Skip to main content

Nepali Guide

पाठ - ७ (निद्रा)

 निद्रा


निद्रा कथाको सारांश

निद्रा ऐतिहासिक विषयवस्तुमा आधारित कथा हो । चन्द्रशमशेर निदाउन नसक्नुको कारण, वेचैनी, छटपहाट रिस, वेदना, चर्बराहट, दारा किटाई, भल्यांस्स विउंझने आदि घटनाक्रमलाई कयाले अघि सारेको छ । परिवारका सदस्य, जड्गीलाठ, मुख्तियार, कर्मचारी, भाइभारदार आदिप्रति शङ्का र अविश्वास प्रकट गर्द उनले उनीहरूलाई गाली गरेर निरास बनाउने र प्रतिशोधको भावना कार्यसमेत गरेका छन् हत्या, हिंसा, आतड्क फैलाएर, शत्रुता बढाएर सत्तामा पुगेका जङ्गबहादुरले तयार गरेको रोलकमको बल्छीवाट चन्द्रशमशेर प्रसित भएका छन् । यसलाई चन्द्रशमशेरले त्रास र शङ्काको कारण ठानेका छन् । शङ्कालु स्वभावका चन्द्रशमशेरले फत्य, भीम, गेहेन्द्र आदिलाई निराश बनाएका छन् । देवशमशेरलाई सत्ताच्युत गरेर सत्तामा आएका फिस्टे महाराज चन्द्रशमशेरले जीवनमा सुखको अनुभूति गर्नसकेका छैनन् । पारिवारिक र जहानिया शासनका विरुद्ध प्रजातान्त्रिक आन्दोलन चल्न थालेको देखेर उनी निराश भएका छन् । त्रिचन्द्र कलेजको स्थापना गरेर नेपालको शैक्षिक इतिहासमा नयाँ आयाम थपे भने मानव कलङ्कका रूपमा रहेको दासप्रथाको अन्त्य गरेर चन्द्रशमशेरले उल्लेखनीय कार्य गरे पनि उनी आफ्त कोर्यक्रमवाट सन्तुष्ट हुन सकेनन् । राज्यकोषको दुरूपयोग गरेर करोडौं सम्पत्ति विदेशी बैंकमा जम्मा गरेर उनी धनाढ्य बने पनि सुस्केराका चोटहरूबाट मुक्त हुन सकेनन् । फत्यजङ र गेहेन्द्रशमशेरकी मूत्य हनके कारणले भएको हो भन्ने आरोप लाग्यो । जीवितभन्दा मृतकहरूसँग उनी धेरै झस्किएका छन । यसले उनमा आत्मग्लानि बढाएको छ । दान, दक्षिणा र पाठपूजाले मात्र पाप पखालिएला भन्ने उनलाई लाग्दैन, सबै कुराको प्रायश्चित्त गला जस्तो पनि लाग्दैन । शक्ति, सत्ता र सम्पत्तिको तुजुगले मानिसलाई वास्तविकताबाट धेरै टाढा पुन्याउँदो रहेछ भन्ने कुरा उनले बुझे ज्याद कर शासक भए पनि उनले केही शैक्षिक र सामाजिक कार्यहरूको जग बसाएका थिए । नेपालभरिवाट उनन्साठी हजार आठसय त्रिपन्न दासदासीहरू मुक्त गर्ने महत्त्वपूर्ण घोषणा गरेर उनले नयाँ इतिहास निर्माण गरे । त्यसपछि सुकर्मको फलस्वरूप चन्द्रशमशेर आनन्दले निदाउन थाले । बालकुमारीको अनुभूतिमा सुख र सन्तुष्टि भन्ने कुरा सम्पत्ति, पद र प्रतिष्ठाभन्दा महान हुँदा रहेछन् । सारमा सुखको स्रोत नै सन्तुष्टि हो भन्ने स्पष्ट हन्छ ।


अभ्यास 


{सुनाइ}


१. पाठको पहिलो र दोस्रो अनुच्छेद सुन्नुहोस् र ठिक बेठिक छुट्याउनुहोस् : 

(क) बालकुमारी देवी श्री ५ बडामहारानीका रूपमा दरबारमा भित्रिएकी थिइन् । (बेठिक) 

(ख) बालकुमारी चन्द्रशमशेरमा गहिरो बैचनि र छतपटाहाट देखिन् । (ठिक)

(ग) चन्द्रशमशेर निद्रामै बर्बराउने, दारा किट्ने र एक्कासि बिउँभिने गर्थे । (ठिक)

 (घ) चन्द्रशमशेरले नेपालका ठूला डाक्टरहरूसँग जँचाइसकेका थिए । (बेठिक)

 (ङ) चन्द्रशमशेर मुख्तियार, जङ्गीलाठ भइसकेका भाइहरूलाई गाली गर्थे । (ठिक) 


२. पाठको तेस्रो र चौथो अनुच्छेद सुन्नुहोस् र तलका प्रश्नको उत्तर दिनुहोस् : 


(क) चन्द्रशमशेर भाइ भतिजासँग कसरी बोल्थे? 

: चन्द्रशमशेर भाइ भतिजासँग रिसाएर बोल्थे । 

(ख) किन चन्द्रशमशेरमा भाइहरूप्रति विश्वास थिएन ? 

: उनीहरूको काम र बानी राम्रो नभएको ठानेकाले पनि चन्द्रशमशेरमा भाइहरूप्रति विश्वास थिएन ।

(ग)चन्द्रशमशेरले फत्य र गेहेन्द्रलाई के के गरे ? 

: चन्द्रशमशेरले फत्यलाई पदमुक्त गरे र गेहेन्द्रलाई दरबारबाट हटाउने काम गरे ।

(घ) चन्द्रशमशेर र गेहेन्द्रशमशेरका बिचमा कस्तो नाता सम्बन्ध थियो ?

: चन्द्रशमशेर र गेहेन्द्रशमशेरका विचमा काका र भतिजको नाता सम्बन्ध थियो । 

(ङ) भीमशमशेरले किन राजीनामा दिन्छु भनेका थिए ?

: चन्द्रशमशेरले गाली गरिरहने भएकाले भीमशमशेरले राजीनामा दिन्छु भनेका थिए


३. पाठको सातौँ अनुच्छेद श्रुति लेखन गर्नुहोस् ।

:लेखन अभ्यास गर्नुहोस्


{बोलाइ}


१. तलका शब्दहरूको शुद्ध उच्चारण गर्नुहोस् :

:  बर्बराउनु, मुख्तियार, शङ्कालु, बर्खास्त, पदच्युत, रहस्यमय, गाइँगुइँ, आकर्षित, विभूषण, षड्यन्त्र, कलङ्क, चिढाउनु, ढुकुटी, उन्मूलन, प्रतिष्ठा


२. पाठका आठौं, नवौं र दसौं अनुच्छेदका आधारमा तलका प्रश्नको उत्तर भन्नुहोस् :


(क) चन्द्रशमशेरले कुन कलेजको उद्घाटन गरे ? 

: चन्द्रशमशेरले त्रिभुवन चन्द्र (त्रिचन्द्र) कलेजको उद्घाटन गरे ।

(ख) कलेजको उद्घाटनमा चन्द्रशमशेरले के भने ?

: कलेजको उद्घाटनमा चन्द्रशमशेरले, "कलेज खोलेर मैले आफ्ना खुट्टामा आफै बन्चरो हाने" भने ।

(ग) बालकुमारीका अनुसार कलेज खोल्दा किन राम्रो हुन्छ ?

: बालकुमारीका अनुसार कलेज खोल्दा मान्छेले पढ्न पाउने हुनाले राम्रो हुन्छ । 

(घ) पढे लेखेका शिक्षितहरूले के थाहा पाउँछन् ?

: पढे लेखेका शिक्षितहरूले संसारका शासन व्यवस्थाका बारेमा थाहा पाउँछन् ।

(ङ) राणा वंशको शासन समाप्त हुने कारण के हो ?

: राणा वंशको शासन समाप्त हुने कारण संसारमा चल्दै गरेको प्रजातान्त्रिक आन्दोलन हो । 


३. पाठकी सत्रौँ अनुच्छेदमा उल्लेख भएका पात्रहरू चन्द्रशमशेरका सपनामा किन आएका होलान् ? समूहमा छलफल गर्नुहोस् र छलफलबाट निकालिएको निष्कर्ष कक्षामा सुनाउनुहोस् ।

: चन्द्रशमशेरले तिनीहरूलाई धेरै दुःख दिएका थिए । तिनै बडाबाउ, दाइभाइ र भतिजाहरू, गेहेन्द्र, फत्यहरू, कृष्णलाल आदि उनी पीडित थिए । छल गरेर फल खान खोज्ने चन्द्रशमशेरका सपनामा आएका होलान् । 


४. तपाईंले सुनेको वा पढेको कुनै कथा साथीलाई छोटकरीमा सुनाउनुहोस् ।


स्वाँठे


स्वाँठ नोकरले मन्त्री हुँ भनेपछि साहुनीले पनि उसलाई नछोड्ने भइन् । साहुनीलाई लिएर मन्त्री दरवारतिर लागे । मन्त्रीले उनलाई बिहे नगरे आत्महत्या गर्ने सम्मको चेतावनी दिइन् । उनलाई बिहे गर्दा मन्त्रीलाई केही बेफाइदा थिएन । महाजनको सम्पत्ति पनि ल्याइने कान्छी स्वास्नी पनि पाइने, उसलाई दुवै हातमा लड्डु भयो । कान्छी कान बच्चे थिइन् त्यो पनि मन्त्री आफैले बनाएका त हुन नि । मन्त्रीले उसलाई ल्याइते बनाएर दरबार पुगे । उनलाई देख्नासाथ राजाले "के छ हो मन्त्री दुई स्वास्नीका श्रीमान्" भनिहाले । मन्त्रीले पनि "ठिकै छ सम्धी महाराज बुच्चे कान" भनी जबाफ दिए ।

प्रस्तुत भनाइबाट उनीहरूले एक अर्काको आन्तरिक कुरा बुझिसकेको प्रस्ट हुन्छ । मन्त्रीले महाजन बाउछोराको हत्या गरेको र महाजनकी श्रीमतीको दुइटै कान काटेको प्रमाण पेश गरे । फलस्वरूप राजा काँतर र मन्त्री बहादुर प्रमाणित भए । सर्तअनुसार मन्त्रीका छोगाें राजाकी छोरीसँग बिहे गर्न पाए कोभन्दा को कम भन्ने होडबाजीले गर्दा कसैका कान बुच्चे भए, कसैले अर्काकी बुढी स्वास्नी ल्याउनु पर्यो । राजा र मन्त्री पनि सम्थीको साइनोमा बाँधिएर बस्न थाले ।


{पढाइ}


१. पाठका अनुच्छेदहरू हाउभाठसहित पालैपालो पढ्नुहोस् ।

: पठन अभ्यास गर्नुहोस्


२. पाठका तेरौँदेखि सोरों अनुच्छेदसम्म पढी सारांश लेख्नुहोस्

: छोराहरूको रोलक्रम सुरक्षित, अड्ग्रेजसँग सम्बन्ध विस्तार, राज्यकोषबाट करोडौँ रुपैयाँ सङ्कलन, विदेशी बैंकमा रूपैयाँ जम्मा गरे पनि चन्द्रशमशेरको बेचैन र छटपटी हटेन । बालकुमारीले डाक्टर बोलाउने कुरा गर्दा चन्द्रशमशेरले कलकत्ता र बेलायतबाट डाक्टर बोलाए पनि रोग निको नहुने कुरा बताए । बालकुमारीका अनुसार चन्द्रशमशेरका विरुद्ध कसैले षड्यन्त्र गर्न नसक्ने भएकाले यो उनको भ्रम मात्र हो ।


३. पाठका अठारौँदेखि एक्काइसौँ अनुच्छेदसम्म पढी कुनै पाँच ओटा प्रश्न बनाउनुहोस् । 


(क) बालकुमारीका अनुसार चन्द्रशमशेरको सपनामा तिनीहरू कसरी आउँछन् ? 

(ख) चन्द्रशमशेरले विर्सन नसक्ने कारणहरू के के हुन ?

(ग) सबै कुराको प्रायश्चित्त हुननसक्ने कारण के हो ?

(घ) चन्द्रशमशेर किन त्रसित रहेका थिए ?

(ङ) चन्द्रशमशेरले कायम गरेको कीर्तिमान के हो ?


४. पाठका बाइसौदेखि अन्तिम अनुच्छेदसम्म पढी मुख्य मुख्य घटना टिप्नुहोस् ।

: दास प्रथाको उन्मूलन गर्दा अब्राहम लिङ्कनको इज्जत बढेको थियो तर नेपालका मालिकहरू रिसाउलान् भन्ने चन्द्रशमशेरलाई थियो राज्यकोषबाट क्षतिपूर्ति दिएरै भए पनि उनले दासप्रथा हटाउने अठोट गरे । पशुपतिनाथको टुकुटीबाट छत्तिस लाख सत्तरी हजार रूपैयाँ भिकेर दिई उनन्साठी हजार आठ सय त्रिपन्न दासदासीहरू मुक्त गराए असल कामबाट निद्रा लाग्दो रहेछ भन्ने कुरा थाहा पाएर बालकुमारी खुसी भइन् ।


५. तलको लघुकथा पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

 फाटेको मैलो लुगा लगाएको एक माग्ने खाली खुट्टामा एक नव धनाढ्यकहाँ माग्दै पुग्यो । नव धनाढ्यले एक मुठी भिक्षा दिनुको सट्टा एक जोर नयाँ लुगा नै दियो । माग्नेले सर्ट उठाएर हेऱ्यो र त्यही राख्यो, जहाँबाट उठाएको थियो । प्यान्ट उठायो हेऱ्यो र त्यही राख्यो । त्येसरी आफूले दिएको सामानलाई तिरस्कार गरेको ठानी धनी व्यक्तिले कड़केर भन्यो, "हैन, के खोजेको तैलें ? माग्न हिंडने, दिएको नलिने ?"

माग्नेले सकरुण भन्यो, "मालिक, मलाई बस, एक पेट अन्न चाहिएको छ, जसले पेट भन सकूँ  । यतिका लुगा लगाएर हिँडे मलाई कसले दिन्छ फेरि ? त्यसैले यो लुगा लगाउन बाध्य गराएर मेरो पेटमा लात किन हान्नुहुन्छ ? मैले हजुरको के पो बिराएको छु र ?" 

(किपिल लामिछाने, 'माग्ने' शीर्षकको लघुकथाबाट)


(क) माग्नेलाई धनी व्यक्तिले के दियो ?

: माग्नेलाई धनी व्यक्तिले एकजोर नयाँ लुगा दियो ।

(ख) धनाढ्य व्यक्तिले दिएको कुरा माग्नेले किन लिन मानेन ?

: धनाढ्य व्यक्तिले दिएको कुरा माग्नेले लिन मानेन किनभने उसलाई लुगाको होइन खानाको आवश्यकता थियो ।

(ग) माग्नेले धनाढ्य व्यक्तिलाई 'मेरो पेटमा लात किन हान्नुहुन्छ ?' भन्नुको तात्पर्य के हो ?

: माग्नेले धनाढ्य व्यक्तिलाई 'मेरो पेटमा लात किन हान्नुहुन्छ ?' भन्नुको तात्पर्य ऊ नव धनाढ्यले आफ्नो मागेर पेटपाल्ने अधिकार समाप्त गर्न खोज्दै छ भन्ने हो ।

(घ) माथिको अनुच्छेदमा रेखाङ्कित शब्दहरूको अर्थ के के हुन् ? 

: भिक्षा : भिख, तिरस्कार : घृणा, हेला, सुकरुण : दया, करुणा लाग्दो

(ङ) यस लघुकथावाट तपाईंले कस्तो सन्देश पाउनुभयो ? 

: मानिसका क्षमता र योग्यताअनुसारका विचार एवं व्यवहार


६. पाठको पाँचौं र छैटौं अनुच्छेद पढ्नुहोस् र जोडा भिलाउनुहोस् :


बालकुमारी देवी : जाजरकोटे ठकुरीकी छोरी

फत्य : हजुरियाबाट निकालिएको

जङ्गबहादुरले बाँधेको थिति : आफ्नै भाइ, भतिजासँग डराउनुपर्छ

कुरा काट्नेहरू : 'फिस्टे महाराज' भनेर हँस्सी मजाक गर्छन्

दुब्लाएर : सिदढो भइबक्स्यो

गेहेन्द्र : मेसिन गन बनाउने


{लेखाइ}


१. तलका प्रश्नको उत्तर छोटकरीमा लेख्नुहोस् :


(क) बिहे भएर आएको केही दिनमै बालकुमारी देवीले चन्द्रशमशेरका बारेमा के कुरा थाहा पाइन् ?

:  बिहे भएर आएको केही दिनमै बालकुमारी देवीले चन्द्रशमशेरका गहिरो बेचैनी र छटपटाहट, निद्रामै बर्बराउने, दारा किट्ने र एक्कासि बिउँभिने आदिका बारेमा थाहा पाइन् । 


(ख) चन्द्रशमशेर आफ्ना भाइ भतिजाहरूसँग कस्तो व्यवहार गर्थे ?

: चन्द्रशमशेर आफ्ना भाइ भतिजाहरूसँग भकोंफकों गरेर बोल्ने, राम्ररी खान नदिने आदि व्यवहार गर्थे ।


(ग) चन्द्रशमशेरलाई किन आफ्नै भाइ भतिजाप्रति शङ्का थियो ?

: चन्द्रशमशेरलाई भाइ भतिजाहरूप्रति शङ्का हुनुको मूल कारण शत्रुता र रोलक्रम थियो ।


(घ) चन्द्रशमशेरले कसरी आफ्नो शासनलाई बलियो बनाएका थिए ?

: छोराहरूको रोलक्रम सुरक्षित गरेर, अङ्ग्रेजहरूसँग सम्बन्ध विस्तार गरेर, आफ्ना शत्रुहरूलाई ठेगान लगाएर एवं स्वदेश तथा विदेशमा करोडोँ पैसा जम्मा गरेर

 चन्द्रशमशेरले आफ्नो शासनलाई बलियो बनाएका थिए ।

(ङ) चन्द्रशमशेरलाई सपनामा ककसले के के गर्थे ?

: चन्द्रशमशेरलाई सपनामा रणोद्दीपले गाली गर्थे, गेहेन्द्र र फल्यहरू औलो ठड्याउँथे, कृष्णलाल मकै खेतीको किताब देखाएर खिन्याउँथे र विश्व युद्धमा मारिएका

लाखौँ मानिसहरू आएर सताउँथे ।


२. शिक्षकलाई सोधेर सती प्रथाका बारेमा एक अनुच्छेद लेख्नुहोस् ।

: लोग्ने मरेपछि ऊसँगै चितामा जल्ने प्रथालाई सती प्रधा भनिन्छ । यसलाई मान अधिकारको हनन र सामाजिक विसङ्गतिका रूपमा हेरिन्छ । वि.सं. १९७७ साल असार २५ गते सतो प्रथाको उन्मूलन गरिएको थियो।


३. भाव विस्तार गर्नुहोस् :


(क) जङ्गबहादुरले बाँधेको थितिमा यही कमजोरी छ, शासनमा रहनेले आफ्नै भाइ, भतिजासँग डराउनुपर्छ।

: जङ्गबहादुर राणाले जहानिया शासनको जग बसाएपछि राणा शासनमा विश्वासको सङ्कट देखा पर्न थालेको हो । यसले शक्ति सङ्यर्षलाई महत्त्व दिएकाले को कसको शत्रु वा मित्र कतिखेर बन्न सक्छ भन्ने कुरा अनिर्णित थियो । दाजुपछि भाइ र भाइपछि भतिजाहरूमा रोलक्रम जाने भएपछि सम्पत्ति, पद र प्रतिष्ठाका लागि आफन्त भन्ने कुरालाई त्यागेर जे पनि गर्नसक्ने खतरा थियो । रणोद्दीप, जगतजङ्ग, देवशमशेर, गेहेन्द्रशमशेर आदि सबैलाई सम्झेर चन्द्रशमशेर तर्सिएका थिए । यसर्थ सिद्धान्तभन्दा सनकमा चल्ने शासनको कुनै अनुहार नहुने र जुनसुकै बेला जे पनि हुनसक्ने खतरा नै जङ्गबहादुरले बनाएका दुःखद् परिणाम हुन् । त्यसैले चन्द्रशमशेरको मानसपटलमा गढेको मूल समस्या नै जड्गवहादुरले बाँधेको थितिको कमजोरी नै हो, जसको उपयोग गर्दा आफ्नै भाइ भतिजासँग सधैँ डराउनुपर्ने ।


(ख) कलेज खोलेर मैले आफ्ना खुट्यमा आफैँले बन्चरो हानेँ ।

: शैक्षिक विकासका दृष्टिले अन्धकारको युग मानिने राणा शासनमा कलेज स्थापना गर्नु आफैमा शुभ सङ्केत थिएन । चन्द्रशमशेर अङ्ग्रेजहरूका अगाडि आफूलाई शिक्षाप्रेमी देखाउन चाहन्थे, जुन राणा शासनको प्रतिकूल थियो । चन्द्रशमशेर पटक्कै सन्तुष्ट थिएनन् र उनलाई आत्मघात गरेको अनुभूति भइरहेको थियो तैपनि उनी क्याम्पसको उद्घाटन गर्न विवश थिए । शिक्षाका माध्यमबाट अशिक्षालाई हटाउन सकिन्छ भन्ने कुरा निर्विवाद भए पनि त्यो क्याम्पस जनताका लागि थिएन । शिक्षितहरूले विश्व बुझ्न सक्छन्, प्रजातान्त्रिक आन्दोलन गर्नसक्छन्, उनीहरूलाई निरङ्कुशता मन पर्दैन । कारणवश बौद्धिक वर्गहरू आन्दोलनतिर आकर्षित भए भने राणा शासन अन्त्य हुन्छ भन्ने अन्तर्वेदना चन्द्रशमशेरलाई थियो । त्यसैले चन्द्रशमशेरले कलेज खोलेर मैले आफ्ना खुट्टामा आफैले बन्चरो हाने भनेका हुन् भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।


(ग) शक्ति, सत्ता र सम्पत्ति नै सबै थोक ठानियो र मान्यजन पनि भनिएन, आफन्त पनि भनिएन ।

: आफन्तलाई रेटेर अनि आफन्तलाई मेटेर चन्द्रशमशेरलाई सुरुमा खुबै आनन्द लागेको थियो तर त्यसले उनको शान्ति भङ्ग गरिरह्यो । उनले आत्मग्लानि र अपराधबोध गरे । अहिले उनलाई डरको सिमा छैन । उनलाई यमदूतले घिसार्दै लगेजस्तो लाग्छ । दान दक्षिणा र पाठपूजावाट मात्र प्रायश्चित्त होला जस्तो उनलाई लाग्दैन । शक्ति, सत्ता र सम्पत्ति नै सबै थोक हो भन्ने भ्रमले उनी जघन्य अपराध गर्न पनि गर्न पछि हटेनन् । आफन्त र मान्यजन केही भनेनन् तर यसले उनलाई सुखको सास फेर्न दिएन उनले प्रायश्चित्त त गरे तर उनले आम्तसन्तुष्टि प्राप्त गर्न सकेनन् । सबैलाई सताएर उनले आफूलाई शक्तिशाली बनाउन खोजे पनि त्यसको परिणाम उल्ये भयो ।


(घ) सुख र सन्तुष्टि भन्ने कुरा सम्पत्ति, पद र प्रतिष्ठाबाट हैन, असल कामबाट प्राप्त हुँदो रहेछ ।

: जब चन्द्रशमशेरले नेपालबाट सती प्रथा र दास प्रथाको अन्त्य गरे तब उनमा रहेका बेचैनी, टछपटाहट, डर, त्रास आदि सबै सर्लक्कै हटे । सत्ता, सम्पत्ति र प्रतिष्ठाका भ्रमहरू सबै त्यागेर उनी आफ्ना सुकर्महरूमा आनन्दित भए । असल कर्मबाट सुख र सन्तुष्टि प्राप्त हुँदो रहेछ भन्ने कुरा बालकुमारी देवीले पनि पत्ता लगाइन् । जीवनको मूल लक्ष्य सुकर्म नै हो र सुकर्मबाटै आनन्द र सन्तुष्टिको जन्म हुन्छ । असल र योग्य मानिसहरू जहिले पनि सन्तुष्टिको बाटो रोज्छन् जीवनको अर्को नाम भनेकै असल कर्म हो । असल कर्म भनेकै जिन्दगी हो । सारमा के भन्न सकिन्छ भने सुख र सन्तुष्टिको मूल स्रोत असल कार्य हो, सम्पत्ति, पद र प्रतिष्ठा होइन भन्ने कुरा स्पष्ट हुन्छ ।


४. पाठको सारांश लेख्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् ।

: पाठका सारांश हेर्नुहोस् । (माथि छ मित्र)


५. अर्थ खुल्ने गरी वाक्य बनाउनुहोस्


बेचैनी : चन्द्रशमशेरमा बेचैनी बढेको देखेर बालकुमारी छक्क परिन् ।

बिनासिलीमा : तपाई त बिनासित्तीमा निहुँ खोजिरहनु हुन्छ ।

रोलक्रम : जङ्गबहादुरले राणाहरूको रोलक्रम कायम गरिदिएछन् ।

राजीनामा : भीमशमशेर राजीनामा दिएर पदमुक्त भई बसेछन् ।

पदच्युत : उनले फल्पलाई पदच्युत गरेकै हो ।

आकर्षित : नोर्बु हिमालतिर आकर्षित भयो ।

विभूषण : राम्रो काम गर्नेले विभूषण पाउनैपर्ने होइन र !

प्रायश्चित्त : चन्द्रशमशेरले क्षमाको भाव देखाएर प्रायश्चित्त गरे ।

षड्यन्त्र : नेपालमा षड्यन्त्रकारीहरूको कुनै स्थान छैन ।

उन्मूलन : चन्द्रले दास र सती प्रथाको उन्मूलन गरेका थिए ।

प्रतिष्ठा : सामाजिक प्रतिष्ठा कायम गर्नसके राम्रो हुन्थ्यो कि !


६. निम्न लिखित अनुकरणात्मक शब्दहरूको प्रयोग गरी वनभोज जाँदाको अनुभव लेख्नुहोस्:

: चराको चिरविरसँगै म जुरुक्क उठेर वनभोजका तयारीमा लागें । आफूलाई आवश्यक पर्ने थपक्क ट्रिपेर सरासर विद्यालयमा गएँ । त्यहाँ पुग्दा खलबल सुरु भइसकेको थियो । म पनि खुरुक्क साथीहरूको समूहमा मिसिएँ । हामी वनभोज गएको ठाउँमा ढकमक्क फुल फुलेका थिए भने पानीको कलकल पनि उस्तै रोमाञ्चक थियो । तल राखेको बसमा सामान छुटेकाले फेरि फर्केर सामान लिई उकालो लाग्दा त म हुरुक्कै भएँ र खलखली पसिना पनि आयो । माथि चुचुरोमा पुग्दा सर्रसर हावा चलेकाले मैले शीतलको अनुभव गरे । यस्तो अविस्मरणीय क्षण म आज पनि सम्झिरहन्छु । 


७. पाठबाट हलन्त प्रयोग भएका शब्दहरू खोजेर लेख्नुहोस् ।

: देखिन्, भनिन्, भन्छन्, गर्छन्, गरिनन्, सुनिन्, कमाइस, ... । 


८. पाठका शब्दार्थ पढी उही अर्थ आउने शब्द खोजेर शिक्षकलाई देखाउनुहोस् ।

: पाठबाट खोजी लेखेर शिक्षकलाई देखाउनुहोस्। 


९. पाठ पढ्दा दोहोरो उद्धरण चिह्नको प्रयोगमा ध्यान दिनुहोस् र यस्तो चिह्न प्रयोग गरी छोटो संवाद लेख्नुहोस् ।


बालकुमारी : हजुर किन राम्ररी निदाइ बक्सन्न ? जान्नेलाई देखाउन पाए हुन्थ्यो । 

चन्द्रशमशेर : मैले कलकत्ताका ठूला डाक्टरहरूसँग जँचाइसकेको छु । मलाई कुनै रोग छैन । चिन्ता मान्नुपर्दैन । 

बालकुमारी : हजुर बिनासितीमा रिसाइ बक्सिन्छ, ... मैले त केही बुझनै सकिनँ ।

चन्द्रशमशेर : (सुस्केरा हाल्दै) खै किन हो मलाई भाइभतिजाहरू देख्दै रिस उठ्छ ।भोलि के हुन्छ भन्न सकिदैन ।

बालकुमारी : त्यस्ता इमानदार फत्यलाई पनि हटाइबक्स्यो ।

चन्द्रशमशेर : तिमी जाजरकोटे ठकुरीकी छोरी, नेपाल दरबारको सबै कुर धाहा पाएकी छैनौ । ... शासनमा रहनेले आफ्नै भाइ भतिजासँग डराउनुपर्छ ।

बालकुमारी : हजुरको नचाहिँदो शङ्का मात्र हो । चन्द्रशमशेर : कलेज खोलेर मैले आफ्ना खुट्टामा आफैले बन्चरो हानेँ ।

बालकुमारी : महाराज पनि कस्तो कुरा गरिबक्सिन्छ ! कलेज खोलेर त झन् राम्रो भयो नि, अब हाम्रा मान्छेले पढ्न पाउने भए ।

चन्द्रशमशेर : ... धन्न सती प्रथा हटाउने एउटा राम्रो काम गरिएछ र मात्र, नत्र इतिहासमा कलङ्कै कलङ्कै बोक्नुपर्ने रहेछ ।

बालकुमारी : सती प्रथा हटाउने जस्तै अरू राम्रा काम गर्न पनि सकिन्छ नि । 

चन्द्रशमशेर : अब दास प्रथा हटाउनै पर्छ । तर दास मालिकहरू रिसाठलान् कि भन्ने डर छ ।

बालकुमारी : दास मालिकहरू किन रिसाउनु नि !

चन्द्रशमशेर : ...यो प्रथाचाहिँ हटाउनुपर्छ क्यारे (दास अन्त्यको घोषणा भयो) । 

बालकुमारी : (खुसी हुँदै) सुख र सन्तुष्टि भन्ने कुरा सम्पत्ति, पद र प्रतिष्ठाबाट हैन, असल कामबाट प्राप्त हुँदो रहेछ ।


{व्याकरण}


१. तलको अनुच्छेदमा वर्तमान काल जनाउने क्रियापदलाई रेखाकन गरिएको छ, तिनलाई भूतकालमा रूपान्तरण गरी कापीमा सार्नुहोस् :

सुदर्शन र स्वस्तिका उठिसकेका छन् । अहिले उनीहरू खाजा खाँदै छन् । जेनिस र आशुतोष पनि आँखा मिन्दै उदछन् । सुजन र युजन कपडा लगाउँदै छन् । करुणा र नारायण ठिक परिसकेका छन् । अनिता, प्रनिसा, प्रतीक र सचिन पनि जम्मा हुन्छन् । सबै मिलेर एकै छिनमा चाहिने सामानको भारी लगाउँछन् । पुजन क्यामेरा बोक्छन् । मुनाले गितार भिर्छन् । आज उनीहरू वनभोज जाँदै छन् । सबैको चेहरामा खुसी देखिन्छ ।


: सुदर्शन र स्वस्तिका उठिसकेका थिए । अहिले उनीहरू खाजा खाँदै थिए । जेनिस र आशुतोष पनि आँखा मिच्दै उठे । सुजन र युजन कपडा लगाउँदै थिए । करुणा र नारायण ठिक परिसकेका थिए । अनिता, प्रनिसा, प्रतीक र सचिन पनि जम्मा भए । सबै मिलेर एकै छिनमा चाहिने सामानको भारी लगाए । पुजनले क्यामेरा बोके । मुनालले गितार भिरे । आज उनीहरू वनभोज जाँदै थिए । सबैको चेहरामा खुसी देखिन्थ्यो । 


२. तलको अनुच्छेद पढी वर्तमान कालका पक्षहरूको पहिचान गर्नुहोस् र हरेक पक्षका वाक्यलाई अलग अलग तालिकामा राख्नुहोस् :

डोल्मा, रेखा, हसिना र शान्ति मेरा मिल्ने साथी हुन् (सामान्य वर्तमान) । सुम्निमा, चित्रलेखा, हाकुमायासँग पनि म सारै मिल्छु (सामान्य वर्तमान) । उनीहरू पनि मसँग असाध्यै मिल्छन् (सामान्य वर्तमान) । अमरेश, रामकृष्ण, सुवास, सलिम, अष्टमान, प्रवीण, पासाङ, योगेन्द्रहरूसँग हामी सँगै पढ्दै छौँ (अपूर्ण वर्तमान) । उनीहरू पनि मेरा राम्रा साथी बन्दै छन् (अपूर्ण वर्तमान) । हामीहरू मेचीदेखि महाकालीसम्म अनि हिमाल, पहाड़, मधेस, तराई सबैतिरका छौँ (सामान्य वर्तमान) जात, संस्कार, मातृभाषा, वेषभूषा अलग अलग भए पनि हामी सबै नेपाली हौं भन्ने हामीले थाहा पाएका छौँ (पूर्ण वर्तमान) यसैले हामी सबै आपसमा मिलेर बसेका छौँ (पूर्ण वर्तमान) । एक अर्काको भावनाको कदर गरेका छौँ (पूर्ण वर्तमान) ।

सामान्य वर्तमान

: हुन, मिल्छु, मिल्छन्, छौँ,

अपूर्ण वर्तमान

: पढ्दै छौँ, बन्दै छन्,

पूर्ण वर्तमान

: पाएका छौ, बसेका छौँ गरेका छौँ


३. पाठको पहिलो अनुच्छेदलाई सामान्य वर्तमान कालमा बदली पुनर्लेखन गर्नुहोस् ।

: श्री ३ बडामहारानीका रूपमा दरबारमा भित्रिएको केही दिनमै बालकुमारी देवीले आफ्ना पति महाराज चन्द्रशमशेरमा गहिरो बेचैनी र छटपटाहट देखिछन् । चन्द्रशमशेर राती राम्रो निदाउन सक्तैनन् । उनी निद्रामै बर्बराउने, दारा किट्ने र एक्कासि विउँझिने गर्छन् । पतिको यस्तो व्यवहार देखेर बालकुमारीले एक दिन चन्द्रशमशेरसँग भन्छिन्, "हजुर किन राम्ररी निदाइ बक्सन्न ? जान्नेलाई देखाउन पर्छ ।" जबाफमा चन्द्रशमशेरले भन्छन्, । "म कलकत्ताका ठूला डाक्टरहरूसँग जचाउँछु । मलाई कुनै रोग छैन । चिन्ता मान्नु पर्दैन । 


४. पाठको तेइसौँ अनुच्छेदलाई अपूर्ण वर्तमान कालमा बदली पुनर्लेखन गर्नुहोस् ।

: "यो त ठिकै भन्दै छौं । यस सम्बन्धमा मेरा मनमा पनि कुरा खेलन थाल्दै छन् । अमेरिका में दास प्रथा हटाएकामा अब्राहम लिङ्कनको कत्रो इज्जत बढ्दै छ । भारतम पनि यो प्रथा हटि सक्दैछ । संसारबाटै दास प्रथा हटनुपर्छ भनेर अन्तर्राष्ट्रिय रूपमा स्लेभ कमिसन पनि बन्दै छ भन्ने सुन्दै छ । अब हामीले यो प्रथा राखिराख्यौं भने संसारभरि हाम्रो बेइज्जत पनि हुँदै छ। त्यसैले अब दास प्रथा त हटाउनै पर्छ तर दास मालिकहरू रिसाउलान् किन भन्ने डर हुँदै छ ।” चन्द्रशमशेर भन्दैछन् ।

५. पाठको छब्बिसौं अनुच्छेदलाई पूर्ण वर्तमान कालमा बदली पुनर्लेखन गर्नुहोस् ।

: श्री ३ चन्द्रशमशेरले टैडिखेलमा आयोजित समारोहमा नेपालबाट दास मुक्त भएको घोषण गरेका छन् । पशुपतिनाथको ढुकुटीबाट छत्तिस लाख सत्तरी हजार रूपैयाँ भिके मालिकहरूलाई दासदासीको मूल्य चुक्ता गरिएको छ । यसरी नेपालभरिबाट उनन्साठी हजार आठ सय त्रिपन्न दासदासीहरू मुक्त भएका छन्


६. कोष्ठकमा दिएको सङ्केतअनुसार खाली ठाउँ भर्नुहोस् : 

(क) जसदीप पढाइका साथसाथै घरको काममा पनि सहयोग गर्छ गर्छन् । (गर - सामान्य वर्तमान)

(ख) कृतिका कक्षा ९ मा पढ्दै छिन्/पढ्दै छ । (पद- अपूर्ण वर्तमान)

(ग) आङकाजी आज काठमाडौं गएका छन्/गएको छ । (जा-पूर्ण वर्तमान)

(घ) लछुमनियाँ बिदाका दिन लुम्बिनी बुम्छिन्/घुम्छे । (घुम्-सामान्य वर्तमान)

(ङ) महेश गीत गाउँदै छ/गाउँदै छन् । (गाउ - अपूर्ण वर्तमान)

(च) खालिदाले चित्र बनाएकी छिन्/बनाएकी छे । (बनु - पूर्ण वर्तमान)


७. तलको अनुच्छेदबाट विशेषण र क्रियापद छानी अलग अलग तालिकामा लेख्नुहोस् :

हामी गुराँसे पाखातिर लाग्यौँ । उकालो बाटो, मोटो मान्छेलाई उकालो बाटो चढ़न धेरै गारो हुँदो रहेछ, केही शिक्षकलाई सारै गारो भयो । बाँकी हामी दुब्ला, पातला भए पनि फुर्तिला थियौं, खासै गारो भएन । पाखैभरि राता गुराँस फुलेका अनि साना, ठूला र रङ्गीविरङ्गी चरा चुरुङ्गीको चिरबिराहटले गर्दा मनै आनन्द, भयो डांडाको शिखरमा पुग्दा चेप्टा थेप्चा, लाम्चा, गोला, काला, राता विभिन्न आकार र रङका ढुङ्गाहरू थुपारेर बनाएको देउरालीलाई फुलपाती र सेंता कपडाको ध्वजा चढायौँ । शिखरमा पुग्दा हामीलाई ठूलो विजय हासिल गरेको महसुस भयो ।


विशेषण

गुराँस, उकालो, धेरै, गारो, सारे, दुब्ला, पातला,फर्तिला, राता, साना, ठूला, रङ्गीविरड्गी, चेप्ट,थेप्चो, लाम्चा, गोला, काला, सेता, ठूलो

क्रियापद

लाग्यौँ, हुँदोरहेछ, भयो, थियौँ,भएन, भयो, चढ़ायौँ, भयो


८. समूह समूह बनाई पाठबाट विशेषण शब्दहरू छान्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् । 

: शहकाल, सिल्लो, फिस्टे, पारिवारिक, जहानिया, प्रजातान्त्रिक, आकर्षित, लामो, राम्रो.....।


९. पाठको अन्तिम अनुच्छेदमा प्रयोग भएका क्रियापदहरू वाक्यमा प्रयोग गरी कापीमा सार्नुहोस् ।

थाले : उनी आनन्दले निदाउन थाले।

हुन्ये : दिनभर हिँडिरहेका हुन्थे।

भयो : बालकुमारी दिदी आउनुभयो।

भइन् : उनी खुसी भइन्।

भनिन् : रजनीले छिटो आऊ है भनिन् ।

रहेछ : असल कार्य नै इज्जत भन्दा ठूलो रहेछ।


सिर्जनात्मक लेखन


१. तलको लघुकथामा प्रयोग भएका मुख्य घटना, पात्र र परिवेशका बारेमा छोटो वर्णन गरी कक्षामा प्रस्तुत गर्नुहोस् :

: बालुवा र सूर्य बिचको शक्ति सङ्घर्ष वा को ठूलो भन्ने अहंमा यो कथा आधारित छ । घामको रापले बालुवा बेस्सरी तात्तिएको र हिँडाइमा सङ्कट आइपरेको मुख्य घटनाले कथामा प्रवेश पाएको छ । बालुवाका घमाण्डलाई निस्तेज पार्न सूर्यले आफ्नो शक्तिको प्रयोग गरेको छ ।

सूर्य र बालुवा यस कथाका मुख्य पात्र हुन् भने दुईजना बटुवाहरू सहायक पात्रहरू हुन् । मानव पात्रका क्रियाकलापलाई कसरी प्रभाव पार्न सकिन्छ र आफ्नो शक्ति प्रदर्शन गर्न सकिन्छ भनेर सूर्य र बालुवाले कसरत गरेका छन् । खोलाको बगर यस कथाको मूल परिवेश ही । प्राकृतिक रूपमा तातो र चिसो परिवेश

पनि सूर्यको माध्यमबाट सिर्जना गरिएको छ । बादलले प्रत्यक्ष परिवेशको रूपमा भूमिका निर्वाह गरे पनि सूर्य बादलमा लुक्दा शीतल अनुभूति भएको छ ।


२. आफूले पढेको वा सुनेको ऐतिहासिक घटनामा आधारित भए छोटो कथा लेख्नुहोस् ।


सुरसेन


: सुरसेन नाम गरेका राजा सिकारका सौखिन थिए । चम्पाकला नाम गरेकी रानीसँग उनको प्रगाढ सम्बन्ध थियो । राज्यमा प्रजाहरू सुखी सम्पन्न थिए भने दरबारमा पनि केही कुराको कमी थिएन तापनि राजारानीमा एउटा असन्तुष्टि चाहिँ पक्कै थियो, त्यो हो सन्तान नहुनु।

सन्तानप्राप्तिको अभिलाषाले छटपटिएका राजाले राज्यको सबभन्दा जान्ने ज्योतिषीलाई बोलाई एकदिन जन्मकुण्डली हेर्न लगाए । उनले देशभरिका दीनदुःखी र दरिद्रलाई द्रव्यदान गरी खुसी पार्न सके एउटी सुकन्या प्राप्त होलिन तर पुत्र हुने चाहिँ भाग्यमा लेखेको छैन भनेर भविष्यवाणी गरे । सोही अनुसार राजाले देशभरिका गरिबगुरुवालाई द्रव्यदान गर्ने योजना बनाइरहँदा सुगाले भन्यो "महाराज ! हजुरले ज्योतिषीको भविष्यवाणीमा विश्वास नगरिवक्सियोस, त्यो सब भुट हो । यी रानीबाट हजुरलाई छोराछोरी केही प्राप्त हुँदैन । अर्को बिहे गरेर ल्याए उनीबाट पुत्र पैदा हुनेछ बरु छोरी हने चाहिँ तपाईँलाई लेखेको छैन ।”

ज्योतिषीको भन्दा राजालाई सुगाले भनेको कुरामा विश्वास लाग्यो । साप पनि मर्ने लाठी पनि नभाँचिने तवरले राजाले रानीसँगको पूर्ववत् सम्बन्ध कायम राख्दै दोस्रो बिहेको लागि मन्त्री भाइ भारदारहरूसँग उचित सल्लाह सुझाव लिँदै गए । मन्त्रीले रानीलाई बेलैमा चनाखो नभए हामी मात्रै होइन भावी राजा नपाएर देशवासी टुहुरा हुनेछन्, गम्भीर भए बेलैमा सोच्नुहोस् भनी सम्झाए रानीले मन्त्रीका कुरा सुनिरहिन् तर कुनै प्रतिक्रिया जनाइनन् । रानी सकारात्मक हुन्छिन् भन्ने कुरामा मन्त्री विश्वस्त भए । रानीलाई सम्झाउँदै राजाले दोस्रो बिहेको प्रस्ताव राखे । केवल त्यो राजगद्दीको उत्तराधिकारीका लागि हो, हामी दुई देह र एक आत्माका रूपमा रहनेछौँ भनी नानातरहले सम्झाएर रानीलाई मख्ख पारी बिहे गर्ने अनुमति प्राप्त गरेरै छाडे । इतिहासमा सुरसेन जस्ता राजाहरूले नै बहुविवाहको बीजारोपण गरिरहे

Comments

Popular posts from this blog

पाठ - ४ (म को हूँ ?)

  म को हूँ ? ■अभ्यास■ सुनाइ १. निबन्धको पाँचौं अनुच्छेद सुन्नुहोस् र तलका ठिक बेठिक भनाइ छुट्याउनुहोस् : (क) फुलबाट क्षणिकताको भाव चोरिन्छ ।(ठिक) (ख) फुल रिसाउँछ, बेसरी गर्जेर गाली गर्छ । (बेठिक) (ग) सुल्लाघारीका सुसाइबाट पहाडको चोटको भाव चोरिन्छ । (बेठिक) (घ) चरा चुरुङ्गीबाट लेखकले जीवनको कथा र उन्मुक्तता चोर्छ । (ठिक) २. निबन्धको अन्तिम अनुच्छेद सुन्नुहोस् र सोधिएका प्रश्नहरूको उत्तर भन्नुहोस् : (क) चोरीको माल बाँड्ने माध्यम के हो ? : चोरीको माल बाड्ने माध्यम साहित्य हो । (ख) चोरीको कति भाव चाहिँ तुकुटीमा जम्मा हुन्छ ? :चोरीको मुस्किलले एक चतुर्थांश भाव चाहिं दुकुटीमा जम्मा हुन्छ । (ग) लेखकले चोर्ने कुराको मूल्याङ्कन तपाईले कसरी गर्नुभयो ? : जीवनजगत्का सुन्दरतालाई टिप्नु कलाको धर्म हो, यसलाई विधाअनुसार छुट्टाछुट्टै ढु्गले चोरिन्छ भन्ने मूल्याङ्कन गरेँ । ३. तलको अनुच्छेद सुन्नुहोस् र उत्तर दिनुहोस् : : सञ्चारले हाम्रो जीवनका सबै क्षेत्रलाई प्रभावित तुल्याउँछ । लैङ्गिक भूमिकाका बारेमा पनि सञ्चार जगत् प्र...

Terms and conditions

Terms and conditions These terms and conditions ("Agreement") set forth the general terms and conditions of your use of the onlinemobook.blogspot.com website ("Website" or "Service") and any of its related products and services (collectively, "Services"). This Agreement is legally binding between you ("User", "you" or "your") and this Website operator ("Operator", "we", "us" or "our"). By accessing and using the Website and Services, you acknowledge that you have read, understood, and agree to be bound by the terms of this Agreement. If you are entering into this Agreement on behalf of a business or other legal entity, you represent that you have the authority to bind such entity to this Agreement, in which case the terms "User", "you" or "your" shall refer to such entity. If you do not have such authority, or if you do not agree with the terms o...

About us

  Onlinemobook   is an online platform where students find the answers of any subject. We make sure that all the students who are facing difficulties in questions, will get the effective and correct  answers. Our main goal is to provide the most effective and convenient answers to the students.