यात्रा सुरु गर्नका लागि कविले आह् वान गरेका छन् ?
: आरोहणको यात्रा सुरु गर्नका लागि कविले आह्वान गरेका छन् ।

(ख) यात्रा सुरु गर्नका लागि समय किन अनुकूल छ ?
: बिहान र वसन्तको समय भएकाले यात्रा सुरु गर्नका लागि अनुकूल छ ।

(ग) हामीले सजाएका सपना के के हुन् ?
: शान्ति र समृद्धि हामीले सजाएका सपनाहरू हुनु ।

(घ) यस कविताले के कस्ता सकारात्मक सन्देशहरू दिन खोजेको छ ?
: शान्ति, समृद्धि, एकता, परस्पर सम्मान र नवनिर्माण जस्ता सकारात्मक सन्देशहरू यस कविताले दिन खोजेको छ।

(ङ) नेपाल बहु सांस्कृतिक सम्पदाले भरिपूर्ण देश हो भन्ने कथनलाई कविताका आधारमा स्पष्ट पा्नुहोस् ।
: सोरठी, रोदी, गौरा, माघी आदि पर्व, मन्दिर, मस्जिद, गुम्बा, चर्च आदि बहुल पक्षहरूकै कारण नेपाल बहु सांस्कृतिक सम्पदाले भरिपूर्ण देश हो भन्ने पुष्टि हुन्छ ।

३. कविताको दोस्रो गद्यांशमा तल दिइएका विभिन्न यात्राहरू उल्लेख गरिएको पाइन्छ । ती यात्राहरूको अर्थ कविता पढेका आधारमा लेख्नुहोस् :
: सह अस्तित्वको यात्रा, सहमतिको यात्रा, स्वावलम्बनको नयाँ यात्रा, सहिण्णुताको यात्रा, उज्यालोको यात्रा, सहकार्यको यात्रा, नव निर्माणको यात्रा, सहधर्मको यात्रा, सगरमाथा शिखरको यात्रा

• सह अस्तित्वको यात्रा : परस्पर सम्मानको भावना राखेर अघि बढ्ने काम
• सहमतिको यात्रा : मतैक्य भएर हिंडने कार्य
• स्वावलम्बनको नयाँ यात्रा : आत्मनिर्भरताको भावनाबाट प्रेरित नवीन हिँडाइ
• सहिष्णुताको यात्रा : सहनशीलताले भरिएको यात्रा
• उज्यालोको यात्रा : दुःखमोचन/अन्धकारमुक्त भ्रमण
• सहकार्यको यात्रा : सहकारिताको भावनाबाट ओतप्रोत यात्रा
• नव निर्माणको यात्रा : पुराना अवशेषहरू फालेर विकासका नयाँ लक्ष्यर र सन्देश लिएर अघि बढ्ने कार्य
• सहधर्मको यात्रा: धार्मिक सहिष्णुता धर्मको सार एउटै हो भन्ने मान्यताबाट निर्देशित यात्रा
• सगरमाथा शिखरको यात्रा : उद्देश्य प्राप्तिको सर्वोच्चतातर्फ अभिमुख प्रगतिशील कदम

४. कविता पढेका आधारमा 'आशावादी बन्नुपर्छ भन्ने विषयमा एव्या अनुच्छेद लेख्नुहोस् ।

आशावादी बन्नुपर्छ


प्रकृतिमा जसरी दिन र रात हुन्छन् त्यसरी नै जीवनमा सुख र दुःख, आशा र निराशा हुन्छन् । दार्शनिक एवं जीवन वेत्ताहरूका अनुसार, जीवन प्राप्ति र अप्राप्तिको दोभान हो । जीवन सरल ढङ्गले चलाउन हरेक विषय र क्षेत्रमा आशाको सञ्चार गर्नुपर्छ । सफलता र असफलताभन्दा ठूलो कुरा कर्म हो । घाम, बिहान, आरोहण, वसन्त, एकता, एकीकरण, सहधर्म, सहअस्तित्व, शान्ति, निर्माण, गतिशीलता/यात्रा, नयाँ जीवन आदि सबै आशावादी सोचका उपज हुन् । समृद्धिका सर्पनाहरू साकार पार्न अन्धकारलाई चिनैपर्छ । यसर्थ आशावादी हुन खोज्नु, आशावादी बन्न र बनाउन सक्नु निश्चय नै सुखद् कुराहरू हुन् भन्ने कुरामा मतान्तर हुन सक्दैन ।


लेखाइ


१. सोधिएका प्रश्नहरुको उत्तर लेख्नुहोस् :


(क) कविले कवितामा माला उन्ने प्रसङ्ग किन उल्लेख गरेका हुन् ?
: कविले कवितामा राष्ट्रिय एकतालाई बलियो बनाउन माला उन्ने प्रसङ्ग उल्लेख गरेका हुन ।/फुलको एकल प्रयोग र मानिसको एकल यात्राले समग्रतालाई बलियो बनाउन नसक्ने देखेर उनले माला उन्ने प्रसङ्ग अधि सारेका हुन् ।

(ख) सहिष्णुताको यात्रा सुरु गर्न ध्यान दिनुपर्ने पक्ष के के हुन् ?
: सह अस्तित्व, सहमति, स्वालम्बन, परस्पर विश्वास आदि सहिष्णुताको यात्रा सुरु गर्न ध्यान दिनुपर्ने महत्त्वपूर्ण पक्षहरू हुन् ।

(ग) एकताको यात्रा कविले कहाँबाट कसरी सुरु गर्न भनेका छन् ?
: कविले काप्ठमण्डपको देवलबाट धिमे बजाउँदै एकताको यात्रा सुरु गर्न भनेका छन् ।

(घ) नयाँ यात्रा सुरु गर्न कविले किन आह्वान गरेका छन् ?
: अन्धकारलाई चिरेर शान्ति र समृद्धिका सपनाहरू साकार पार्नका लागि कविले नयाँ यात्रा सुरु गर्न आह्वान गरेका छन् ।

२. कविताको प्रत्येक गद्यांशको आशय लेख्नुहोस् ।

गद्यांश १

(पहिले यसलाई पद्यांश भन्ने चलन थियो) १ समयको लामो झरी वा आँसुपछि हाँसो । घाम झुल्किएको छ । उज्यालो/विहानसँगै अब -सफल र सबल पाइला अघि बढाउनुपर्छ । जिन्दगीको अर्को नाम यात्रा पनि हो । आस्थाको बत्ती बालेर उज्यालो छर्नुपर्छ, आरोहरण गर्नुपर्छ । वसन्त वा नयाँ जीवनका गीतहरू गुन्जाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ ।

गद्यांश २

सोरठी, रोदी, माघी, विवाह पञ्चमी, छछ, सेलो, ल्होसार, गौरा, देउडा आदि चाड, गीत र नुत्यहरू हाम्रा अमर निधिहरू हुन । सोरठीबाट सहअस्तित्व, चौतारीबाट सहमति, खलियानबाट धान, माघीबाट न्वागी खाँदै स्वावलम्बनको नयाँ यात्रा, छठवाट पवित्रता र जानकी माटोबाट सहिष्णुताको विकास गरौं भन्ने धारणा अघि सारिएको छ । सेलोबाट बन्धुत्व र उज्यालो, ल्होसारबाट सहकार्य, कर्णालीवाट नवनिर्माण, परेवाबाट शान्ति आदि यात्राहरू गर्न सकिने भावना प्रस्तुत गरिएको छ । यस गद्यांशले विभिन्न प्रतीकहरूका माध्यमबाट 
लेखकीय अधिकार पुरा गराउने दृष्टिकोण अघि सारेको छ। 

गद्यांश ३

सह धर्मको भावनालाई बलियो बनाउन मन्दिर, मस्जिद, गुम्बा, गिरजाघर आदिको प्राङ्गणबाट यात्रा थाल्न अपिल गरिएको छ । हातेमालो गर्दै एकीकरणको यात्रा गर्नुपर्छ । काष्ठमण्डपको देवलबाट धिमे बाजा बजाउँदै नव एकताको यात्राको मूल गन्तव्य सगरमाथालाई बनाउनुपर्छ ।

गद्यांश ४

समयको कुनै कालखण्डमा छाएको अन्धकारलाई चिर्न हामी सफल भइसकेका छौ । अब नयाँ जीवन र नयाँ यात्राको उद्देश्य राष्ट्रको नवनिर्माणतर्फ अभिमुख हुनुपर्छ । शान्ति र समृद्धिका सपनाहरू सजाउँदै महान् अभियानमा जुट्नुपर्छ ।

३. सप्रसङ्ग व्याख्या गर्नुहोस् :

(क) अब एउटा नयाँ जीवन सुरु गरौँ
      जहाँबाट हामी थकान रोपेर भागेका थियौँ ।

: प्रस्तुत गद्यांश कक्षा ९ को नेपाली पाठ्यपुस्तकको यात्रा सुरु गरौँ भन्ने कविताबाट साभार गरिएको हो । यस कविताका रचनाकार दुबसु क्षेत्री हुन् । यस कवितामा नयाँ जीवनको यात्रा थकान रोपेका टाउँबाटै सुरु हुन्छ भन्ने प्रसङ्ग अधि सारिएको छ ।

जिन्दगीका नवीनताहरू रूपान्तरणका संवाहक र संयन्त्रहरू पनि हुन जीवनमा आगामी सम्भावनाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । पुराना मूल्य, मान्यता, आदर्श, सिद्धान्त र चिन्तनबाट निर्देशित जीवन पद्धति नवीन यात्राको वाधक मानिन्छ । सार्थक र सिर्जनशील जीवनको साधक भनेकै गतिशीलता र नवीनता हो । श्रमले मानिसैमा श्रमशीलताको मात्र विकास नगरी थकानको पनि उदय गराउँछ । जुन बेला नेपालीहरू थकान / विश्राम रोपेर सुइकुच्चा ठोकेका थिए अब त्यसकै पृष्ठभूमिबाट नयाँ यात्राको थालनी गर्नुपर्ने बेला आएको छ । पुराना अवशेषहरूको अन्त्य गरी नयाँ उचाइ प्राप्त गर्न नयाँ अभियान सञ्चालन गर्नुपर्छ । जिन्दगीमा हरेक मानिस नयाँ कुरा चाहन्छ, नयाँ कर्म चाहन्छ, नयाँ मान्यता चाहन्छ, आमूल परिवर्तन चाहन्छ, गतिशीलता चाहन्छ, अग्रगति चाहन्छ र सारमा जीवनलाई नवीन मार्गमा लैजान चाहन्छ । जहाँबाट जिन्दगीमा आरामले प्रवेश पाएको थियो, स्थिरताको जग बसेको थियो त्यहाँबाट नयाँ जीवन सुरु गर्नु आवश्यक हुन्छ । यसर्थ पलायन भएक ठाउँबाट आगमनका बिन्दुहरूको जीवारोपण हुनुपर्छ र पूर्ण नवीनताको अभ्यास गर्नुपर्छ ।

सारमा परिवर्तित सन्दर्भहरूलाई आत्मसात् गरी अघि बढ्नु नयाँ जीवनको सुरुवात हो । थकानको पृष्ठभूमिलाई आधार बनाएर आधार शिविरतिर लम्कनु नै जीवनको नवीनता हो भन्ने निष्कर्ष कवितांशले निकालेका छन् ।

(ख) राष्ट्र नव निर्माणको यात्रा सुरु गरौँ त्यहीँबाट
     जहाँ हामीले शान्ति र समृद्धिका सपनाहरू सजाएका थियौँ ।


प्रस्तुत हरफहरू कक्षा ९ को नेपाली पुस्तकको यात्रा सुरु गरौं भन्ने कविताबाट लिइएका हुन् । यस कविताका रचनाकार दुबसु क्षेत्री हुन् । शान्ति र समृद्धिका सपनाहरू सजाएर नयाँ राष्ट्र निर्माणको यात्रा सुरु गरौं भन्ने अभियानलाई पुष्टि गर्ने क्रममा यौ अभिव्यक्तिहरू अघि सारिएका हुन् ।

नयाँ नेपाल नेपालीहरूको चाहना, चिन्तन, सपना सबै हो । शान्ति र समृद्धिका भावनाहरूलाई विचार, व्यवहार, कार्यशैली र समग्र जीवन पद्धतिमै सजाएर नव निर्माणको यात्रालाई जीवन्त बनाउन सकिन्छ । राष्ट्र निर्माण भन्ने कुरा सामान्य होइन र यसलाई नयाँ मूल्य, मान्यता र सोचको विकास गरेर मात्र अघि बढाउन सकिन्छ । शान्ति र समृद्धिका सार्थक सपनाहरूलाई साकार बनाएर अपेक्षित उद्देश्य प्राप्त गर्न सकिन्छ । इतिहासको कालखण्डमा हामीले असङ्ख्य प्रयलहरू गरेका छौ तर तिनीहरूको परिणाम सोचे जस्तो उन्नत हुनसकेको छैन । आफ्नो देशलाई कसरी समृद्धिका शिखरका चुचुराहरूमा पुयाउन सकिन्छ भन्ने हाम्रो जीवनकै लक्ष्य हो । तर यो लक्ष्यमा पुग्न गतिशीलता अनिवार्य छ. । कोरा कल्पनाका सपना र विपनाहरू बुनेर उन्नतिका सारहरू प्राप्त हुनसक्दैनन् नयाँ राष्ट्र बनाउन हरेक कुरा नयाँ र समय सापेक्ष हुनुपर्छ । समयको प्रवाह अनुकूल अंग्रगामी प्रकृतिको हुनुपर्छ । हामीले प्राप्त गर्न खोजेको नयाँ देश निर्माणको यात्रालाई साकार पारन हाम्रा शान्ति र समूद्धिका आकारहरूले पनि प्रभाव पार्दछन् । त्यसैले नेपालीहरूको शान्त र समृद्ध नयाँ नेपाल बनाउने महाअभियानलाई सार्थक बनाउन हाम्रा दैनिकीहरूमै आमूल परिवर्तन ल्याउनुपर्छ । अन्यथा राष्ट्र नवतिर्माणको अभियान/यात्राले अपेक्षित गन्तव्य प्राप्त गर्न कठिन हुन्छ ।

निष्कर्षमा शान्ति र समृद्धिका सपनाहरू सजाएर राष्ट्र नवनिर्माणको यात्रा सफल पाने सबै मन, वचन र कर्मले अग्रसर हुनुपर्छ । नयाँ नेपाल बनाउने अभियानलाई उद्देश्यमूलक, सार्थक र परिणाममुखी बनाउन ठोस चिन्तनका साथ अधि बढ्नुपर्छ भन्ने यी कवितांशहरूको आशय रहेको छ ।

४. उपयुक्त लेख्य चिह्नहरू राखी पुनर्लेखन गर्नुहोस् :
उसले मलाई भन्यो हे भाइ तिमी त ज्यादै अल्छी रहेछौ मैले आफ्नो व्यथा बताउँदै भनें होइन दाइ हिजोआज मलाई सन्चो छैन ।

: उसले मलाई भन्यो. "हे । भाइ तिमी त ज्यादै अल्छी रहेछौ ।” मैले आफ्नो व्यथा बताउँदै भनेँ, "होइन दाइ, हिजोआज मलाई सन्चो छैन ।”


व्याकरण


१. तलको अनुच्छेद पढी रेखाकित शब्दमध्ये नाम र विशेषणको अलग अलग सूची बनाउनुहोस् :


तराईमा बस्ने गरिब गोपालले एउटा गाई किन्यो । उसले राम्रो खानेकुरा खुवायो । त्यसबाट धेरै बाछाबाछी जन्मे । गाईहरूको ठूलो बथान बन्यो । ती गाईहरूको शुद्ध दुध बेचेर उसले प्रशस्त आम्दानी गयो । उसको विशेष पढाइ थिएन । वास्तवमा अधिक इमानदारी नै उसका लागि उपयुक्त रोजगारीको प्रभावकारी माध्यम बन्न पुग्यो। जुनसुकै काम गरेर पनि यस समाजमा सजिलै बाँच्न सकिन्छ भन्ने असल शिक्षा उसबाट लिन सकिन्छ । गोपालको ठूलो दाजु रमेशले भने अनेक तालिम लिएर पनि केही पेसा गरेको थिएन । अल्छी स्वभावको त्यो रमेश रिसाहा प्रवृत्तिको पनि थियो । उसको मुख्य सोख नै रातो सर्ट, सेतो पाइन्ट र कालो चस्मा लगाएर बजार घुम्नु मात्र थियो । उसलाई जहिले पनि आर्थिक सङ्कट मात्र पर्थ्यो । एक दिन अचानक उसले भाइले जस्तै कुनै नयाँ काम गरेर धेरै उन्नति गर्ने विचार गयो । भाइले पनि उन्नत जातका बाख्रा पालेर राम्रो प्रगति गर्न सकिन्छ भन्ने उपयुक्त सल्लाह दियो । उसले दाइलाई केही आर्थिक सहयोग पनि गयो। सुरुमा तिन ओटा बाख्रा पालेको रमेशको अहिले गन्दा बिस बाख्ाहरू भइसके । हिजोआज गाउँमा ऊ जान्ने बुझ्ने बाख्रा पालक भएको छ मेहनती मान्छेलाई कहिले दुःख हुन्छ र?

: नाम
गाई,गोपाल,बाछाबाछी,खानेकुरा,बान, गाई, दुध,आम्दानी, पढाइ, इमानदारी, काम, समाज, शिक्षा, दाजु, तालिम, पेसा, स्वभाव, रमेश, प्रवृत्ति,सोख, सर्ट, पाइन्ट, चस्मा, दिन,काम, उन्नति, जात, सल्लाह, बाख्रा, मान्छे, प्रगति,
: विशेषण
गरिब, राम्रो, ठूलो, ती, शुद्ध, प्रशस्त, विशेष, अधिक, उपयुक्त, रोजगारी, प्रभावकारी, जुनसुकै, यस, असल, ठूलो, अनेक, अल्छी, त्यो, रिसाहा, मुख्य, रातो सेतो, कालो आर्थिक, एक, नयाँ, धेरै, उन्नत, राम्रो,उपयुक्त, विस, पालक, मेहनती,जान्ने, बुझ्ने,

: नाम/विशेषण
सङ्कट,माध्यम

२. विशेषण शब्दलाई कसरी चिन्न सकिन्छ ? तालिकाका आधारमा छलफल गर्नुहोस् ।

कस्तो ? : कालो, सोझी, लोभी, रातो, गुलियो, एकोहारे, नयां, धनी, असल आदि
कस्ती ? : जाने वुझेकी, गोरी, मेहनेती, अल्छी, मोटी, गुणवती, सहनशील, दयालु,आदि

कुन ? : त्यो, यो, ती, उही, सातौं, पहिलो, कान्छो, माहिलो, पाश्चात्य आदि
कत्रो ? : अग्लो, होचो, त्यत्रो, यत्रो, सानो, ठूलो, विशाल आदि
कति ? : सबै, धेरै, अलिकति, आधा, आठ, धेरै, थोरै, त्यति, यति आदि

३. पाठमा प्रयोगभएका नाम र विशेषण शब्दहरू खोजेर लेख्नुहोस् :

नाम : समय, झरी, बिहान, यात्रा, सोरठी, रोदी, माघी, छठ, मन्दिर, मस्जिद, गुम्बा, गिर्जाघर, आँखा, शान्ति, सगरमाथा, जीवन, राष्ट्र सपना, धिमे ... ।

विशेषण : एउटा, लामो, हाम्रो, पवित्र, उज्यालो, सम्यक ... ।

४. उपर्युक्त विशेषण शब्दहरू प्रयोग गरी आफू नजिकैको साथीको परिचय दिनुहोस् ।


: मेरो साथीको नाम नोर्बु हो। ऊ सधै राम्रा र असल काम कुरा मात्र गर्छ। उसले विशेष महत्त्वका योजना बनाएको छ । उसको घर र सर्ट दुवै राता छन् । मुखालेहरूलाई पनि मधुर भाषाशैलीमा सम्झाउँछ।


सिर्जनात्मक अभ्यास


नाम तथा सर्वनामको प्रयोग गरी आफूलाई मन पर्ने चाडका बारेमा कविता लेख्नुहोस् ।

: तिहार

इद, तीज, दसैं आदिमा पनि छ बहार
तर पनि फुलैफुलको चाड आयो तिहार
राम्रो हाम्रो चाड सबैलाई उपहार ।
तेँ, तिमी, ऊ हैन हामी भन्छ यसले
व्यक्ति हैन समाज भन देश बनाउनेले,
दाजुभाइ, दिदीबैनी सबै मिलेका छन्
तिहार जस्तो चाड सबैले चिनेका छन् ।

Comments

Popular posts from this blog

पाठ - ४ (म को हूँ ?)

  म को हूँ ? ■अभ्यास■ सुनाइ १. निबन्धको पाँचौं अनुच्छेद सुन्नुहोस् र तलका ठिक बेठिक भनाइ छुट्याउनुहोस् : (क) फुलबाट क्षणिकताको भाव चोरिन्छ ।(ठिक) (ख) फुल रिसाउँछ, बेसरी गर्जेर गाली गर्छ । (बेठिक) (ग) सुल्लाघारीका सुसाइबाट पहाडको चोटको भाव चोरिन्छ । (बेठिक) (घ) चरा चुरुङ्गीबाट लेखकले जीवनको कथा र उन्मुक्तता चोर्छ । (ठिक) २. निबन्धको अन्तिम अनुच्छेद सुन्नुहोस् र सोधिएका प्रश्नहरूको उत्तर भन्नुहोस् : (क) चोरीको माल बाँड्ने माध्यम के हो ? : चोरीको माल बाड्ने माध्यम साहित्य हो । (ख) चोरीको कति भाव चाहिँ तुकुटीमा जम्मा हुन्छ ? :चोरीको मुस्किलले एक चतुर्थांश भाव चाहिं दुकुटीमा जम्मा हुन्छ । (ग) लेखकले चोर्ने कुराको मूल्याङ्कन तपाईले कसरी गर्नुभयो ? : जीवनजगत्का सुन्दरतालाई टिप्नु कलाको धर्म हो, यसलाई विधाअनुसार छुट्टाछुट्टै ढु्गले चोरिन्छ भन्ने मूल्याङ्कन गरेँ । ३. तलको अनुच्छेद सुन्नुहोस् र उत्तर दिनुहोस् : : सञ्चारले हाम्रो जीवनका सबै क्षेत्रलाई प्रभावित तुल्याउँछ । लैङ्गिक भूमिकाका बारेमा पनि सञ्चार जगत् प्र...

About us

  Onlinemobook   is an online platform where students find the answers of any subject. We make sure that all the students who are facing difficulties in questions, will get the effective and correct  answers. Our main goal is to provide the most effective and convenient answers to the students. 

पाठ - १५ (छात्रावास)

  छात्रावास ■अभ्यास■ सुनाइ १ . पाठको पहिलो अनुच्छेद सुनी तलका प्रश्नको उत्तर भन्नुहोस्: (क) विद्यालयले कुन कुन कुराको राम्रो व्यवस्था गरेको छ ? : विद्यालयले विद्यालय भवन, विषय शिक्षक, शैक्षिक र खेलकुद सामग्री, शौचालय, खानेपानी तथा पुस्तकालयको राम्रो व्यवस्था गरेको छ । (ख) विद्यार्थीहरू डेरा गरी बस्न बाध्य हुनुपर्ने कारण के हो ?  : विद्यार्थीहरू डेरा गरी बस्न बाध्य हुनुपर्ने कारण विद्यालयले आवासको व्यवस्थन नगरिदिनु हो । (ग) विद्यार्थीलाई उपयुक्त किसिमको डेरा पाठन किन समस्या परेको होला ? : विद्यार्थीलाई उपयुक्त किसिमको डेरा पाउन समस्या परेको मूल कारण हिमाली सानो बस्तीले परेको होला । (घ) विद्यार्थीले डेराका लागि किन महँगो भाडा तिर्नुपरेको छ ? :पर्यटकीय स्थल भएकाले विद्यार्थीले महँगो डेरा भाडा तिर्नु परेको छ ।  २ . पाठको अन्तिम अनुच्छेद श्रुति लेखन गर्नुहोस् । : श्रुति लेखन अभ्यास गर्नुहोस् । ३ .पाठको दोस्रो अनुच्छेद सुन्नुहोस् र ठिक बेठिक छुट्याउनुहोस्: (क) विद्यार्थीका लागि घर वा डेरामा पनि उपयुक्त शैक्षिक वातावरण चाहिन्छ । (ठिक) (ख) छात्रावासको व्यवस्थाले सिकाइमा पछि परेक...