Skip to main content

Nepali Guide

पाठ - १ (दुई मितको कथा)

 दुई मितको कथा

दुई मितको कथाको सारांश


दुई मितको कथाको सङ्कलन यसै पाठ्यपुस्तकका लेखक/सम्पादकहरूले गरेका हुन । चारकोसे झाडीमा रहेको वनदेवी मन्दिरको नजिकको रुखलाई वासस्थान बनाए हानी र लाटोकोसेरो बसेका थिए । भिन्न काय (शरीर) र स्वभावका प्राणी भए पनि उनीहरूको मित्रता अनौठो खालको थियो। मानिसको जस्तै भाषा बोल्ने भएकाले उनीहरूले मानिसका जस्तै नाम (हात्तीको नाम कर्णकान्त र लाटोकोसेरोको नाम नेत्रलाल) राखेका थिए । प्रत्येक दिन उनीहरू खानाको खोजीमा बेग्लाबेग्लै ठाउँतिर जान्थे र साँझ नपदै घर फर्कन्थे। दिनभरि देखेभोगे। अनुभव गरेका काहरूको चेली विस्तार लगाए पनि समय बिताउनका लागि कुरा गर्दैनथे। मितका लागि ज्याने दिने स्वभावका यी दुई प्राणीहरू पाइनसक्नुका मित्रहरू थिए । यसर्थ कर्णकान्त र नेत्रलाल सबैका लागि अनुकरणीय पात्र थिए।
एकदिन नेत्रलाल र कणकान्तलाई दुलै समस्या आइपरेछ। नेत्रलाल सदाभ घर आइपगे पनि कर्णकान्त झमक्क साँझ पर्दा पनि घर फर्केनछ । नेत्रलाललाई कर्णकान्तले कुनै सूचना नदिएकाले उसलाई वेदनाले खग्रास बनाएछ। हेदहिर्दै अन्धकारले छायो, आकाशमा जून तारा देखिए तैपनि कर्णकान्तको अत्तोपची थिपन । रातको समयमा चम्किने तारा, जून र वनको रमाइलो तथा स्वादिलोपन पनि नेत्रलालका लागि अर्थहीन भयो । कर्णकान्तले साँच्चै माया मारेको हो कि भन्ने अनुभूति नेत्रलालले गयो । नेत्रलालले बगल थकने गरी करायो तैपनि कर्णकान्तको सुइँकोसम्म पनि थिएन । नेत्रलाल सतभरि विरहवेदनामा जलिरहयो । अन्योलमा पिङ खेल्दाखेल्दै नेत्रलालले आधारात बिताउन सान्दालाग्दै कर्णकान्त मन्द गतिमा शक्तिहीन भएर घर फर्केछ । कर्णकान्तलाई रुखबाट ओर्लेर नेत्रलालले आत्मीयतासाथ सोधेपछि कर्णकान्तले सदाका लागि बिदा माग्नआएको भन्दै माफी माग्यो । कर्णकान्तलाई जटिल समस्या छ भन्ने कुरा उसको अनुहारबाटै भल्कन्थ्यो । चहकिलो रातमा पनि कर्णकान्तको अनुहार औसी जस्तो देखिएको थियो । नेत्रलालका अनुभवी आँखाले क्णकान्तको समस्या राप्रैसँग नियालिरहेका थिए । कर्णकान्तको अनुहार पढिरहेको नेत्रलालले उसको वैदना बुझे पनि खास समस्या पहिल्याउन सकेको थिएन।
एकदिन कर्णकान्त उत्तरतिर लाग्दा अचम्मको शान्ति भएको ठाउँमा पुगेछ । घर पर्कन लाग्दा
कर्णकान्तले त्यस्तो सुनसान ठाउँमा कल्याङवल्याङ आवाज आएको सुनेर ल्यतैतिर लागेछ। ।
नेत्रलाललाई छक्क पार्दै त्यस विषयमा सुनाउन पाइन्छ भन्ने लोभले होहल्लातिर गएको कर्णकान्त पहाडको बीचको सानो चठर नजिकको ओडारको मुखमै पुगेछ । राक्षसहरूले उसलाई घेरिहाले । सपनामा राक्षसको राजाले हात्तीको मासु खाएको देख्नु र राक्षसले त्यसैलाई आधार बनाएर कर्णकान्तलाई खाने घोषणा गरे कर्णकान्तले पनि प्रतिकार त गयो तर राक्षसहरूले मान्दैमानेन् । उसका लाखौं बिन्तीको कुनै अर्थ रहेन । मनुंअभि मितलाई एकपटक भेटने र अन्तिम विदा मागी विन्ती बिसाएपछि राक्षसको राजाले कर्णकान्तलाई मितलाई भेटेर आउने अनुमति दियो। वासस्थानंतिर लागेको कर्णकान्तले बाटोमा जरायो र अनालाई के सपना पनि बिपना जस्तै साँचो हुनसक्छ । र सपनामा देखेको कुरा विपनामा पाइन्छ ? भन्ने प्रश्न सोडा हुना र किन नपाउनु ? भन्ने उत्तर आएपछि कर्णकान्तमा निगशाको तह भरने बढेत । मृत्यूवोधले उसको सारा फुती सेलाएछ । कुनै पनि वीरले मन्नु अघि खुटटा तान्न सुहाउँदैन भन्दै नेत्रलालले कर्णकान्तलाई सम्झाएछ। कर्णकान्तको वेदना बुझेर नेत्रलालले दुवै राक्षसलाई भेट्न जाने प्रण गरेछ। कर्णकान्तले सम्झाए पनि उसले मानेन । सँगै बाँच्ने र मने चाहनाबाट प्रेरित नेत्रलालले कर्णकान्तलाई पनि राक्षसले खाननसक्ने तथा नेत्रलाललाई खानेकुरै नभएकाले दुवै बाँने नभए दुवै मर्ने कुरा सुझायो । नेत्रलाल कर्णकान्तभन्दा चाँडो पुगे पनि देख्न नसक्ने अनि देखिहाले पनि अर्थ नहुने तथा हिँडेर जाँदा चाल मिलाउन नसक्ने भएकाले कर्णकान्तको याउकोमा बस्यो र दुवै राक्षसको वासस्थानतिर लागे बाटोमा तिनीहरूले कुनै कुरा गरेनन् तर नेत्रलाल मनमनै योजना बनाइरहेको थियो।
राक्षसको राजाले वचनको पक्का रहिछस् भन्दै कर्णकान्तको प्रशंसा गर्दा झल्याँस्स बिउँझे झैँ गरेर नेत्रलालले उच्च स्वरमा राजकुमारी खै भन्दै प्रश्न गर्न थाल्यो र सपनामा बिहे गरेको प्रसङ्ग पनि ल्यायो । राक्षसको राजाले प्रतिकार गरेपछि नेत्रलालले तपाईंले सपनामा देखेको कुरा ठीक हुने मैले सपनामा देखेको कुराचाहिँ बेठीक हुने भन्ने गहकिलो तर्क अधि सायो । नेत्रलालको बलियो तर्क सुनेर राक्षसहरू निरुत्तर भए। हात्ती आयो हात्ती आयो फुस्सा भन्दै राक्षसहरू ओडारभित्र पसेछन् । नेत्रलालले बुद्धिमतापूर्ण अभिव्यक्ति सामु राक्षसहरूको केही चलेनछ र राक्षमहरूलाई परास्त गर्दै नेत्रलाल र कर्णकान्त आफ्नो प्यारो वासस्थानतर्फ फर्केछन् । त्यसपछि सुखदुःख बाँइदै जीवन गुजार्न थालेछन्।
लोकजीवनका मानवेतर पात्रहरूलाई पनि मानवीय पात्र प्रस्तुत गरेर कथाले मैत्रीभाव प्रकट गरेको छ। कथामा प्रयोग भएका पात्र र घटना जेजस्ता भए पनि मित्रता, सहयोग र समर्पणले मैं प्राणीको व्यक्तित्व झल्कन्छ भन्ने कुरा पुष्टि गर्न सकिन्छ। सपना काल्पनिक हुने भएकाले त्यसको कुनै वैज्ञानिक आधार हुँदैन । सपना सत्य नहुन पनि सक्छ । यसर्थ क्षमताहीन प्राणीहरूलाई सोधेर वोर प्राणीहरू निराश हुनहुँदैन तथा प्रत्येक समस्याको समाधान बुद्धिमतापूर्ण तरिकाले गर्नुपर्छ भन्ने कचाकों आशय रहेको छ। विभिन्न उदाहरण, उखान टुक्का आदि मिश्रण गरेर सरल भाषाशैलीमा सङ्कलित यस कथाले जीवन विषयक सत्यकों उजागर गरेको छ।


■अभ्यास■


सुनाइ


१. पाठको दोस्रो अनुच्छेद सुनी ठीक र बेठीक छुट्याउनुहोस् :


(क) कर्णकान्त रुखको हाँगामा सुत्थ्यो। - बठीक

(ख) कर्णकान्त र नेत्रलालले देखेभोगेका कुरा बेलीविस्तार लगाउँथे । - ठिक

(ग) कर्णकान्त र नेत्रलाल दुई मित थिए। - ठिक

(घ) कर्णकान्त र नेत्रलाल सहयोगी थिएनन् । - बठीक

२. पाठको पहिलो अनुच्छेदको श्रुति लेखन गर्नुहोस् ।

शिक्षकवाट सुनेर लेख्नुहोस् ।

३. पाठको तेस्रो अनुच्छेद सुन्नुहोस् र त्यसको मुख्य कुरा बताउनुहोस् ।

● दुई मितहरूलाई एक ठूलो विपत आइलाग्नु,
● नेत्रलाल समयमै आए पनि कर्णकान्त ढिलोसम्म
● नआउँदा नेत्रलाल चिन्तित हुनु,
● नेत्रलाल र कर्णकान्त सधैं जसो घाम अस्ताउँदा
● नअस्ताउँदै फर्कनु,
● नेत्रलालमा छपटपी बढ्दैजानु,
● कर्णकान्तले ढोई भेटेर आफ्नो मितलाई विर्सिएको हो कि भन्ने नेत्रलाल आशङ्का हुनु,
● नेत्रलालको जीवनमा पहिलोपटक वेदगाले खग्रास बनाउनु।

४. पाठको दोस्रो अनुच्छेद सुन्नुहोस् र दुई मितहरूको दैनिकी भन्नुहोस्।

● नेत्रलाल रुखको हाँगामा र कर्णकान्त रुखको फेदमा बस्ने गरेका,
● दैनिक आहारको खोजीका लागि एक्लाएक्लै आफ्नै अनुकूल ठाउँतिर लाग्ने तथा साँझ नपर्दै आफ्ना घरतिर फर्कने गरेका,
● दिनभरि देखेभोगेका कुराहरूको बेलिविस्तार गर्ने प्रचलन रहेको,
● ज्यानको बाजी लगाएर एक-अर्काको कल्याणमा समर्पित हुने आदत भएको,
● यस्तो स्वार्थी संसारमा पनि त्यागको भावना भएका नेत्रलाल र कर्णकान्त पाइनसक्नुका मित भएका।


बोलाइ


१. तलका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
खग्रास, सुइको, आत्मीयता, कल्याङवल्याङ,नाङ्लाकाने, स्नेही

{यो सार्नो हैन}
○ शुद्धसँग उच्चारण अभ्यास गर्नुहोस्।

२. तलका शब्दको अर्थ भन्नुहोस् :
आतेस, ढोई, खप्पिस, गडतीर, नागबेली, कल्याडबल्याङ, मुढा, नाइ्लाकाने, तबैतारे, जम्का भेट, अन्ना

आतेस: डर, त्रास
ढोई: पोथी हात्ती
खप्पिस: सिपालु, दक्ष, निपुण
गडतीर: नदीको किनार, खोलाको बगर
नागबेली: सर्पी गुंडुल्किएको, बाङ्गोटिङ्गी
कल्याङबल्याङय: होहल्ला, खैलाबैला
मुढा: ठूलाठूला रुखका टुक्राइरू, बडेमानका रुखका भागहरू
नाङ्लाकाने : ठूला कान भएको, नाङ्ला जत्रा कान हुने
तबैतारे: हो त नि, अँ, त्यो कुरा साँचो हो
जम्का भेट: अचानक हुने मेल, एक्कासि हुने दुई पक्षको भेट
अर्ना: जङ्गली भैँसी

३. नेत्रलालको चरित्र तपाईंलाई कस्तो लाग्यो ? पाठका आधारमा भन्नुहोस्।

नेत्रलाल त्यागी चरित्रजस्ती लाग्यो। निडर तर्कपूर्ण विचार भएको नेत्रलाल नि:स्वार्थी पात्र हो। नेत्रलालले मित्रता, सहयोग, सद्भाव र सदाचारको पाठ सिकाएको मात्र छैन, बलिदानको भावना पनि प्रदर्शन गरेको छ। जीवनमा आइपर्ने परिस्थितिजन्य घटना र प्रतिघटनाहरूको सामना बुद्धिमतापूर्ण ढङ्गले गर्नुपर्छ । आत्तिनु, निरास हुनु र डराएर भाग्नु समस्याको समाधान होइन भन्ने कुरा नेत्रलालले प्रदर्शन गरेको छ। मित्रतामा स्वार्थी भावनाले प्रवेश पाठनुुँदैन र आपतृविपतमा ज्यान दिएर सहयोग गर्नुपर्छ भन्ने अठोट भएको समर्पित चरित्रका रूपमा देखापरेको नेत्रलाल निश्चय नै असल चरित्र हो जस्तो लाग्यो । नेत्रलाल प्रशंसनीय, आदर्शवादी र अनुकरणीय पात्र जस्तो पनि लाग्यो।

४. तपाईँले सुनेको कुनै लोककथा छोटकरीमा सुनाउनुहोम्।

: भूतको सिकार {छोटो गरी लेख बाबु नानी}

धेरै पहिला सोलुखुम्बुको खुन्दे भन्ने ठाउँमा ङिमा र पेमा दुई दाजुभाइ बस्दथे। खेतीपातीं एवम जोक्ये र चौरीपालन गरेर उनीहरूको जीविका चलेको थियो । घुमफिर, नाचगान र रमझममा पनि त्यस भेगका सेर्पाहरू विशेष रुचि राख्थे। यस बाहेक दुई दाजुभाइ सिकार खेल्नका पनि त्यत्तिकै सोखिन भएकाले फुर्सदको बेला सिकारमा केही समय बिताउँथे एकदिन दाजु ङिमा भाइलाई लिएर सुदूर उत्तरमा अवस्थित गोक्यो हिमतालको आसपासमा बाघ, मृग, रेडपाण्डा जस्ता जन्तुको सिकार गर्न गएछ । त्यहाँ कुरेर धेरै समय बस्नु पर्ने हुँदा सातुसामल, गोला बारुद र एउटा भेरुवा बन्दुक जस्ता बन्दोबस्तीका सामान पनि बोकेका थिए। कुन र न्यानो ठाउँ हेरेर अस्थायी बसोबासका लागि सानो डिही निर्माण गरे। बिहान दिउँसो पारेर कहिले छूट्टाछटटै त कहिलेकाहीं सँगै दुई भाइ जड्गलतिर लाग्ये। धेरै दिनसम्म मेहेनत गर्दा पनि हातमा शून्य लाग्यो । बस्दाबस्दै खानेकुरा सकिदै गयो र गोलावरुद्ध पनि रहेन।

भाइलाई एक्लै डिहीमा छोडेर दाजु सामान लिन घरमा आयो । एकरात डिहीमा पेमाले एउटा मान्छे जस्तै आकृति बत्ती बालेर आफूतिर आइरहेको देख्यो । आफ्नै दाजु हो कि भनेर ऊ त्यतैतिर लाग्यो तर त्यसको स्वरूप बदलिंदै आँखा टल्किदै गयो। त्यो ठाउँ भूत (ड् युक) का निम्ति प्रख्यात रहेछ । टल्कने वस्तु भूत नै हो भन्ने लागेपछि भाइ डरले छप्रातिर आयो । त्यतिबेरसम्म भूतले विकराल रूप लिइसकेको रहेछ । उसले सुले 1. कोठामा ठेकी (मोही पार्ने काठको भाँडो) राखेको थियो। त्यसलाई कपडा बेरेर सिरक ओढाइ दुरुस्त मान्छे जस्तै बनाएर सुतायो र आफू चाहिँ बन्दुक बोकेर छानामा चढ् यो । सानो प्वाल बनाएर त्यहाँदेखि चियाउँदा भूतले ओछ्यानको तोलुडलाई बेसरी बजाद गरेको देख्यो । डिमाले एक फायर दियो, तत्क्षणमै भूत कता गायब भयो देख्नै सकिएन। अलिपर हेर्दा त हरिया, नीला, सेता र राता झिलिमिली बताओ वलेको भूतको सहर देखियो । कोटामा घायल भएको भूत त्यहाँ पुगेर पो चिच्याउँदो रहेछ । हेर्दाहेर्दै कोलाहलमय चित्कार र हाहाकार मच्चियो अनि उज्यालो हटेर वातावरण घुर्मैलो हुँदै गयो।

एकदिन साँझपखको बेलामा घर गएको दाजु आइपुग्यो। अगुल्टाले हानेको कुकुर विजुली चम्किंदा तर्सन्छ भने में परबाट हेर्दा भाइले भूत सम्झेर बन्दुक उज्याउँदै ए फेरि मलाई खान आइस्, एक फायरमा तेरा शाखासन्तान भुटिदिन्छ, भन्दै चिच्याउँदो रहेछ। दाजु चाहिँ आर्तिदै म भूत होइन तेरो दाजु ङिमा हुँ भन्दो रहेछ। 'यो भूतको साम्राज्यमा के विश्वास ? होरियार! ज्यान बचा, यदि दाजु नै भए हाम्रो बालकहानी बता, नत्र.....' भाइले चेतावनी दियो।

दाजुले अतीतका दुईचारओटा अविस्मरणीय घटना बतायो र मात्र बाँच्न सफल भयो भाइ आवेशमा आउनुको कारण दाजुले विस्तारै बुझदै गयो उसले आफ्सँग एउटा खैरो रडको कुकुर लगेको थियो । ऊ त्यसलाई माया गरेर मीठोमीठो खाने कुरा खुवाउँथ्यो । बेलुकैपिच्छे भूतको सहर जाग्दा कुकुर भुकेर सङ्केत दिन्थ्यो भने यसका आँखा टल्केको देखेर भूत डरले भाग्थ्यो । एकदिन कुकुरसँग भाइ पनि त्यतै पछ्याउँदै गयो तर दाजु सुतिरहेको थियो । भूतका खलक विच्किएका हुनाले सर्वत्र पुग्थे । मुख्यतः डिमा र पेमा वसेको डिहीमा गइरहन्थे । एकान्तमा लुकेर भाइले तिनका सबै क्रियाकलाप हेरिरहेको थियो । हेर्दहिर्दै एउट समूहले मान्छे ल्याएर सभांमण्डली बीचमा इयाम्म पछाच्यो र लामालामा नङ्ग्राले चिथोर्न थाल्यो। आफ्नै दाजु भन्ठानेर भाइले बन्दुक पड्कायो हेर्दाहिर्दै आँखाको नजरबाट भूतहरू विलाए पेमाले त्यस मान्छेलाई बोकेर डिहीमा पुयायो तर को हो भन्ने चाहि चिनेको थिएन। कोठामा राखौं भन्दा त काँधवाटि अलप भयो । बत्ी बालेर हेर्दा दाजु पनि सुतिरहेको। कोठामा मान्छेको चाल सुनेर डिमा आङ तान्दै छि करतो डरलाग्दो ठाढे रहेछ, भूतले कधमा हालेर लगी लामालामा नङ्ग्राले चिथोर्थ झ् सिध्याएको। त्यसबेला कसले हो कोनि बन्दुक पड्काएछ र मात्र भूतहरू भागे अनि म बांच्न सफल भएँ भन्दो रहेछ। उसको जीउ डरले डगडग कामिरहेको थियो। भाइले बोकेर ल्याएको मान्छे त आफ्नै दाजु पो रहेछ। यसरी सिकार खेल्न गएका दाजुभाइ आफै भूतको सिकार बनेर भोलिपल्ट विहाने आफ्नो घर खन्देतर्फ फकिएछन्।


बोलाइ


१. पाठका अनुच्छेदहरू पालैपालो पढ्नुहोस्।

: निर्देशनअनुसार थाचन गर्नुहोस् ।

२. पाठ पकी तलका प्रश्नको मौखिक उत्तर दिनुहोस्

(क) दुई मितहरूको नाम के के थियो ?
:दुई मितको नाम कर्णकान्त र नेत्रलाल थियो ।

(ख) कर्णकान्त कसरी राक्षसको ओडार नजिक पुग्यो ?
:सुनसान ठाउँमा आवाज आएको सुनेर यस्तो ठाउँमा को बस्दो रहेछ भन्ने कुरा थाहा पाउन र नेत्रलाललाई छक्क पार्दै तिनका विषयमा भन्न पाइन्छ भन्ने उद्देश्यले कर्णकान्त राक्षसको ओडार नजिक पुग्यो।

(ग) जरायो र अर्नाले कर्णकान्तलाई कस्तो जबाफ दिए?
:जरायो र अर्नाले कर्णकान्तलाई क्रमशः सपना पनि बिपनाजस्तै साँचो हुनसक्छ र सपनामा देखेको कुरा विपनामा पाइन्छ भन्ने जवाफ दिए।

(घ) नेत्रलाल कर्णकान्तसँगै राक्षसकहाँ किन गएको हो ?
: आफ्नो परममित्र कर्णकान्तलाई राक्षसको आहारा हुनबाट जोगाउन नेत्रलाल कर्णकान्तसँगै राक्षसकहाँ गएको हो।

(ङ) नेत्रलालले राक्षसहरूलाई कसरी जिल्ल पाऱ्यो ?
: राक्षसको राजाले सपनामा हात्तीको मासु खाएको देखेको कुरा बिपनामा पूरा हुन्छ भने आफूले सपनामा देखेको बिहे भएको राजकुमारीसँग कुरा पनि पूरा हुनुपर्छ भन्ने बलिया तर्कहरू राखेर नेत्रलालले राक्षसहरूलाई जिल्ल पार्यो।

३. कथाका आधारमा तलका भनाइ कसले कसलाई भनेका हुन, लेख्नुहोस्।

(क) म त तपाईंसित सदाका लागि बिदा माग्न आएको।
: कर्णकान्तले नेत्रलाललाई भनेको हो।

(ख) तपाईंलाई कुनै आपत् आइपरे जस्तो म देख्दै छु।
: नेत्रलालले कर्णकान्तलाई भनेको हो।

(ग) हामीले ढाँटको होइन। हिंड हाम्रा राजाको छेउमा गएर आफै सोध ।
: राक्षसहरूले कर्णकान्तलाई भनेका हुन् ।

(घ) सपना त सपना हो, त्यो बिपना कसरी हुन्छ नि ?
: कर्णकान्तले राक्षसलाई भनेको हो।

(ङ) के सपना पनि बिपना जस्तै साँचो हुन सक्छ ?
: कर्णकान्तले जरायोलाई भनेको हो।

४. पाठका आधारमा तल दिइएका घटनाहरूको क्रम मिलाई लेख्नुहोस्।
(क) नेत्रलालले जुक्ति लगाई कर्णकान्तको ज्यान जोगाठनु
(ख) कर्णकान्त र नेत्रलाल असाध्यै मिल्ने मित हुनु
(ग) कर्णकान्तको भेट राक्षससित हुनु
(घ) कर्णकान्तले नेत्रलाललाई सबै कुरा भन्नु
(ङ) राक्षसहरू निल्ल हुनु
(च) दुई मितलाई ठूलो आपत् आइलाग्नु
(छ) नेत्रलालले राक्षसलाई राजकुमारीसित बिहे गर्छ भन्नु
(ज) राक्षसले कर्णकान्तलाई खान्छु भन्नु
(झ) कर्णकान्त र नेत्रलाल राक्षसकहाँ जानु

:(क) कर्णकान्त र नेत्रलाल असाध्य मिल्ने मित हुनु,

:(ख) दुई मितलाई ठूलो आपत् आइलाग्नु,

:(ग) कर्णकान्तको भेट राक्षससित हुनु,

:(घ) राक्षसले कर्णकान्तलाई खान्छु भन्नु,

:(ङ) कर्णकान्तले नेत्रलाललाई सबै कुरा भन्तु,

:(च) कर्णकान्त र नेत्रलाल राक्षसकहाँ जानु,

:(छ) नेत्रलालले राक्षसलाई राजकुमारीसित बिहे गर्छु भन्तु,

:(ज) राक्षसहरू निल्ल हुनु,

(झ) नेत्रलालले जुक्ति लगाई कर्णकान्तको ज्यान जोगाउनु ।

५. पाठका आधारमा नेत्रलालसँग सम्बन्धित कुराहरू पाँच बुँदामा टिपोट

नेत्रलालसँग सम्बन्धित पाँचओटा कुराहरू

• नेत्रलाल पन्छी भएकाले रुखको होंगामा बस्नु,
• कर्णकान्त समयमै घर नफकेंकाले नेत्रलाललाई वेदनाले खग्रास बनाउनु,
• कर्णकान्त नै नभएपछि नेत्रलाललाई ती जून, तारा र वनकै महत्त्व कम हुनु,
• नेत्रलाल कर्णकान्तका कुरा सुनेर विचलित नभई मितसँगै राक्षसकहाँ जानु,
• नेत्रलालले निर्भयतापूर्वक राक्षसहरूसँग बलियो तर्क राखेर निल्ल पार्दै कर्णकान्तलाई राक्षसहरूको फन्दाबाट जोगाउनु ।


लेखाइ


१. तलका शब्दहरूलाई वाक्यमा प्रयोग गर्नुहोस्।
आवेस, अभिन्न, गति, नाङ्लाकाने, जम्का भेट, अगावै, बाचा बाँध्नु

आतेस : राक्षराहरूको आतेसपूर्ण व्यवहारलें पनि नेत्रलाल फिटिक्कै डराएन।
अभिन्न : नेत्रलाल र कर्णकान्त अभिन्न मित्र थिए ।
गति : लखन र पासाङले गति, यति र लय मिलाई कविता वाचन गर्दा सबै छक्क परे।
नाङ्लाकाने : हात्तीका ठूला कान देखेर राक्षसको राजाले नाङ्लाकाने काने भनेर बोलाएकोमा कर्णकान्तले प्रतिवाद गर्यो।
जम्का भेट : हाती र राक्षसको जम्का भेट भएपछि घटनाक्रमले नयाँ मोड लिएको थियो।
अगावै : प्रत्येक दिन दस बनु अगावै विद्यालय आउनु निकै राम्रो र प्रशंसनीय कुरा हो।
बाचा बाँध्नु : मर्नुभन्दा अघि एकपटक मितलाई भेटेर आउने बाचा बाँधेर कर्णकान्त नेत्रलाललाई भेट्न आयो।

२. पाठका कुनै दुई अनुच्छेदको अनुलेखन गर्नुहोस्।
: पुस्तक हेरेर दुईओटा अनुच्छेद सार्नुहोस्/अनुलेखन गर्नुहोस्

३. तलका प्रश्नहरूको छोटे उत्तर लेख्नुहोस् :

(क) नेत्रलाल र कर्णकान्तको कस्तो मित्रता थियो ?
: कर्णकान्त हात्ती र नेत्रलाल लाटोकोसेरो भए पनि असाध्यै आत्मीय सम्बन्ध रहेको थियो। स्वभाव र स्वरूप भिन्न भिन्न भए पनि उनीहरू एकअर्कामा असाध्यै मिलेर बसेका थिए । गाढा मित्रता भएकाले सुखदुःख आदिमा उनीहरूको समभाव थियो। त्यागी र बलिदानी भावनाले गर्दा उनीहरूको मित्रता पाइनसक्नु अर्थात् उदाहरणीय, प्रशंसनीय र अनुकरणीय नै थियो । अहिलेको स्वार्थी समाजभन्दा भिन्न आदर्श प्रकृतिको मित्रता उनीहरूको थियो।

(ख) कर्णकान्त कसरी राक्षसको फन्दामा फ्यो ?
: पहिलोपटक उत्तरी क्षेत्रतिर लाग्दा उसले कल्याङ्यल्याङ आवाज सुनेर यस्तो सुनसान ठाउँमा को बस्दा रहेछन् भनी हेर्न जाँदा अचानक ऊ राक्षसको फन्दामा पर्यो। सपनामा राक्षसका राजाले हात्तीको मासु खाएको देख्नु र राक्षसले त्यसैलाई ध्यानमा राखी हात्तीलाई धकेलेर ओडारको मुखमै पुन्याएका थिए। राक्षसको राजाले हात्तीका सामु आफ्नो सपना पुष्टि गर्न खोज्दा र सबै राक्षसले राजाको सपना पूरा गर्नैपर्छ भन्दा कर्णकान्तले ठूलै समस्या झेल्नुफ्यो। कर्णकान्तले लाखौं बिन्ती गर्दा पनि कठोर हृदयका राक्षसहरूले नटेरेपछि ऊ राक्षसको फन्दा फयो ।

(ग) जरायो र अर्नाको कुराले कर्णकान्तलाई कस्तो प्रभाव पर्यो?
: जरायो र अर्नाको कुराले कर्णकान्तलाई प्रतिकूल असर पायो। जरायोसितको जम्का भेटमा कर्णकान्तले सपना पनि बिपनाजस्तै साँचो हुनसक्छ ? भन्ने सोधेकोमा उसले किन नहुनु भन्ने उत्तर दिएपछि कर्णकान्तमा थप निराशा बढ्यो । सपनामा देखेको कुरा बिपनामा पनि पाइन्छ ? भन्ने कर्णकान्तको प्रश्नको उत्तरमा अर्नाले किन नपाइनु भनेपछि कर्णकान्तमा छटपटी झन् बढ्न थाल्यो । सपना सपने हो त्यो पूरा, हुनसक्दैन नभनेपछि जरायो र अन्नाको कुराले कर्णकान्तलाई ज्यादै नकारात्मक प्रभाव वा जीवनप्रतिको मोहने समाप्त पर्यो।

(घ) नेत्रलाल किन कर्णकान्तसँगै राक्षसकहाँ गयो ?
: सँग बाँच्ने र सँगै मने प्रण गरेकाले नेत्रलाल कर्णकान्तलाई राक्षसहरूबाट जोगाउन बचाउन कर्णकान्तसँगै राक्षसकहाँ गयो । राक्षसले कर्णकान्तलाई पनि खान नपाउने र कर्णकान्तलाई खान नपाएपछि नेत्रलाललाई खान पाउने सम्भावना नभएको तथा कर्णकान्तलाई खाए नेत्रलालले संसारमा बाँच्नुको औचित्य नदेखेर उनीहरूसँग राक्षसकहाँ गएका थिए । मितको जीवनरक्षा गर्ने उद्देश्यले नेत्रलाल कर्णकान्तसँगै राक्षसकहाँ गएको थियो।

(ङ) नेत्रलालले कसरी कर्णकान्तको ज्यान बचायो ?
: नेत्रलालले सपनामा राक्षसकी राजकुमारीसँग बिहे गरेको स्वाङ गर्दै उच्च स्वरमा करायो र राक्षसका राजाले नेत्रलालको विचारलाई अस्वीकार गरेपछि त्यसको प्रतिकार स्वरूप राक्षसले पनि कर्णकान्तको मासु खान नपाउने बलियो तर्क राखेर कर्णकान्तको ज्यान बचायो । नेत्रलालको बलियो तर्कले सारा राक्षसहरू निल्ल पारेपछि कर्णकान्तको मासु खाने ऑट गर्नसकेनन् । परिणामस्वरूप नेत्रलाल कर्णकान्तको ज्यान बचायो।

४. पाठका सहायताले तलका उखानहरूको अर्थ लेख्नुहोस् :

(क) सपनामा खोले खाएको भनेको यही हो।
: सपनामा देख्दैमा विपनामा पाउन सकिंदैन अर्थहीन स्वाङ गर्नु।
(ख) हात्ती आयो, हात्ती आयो, फुस्सा !! भनेको यही हो।
: के के न होला भनेको अन्त्यमा केही पनि नहनु।
(ग) चम्केको घोडाले लम्केको हात्तीलाई भेट्न सक्दैन ।
: सामान्य क्षमता र शक्ति भएकाले विशेष क्षमता र शक्ति भएकासँग प्रतिस्पर्धा गर्न कठिन हुन्छ।
(घ) मर्नु भन्दा अगाडि नै खुट्टा तान्नु सुहाउँदैन।
: वीर वा साहसीलाई कमजोरी देखाउनु/घटना घट्नुपूर्व नै निराश हुनु लाजमर्दो हो।

५. दुई मितको कथाको मूल भाव लेख्नुहोस्।

: दुई मितको कथाको मूल भाव
दुई मितको कथा सन्देशमूलक लोककथा हो। यस कथाले कणंकान्त र नेत्रलाल नामका दुई पात्रहरूका माध्यमबाट मित्रतामा स्वार्थ मिसिनु नहुने भावना प्रकट गरेको छ। जीवन समस्यारहित छैन र जीवनमा आइपरेका समस्याहरूको बुद्धिमतापूर्ण तगले समाधान खोज्नुपर्छ भन्ने आशय नेत्रलाल मार्फत प्रस्तुत गरिएको छ। भलोसाथी कस्तो हुनुपर्छ भन्ने दृष्टिकोण कथाले अधि सारेको छ। कर्णकान्तमाथि आइपरेका समस्याको सटीक समाधान नेत्रलालले गरे आफ्ना मित्रहरूलाई समस्या आइपरे समाधान खोज्नेतर्फ प्रयत्नशील हुनुपर्छ सुखदुःख, आँसुहाँसो, पीडावेदना आदि जुनसुकै बेला तन, मन, बचन र कर्मले एक-अर्काको कल्याणमा प्रतिवद्ध हुनुपर्छ । गफ गाफका लागि मात्र साथी नबनौ हरेक क्षणमा असल मित्र बन्नुपर्छ । जतिसुकै शक्तिशाली भए पनि विचारका अगाडि सबै अक्छन् । यसर्थ मित्रता, प्रेम, भाइचारा वा बन्धुत्व आदिको भावना सबै प्राणीमा विकसित हुनुपर्छ । स्वार्थीपनलाई त्यागेर जीवनका आरोहअवरोहलाई सुरक्षित बनाउन सकिन्छ । आपना साथीहरूलाई साहस, प्रोत्साहन र आशा प्रदान गर्नुपर्छ । अरुका विचारहरू पनि लिनुपर्छ तर आत्मनिर्णय लिनसके सुझवुझापूर्ण ढ़गले समस्याको हल गर्नसकिन्छ । निराशालाई पूर्णरूपमा त्याग्नुपर्छ । जीवनका यावत् समस्याहरू नेत्रलालले भी बुद्धिमतापूर्ण ढङ्गले समाधान गर्नुपर्छ । र पनि आधा मृत्यु भएकाले निडर भएर लक्ष्यहरूमा अधि बढ्नुपर्छ। बन्धुत्वभावलाई बलियो बनाएर आफूर आफ्ना मित्रहरूको जीवनरक्षाका लागि सक्रिय रहनुपर्छ भन्ने दुई मितको कथाको मूलभाव रहेको छ ।

६. दुई मितको कथाको सारांश लेख्नुहोस्।

: दुई मितको कथाको सारांश
माथिको सारांश हेर्नुहोस र लेखन अभ्यास गर्नुहोस् ।

७. लायेकोसेरो हात्तीमा तपाईंलाई कुन चलाख जस्तो लाग्यो ? तर्क दिएर लेख्नुहोस्।
: ज्यान ठूलोभन्दा ज्ञान ठूलो हुनु उपयुक्त मानिन्छ । कर्णकान्त हाती ठूलो शरीरको थियो तापनि उसमा समस्याको विश्लेषण गरी निष्कर्षमा पुग्ने सामर्थ्य देखिंदैन । राक्षससँग त उसले केही प्रतिवाद गयो तर ठोस निष्कर्ष निकाल्न नसकेपछि अन्त्यमा पुनः फक्कने प्रतिज्ञा गर्दै वासस्थानतिर फ्कियो । बाटोमा भेटिएका जरायो, अना अन्य प्राणीका अभिव्यक्तिबाट त्यति धेरै निराश हुनुपर्ने अवस्था पनि कर्णकान्तलाई थिएन ।लाटोकोसेरोले यंस्ता वीरले मर्नु अघि खुट्टा तान्नु उपयुक्त होइन भन्ने तर्क अघि सार्दै हात्तीलाई बाच्ने र सङ्घर्ष गर्ने प्रेरणा दियो। यसर्थ हात्तीभन्दा लायेकोसेरो बढी साहसी छ चतुर छ र समस्याको समाधान खोज्न सक्षम छ भन्ने स्पष्ट हुन्छ। मेरो विचारमा हात्तीभन्दा लाटोकोसेरो धेरै नै चलाख प्राणी हो भन्ने कुरा छर्लङ्ङै छ । कर्णकान्तले मृत्युबोध गरी अत्यन्तै निराश हुँदा पनि नेत्रलालले सान्त्वना, बाँचे प्रेरणा र जीवनप्रति आशा जगाएको छ। कर्णकान्तसँगै गएर राक्षसहरूसँग प्रतिवाद गर्ने र उनीहरूलाई निरुक्तर बनाउने साहसिलो काम नेत्रलालले गरेको छ। यसर्थ नेत्रलाल कति चलाख छ भन्ने स्पष्ट हुन्छ । जीवनमा सुखदुःख चक्रझ घुमिरहन्छन् र तिनीहरूले जीवनभर सङ्घर्ष गर्न सिकाइरहन्छन् भने कुरा कर्णकान्तले भन्दा बढी नेत्रलालले नै बुझेको छ । जीवन समस्यारहित छैन तर जस्तासुकै समस्याको पनि समाधान सम्भव छ भन्ने कुरा नेत्रलालले बुझेरै राक्षससँग प्रतिवादन गर्न गएको छ । यसर्थ कर्णकान्त भीमाय भए पनि नेत्रलालभन्दा बुद्धिमा कमजोर छ भन्ने कुरा कथामा देखिएका विभिन्न घटनाक्रमले पुष्टि गरेका छन् । सारमा हात्ती वा कर्णकान्तभन्दा लाटोकोसेरो वा नेत्रलाल नै चतुर छ भन्ने कुराको अनुमान गर्न जोकसैलाई दुविधा छैन।


व्याकरण


१. तलको अनुच्छेदका रेखाङ्कित क्रियापद भूत कालका हुन्, तिनको वर्तमान रूप पहिचान गरी कापीमा लेख्नुहोस् :

एक जना सन्त नदीमा नुहाउन गए। त्यहाँ उनले पानीमा विच्छी देखे । त्यो बिच्छीप्रति सन्तलाई दया लाग्यो । त्यसलाई बचाउनुपर्यो भनी सन्तले आफ्नो हातमा लिन खोज्दा विच्छीले हत्केलामा टोक्यो । सन्तले विच्छीलाई बचाउन फेरि पनि प्रयास गरे। बिच्छीले यस पटक त सन्तलाई झन् बेहोस नै हुने गरी टोक्यो । यस घटनालाई एउटा माझले नजिकैबाट देख्यो र गएर सन्तलाई भन्यो, "बिच्छी स्वभावैले रिसाहा र दुष्ट हुन्छ । तपाई यसलाई बचाउन किन यस्तो कष्ट गर्नुहुन्छ ?" सन्तले माझीलाई भने, "बिच्छी स्वभावैले जति रिसाहा र दृष्ट हुन्छ, मानिसले पनि त्यति नै क्षमाशील र सज्जन हुन प्रयास गर्नुपर्छ । यो बिच्छी आफ्नो स्वभाव छोइदैन भने म पनि आफ्नो धर्मलाई कसरी छोडौं" यति भनी सन्तले तेस्रो पटक पनि प्रयास गरे । यस पटक भने बिच्छीलाई पानीबाट बाहिर निकाल्न उनी सफल भए।

: जान्छन। देख्छन् । लाग्छ। बचाउनुपर्छ। टोक्छ। गर्छन्। टोक्छ। देख्छ । भन्छ। भन्छन्। गर्छन् । हुन्छन्।

२. पाठको दोस्रो अनुच्छेदमा भएका भूत कालका क्रियापदलाई रेखाङ्कन गर्नुहोस्।
: नेत्रलाल पन्छी हुनाले रुखका हाँगामा चढेर सुत्ने गर्थ्यो र कर्णकान्त चाहि रुखको फेदमै रात बिताउँथ्यो । दिनभरि ती आफ्ना आफ्ना आहारका खोजीमा एक्लाप्क्लै एका एकातिर लाग्थे, तर साँझ पर्दा नपर्दै जी आप्ना घरतिर फर्किंसक्थे र एक अर्कालाई दिनभरि आफल देखेभोगेका कुराहरूको बेलीविस्तार लगाउँथे तिनीहरू यसरी बिनबिच्चमा कुरा दोचार्दनथे, परेका बेलामा आफ्ना मितका लागि ज्यानै समेत दिनुपरे पनि खुसीसाथ दिन्थे, कहिले पछि हट्तैनथे । आज भोलि जताततै स्वार्थको जगजगी भएकाले हामीलाई यस्तो मित्रताको उल्लेख हुँदा आश्चर्य लाग्न सक्ला, तर नेत्रलाल र कर्णकान्त साचची ने पाई नसक्नुका मित थिए।

३. तलका क्रियापदमध्ये भूत कालका क्रियापदलाई मात्र कापीमा सार्नुहोस् :
पढ्यौ, पढ्छौं, लेख्यो, पढ्ने छु भने, खायो, रोयो, बस्छ, टिप्पो, सुत्यो
: पढयौ, लेख्यो, भने, खायो, रोयो, टिप्यो, सुल्यों ।

४. तलका वाक्यलाई भूतकालका वाक्यमा बदल्नुहोस्

(क) सपनामा देखेको कुरा बिपनामा पाइन्छ ?
: 'सपनामा देखेको कुरा बिपनामा पाइयो ?

(ख) नेत्रलाल कर्णकान्तको यउकोमाथि बसेर त्यस जङ्गलमा घुमेको छ।
: नेत्रलाल कर्णकान्तको यउकोमाथि बसेर त्यस जङ्गलमा घुमेको छ।

(ग) नेत्रलालको घाउ राप्रैसित निको भएको छ।
: नेत्रलालको घाउ राप्रैसित निको भएको थियो।

(घ) मेरा मितको मासु खान पाउनुहुन्छ त ?
: मेरा मितको मासु खान पाउनुभयो पाउनुहुन्थ्यो त?

(ङ) एक दिन यी दुई मित्रलाई ठूलो आपत आइपरेछ।
: एक दिन यी दुई मित्रलाई ठूलो आपत आइपरेछ/आइफ्यो ।

५. तलका धातुलाई प्रयोग गरेर भूतकालका वाक्य निर्माण गर्नुहोस्:
हिँड्, पकाउ, सुताउ, गाठ, जा, लेख्, उफ्रि

हिंदू, : विद्यार्थीहरू विद्यालयतिर हिंडे।
पकाउ ": दिदीले खाजा र खाना पकाउनुभयो। सुताउ : नेत्रलालले कर्णकान्तलाई सुताएको थियो।
गाठ : गायकगायिकाहरू सुमधुर गीत गाउँथे। जा
जा : नोर्बु र लखन क्याम्पस जाँदै थिए।
लेख् : उनीहरूले राम्रो लेखे।
उफ्रि : बाँदरहरू रुखरुखमा उफ्रेछन्।

६. लिङ्ग, वचन र पुरुषका आधारमा 'खा' धातुबाट बन्ने भूतकालका रूपहरू लेख्नुहोस्।

: लिङ्ग
खायो
खाई

: वचन
खँदिथियो
खँदि थिए

: पुरुष
खाएँखायौं
खायौ/खानुभयो/ खाइस
खायो/खाए/खानुभयो

७. भूतकालका क्रियापद प्रयोग गरी आफूले देखेको कुनै घटनाका सम्बन्धमा एक अनुच्छेद लेख्नुहोस्।
: मैले बाटोको छेउमा एउटा ठूलो रुख देखें। त्यस रुखको फेदमा एकदिन चामल बोक्ने भरियाहरूले भारी बिसाएर बसे । त्यहाँ चामलका केही दानाहरू खसेछन् । केही बरेपछि एउटा रह व्यापारीले पनि आएर भारी विसायो । केही रङ पनि त्यहाँ खस्यो। ऊ वास्तै नगरी हारटतिर लाग्यो । बाटो हिंडनेहरूले एकान्त जड़गलको रुखमा पूजा गरेको सम्झेर दोग्न थाले । एकाएक त्यस रुखले भगवानुको स्वरूप ग्रहण गरेको देखेर म छक्क परें म अको पटक त्यो बाटो हिंडदा पनि पूजा गर्नेको भीड लागेकै थियो।

८. तलको तालिकामा भूतकालका सबै पक्षमा आधारित केही क्रियापदहरू उल्लेख छन, तिनलाई आफ्नो कापीमा लेख्नुहोस् :

: सामान्य
गयो,खेल,आई,हास्य

: अपूर्ण
जँदि थियो खेल्द थिएँ,आउँदै थिई,हास्दै थियो

: पूर्ण
गएको थियो,खेलेको थिएँ,आएकी थिई,हाँसेका थियौं

: अभ्यस्त
जान्थ्यो,खेल्थेँआउँथी,हाँस्थ्यौ

: माथिका शब्दहरू विद्यार्थीहरूले आफ्नो कापीमा सार्नुहोस्।

९. तलका 'क' र 'ख' समूहका बिचमा जोडा मिलाउनुहोस् :

समूह (क)
• कर्णकान्तले आफ्नो समस्यालाई अघि सारेछ। • अज्ञात भूत
• हली हलो जोत्दै थियो। • अपूर्ण भूत
• मेरा सपना कहिल्यै खेर गएनन्। • सामान्य भूत
• केटाकेटी कपरदी खेल्थे। • अभ्यस्त भूत
• हिजो विद्यालय खुलेको थियो। • पूर्ण भूत

१०. 'आउ' धातुलाई प्रयोग गरेर भूत कालका सबै पक्षमा एक/एक आठ ओटा वाक्य लेख्नुहोस् :
धातुको प्रयोग गरी बनाएका भूतकालका वाक्यहरू

• म सबेरै आएँ।- सामान्य भूतकाल
• विद्यार्थीहरू आउँदैन थिए। - अपूर्ण भूतकाल
• हामीहरू सगरमाथा पुगेर आएका थियो।- पूर्ण भूतकाल
• मधुसुदन कर्णवीरलाई भेटन आउँथ्यो ।- अभ्यस्त काल
• नेपालमा विकासको लहर आएछ।- अज्ञात भूतकाल

११. कोष्ठमा दिइएका सङ्केतका आधारमा तलका खाली ठाउँ भर्नुहोस् :

एक जना पुजारी सधै मन्दिर जान्थ्यो । बाटामा उसले कोइलोको सुमधुर स्वर सुनेछ। मन्दिरमा तीर्थयात्रीहरू पूजा गर्दैथिए । पुजारीले उनीहरूलाई फूल र प्रसाद दियो । तीर्थयात्रीहरू खुमी भएछन् । उनीहरूले प्रशस्त मिठाई ल्याएका थिए । उनीहरूले तो सबै मिठाई त्यही मन्दिरमा नै चढाए।

१२. भूत कालका सबै पक्ष प्रयोग गरी आफूले भ्रमण गरेको कुनै ठाउँको वर्णन गर्नुहोस्।

○नाम्बेको सम्झना
म सगरमाथाको नाम्चे बजार घुम्न गएँ । त्यहाँ मैले रमाइला दृश्यहरू देखें। से्पा र सेर्पिनीहरू गीत गाउँदै थिए। उनीहरूले गाउँदै नाचेको देखेर मलाई अचम्म लागेको थियो। त्यहाँ घुम्ने पर्यटकहरू शीतल हावा र चिसो पानी पाएर आफ्ना थकाइसमेत बिर्सन्थे । त्यो ज्यादै मन लोभ्याउने ठाउँ रहेछ । अर्को पटक पनि आउने संकल्प गर्दै म फर्किएँ । त्यहाँको सम्झनाले मैले आउने बाटै यो भुलेछु।


सिर्जनात्मक कार्य


१. तपाईँले सुनेको कुनै एउटा लोककथा सिलसिला मिलाएर लेख्नुहोस् र कक्षामा सुनाठनुहोस्।

○खुम्बुमा यतीको अन्त्य

यती चिसो अर्थात् हिउँमा बस्ने मानिसजस्तै जीव हो । यसलाई हिममानव, सोक्या वा वनझाँक्री पनि भन्ने गरिन्छ। तिब्बततिर हिममानवका नामले चिनिन्छ तर त्यहाँ यसलाई घृणित जन्तुका रूपमा लिइन्छ र हिमाली भेगमा यसलाई यती नै भनिन्छ । त्यस्तै अमेरिकामा बिगफुट र क्यानाडामा सासूक्वाच नामले पुकारिन्छ । यो प्रायः दक्षिण एसियाको उच्च हिमालीक्षेत्र अन्तर्गत नेपाल, भारत र तिब्बतमा पाइन्छ भन्ने विश्वास गरिन्छ । दुई मिटरभन्दा अग्लो हुने यतीको शरीरभरि गाढ़ा, खैरो र कालो रॉले ढाकिएको हुन्छ। यसले याक र भेडा जस्ता जनावर खाएर भोक मेटाउँछ र रिस उठयो भने मान्छेलाई पनि बाँकी राख्दैन भन्ने जनविश्वास छ।

२९ मे. सन् १९५३ मा सर एडमनड हिलारीले तेन्जिङ नो्गे सेपांसिग सगरमाधा आरोहण गर्ने क्रममा यतीको खोजी गरी यो खास कुनै जीव नभई दन्त्य कथामा वर्णित पात्र मात्रै हो भनेर सन् १९६२ मा नेसनल जोग्राफीमा उल्लेख गरेका छन् तर स्थानीयबासी, पर्वतारोही र अनुसन्धानकर्ताहरूले यसको अस्तित्वका बारेमा खोजी गर्दा कुनै प्रमाण फेला नपरे पनि यो अनौठो जीव अझै पनि हिमाली क्षेत्रमा हुन सक्ने अनुमान गरेका छन्।

आजभन्दा ५०० वर्ष अगाडि खुम्बुमा प्रशस्त यतीहरू बस्थे रे । सामान्यतः सोलुखम्ब जिल्लाका ३४ गाविस मध्ये उत्तरतिरका नाम्चे, चौंरीखर्क र खुम्जुङ गाविसका भुभागलाई खुम्बु भनिन्छ र बाँकी ठाउँ सोलु नामले चिनिन्छन् । ती तीनवटा गाविस भित्रै विश्वका सर्वोच्च शिखरहरू अवस्थित छन्। अहिले इतिहासको पानामा सीमित तथा एकादेशको दन्त्य कथाका शीर्षक बनेका यतीहरूद्वारा यो क्षेत्र धेरै पीड़ित थियो रे । खेतीपातीको विनाश गर्नेदेखि लिएर मानिसमाथिको आक्रमणले स्थानीय जनजीवन यसवाट अंति प्रभावित थियो । मानिसहरू एक्लैदुक्लै हिंड्न डराउँथे । खेती गर्ने, ढुङ्गा फोर्ने, भारी बोक्ने, दाउरा, चिर्ने र ग गर्ने जस्ता काम मानिसहरू जे जसरी गरे यतोहरू हुवह दुरुस्तै नक्कल गर्न सक्थे ।

कुनै दिन एउटा मरेको, यती खुल्ला ठाउँमा भेटिएछ। त्यो दृश्य देखेर त भन यतोहरूले उपद्रो मच्चाउन थालेछन् । तिनीहरूको आतङ्कको निसाना सिड्गो मानव बस्ती नै हुन थाल्यो । बारीमा लगाइएका वालीनालीहरू पुरै नष्ट गर्नुका साथै सर्वसाधारण बुढाबुढी र केटाकेटीको ज्यानसमेत खतरामा पर्न थालेछ। यसको आतड्कवाट मुक्ति पाउन कस्तो उपाय अपनाउन सकिन्छ सोको खोजी गर्न सबै

गाउँलेहरूको ठुलो सभा बसेछ। त्यहाँबाट के निचोड निस्कियो भने ड्रमका ड्रम पानी र काठका नक्कली हतियार जम्मा गरी एउटा अद्यमा भेला दुने र एक आपसमा लडाई गरेकी अभिनय गर्ने ।

उक्त निर्णय अनुसार त्यो दिन सबै घरका मान्छे डम, जोग र का्टका हतियार लिए तोकिएको ठाउँमा भेला भए। त्यहाँ उनीहरूले नाचगान र हाँसखेल गरी पानीका कर, ज आदि हातमा लि आफू खदि अरुलाई पनि खवाउने काम गरे।
खुकुरी र तरबारले एक अर्कालाई हानेको नाटक खेले । कोही घाइते भएर भुम पारिएको कसैले त्यहीमाथि प्रहार गरेर मारेिको त कसैले आफ्तै घोटी रेटर मरेको नाटक मञ्चन गरे। त्यो कृत्रिम नाटक मज्चनको दुश्य वाढाटाडा देखेका यवीहरुले रमाइलो मान हेरिरहेका थिए । दिनभरि मानिसहरूले जे गरेको देख्ये राति त्यही कामक्रो नव्करन गर्ने हुनाले सबै सखाप हुन्छन् भन्ने गाउँलेहरूको विश्वास थियो।
दिउँसो त्यति गरेपछि उनीहरूले साझपख छयाड र रक्सीले भरिएका हमहरू त्यसाना लगेर राखिदिए। पेय पदार्थमा का विष पनि मिसाइएको हुन्थ्यो । पिटने कप र जगाकी पनि व्यवस्था गरिएको थियो । खुकुरी, तरबार, चुप्पो, छरी जस्ता हतियारहरू पनि वरिपरि के छोडिदिएर तिनीहरू घर गए। जब रात छिपिदै गयो तब यतीहरु त्यस ठाउँमा भेला भए। सबैले ड्रमबाट उभाउँदै मादक पदार्थ खाए, खुवाए, नाचगान र हाँसखेल गरे । मान्दै गए, विष पनि लाग्दै गयो । त्यसपछि मानिसको जस्तै जसलाई जुन हतियार मन पर्छ टिर्द त्यसैले हान्न थाले । कतिका टाउका फुटे कतिका दुईटै खुट्टा भोचिए। एक राटमा सवै यती स्वाहा भए। गाउँलेहरूले यो क्रम पछिसम्म जारी राखे। बाँकी रहेका पनि टिनानुदिन घट्दै जाँदा सङ्ख्या शून्यमा भन्यो । यसरी यतीको अन्त्य भएपछि खुम्बुमा बसोबास र खेतीपाती सुव्यवस्थिति हुनुका साथै मानिसहरूले पनि सास्ती पाठन छाडे।

एउटी गर्भवती यती चाहिँ आफ्नो बासस्थानबाट त्यस घटनास्थलमा आउन नसकेकाले बाँच्न सफल भई। अतः हिमाली भेगमा अझै यती पाइन्छ भन्ने भनाइ छ।

Comments

Popular posts from this blog

पाठ - ४ (म को हूँ ?)

  म को हूँ ? ■अभ्यास■ सुनाइ १. निबन्धको पाँचौं अनुच्छेद सुन्नुहोस् र तलका ठिक बेठिक भनाइ छुट्याउनुहोस् : (क) फुलबाट क्षणिकताको भाव चोरिन्छ ।(ठिक) (ख) फुल रिसाउँछ, बेसरी गर्जेर गाली गर्छ । (बेठिक) (ग) सुल्लाघारीका सुसाइबाट पहाडको चोटको भाव चोरिन्छ । (बेठिक) (घ) चरा चुरुङ्गीबाट लेखकले जीवनको कथा र उन्मुक्तता चोर्छ । (ठिक) २. निबन्धको अन्तिम अनुच्छेद सुन्नुहोस् र सोधिएका प्रश्नहरूको उत्तर भन्नुहोस् : (क) चोरीको माल बाँड्ने माध्यम के हो ? : चोरीको माल बाड्ने माध्यम साहित्य हो । (ख) चोरीको कति भाव चाहिँ तुकुटीमा जम्मा हुन्छ ? :चोरीको मुस्किलले एक चतुर्थांश भाव चाहिं दुकुटीमा जम्मा हुन्छ । (ग) लेखकले चोर्ने कुराको मूल्याङ्कन तपाईले कसरी गर्नुभयो ? : जीवनजगत्का सुन्दरतालाई टिप्नु कलाको धर्म हो, यसलाई विधाअनुसार छुट्टाछुट्टै ढु्गले चोरिन्छ भन्ने मूल्याङ्कन गरेँ । ३. तलको अनुच्छेद सुन्नुहोस् र उत्तर दिनुहोस् : : सञ्चारले हाम्रो जीवनका सबै क्षेत्रलाई प्रभावित तुल्याउँछ । लैङ्गिक भूमिकाका बारेमा पनि सञ्चार जगत् प्र...

Terms and conditions

Terms and conditions These terms and conditions ("Agreement") set forth the general terms and conditions of your use of the onlinemobook.blogspot.com website ("Website" or "Service") and any of its related products and services (collectively, "Services"). This Agreement is legally binding between you ("User", "you" or "your") and this Website operator ("Operator", "we", "us" or "our"). By accessing and using the Website and Services, you acknowledge that you have read, understood, and agree to be bound by the terms of this Agreement. If you are entering into this Agreement on behalf of a business or other legal entity, you represent that you have the authority to bind such entity to this Agreement, in which case the terms "User", "you" or "your" shall refer to such entity. If you do not have such authority, or if you do not agree with the terms o...

About us

  Onlinemobook   is an online platform where students find the answers of any subject. We make sure that all the students who are facing difficulties in questions, will get the effective and correct  answers. Our main goal is to provide the most effective and convenient answers to the students.